जेम्स १:१३-१८ |
[१३] परीक्षा हुँदा कसैले पनि यसो नभनोस्, “परमेश्वरद्वारा मेरो परीक्षा भएको हो।” किनकि कुनै खराब कुराबाट परमेश्वरको परीक्षा हुन सक्दैन, र उहाँ आफैले पनि कुनै मानिसको परीक्षा गर्नुहुन्न।[१४] तर हरेक मानिस आफ्नै खराब इच्छाद्वारा लोभिएर परीक्षामा पर्दछ।[१५] तब खराब इच्छाले गर्भधारण गरेपछि त्यसले पाप जन्माउँछ। अनि पाप पूरै बढ़ेपछि त्यसले मृत्यु ल्याउँछ।[१६] मेरा प्यारा भाइ हो, धोकामा नपर।[१७] हरेक असल दान र हरेक सिद्ध वरदान स्वर्गबाट हो, यो वरदान ज्योतिका पिताबाट आउँछ। बदली रहने छायाजस्तो उहाँमा कुनै हेरफेर हुँदैन।[१८] उहाँले आफ्नै इच्छाले सत्यको वचनद्वारा हामीलाई जन्म दिनुभयो, यस हेतुले कि हामी उहाँको सृष्टिको एक अगौटे फलजस्तो बन्न सकौं। |
|
लूका २२:४० |
त्यस ठाउँमा पुगेपछि उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू प्रार्थना गरिरहो, र परीक्षामा नपर।” |
|
जन ८:६ |
तर तिनीहरूले उहाँको जाँच गर्नलाई, र उहाँमाथि अभियोग लाउन सकिन्छ कि भनी यसो भनेका थिए। येशूले निहुरेर भूइँमा औँलाले लेख्नुभयो। |
|
मत्ती ६:१३ |
हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर दुष्टबाट छुटाउनुहोस् किनभने राज्य, पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन्, आमेन।’ |
|
लूका ११:४ |
हाम्रा पाप हामीलाई क्षमा गरिदिनुहोस्, किनकि हामी पनि हाम्रा विरुद्धमा अपराध गर्नेहरूलाई क्षमा गर्दछौं। हामीलाई परीक्षामा नलैजानुहोस्’।” |
|
लूका ४:१३ |
दियाबलसले उहाँलाई सबै परीक्षा गरिसकेपछि अनुकूल समय नभएसम्म उहाँलाई छोड़ेर गयो। |
|
१ कोरिन्थी ७:२ |
तर व्यभिचारसम्बन्धी परीक्षा अनेक भएका हुनाले हरेक मानिसको आफ्नै पत्नी होस्, र हरेक स्त्रीको पनि आफ्नै पति होस्। |
|
१ कोरिन्थी १०:१३ |
मानिसलाई आइपर्ने परीक्षाबाहेक तिमीहरू अरू परीक्षामा परेका छैनौ। तर परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई तिमीहरूका शक्तिदेखि बाहिरका परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहन सकून् भनेर परीक्षाको साथसाथै उम्कने बाटो पनि दिनुहुन्छ। यसरी तिमीहरू त्यसलाई खप्न सक्नेछौ। |
|
मत्ती ४:७ |
येशूले त्यसलाई भन्नुभयो, “लेखिएको छ, ‘तैंले परमप्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्नू’।” |
|
मार्क ८:११ |
फरिसीहरू उहाँकहाँ आएर उहाँसँग बहस गर्न लागे, र उहाँलाई परीक्षा गर्नलाई स्वर्गबाट एउटा चिन्ह मागे। |
|
मत्ती २२:१८ |
तर येशूले तिनीहरूको धूर्तता थाहा पाएर भन्नुभयो, “ढोंगी हो, तिमीहरू मलाई किन जाँच्दछौ? |
|
हितोपदेश ७:२५-२६ |
[२५] तिमीहरूको हृदय त्यसको चालतिर फस्न नदेओ, त्यसको बाटोतिर बरालिएर नजाओ।[२६] त्यसले धेरै जनालाई नष्ट पारेकी छे, त्यसको शिकार बन्नेहरू असंख्य छन्। |
|
जेम्स ४:१-४ |
[१] तिमीहरूका बीचमा लड़ाइँ र झगड़ाहरू कुन कुराले ल्याउँछ? के यी सब तिम्रो शरीरका अङ्गहरूमा सङ्घर्ष गर्ने अभिलाषाहरूबाट आएका होइनन् र?[२] तिमीहरू इच्छा त गर्दछौ, तर तिमीहरू पाउँदैनौ। तिमीहरू हत्या गर्दछौ र लोभ गर्छौ, तर पाउन सक्दैनौ। तिमीहरू झगड़ा गर्दछौ र लड़ाइँ गर्छौ। तिमीहरूसित हुँदैन, किनभने तिमीहरू परमेश्वरसँग माग्दैनौ।[३] तिमीहरू माग्छौ तर पाउँदैनौ, किनकि आफ्ना अभिलाषा पूरा गर्नलाई बेठीकसित माग्छौ।[४] व्यभिचारी मानिस हो, संसारसँगको मित्रता परमेश्वरसँगको शत्रुता हो भन्ने कुरा के तिमीहरूलाई थाहा छैन? यसकारण जो संसारसँग मित्र हुन चाहन्छ त्यसले आफैलाई परमेश्वरको शत्रु बनाउँछ। |
|
१ पत्रुस ४:१२ |
प्रिय हो, तिमीहरूलाई पारख गर्ने अग्निमय परीक्षा तिमीहरूमाथि आइपर्दा केही अनौठो कुरा भएजस्तै तिमीहरू छक्क नपर। |
|
२ पत्रुस २:९ |
यसरी भक्तलाई परीक्षाबाट बचाउन र भक्तिहीनहरूलाई न्यायको दिनसम्म दण्डमा जकड़िराख्न प्रभु जान्नुहुन्छ, |
|
गलाती ४:१४ |
यद्यपि मेरो बिरामी अवस्था तिमीहरूका लागि एउटा परीक्षा थियो, तथापि तिमीहरूले मलाई तिरस्कार गरेनौ, न घृणा नै गर्यौ, तर परमेश्वरको एउटा दूतलाई, ख्रीष्ट येशूलाई झैँ मलाई ग्रहण गर्यौ। |
|
१ थिस्सलोनिकी ३:५ |
यसकारण मैले अझै सहन नसक्दा परीक्षा गर्नेले कुनै किसिमले तिमीहरूलाई परीक्षामा पार्यो कि भनी र हाम्रो परिश्रम व्यर्थै जाला कि भन्ने डरले तिमीहरूको विश्वास थाहा पाउनलाई मैले तिनलाई पठाएँ। |
|
१ तिमोथी ५:८ |
यदि कसैले आफन्तहरूको र विशेष गरी आफ्नै परिवारको पालनपोषण गर्दैन भनेता त्यसले विश्वासलाई इन्कार गर्दछ, र विश्वास नगर्नेहरूभन्दा पनि खराब हुन्छ। |
|
१ तिमोथी ६:९ |
तर धनी हुने इच्छा गर्नेहरू परीक्षामा पर्छन्, पासोमा फस्छन् र धेरै अर्थहीन र दुःखदायी इच्छाहरूमा डुब्छन्, जसले मानिसहरूलाई बरबादी र सर्वनाशमा डुबाउँछन्। |
|
Nepali Bible (NNRV) 2012 |
Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012 |