१ कोरिन्थी १४:४० |
तर सबै काम शिष्टतापूर्वक र सुव्यवस्थित ढङ्गले हुनुपर्छ। |
|
उपदेशक ९:१० |
तिम्रो हातमा जे काम छ त्यो आफ्नो पूरा शक्तिले गर, किनभने चिहानमा, जहाँ तिमी जान्छौ, त्यहाँ न त केही गर्ने, न योजना गर्ने, न ज्ञान, न बुद्धि नै हुन्छ। |
|
उपदेशक ११:४ |
बतासको विचार गर्नेले कहिल्यै छर्दैन, बादलमा नजर राख्नेले कहिल्यै कटनी गर्दैन। |
|
गलाती ६:९ |
भलाइ गर्ने काममा हामी नथाकौं, किनभने यदि हिम्मत हारेनौं भने ठीक समयमा हामी कटनी गर्नेछौं। |
|
हिब्रू १२:११ |
सबै ताड़ना सुरुमा सुखद हुँदैन तर दुःखदायी हुन्छ, तर ताड़नाद्वारा तालीम पाएकाहरूका लागि यसले पछि धार्मिकताको शान्तिपूर्ण फल उत्पन्न गराउँछ। |
|
हिब्रू १०:१२ |
तर ख्रीष्टले त पापहरूका निम्ति सदाको लागि एउटै बलिदान चढ़ाउनुभयो, अनि उहाँ परमेश्वरको दाहिने बाहुलीतर्फ विराजमान हुनुभयो। |
|
जेम्स ४:१७ |
यसकारण जसले भलाइ गर्न जानेर पनि गर्दैन त्यसले पाप गर्छ। |
|
जन ९:४ |
मलाई पठाउनुहुनेका कामहरू हामीले दिन छँदै गर्नुपर्छ। रात आउँछ, जब कसैले काम गर्न सक्दैन। |
|
लूका १२:३५ |
“तिमीहरूका आफ्ना कम्मर कस र तिमीहरूका बत्ती बालिराख। |
|
लूका १२:४० |
तिमीहरू पनि तयार रहो, किनकि तिमीहरूले नचिताएको बेलामा मानिसको पुत्र आउनेछ।” |
|
मत्ती ६:३३ |
तर पहिले उहाँको राज्य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछन्। |
|
फिलिप्पी ४:१३ |
जसले मलाई शक्ति दिनुहुन्छ, उहाँमा नै म सब कुरा गर्न सक्छु। |
|
हितोपदेश १०:४ |
अल्छे हातहरूले मानिसलाई कङ्गाल तुल्याउँछन्, तर लगनशील हातहरूले सम्पत्ति आर्जन गर्छन्। |
|
हितोपदेश १२:२४-२५ |
[२४] लगनशील हातले शासन गर्नेछ, तर आलस्यको अन्त्यचाहिँ कमारोपन हो।[२५] चिन्तित हृदयले मानिसलाई कमजोर तुल्याउँछ, तर दयालु वचनले त्यसलाई हर्षित तुल्याउँछ। |
|
हितोपदेश १३:४ |
अल्छेले लालसा गर्छ र त्यसलाई केही पनि मिल्दैन, तर लगनशीलका इच्छाहरू पर्याप्त रूपले पूरा गरिन्छ। |
|
हितोपदेश १४:२३ |
सबै कठोर परिश्रमले लाभ हुन्छ, तर कुरै मात्र गर्नेचाहिँ दरिद्रतामा पुग्छ। |
|
हितोपदेश १८:९ |
आफ्नो काम गर्नमा ढिलो गरिरहने व्यक्ति सर्वनाश गर्नेको भाइ जत्तिकै हो। |
|
हितोपदेश २०:४ |
अल्छेले बेलामा जोत्दैन, त्यसकारण फसलको बेला त्यसले खोज्छ तर केही फेला पार्दैन। |
|
हितोपदेश २१:१७ |
सुख-विलासको प्रेम गर्ने दरिद्र हुनेछ, दाखमद्य र तेललाई प्रेम गर्ने कहिल्यै धनी हुनेछैन। |
|
हितोपदेश २७:१ |
भोलिको धाक नलगा, किनभने एकै दिनमा के आइपर्ला भन्ने तँलाई थाहा हुँदैन। |
|
रोमी ७:२०-२१ |
[२०] अब म जो इच्छा गर्दिनँ, त्यही गर्छु भने त्यो गर्ने म होइनँ, तर मभित्र वास गर्ने पाप हो।[२१] यसरी एउटा नियमले काम गरेको म पाउँछु। जब म भलो गर्न चाहन्छु, तब दुष्टतालाई मेरो नजिकै उपस्थित पाउँछु। |
|
एफिसी ५:१५-१७ |
[१५] यसैले कसरी हिँड्छौ ध्यानसँग हेर— निर्बुद्धि मानिसजस्तो होइन, तर बुद्धिमान्जस्तो।[१६] समयको पूरा सदुपयोग गर, किनकि दिन खराब छ।[१७] यसैकारण मूर्ख नहोओ, तर प्रभुको इच्छा के छ, सो बुझ। |
|
लूका ९:५९-६२ |
[५९] उहाँले अर्कोलाई भन्नुभयो, “मेरो पछि लाग।” तर त्यसले भन्यो, “पहिले मेरा बाबुलाई गाड्न जान दिनुहोस्।”[६०] उहाँले त्यसलाई भन्नुभयो, “मुर्दाहरूलाई आफ्नै मुर्दा गाड्न देओ, तर तिमी गएर परमेश्वरका राज्यको सुसमाचार प्रचार गर।”[६१] अर्काले पनि भन्यो, “प्रभु, म तपाईंको पछि लाग्नेछु, तर पहिले आफ्नो घरमा हुनेहरूबाट मलाई बिदा लिन दिनुहोस्।”[६२] तर येशूले त्यसलाई भन्नुभयो, “आफ्नो हात हलोमा लगाएर पछिल्तिर हेर्ने कोही पनि परमेश्वरका राज्यको योग्यको हुँदैन।” |
|
हितोपदेश २४:३०-३४ |
[३०] म एउटा अल्छेको खेततिरबाट गएँ, एउटा समझ नभएको मानिसको दाखबारीबाट भएर गएँ,[३१] चारैतिर काँढ़ाहरू उम्रेका थिए, झारैझारले खेत ढाकिएको थियो, अनि ढुङ्गाको पर्खाल उजाड भएको थियो।[३२] मैले अवलोकन गरेका कुराहरूलाई हृदयमा विचार गरें, र मैले देखेका कुराहरूबाट एक शिक्षा सिकें।[३३] क्षणभरको सुताइ र क्षणभरको उँघाइले, हात बाँधेर क्षणभरको आराम गराइले,[३४] दरिद्रता तँमाथि डाँकूझैँ, र अभावचाहिँ सशस्त्र मानिसझैँ आइलाग्नेछ। |
|
Nepali Bible (NNRV) 2012 |
Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012 |