१ तिमोथी 6:17-19 |
[17] यस संसारका धनीहरूलाई घमण्डी नहुने आज्ञा देऊ, र अनिश्चित सम्पत्तिमा होइन तर हामीलाई हरेक थोक प्रशस्तसँग उपभोग गर्न दिनुहुने परमेश्वरमाथि तिनीहरूले आशा राखून्।[18] तिनीहरूले असल कार्य गरून्, र असल कामहरूमा धनी, उदार-चित्त र दानी होऊन्।[19] यसरी आफ्नै लागि भविष्यको असल जग बसाल्न सकून्, ताकि तिनीहरूले त्यो जीवन पक्रिराखून् जो साँच्ची नै जीवन हो। |
|
लूका 19:1-10 |
[1] येशू यरीहोमा प्रवेश गरेर त्यहाँबाट जाँदैहुनुहुन्थ्यो।[2] त्यहाँ जखायस नाउँ भएका एक जना मानिस थिए। तिनी कर उठाउनेहरूमा प्रमुख मानिस थिए, अनि धनी थिए।[3] येशू को हुनुहुँदोरहेछ भनेर तिनी हेर्न चाहन्थे, तर पुड़को भएका हुनाले भीड़ले गर्दा तिनले देख्न सकेनन्।[4] तिनी उहाँलाई हेर्नलाई अगिअगि दौड़ेर एउटा अञ्जीरको रूखमा चढ़े। किनकि येशू त्यही बाटो भएर जान लाग्नुभएको थियो।[5] जब येशू त्यस ठाउँमा आइपुग्नुभयो, तब उहाँले मास्तिर हेरेर तिनलाई भन्नुभयो, “ए जखायस, चाँड़ो ओर्लेर आऊ, किनभने आज मलाई तिम्रो घरमा बस्नुपरेको छ।”[6] तिनी झट्टै ओर्लेर आए। अनि खुसीसाथ उहाँको सत्कार गरे।[7] जब मानिसहरूले यो देखे, तिनीहरू सबै यसो भनेर गनगनाउन लागे, “उनी पापीको घरमा पाहुना लाग्न गए।”[8] जखायसले खड़ा भएर प्रभुलाई भने, “प्रभु, हेर्नुहोस्, म आफ्ना सम्पत्तिको आधा भाग गरीबहरूलाई दिन्छु, र कोहीबाट अन्यायपूर्वक केही लिएको छु भने म त्यसको चार गुणा फिर्ता गरिदिनेछु।”[9] तब येशूले तिनलाई भन्नुभयो, “आज यस घरमा मुक्ति आएको छ, किनकि यिनी पनि अब्राहामका छोरा हुन्।[10] किनभने मानिसको पुत्र हराएकालाई खोज्न र बचाउन आएको हो।” |
|
मार्क 4:19 |
तर यस संसारको फिक्री र धनको मोह र अरू थोकको लालच आएर वचनलाई निसासिदिन्छन्। ती फलवन्त हुँदैनन्। |
|
लूका 18:18-30 |
[18] कोही एक जना शासकले येशूलाई यसो भनेर सोधे, “हे असल गुरु, अनन्त जीवन पाउनलाई म के गरूँ?”[19] येशूले तिनलाई भन्नुभयो, “तिमी मलाई किन असल भन्दछौ? एक परमेश्वरबाहेक कोही असल छैन।[20] तिमी आज्ञाहरू त जान्दछौ: ‘व्यभिचार नगर्नू, हत्या नगर्नू, नचोर्नू, झूटा गवाही नदिनू, आफ्ना बुबा र आमाको आदर गर्नू’।”[21] तिनले भने, “यी सब त मैले मेरो युवावस्थादेखि नै पालन गरेको छु।”[22] यो सुनेपछि येशूले तिनलाई भन्नुभयो, “तिमीलाई अझ एक कुराको अभाव छ। तिमीसँग भएका जे जति छन् ती सबै बेचेर गरीबहरूलाई बाँड़िदेऊ, र तिमीलाई स्वर्गमा धन हुनेछ, र आऊ, र मेरो पछि लाग।”[23] तर यी कुरा सुनेर ती शासक अति उदास भए, किनभने तिनी अत्यन्त धनी थिए।[24] अनि येशूले तिनलाई हेरेर भन्नुभयो, “धन-सम्पत्ति हुनेहरूलाई परमेश्वरको राज्यभित्र प्रवेश गर्नु अति गाह्रो छ,[25] किनभने धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नुभन्दा त ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ।”[26] अनि सुन्नेहरूले भने, “तब कसको उद्धार हुन सक्छ त?”[27] उहाँले भन्नुभयो, “मानिसहरूका लागि जे असम्भव छ, त्यो परमेश्वरको लागि सम्भव छ।”[28] तब पत्रुसले भने, “हेर्नुहोस्, आफ्नो घरद्वार छोड़ेर हामी तपाईंको पछि लागेका छौं।”[29] तब उहाँले तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, जसले घर वा पत्नी, वा दाजुभाइ वा आमा-बुबा, अथवा छोराछोरीलाई परमेश्वरका राज्यको निम्ति त्याग्छ,[30] त्यसले यसै समयमा धेरै बढ़ी प्रतिफल पाउनेछ र आउने युगमा अनन्त जीवन प्राप्त गर्नेछ।” |
|
प्रकाश 3:17 |
“म धनी छु, र मसित धन-सम्पत्ति छ, र मलाई केही कुराको खाँचो छैन” भनी तिमी भन्दछौ, तर तिमीलाई थाहै छैन कि तिमी दु:खी, दयनीय, दरिद्र, अन्धा र नाङ्गा छौ। |
|
लूका 16:1-3 |
[1] येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “कुनै धनी मानिसको एक जना व्यवस्थापक थियो। त्यसले आफ्नो मालिकको धन-सम्पत्ति उड़ाइरहेको छ भन्ने अभियोग त्यसको विरुद्धमा लागेको थियो।[2] तब मालिकले त्यसलाई बोलाएर भन्यो, ‘तेरो विषयमा म जे सुन्दैछु त्यो के हो? व्यवस्थापकको तेरो कामको हिसाब मलाई दे। अब उप्रान्त तँ व्यवस्थापक रहनेछैनस्।’[3] “तब व्यवस्थापकले आफ्नो मनमनै भन्यो, ‘अब म के गरूँ, किनकि मेरा मालिकले मबाट व्यवस्थापकको काम खोस्न लागेका छन्। खनजोत गर्ने मेरो ताकत छैन, भीख माग्न मलाई लाज लाग्छ। |
|
मार्क 12:43-44 |
[43] आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर उहाँले तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, भेटीपात्रमा चढ़ाउनेहरूमध्ये यस गरीब विधवाले सबैभन्दा बढ़ी चढ़ाई।[44] किनभने सबैले आफ्नो-आफ्नो प्रशस्तताबाट चढ़ाए, तर यस स्त्रीले चाहिँ आफ्नो दरिद्रताबाट आफ्नो सारा जीविका नै अर्पण गरी।” |
|
लूका 19:1-27 |
[1] येशू यरीहोमा प्रवेश गरेर त्यहाँबाट जाँदैहुनुहुन्थ्यो।[2] त्यहाँ जखायस नाउँ भएका एक जना मानिस थिए। तिनी कर उठाउनेहरूमा प्रमुख मानिस थिए, अनि धनी थिए।[3] येशू को हुनुहुँदोरहेछ भनेर तिनी हेर्न चाहन्थे, तर पुड़को भएका हुनाले भीड़ले गर्दा तिनले देख्न सकेनन्।[4] तिनी उहाँलाई हेर्नलाई अगिअगि दौड़ेर एउटा अञ्जीरको रूखमा चढ़े। किनकि येशू त्यही बाटो भएर जान लाग्नुभएको थियो।[5] जब येशू त्यस ठाउँमा आइपुग्नुभयो, तब उहाँले मास्तिर हेरेर तिनलाई भन्नुभयो, “ए जखायस, चाँड़ो ओर्लेर आऊ, किनभने आज मलाई तिम्रो घरमा बस्नुपरेको छ।”[6] तिनी झट्टै ओर्लेर आए। अनि खुसीसाथ उहाँको सत्कार गरे।[7] जब मानिसहरूले यो देखे, तिनीहरू सबै यसो भनेर गनगनाउन लागे, “उनी पापीको घरमा पाहुना लाग्न गए।”[8] जखायसले खड़ा भएर प्रभुलाई भने, “प्रभु, हेर्नुहोस्, म आफ्ना सम्पत्तिको आधा भाग गरीबहरूलाई दिन्छु, र कोहीबाट अन्यायपूर्वक केही लिएको छु भने म त्यसको चार गुणा फिर्ता गरिदिनेछु।”[9] तब येशूले तिनलाई भन्नुभयो, “आज यस घरमा मुक्ति आएको छ, किनकि यिनी पनि अब्राहामका छोरा हुन्।[10] किनभने मानिसको पुत्र हराएकालाई खोज्न र बचाउन आएको हो।”[11] तिनीहरूले यी कुरा सुन्दैगर्दा उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्न लाग्नुभयो। उहाँ यरूशलेमको नजिकै हुनुहुन्थ्यो, अनि मानिसहरूले परमेश्वरको राज्य तुरुन्तै प्रकट हुन लागेको छ भन्ने सम्झेका थिए।[12] उहाँले भन्नुभयो, “एक जना खानदानी मानिस एउटा राज्य प्राप्त गरी फर्किआउन भनी कुनै टाढ़ा देशमा गए।[13] तिनले आफ्ना दश जना नोकरहरूलाई बोलाएर तिनीहरूलाई दश सुनका सिक्का दिएर भने, ‘जबसम्म म फर्किआउँदिनँ यसबाट व्यापार गर।’[14] “तर तिनका प्रजाहरू तिनलाई घृणा गर्थे, र तिनीहरूले तिनको पछिपछि यसो भनेर दूतहरूलाई पठाए, ‘तिनले हामीमाथि राज गरेका हामी चाहँदैनौं।’[15] “तब राज्य अधिकार पाई तिनी फर्केपछि आफूले पैसा दिएका नोकरहरूलाई आफूकहाँ बोलाउने हुकुम दिए, अनि व्यापारबाट तिनीहरूले कति नाफा गरे भन्ने तिनले जान्न चाहे।[16] “तब पहिलो आएर यसो भन्यो, ‘मालिक, तपाईंको सिक्काले अझै दश सिक्का कमाएको छु।’[17] “तिनले त्यसलाई भने, ‘स्याबास असल नोकर, तँ अति थोरैमा विश्वासी भइस्, तैंले दश सहरहरूमाथि अधिकार पाउनेछस्।’[18] “दोस्रो आएर यसो भन्यो, ‘मालिक, तपाईंको सिक्काले अरू पाँच सिक्का कमाएको छु।’[19] “तिनले त्यसलाई भने, ‘तैंले पनि पाँच सहरमाथि अधिकार पाउनेछस्।’[20] “अर्को आएर यसो भन्यो, ‘मालिक, हेर्नुहोस्, तपाईंको सिक्का यहाँ छ। यो मैले रूमालमा बाँधेर राखेको थिएँ।[21] म तपाईंसँग डराएँ, किनकि तपाईं कठोर मानिस हुनुहुन्छ। जे राख्नुभएन त्यो लिनुहुन्छ, र जे छर्नुभएन त्यसैको कटनी गर्नुहुन्छ।’[22] “तिनले त्यसलाई भने, ‘तेरै मुखको कुराबाट म तेरो इन्साफ गर्नेछु, ए दुष्ट नोकर! जे राखिनँ त्यो लिने, र जे छरिनँ त्यसको कटनी गर्ने म कठोर मानिस हुँ भनेर तैंले जानेकै थिइस्।[23] तब मेरो सिक्का बैङ्कमा किन राखिनस् त? म आएर व्याजसहित त्यो पाउनेथिएँ।’[24] “तब नजिक उभिनेहरूलाई तिनले भने, ‘त्यसबाट त्यो सिक्का लिएर दश सिक्का हुनेलाई दिइहाल्।’[25] तिनीहरूले तिनलाई भने, ‘हजूर, त्यससँग त दश सिक्का छँदैछन्।’[26] “‘म तिमीहरूलाई भन्दछु, जससँग छ त्यसलाई अझ बढ़ी दिइनेछ, तर जससँग छैन त्यससँग भएको पनि त्यसबाट खोसिनेछ।[27] तर मैले तिनीहरूमाथि राज गरेको नचाहने मेरा ती शत्रुहरूलाई यहाँ ल्याओ, र तिनीहरूलाई मेरै सामुन्ने मार’।” |
|
लूका 18:22-23 |
[22] यो सुनेपछि येशूले तिनलाई भन्नुभयो, “तिमीलाई अझ एक कुराको अभाव छ। तिमीसँग भएका जे जति छन् ती सबै बेचेर गरीबहरूलाई बाँड़िदेऊ, र तिमीलाई स्वर्गमा धन हुनेछ, र आऊ, र मेरो पछि लाग।”[23] तर यी कुरा सुनेर ती शासक अति उदास भए, किनभने तिनी अत्यन्त धनी थिए। |
|
मार्क 12:41-44 |
[41] अनि उहाँ मन्दिरको भेटी चढ़ाउने ठाउँको सामुन्ने बस्नुभयो, र भीड़ले भेटीपात्रमा भेटी चढ़ाएको हेर्नुभयो। धेरै धनी मानिसहरूले ठूला-ठूला रकम चढ़ाए।[42] अनि एउटी गरीब विधवाले आएर तामाका दुई सिक्का, अर्थात् एक पैसा चढ़ाई।[43] आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर उहाँले तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, भेटीपात्रमा चढ़ाउनेहरूमध्ये यस गरीब विधवाले सबैभन्दा बढ़ी चढ़ाई।[44] किनभने सबैले आफ्नो-आफ्नो प्रशस्तताबाट चढ़ाए, तर यस स्त्रीले चाहिँ आफ्नो दरिद्रताबाट आफ्नो सारा जीविका नै अर्पण गरी।” |
|
मत्ती 25:14-30 |
[14] “किनकि योचाहिँ कुनै मानिसजस्तो हो, जसले परदेश जाँदा आफ्ना नोकरहरूलाई बोलाई आफ्नो धन-सम्पत्ति तिनीहरूलाई जिम्मा दिए।[15] तिनले हरेकलाई तिनीहरूका आ-आफ्नो योग्यताअनुसार एउटालाई पाँच सुनका सिक्का, अर्कोलाई दुई र अर्कोलाई एक दिएर तिनी गइहाले।[16] तब पाँच सुनका सिक्का पाउनेले तुरुन्तै गएर त्यो व्यापारमा लगाईकन अरू पाँच सिक्का कमायो।[17] त्यसरी नै दुई सिक्का पाउनेले पनि अरू दुई कमायो।[18] तर एक सिक्का पाउनेले चाहिँ गएर भूइँ खनेर आफ्ना मालिकको धन लुकाइराख्यो।[19] “धेरै दिनपछि ती नोकरहरूका मालिक आए, र तिनले तिनीहरूसँग हिसाब मागे।[20] तब पाँच सुनका सिक्का पाउने नोकरले अरू पाँच सिक्का ल्याई अगाडि आएर यसो भन्यो, ‘हजूर, तपाईंले मलाई पाँच सिक्काको जिम्मा दिनुभएको थियो। हेर्नुहोस्, मैले अरू पाँच सिक्का कमाएको छु।’[21] “मालिकले त्यसलाई भने, ‘स्याबास, असल र विश्वासी नोकर! तँ थोरै कुरामा विश्वासी भइस्, अब म तँलाई धेरै कुराको जिम्मा दिनेछु। तँ आफ्ना मालिकको खुसीमा सहभागी हो।’[22] “दुई सिक्का पाउनेले पनि आएर भन्यो, ‘हजूर, तपाईंले मलाई दुई सिक्का दिनुभएको थियो। हेर्नुहोस्, मैले अरू दुई सिक्का कमाएको छु।’[23] “त्यसका मालिकले त्यसलाई भने, ‘स्याबास, असल र विश्वासी नोकर, तँ थोरै कुरामा विश्वासी भइस्, अब म तँलाई धेरै कुराको जिम्मा दिनेछु। तँ आफ्ना मालिकको खुसीमा सहभागी हो।’[24] “एक सुनको सिक्का पाउनेले पनि आएर भन्यो, ‘हजूर, नरोपेको जग्गाबाट कटनी गर्ने र ननिफनेको ठाउँबाट बटुल्ने तपाईं कठोर मानिस हुनुहुन्छ भन्ने मलाई थाहा थियो।[25] यसैले मलाई डर लाग्यो, र गएर तपाईंको सिक्का मैले माटोमुनि लुकाइराखें। हेर्नुहोस्, यो तपाईंको सिक्का लिनुहोस्।’[26] “त्यसका मालिकले त्यसलाई जवाफ दिए, ‘ए दुष्ट, अल्छे नोकर, नरोपेको ठाउँमा कटनी गर्छु, र ननिफनेको ठाउँबाट बटुल्छु भनेर तैंले जानेको थिइस् भने,[27] तैंले मेरो धन साहूकहाँ राख्नुपर्नेथियो, र आएर मैले मेरो धन ब्याजसमेत फिर्ता पाउनेथिएँ।[28] यसकारण त्यसबाट यो सिक्का खोस, र जससँग दश सिक्का छ त्यसलाई देओ।[29] किनभने जससँग छ त्यसलाई अरू दिइनेछ, र त्यससँग प्रशस्त हुनेछ। तर जससँग छैन त्यससँग भएको पनि त्यसबाट खोसिनेछ।[30] त्यस बेकम्मा नोकरलाई चाहिँ बाहिरी अन्धकारमा फालिदेओ, जहाँ मानिसहरू रुनेछन् र दाह्रा किट्नेछन्।’ |
|
मत्ती 13:22 |
काँढ़ाहरूमा छरिएको चाहिँ त्यो हो, जसले वचन सुन्छ, तर यस संसारको फिक्री र धन-सम्पत्तिको छलले वचनलाई बाधा दिन्छ, र त्यो फल नदिने हुन्छ। |
|
हितोपदेश १३:२२ |
असल मानिसले आफ्ना नाति-नातिनाहरूका निम्ति पैतृक-सम्पत्ति छोडिराख्छ, तर पापीहरूको धन धर्मीहरूका लागि थुपारिन्छ। |
|
हितोपदेश ३:९-१० |
[९] आफ्नो धन-सम्पत्ति र आफ्ना सबै उब्जनीको अगौटे फलले परमप्रभुको आदर गर,[१०] तब तेरा ढुकुटीहरू पोखुन्जेल भरिनेछन्, र तेरा भाँड़ाहरू नयाँ मद्यले चुलिएर पोखिनेछन्। |
|
हितोपदेश १०:४ |
अल्छे हातहरूले मानिसलाई कङ्गाल तुल्याउँछन्, तर लगनशील हातहरूले सम्पत्ति आर्जन गर्छन्। |
|
हितोपदेश १८:११ |
धनीको सम्पत्ति नै तिनीहरूको लागि किल्लाबन्दी गरिएको सहर हो, तिनीहरू यसलाई चढ्नै नसकिने पर्खाल ठान्छन्। |
|
होशे १२:८ |
एफ्राइमले यस कुराको घमण्ड गर्छ, “म असाध्य धनी छु, म धनाढ्य भएको छु। मेरा सारा धन-सम्पत्तिले गर्दा तिनीहरूले ममा कुनै अधर्म पाउनेछैनन्।” |
|
जकरिया १४:१४ |
यहूदाले पनि यरूशलेममा लड़ाइँ गर्नेछ। सबै वरिपरिका जातिहरूको धन-सम्पत्ति जम्मा गरिनेछ— सुन, चाँदी, लुगाफाटाहरू ठूलो परिणाममा बटुलिनेछ। |
|
उपदेशक ५:१९ |
यसबाहेक जब परमेश्वरले कुनै मानिसलाई धन-सम्पत्ति र जग्गाजमिन, र ती उपभोग गर्ने मौका दिनुहुन्छ, र त्यसलाई आफ्नो भाग ग्रहण गर्न र आफ्नो काममा खुशी रहन दिनुहुन्छ— यो परमेश्वरको वरदान हो। |
|
उपदेशक ६:२ |
परमेश्वरले कुनै मानिसलाई धन-सम्पत्ति, जग्गाजमिन र मान दिनुहुन्छ, जसले गर्दा त्यसलाई मन लागेको कुनै कुराको अभाव हुँदैन। तर परमेश्वरले त्यसलाई ती उपभोग गर्न नदिएर एउटा अर्कै मानिसलाई उपभोग गर्न दिनुहुन्छ। यो व्यर्थ र दु:खदायी खराबी हो। |
|
व्यवस्था ८:१८ |
तर परमप्रभु तिमीहरूका परमेश्वरलाई सम्झ, किनकि उहाँले नै तिमीहरूलाई धन-सम्पत्ति प्राप्त गर्ने शक्ति दिनुहुन्छ। यसरी नै उहाँले तिमीहरूका पुर्खाहरूसित बाँध्नुभएको करार स्थिर गर्नुहुन्छ, जो आजसम्म छँदैछ। |
|
हितोपदेश १०:२२ |
परमप्रभुको आशिष्ले धन-सम्पत्ति ल्याउँछ, अनि उहाँले त्यसमाथि दु:ख थप्नुहुन्न। |
|
भजनमा ३७:१६-१७ |
[१६] धेरै दुष्टहरूका सम्पत्तिको प्रचुरताभन्दा धर्मी जनहरूसँग भएको थोरै कुरो उत्तम हो।[१७] किनकि दुष्टहरूका पाखुरा भाँचिनेछन्, तर धर्मीहरूलाई परमप्रभुले थामिराख्नुहुन्छ। |
|
हितोपदेश 15:16-17 |
[16] होहल्लाको साथ प्रशस्तै धन हुनुभन्दा थोरै धनसित परमप्रभुको भय राख्नु उत्तम हो।[17] द्वेषले भरिएको ठाउँमा मोटो बाछो खानुभन्दा प्रेम भएको ठाउँमा सागपातसँग भोजन गर्नु उत्तम हो। |
|
व्यवस्था ८:१७-१८ |
[१७] “हाम्रा हातको शक्ति र बलले नै यो धन-सम्पत्ति हामीले कमायौं” भनी तिमीहरूले मनमा सोचौला।[१८] तर परमप्रभु तिमीहरूका परमेश्वरलाई सम्झ, किनकि उहाँले नै तिमीहरूलाई धन-सम्पत्ति प्राप्त गर्ने शक्ति दिनुहुन्छ। यसरी नै उहाँले तिमीहरूका पुर्खाहरूसित बाँध्नुभएको करार स्थिर गर्नुहुन्छ, जो आजसम्म छँदैछ। |
|
हितोपदेश १०:१५ |
धनीको धन नै तिनीहरूका निम्ति बलियो सहर हो, तर दरिद्रताले असहायहरूको पतन हुन्छ। |
|
भजनमा ३९:४-६ |
[४] हे परमप्रभु, मेरो जीवनको अन्त देखाउनुहोस्। मेरो जीवनका अब कति दिन बाँकी छन्, र मेरो जीवन कति क्षणभङ्गुर छ भनी मलाई जान्न दिनुहोस्।[५] तपाईंले मेरो जीवनकाल बित्ताभरको बनाउनुभएको छ, र मेरो आयु तपाईंको दृष्टिमा केही पनि होइन। मानिसको जीवन एक मुट्ठी सासमा मात्र अड़ेको छ। सेला[६] मानिस छायाजस्तै मात्र हिँड्डुल गर्छ, त्यसले व्यर्थमा हलचल गर्दछ, त्यसले धन-सम्पत्ति थुपार्छ, तर त्यो बटुल्ने को हुन्छ, त्यसले जान्दैन। |
|
उपदेशक ५:८-१७ |
[८] यदि तिमीले एउटा जिल्लामा गरीबहरूको अत्याचार भएको र तिनीहरूका न्याय र हक इन्कार भएको देख्यौ भने अचम्म नमान, किनभने हरेक अधिकारीमाथि अझ ठूलो अधिकारी खटाइएको हुन्छ, र तीभन्दा अझै ठूला अधिकारीहरूले तिनीहरूमाथि हेर-विचार गर्दछन्।[९] जमिनबाट उब्जेका सबैले लिन्छन्, राजा स्वयम्ले खेतबाटै लाभ उठाउँछन्।[१०] जसले रुपियाँपैसाको माया गर्छ, त्यसलाई रुपियाँपैसाले कहिल्यै पुग्दैन। जसले धन-सम्पत्तिको माया गर्छ, त्यो आफ्नो आमदानीसँग कहिल्यै सन्तुष्ट हुँदैन। यो पनि व्यर्थ हो।[११] जब धन-सम्पत्ति बढ्छ, तब खाने मुख पनि धेरै बढ्छ। अनि ती हेर्नुबाहेक मालिकलाई धन-सम्पत्तिको अरू के लाभ हुन्छ र?[१२] परिश्रम गर्नेको निद्रा मीठो हुन्छ, चाहे त्यसले थोरै खाओस् अथवा धेरै, तर धनीको प्रचुर धनले गर्दा त्यसलाई निद्रै लाग्दैन।[१३] मैले सूर्यमुनि एउटा दु:खदायी खराबी देखेको छु। मालिकले आफ्नै नोक्सानीको निम्ति धन-सम्पत्ति थुपारेको,[१४] अथवा कुनै दुर्भाग्यले त्यसले आफ्नो धन-सम्पत्ति गुमाएको थियो, र जब त्यसको छोरा भयो उसको निम्ति केही रहेन।[१५] मानिस आमाको गर्भबाट नाङ्गै आउँछ, र जसरी आउँछ, त्यसरी नै त्यो फर्किजान्छ। त्यसले आफ्नो परिश्रमबाट आफ्नो हातमा लान सक्ने केही लैजाँदैन।[१६] यो पनि एउटा दु:खदायी खराबी हो। मानिस जसरी आउँछ, त्यसरी नै फर्किजान्छ। त्यसलाई के लाभ हुन्छ र? किनभने त्यसको परिश्रम हावामै खेर जान्छ।[१७] त्यसले आफ्नो सारा जीवनकाल ठूलो नैराश्य, कष्ट, रीसराग र अन्धकारमा बिताउँछ। |
|
भजनमा ४९:१०-२० |
[१०] किनकि सबैले देख्न सक्छन् कि बुद्धिमान् मानिस पनि मर्दारहेछन्, मूर्ख र विवेकहीन मानिसहरू पनि नष्ट हुन्छन्, र तिनीहरूले आफ्ना धन-सम्पत्ति अरूहरूका लागि छोड्छन्।[११] तिनीहरूका चिहान सदाकाल तिनीहरूका घर हुन्छन्, पुस्तौँसम्म ती तिनीहरूका वासस्थान हुनेछन्, यद्यपि तिनीहरूले आफ्नै नाउँमा जमिनको नाउँ राखेका थिए।[१२] तर मानिस आफूसँग धन-सम्पत्ति भए पनि टिकिरहन सक्दैन, त्यो त नष्ट हुने पशुतुल्य छ।[१३] आफूमाथि भर पर्नेहरूको गति यस्तै हुन्छ, र तिनीहरूका कुरालाई समर्थन गरेर तिनीहरूका पछि लाग्नेहरूको गति पनि यस्तै हुन्छ। सेला[१४] तिनीहरूको अन्त्य भेड़ाको जस्तै चिहानमा हुन्छ, मृत्युले तिनीहरूलाई निल्नेछ। बिहानै सोझाहरूले तिनीहरूमाथि शासन गर्नेछन्, तिनीहरूका राजकीय महलदेखि टाढ़ामा तिनीहरूका देह चिहानमा कुहेर जानेछन्।[१५] तर परमेश्वरले मोल तिरेर मेरो प्राणलाई चिहानबाट छुटाउनुहुनेछ, उहाँले मलाई निश्चय नै ग्रहण गर्नुहुनेछ। सेला[१६] कोही धनी भयो र त्यसको घरको गौरव बढ़्यो भने तिमीहरू नडराओ।[१७] किनकि त्यो मर्दा त्यसले आफूसँग केही पनि लैजानेछैन, त्यसको गौरव त्यसको पछिपछि जानेछैन।[१८] त्यो बाँचुञ्जेल आफूलाई त्यसले धन्यको ठान्यो— कारण मानिसहरूले कोही मानिसको उन्नति हुँदा त्यसको प्रशंसा गर्छन्—[१९] तापनि त्यो आफ्नो पिता-पुर्खाको पुस्तामा मिल्न जानेछ, जसले फेरि कहिल्यै जीवनको ज्योति देख्नेछैनन्।[२०] समझशक्ति नभएको धनी मानिस नष्ट हुने पशुतुल्य हो। |
|
भजनमा ५२:७ |
“हेर यो मानिस, जसले परमेश्वरलाई आफ्नो आश्रय बनाएन, तर आफ्ना धन-सम्पत्तिको प्रशस्ततामा भरोसा राख्यो, र अरूलाई विनाश गरी बलियो भयो।” |
|
उपदेशक ५:१० |
जसले रुपियाँपैसाको माया गर्छ, त्यसलाई रुपियाँपैसाले कहिल्यै पुग्दैन। जसले धन-सम्पत्तिको माया गर्छ, त्यो आफ्नो आमदानीसँग कहिल्यै सन्तुष्ट हुँदैन। यो पनि व्यर्थ हो। |
|
२ इतिहास १:११-१२ |
[११] परमेश्वरले सोलोमनलाई भन्नुभयो, “तेरो इच्छा यही भएको हुनाले, र तैंले धन-सम्पत्ति अथवा अधिकार वा मानमर्यादा वा आफ्ना शत्रुहरूको प्राण वा आफ्नो निम्ति दीर्घायु नमागेको तर मैले तँलाई राजा तुल्याएको यस प्रजामाथि शासन गर्ने बुद्धि र ज्ञान तैंले मागेको हुनाले,[१२] बुद्धि र ज्ञान तँलाई दिइनेछन्। अनि म तँलाई यस्तो धन-सम्पत्ति, अधिकार र मानमर्यादा पनि दिनेछु, जो तँभन्दा अघिका कुनै राजाले पाएका थिएनन्, अनि पछिका राजाले पनि पाउनेछैनन्।” |
|
१ राजा ३:११-१३ |
[११] यसकारण परमेश्वरले तिनलाई भन्नुभयो, “तैंले यो कुरा मागेकोले, र तैंले आफ्नो निम्ति लामो आयु अथवा धन-सम्पत्ति वा तेरा शत्रुहरूको प्राण नमागेको, तर ठीकसित न्यायको निधो गर्नलाई बुद्धि मागेको कारणले,[१२] तैंले मागेको म पूरा गर्नेछु। म तँलाई बुद्धिमान् र निधो गर्न सक्ने मन दिनेछु, कि तेरो अघि तँजस्तो कहिले कोही भएको छैन, न तेरो पछि कहिल्यै अरू कोही हुनेछ।[१३] यसबाहेक तैंले नमागेका ती कुराहरू, अर्थात् धन-सम्पत्ति र मान पनि म तँलाई दिनेछु, यहाँसम्म कि तेरो जीवनकालमा राजाहरूमध्ये कुनै पनि तेरो बराबरी हुनेछैन। |
|
हितोपदेश २८:८ |
अति नै ब्याज लगाएर जसले आफ्नो सम्पत्ति बढ़ाउँछ, त्यसले कुम्ल्याएको धन अर्कैको हुनेछ, जसले गरीबमाथि दया राख्नेछ। |
|
भजनमा ११२:१-३ |
[१] परमप्रभुको प्रशंसा गर। त्यो मानिस धन्यको हो, जसले परमप्रभुको भय मान्दछ, र उहाँका आज्ञाहरूमा ज्यादै प्रसन्न हुन्छ।[२] त्यसको वंश देशमा शक्तिशाली हुनेछ, सोझा मानिसहरूको पुस्ताले आशिष् पाउनेछ।[३] त्यसको घरमा धन-सम्पत्ति रहन्छ, र त्यसको धार्मिकता सदा रहिरहन्छ। |
|
मत्ती ६:३३ |
तर पहिले उहाँको राज्य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछन्। |
|
मत्ती ६:२४ |
“कसैले दुई मालिकको सेवा गर्न सक्दैन। किनभने त्यसले एउटालाई घृणा गर्नेछ र अर्कालाई प्रेम गर्नेछ। अथवा त्यसले एउटाप्रति भक्ति राख्नेछ, र अर्कालाई त्यसले तुच्छ ठान्नेछ। तिमीहरूले परमेश्वर र धनको सेवा गर्न सक्दैनौ। |
|
हितोपदेश २१:५ |
लगनशीलको योजनाहरूले लाभ गराउनेतर्फ उन्मुख गराउँछ, त्यसरी नै हतार गर्नाले दरिद्रतामा पुगिन्छ। |
|
व्यवस्था १५:११ |
देशमा गरीब सधैँ हुनेछन्। यसकारण म तिमीहरूलाई आज्ञा दिँदैछु, आफ्ना भाइबन्धु र आफ्नो देशमा भएका गरीब र दरिद्र हुनेहरूलाई उदार-चित्तले दिनू। |
|
१ कोरिन्थी १६:२ |
प्रत्येक हप्ताको पहिलो दिन तिमीहरू हरेकले आ-आफ्नो कमाइअनुसार केही धन छुट्ट्याएर जम्मा गर्दै राख्नू, ताकि म आउँदा भेटी संग्रह गर्नु नपरोस्। |
|
१ पत्रुस ५:२ |
तिमीहरूको रेखदेखमा राखिएको परमेश्वरका बगालको हेरचाह गर। करले होइन तर स्वेच्छाले, धनको लोभले होइन तर उत्साहसाथ, |
|
लूका १६:१९-३१ |
[१९] “एक जना धनी मानिस थियो, जो बहुमूल्य वस्त्र र मिहीन मलमल लगाएर दिनहुँ मोजमज्जामा बस्तथ्यो।[२०] उसको ढोकामा लाजरस नाउँको एक जना गरीब मानिसलाई ल्याएर राखिदिन्थे। त्यो घावैघाउले भरिएको थियो।[२१] त्यस धनी मानिसको टेबिलबाट झरेका टुक्राटाक्री खाएर लाजरसले आफ्नो पेट भर्ने इच्छा गर्थ्यो। कुकुरहरूले पनि आएर त्यसका घाउहरू चाट्थे।[२२] “त्यो गरीब मानिस मर्यो, र स्वर्गदूतहरूले त्यसलाई लगेर अब्राहामको साथमा राखे। त्यो धनी मानिस पनि मर्यो र गाडियो।[२३] नरकमा कठोर कष्ट भोगिरहेको बेला उसले नजर उठाएर हेर्यो र टाढ़ामा अब्राहाम र उनको साथमा लाजरसलाई देख्यो।[२४] अनि उसले कराएर भन्यो, ‘हे पिता अब्राहाम, ममाथि दया गरेर लाजरसलाई पठाइदिनुहोस्, र त्यसले आफ्नो औँलाको टुप्पा पानीमा चोपेर मेरो जिब्रोलाई शीतल पारिदेओस्, किनकि म यस ज्वालामा भयङ्कर वेदना पाइरहेछु।’[२५] “तर अब्राहामले भने, ‘छोरो, याद गर्, तैंले आफ्नो जीवनकालमा असल-असल कुराहरू भोग गरिस्, र त्यसै गरी लाजरसले दुःखैदुःख भोग्यो। त्यो अब यहाँ आराममा छ, र तँचाहिँ कष्टमा छस्।[२६] यी सबै कुराबाहेक यहाँबाट तँकहाँ पारि जान खोज्नेहरू जान नसकून् र त्यहाँबाट यहाँ हामीकहाँ वारि आउन पनि नसकून् भनेर हामीहरू र तिमीहरूका बीचमा एउटा अति गहिरो धाँदो छ।’[२७] “उसले भन्यो, ‘पिता, यसैकारण म तपाईंलाई बिन्ती गर्दछु, तपाईंले त्यसलाई मेरा बाबुको घरमा पठाइदिनुहोस्,[२८] किनभने मेरा पाँच भाइ छन्, र त्यसले तिनीहरूलाई चेताउनी देओस्, नत्रता तिनीहरू पनि यस कष्टको ठाउँमा आउलान्।’[२९] “तर अब्राहामले भने, ‘तिनीहरूका साथमा मोशा र अगमवक्ताहरूका पुस्तक छन्। तिनीहरूले ती सुनून्।’[३०] “तर उसले भन्यो, ‘होइन, पिता अब्राहाम, मरेकाबाट कोही एक जना तिनीहरूकहाँ गयो भनेता तिनीहरूले पश्चात्ताप गर्नेछन्।’[३१] “उनले उसलाई भने, ‘मोशा र अगमवक्ताहरूका कुरा तिनीहरूले सुन्दैनन् भने, मृतकहरूबाट कोही जीवित भए पनि तिनीहरूले विश्वास गर्नेछैनन्’।” |
|
१ तिमोथी ६:१० |
किनभने रुपियाँपैसाको मोह नै सबै किसिमका खराबीको जड़ हो। पैसाको लोभमा परेर कोही-कोही विश्वासबाट कुमार्गतिर लागेका छन्, र धेरै पीडाले तिनीहरूका हृदय घोचेका छन्। |
|
लूका ६:२० |
तब उहाँले आफ्ना चेलाहरूमाथि नजर उचालेर भन्नुभयो: “धन्य तिमी, दीन हुनेहरू, किनभने परमेश्वरको राज्य तिमीहरूकै हो। |
|
हितोपदेश २२:७ |
धनीले गरीबमाथि प्रभुत्व जमाउँछ, र ऋण लिनेचाहिँ ऋण दिनेको नोकर हुन्छ। |
|
मत्ती 6:19-21 |
[19] “आफ्नो निम्ति पृथ्वीमा धन-सम्पत्ति नथुपार, जहाँ कीरा र खियाले ती नष्ट पार्छन् र जहाँ चोरहरूले घर फोरेर ती चोर्छन्।[20] तर आफ्नो निम्ति स्वर्गमा धन-सम्पत्ति थुपार, जहाँ कीराले वा खियाले नष्ट पार्दैन, र चोरले पनि चोर्दैन।[21] किनकि जहाँ तिम्रो धन हुन्छ, त्यहीँ तिम्रो मन पनि हुन्छ। |
|
Nepali Bible (NNRV) 2012 |
Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012 |