Instagram
English
A A A A A

पाप: [गफ]
२ कोरिन्थी 12:20
किनभने म आउँदा मैले इच्‍छा गरेबमोजिम तिमीहरूलाई नभेट्टाउँला, र तिमीहरूले पनि मलाई आफूले इच्‍छा गरेबमोजिम भेट्टाउँदैनौ कि भन्‍ने मलाई डर लागेको छ। शायद त्‍यहाँ झगड़ा, डाह, क्रोध, स्‍वार्थ, बदख्‍वाइँ, निन्‍दो-चर्चो, अभिमान र गोलमाल हुन्‍छ होला।

एफिसी 4:29
तिमीहरूका मुखबाट कुवाक्‍य ननिस्‍कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मीठो वचन मात्र बोल्‍ने गर, जसबाट सुन्‍नेहरूलाई अनुग्रह मिलोस्‌।

प्रस्थान २३:१
झूटा गवाही नदेओ। दुष्‍टको साथ लागेर त्‍यसको निम्‍ति ईर्ष्‍यापूर्ण गवाह नबन।

जेम्स 1:26
यदि कोही मानिसले आफूलाई धर्मी सम्‍झन्‍छ, र आफ्‍नो जिब्रोमा लगाम लाउँदैन, तर आफ्‍नो हृदयलाई धोका दिन्‍छ भनेता त्‍यस मानिसको धर्म व्‍यर्थ हुन्‍छ।

जेम्स 4:11
भाइ हो, एउटाले अर्काको विरुद्धमा खराब कुरा नगर। जसले आफ्‍नो भाइको विरुद्धमा खराब बोल्‍छ, अथवा आफ्‍नो भाइलाई दोष लाउँछ, त्‍यो व्‍यवस्‍थाको विरुद्धमा बोल्‍छ, र त्‍यसले व्‍यवस्‍थाको दोष देखाउँछ। तर यदि तिमीले व्‍यवस्‍थाको दोष देखाउँछौ भने त तिमी व्‍यवस्‍थाबमोजिम चल्‍ने भएनौ, तर व्‍यवस्‍थाको न्‍यायकर्ता पो भयौ।

लेवी १९:१६
“‘मानिसहरूका बीचमा निन्‍दा नफैलाओ। “‘तिमीहरूले आफ्‍नो छिमेकीको जीवन जोखिममा नपार। म परमप्रभु हुँ।

हितोपदेश 10:18-19
[18] जसले आफूमा घृणा लुकाएर राख्‍छ, त्‍यसको जिब्रो छली हुन्‍छ, र जसले अपवाद फैलाउँछ, त्‍यो मूर्ख हो।[19] जब कुरा बढ्‌ता गरिन्‍छ, पापको अभाव हुँदैन, तर जसले आफ्‍नो जिब्रोलाई वशमा राख्‍छ, त्‍यो बुद्धिमान्‌ हो।

हितोपदेश ११:९-१३
[९] ईश्‍वरहीनको आफ्‍नै मुखले आफ्‍नो छिमेकीको बरबादी गर्छ, तर ज्ञानले धर्मीलाई छुटकारा मिल्‍छ।[१०] जब धर्मीको उन्‍नति हुन्‍छ, तब सहरै आनन्‍दित हुन्‍छ। जब दुष्‍टको नाश हुन्‍छ, तब रमाहट हुन्‍छ।[११] धर्मात्‍माको आशीर्वादले सहरको उन्‍नति हुन्‍छ, तर दुष्‍टहरूको मुखले त्‍यसको भताभुङ्ग हुन्‍छ।[१२] समझ नभएको मानिसले आफ्‍नो छिमेकीको खिल्‍ली उड़ाउँछ, तर समझदार मानिसले आफ्‍नो जिब्रोमा लगाम लगाउँछ।[१३] कुरौटेले गोप्‍य भरोसामा आघात पुर्‍याउँछ, तर विश्‍वसनीय मानिसले कुरा गुप्‍तमै राख्‍छ।

हितोपदेश 16:28
कुटिल मतिको मानिसले विवाद उत्‍पन्‍न गराउँछ, र कुरौटेले घनिष्‍ठ मित्रहरूमा फाटो ल्‍याउँछ।

हितोपदेश 17:9
चित्त दुखाइलाई ढाकछोप गर्नेले प्रेम बढ़ाउँछ, तर कुरा दोहोर्‍याउने जोसुकैले पनि घनिष्‍ठ मित्रहरूमा फाटो ल्‍याउँछ।

हितोपदेश 18:8-21
[8] कुरौटेका वचनहरू स्‍वादिष्‍ठ गाँसजस्‍तै हुन्‍छन्, ती मानिसको भित्री भागसम्‍मै पुग्‍छन्‌।[9] आफ्‍नो काम गर्नमा ढिलो गरिरहने व्‍यक्ति सर्वनाश गर्नेको भाइ जत्तिकै हो।[10] परमप्रभुको नाउँ एक बलियो धरहरा हो, धर्मीहरू त्‍यहाँ दगुर्दै जान्‍छन्‌ र सुरक्षित हुन्‍छन्‌।[11] धनीको सम्‍पत्ति नै तिनीहरूको लागि किल्‍लाबन्‍दी गरिएको सहर हो, तिनीहरू यसलाई चढ्‌नै नसकिने पर्खाल ठान्‍छन्‌।[12] आफ्‍नो पतनको अघि मानिसको हृदय घमण्‍डी हुन्‍छ, तर आदर आउन अघि नम्रता आउँछ।[13] जसले सुन्‍न अघि नै जवाफ दिन्‍छ, त्‍यो त्‍यसको मूर्खता र शर्म हो।[14] मानिसको आत्‍माले त्‍यसलाई बिरामी अवस्‍थामा सहारा दिन्‍छ, तर चूर्ण भएको आत्‍माको पीडा कसले सहन सक्‍ला?[15] विवेकीको हृदयले ज्ञान प्राप्‍त गर्छ, बुद्धिमान्‌को कानले त्‍यो खोजी निकाल्‍छ।[16] उपहारले दाताको निम्‍ति बाटो खोलिदिन्‍छ, र त्‍यसलाई महान्‌ व्‍यक्तिको उपस्‍थितिमा पुर्‍याउँछ।[17] दोस्रो व्‍यक्ति अघि सरेर प्रश्‍नहरू नगरुञ्‍जेल, मुद्दा हाल्‍ने पहिलो व्‍यक्ति नै ठीक देखा पर्छ।[18] गोला हाल्‍नाले कलह थामिन्‍छ, र बलिया प्रतिद्वन्‍द्वीहरू अलग हुन्‍छन्‌।[19] किल्‍लाबन्‍दी गरिएको सहरलाई वशमा ल्‍याउनुभन्‍दा चित्त दुखाएको भाइलाई मनाउनु झन्‌ गाह्रो हो, र कलहहरूचाहिँ आग्‍लो लाएको किल्‍लाका ढोकाहरूजस्‍तै हुन्‌।[20] आफ्‍नो मुखको फलले मानिसको पेट भरिएको हुन्‍छ, त्‍यसका ओठद्वारा हुने फसलले त्‍यो सन्‍तुष्‍ट हुन्‍छ।[21] जीवन र मृत्‍युको शक्ति जिब्रोमा हुन्‍छ, त्‍यसलाई प्रेम गर्नेहरूले त्‍यसका फल खानुपर्छ।

हितोपदेश २०:१९
कुरौटेले गोप्‍य भरोसामा आघात पुर्‍याउँछ, त्‍यसैले धेरै कुरा गर्ने मानिसदेखि परै बस।

हितोपदेश 26:20
दाउराविना आगो निभ्‍छ, कुरौटेविना खिचोला शान्‍त हुन्‍छ।

भजनमा 34:13
आफ्‍नो जिब्रोलाई खराबीबाट र आफ्‍ना ओठलाई झूट बोल्‍नबाट अलग्‍ग राख।

भजनमा 41:7
मलाई घृणा गर्नेहरू सबै जम्‍मा भएर मेरो विरुद्धमा कानेखुसी गर्छन्‌, मेरो विरुद्धमा तिनीहरू यसो भन्‍दै मेरो अनिष्‍ट चिताउँछन्‌:

भजनमा १४१:३
हे परमप्रभु, मेरो मुखमा एउटा पाले राखिदिनुहोस्‌, मेरा ओठको ढोकाको रखवाली गरिदिनुहोस्‌।

हितोपदेश 18:6-7
[6] मूर्खका ओठले आफैमाथि कलह ल्‍याउँछन्, र त्‍यसको मुखले पिटाइ निम्‍त्‍याउँछ।[7] मूर्खको मुख नै त्‍यसको सर्वनाश हो, अनि त्‍यसका ओठचाहिँ आफ्‍नै प्राणको पासो हुन्‍छन्‌।

१ तिमोथी 5:13-14
[13] त्‍यसबाहेक तिनीहरू घर-घर डुल्‍ने भई अल्‍छी गर्ने मात्र होइन तर कुरौटे, अर्काको काममा हात हाल्‍ने, बोल्‍नु नहुने कुराहरू बोल्‍ने हुन्‍छन्‌।[14] यसकारण कम उमेरका विधवाहरूले विवाह गरून्, छोरा-छोरीहरू पाऊन्, घरबार सम्हालून्, र विरोधीलाई हाम्रो बदनाम गर्ने मौका नदेऊन्‌ भन्‍ने म चाहन्‍छु,

१ तिमोथी 3:9-11
[9] तर तिनीहरू विश्‍वासको रहस्‍य शुद्ध विवेकमा कायम राख्‍ने हुनुपर्छ।[10] पहिले तिनीहरूको जाँच पनि होस्‌। त्‍यसपछि तिनीहरूले आफैलाई दोषरहित प्रमाणित गर्न सके भने तिनीहरूले डिकनको सेवा गरून्‌।[11] स्‍त्रीहरू पनि यहीबमोजिम गम्‍भीर, अर्काको बदख्‍वाइँ नगर्ने, तर सबै कुरामा संयमी र विश्‍वासयोग्‍य हुनुपर्छ।

हितोपदेश २६:२०-२२
[२०] दाउराविना आगो निभ्‍छ, कुरौटेविना खिचोला शान्‍त हुन्‍छ।[२१] भुङ्‌ग्राको लागि कोइला र आगोको लागि दाउराझैँ कलह सल्‍काउनका निम्‍ति झगड़िया मानिस हुन्‍छ।[२२] कुरौटेका शब्‍दहरू मीठो गाँसजस्‍तै हुन्‍छन्, ती मानिसको भित्री भागसम्‍मै पुग्‍छन्‌।

रोमी 1:29-32
[29] तिनीहरू सबै किसिमका बदमाशी, दुष्‍टता, लोभ, इबीले भरिएका छन्‌। तिनीहरू डाह, हत्‍या, झैँझगड़ा, छल, बदख्‍वाइँले भरिएका हुन्‍छन्, र तिनीहरू कुरौटे,[30] र बदनाम गर्ने, परमेश्‍वरलाई घृणा गर्ने, ढीट, अहङ्कारी, अभिमानी, दुष्‍ट कुरा रचिहिँड्‌ने, आमा-बुबाको आज्ञापालन नगर्ने,[31] मूर्ख, विश्‍वासघाती, निर्दयी र क्रूर हुन्‍छन्‌।[32] यस्‍ता काम गर्नेहरू मृत्‍युको योग्‍य हुन्‍छन्‌ भन्‍ने परमेश्‍वरको धार्मिक-विधान जान्‍दाजान्‍दै पनि तिनीहरू यी काम गर्ने मात्र होइनन्, तर यस्‍ता गर्नेहरूसँग पूर्ण सहमत पनि हुन्‍छन्‌।

तीतस 2:2-5
[2] वृद्ध मानिसलाई संयमी, गम्‍भीर, समझदार, विश्‍वासमा पक्‍का, प्रेम र धैर्यमा दृढ़ हुन सिकाऊ।[3] यसरी नै वृद्ध स्‍त्रीहरू आचार-व्‍यवहारमा श्रद्धालु हुनुपर्छ, बदख्‍वाइँ नगर्ने, धेरै मद्यपान नगर्ने हुनुपर्छ भन्‍ने आदेश देऊ। जे असल छ, तिनीहरूले त्‍यही सिकाऊन्‌।[4] तिनीहरूले तरुणीहरूलाई आ-आफ्‍ना पति र बालबच्‍चाहरूलाई प्रेम गर्न,[5] र तिनीहरू समझदार, पतिव्रता, घरजम गर्न सक्‍ने, दयालु, आ-आफ्‍ना पतिका अधीनमा रहने हुनलाई तालीम देऊन्, ताकि परमेश्‍वरका वचनको निन्‍दा हुन नपाओस्‌।

रोमी १:२८-३२
[२८] यसरी तिनीहरूले परमेश्‍वरलाई मान्‍यता दिन नचाहेका हुनाले परमेश्‍वरले तिनीहरूलाई भ्रष्‍ट मनका अवस्‍थामा अनुचित आचरणको निम्‍ति त्‍यागिदिनुभयो।[२९] तिनीहरू सबै किसिमका बदमाशी, दुष्‍टता, लोभ, इबीले भरिएका छन्‌। तिनीहरू डाह, हत्‍या, झैँझगड़ा, छल, बदख्‍वाइँले भरिएका हुन्‍छन्, र तिनीहरू कुरौटे,[३०] र बदनाम गर्ने, परमेश्‍वरलाई घृणा गर्ने, ढीट, अहङ्कारी, अभिमानी, दुष्‍ट कुरा रचिहिँड्‌ने, आमा-बुबाको आज्ञापालन नगर्ने,[३१] मूर्ख, विश्‍वासघाती, निर्दयी र क्रूर हुन्‍छन्‌।[३२] यस्‍ता काम गर्नेहरू मृत्‍युको योग्‍य हुन्‍छन्‌ भन्‍ने परमेश्‍वरको धार्मिक-विधान जान्‍दाजान्‍दै पनि तिनीहरू यी काम गर्ने मात्र होइनन्, तर यस्‍ता गर्नेहरूसँग पूर्ण सहमत पनि हुन्‍छन्‌।

Nepali Bible (NNRV) 2012
Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012