२ कोरिन्थी १२:२१ |
मलाई डर लाग्छ, कि म फेरि आउँदा मेरा परमेश्वरले मलाई तिमीहरूका सामुन्ने होच्याइदिनुहुनेछ, र धेरै जनाका निम्ति मैले शोक गर्नुपर्नेछ, जुनहरूले अघि पाप गरेका थिए, र आफूले गरेका अशुद्धता, व्यभिचार र छाडापनबाट पश्चात्ताप गरेका छैनन् होला। |
|
एफिसी ५:३ |
तर तिमीहरूका बीचमा व्यभिचार र सारा अशुद्धता अथवा लोभको नाउँसमेत नलिइओस्, जो सन्तहरूका बीचमा हुन सुहाउँदैन। |
|
एफिसी ५:३३ |
जे भए पनि तिमीहरू हरेकले आफ्नी पत्नीलाई आफैलाई झैँ प्रेम गर, र पत्नीले पनि आफ्ना पतिको आदर गरोस्। |
|
गलाती ५:१९ |
पापमय स्वभावका कामहरू प्रत्यक्ष छन्, जो यी नै हुन्— व्यभिचार, अपवित्रता, लम्पटपना, |
|
उत्पत्ति २:२४ |
यसैकारण मानिसले आफ्ना आमा-बुबालाई छोड्छ र आफ्नी पत्नीसँग मिलिरहन्छ, र तिनीहरू एउटै शरीर हुन्छन्। |
|
हिब्रू १३:४ |
सबैका बीचमा विवाहचाहिँ आदरणीय होस्, वैवाहिक सम्बन्ध नबिटुलिओस्, किनकि दुराचारी र व्यभिचारीहरूको इन्साफ परमेश्वरले गर्नुहुन्छ। |
|
१ कोरिन्थी ६:९ |
अधर्मीहरू परमेश्वरका राज्यको हकदार हुँदैनन् भन्ने के तिमीहरूलाई थाहा छैन? धोका नखाओ— अनैतिकहरू, मूर्तिपूजकहरू, व्यभिचारीहरू, समलिङ्गीहरू, पुरुषगामीहरू, |
|
१ कोरिन्थी ६:१८ |
व्यभिचारदेखि अलग बस। अरू जुनसुकै पाप जो मानिसले गर्दछ, त्यो शरीरबाट बाहिर हुन्छ, तर व्यभिचार गर्ने मानिसले आफ्नै शरीरको विरुद्धमा पाप गर्दछ। |
|
१ यूहन्ना १:९ |
यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ। |
|
मत्ती ५:२८ |
तर म तिमीहरूलाई भन्दछु, जसले कोही स्त्रीलाई कामवासनाको इच्छाले हेर्दछ, त्यसले अघिबाटै आफ्नो हृदयमा त्यससँग व्यभिचार गरिसकेको हुन्छ। |
|
मार्क ७:२२-२३ |
[२२] लोभ, दुष्टता, छल, छाडापन, ईर्ष्या, निन्दा, घमण्ड, मूर्खता निस्कन्छन्।[२३] यी सबै दुष्ट कुराहरू भित्रबाट निस्कन्छन्, र मानिसलाई अशुद्ध पार्छन्। |
|
१ थिस्सलोनिकी ४:३-५ |
[३] किनकि परमेश्वरको इच्छा जो तिमीहरूको पवित्रकरण पनि हो, सो यो हो कि तिमीहरू व्यभिचारबाट अलग बस।[४] पवित्रता र आदरसाथ आफ्नो निम्ति पत्नी लिनू, सो तिमीहरू प्रत्येकले जान,[५] तर परमेश्वरलाई नचिन्ने अविश्वासीहरूजस्तै कामुकताको कुवासनामा नबस। |
|
मार्क १०:६-९ |
[६] तर सृष्टिको आरम्भदेखि परमेश्वरले तिनीहरूलाई नर र नारी गरी बनाउनुभयो।[७] ‘यसैकारण मानिस आफ्ना बुबा र आमालाई छोड़ेर आफ्नी पत्नीसँग मिलिरहन्छ,[८] र ती दुई जना एउटै शरीर हुनेछन्।’ तिनीहरू फेरि दुई होइनन्, तर एउटै शरीर हुन्छन्।[९] यसकारण परमेश्वरले जसलाई एकसाथ जोड्नुभएको छ, मानिसले नछुट्ट्याओस्।” |
|
हितोपदेश ५:१५-१९ |
[१५] आफ्नै कुण्डको पानी, र आफ्नै कूवाबाट बगेको पानी पी।[१६] के तेरो कूवाको पानी सड़कतिर, र तेरो खोलाको पानी बजारहरूतिर बग्न दिने?[१७] त्यो तेरै निम्ति मात्र होस्। पराई त्यसको हिस्सेदार पटक्कै हुन नपाओस्[१८] तेरो फुहारा आशीर्वादी होस्, र तेरो युवावास्थाकी पत्नीसित तँ आनन्दित हो।[१९] मयालु मृगी र राम्री हरिणीझैँ, त्यसकै स्तनमा तँ सन्तुष्ट बन्, तँ सधैँ त्यसकै प्रेममा मोहित भइरहेस्। |
|
१ कोरिन्थी १३:४-८ |
[४] प्रेम सहनशील हुन्छ र दयालु हुन्छ। प्रेमले डाह गर्दैन, न शेखी गर्छ।[५] प्रेम हठी हुँदैन, न ढीट हुन्छ। प्रेमले आफ्नै कुरामा जिद्दी गर्दैन, झर्को मान्दैन, खराबीको हिसाब राख्दैन।[६] प्रेम खराबीमा प्रसन्न हुँदैन, तर ठीक कुरामा रमाउँछ।[७] प्रेमले सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुरामा आशा राख्छ, सबै कुरामा स्थिर रहन्छ।[८] प्रेमको कहिल्यै अन्त्य हुँदैन। अगमवाणीहरू बितेर जानेछन्, भाषाहरू बन्द हुनेछन्, ज्ञान टलिजानेछ। |
|
सुलेमानको गीत ७:६-१२ |
[६] तिमी कति सुन्दरी र मनोहर छ्यौ, हे प्रिय, तिम्रो आनन्दमा![७] तिम्रो शरीरको कद खजूरको रूखजस्तै, र तिम्रा स्तनहरू फलका झुप्पाझैँ छन्।[८] मैले भनें, “म खजूरको रूखमा चढ्नेछु, र यसका फल समात्नेछु।” तिम्रा स्तनहरू दाखका झुप्पाहरूजस्तै, तिम्रो सासको बास्ना स्याउको सुगन्धझैँ,[९] र तिम्रो मुख उत्तम दाखमद्यजस्तै होऊन्। ओठ र दाँतबाट भएर बिस्तारै बग्दै दाखमद्य सीधै मेरा प्रेमीकहाँ पुगोस्।[१०] म मेरा प्रेमीकी हुँ, र उहाँको तृष्णा मेरै निम्ति छ।[११] आउनुहोस्, मेरा प्रेमी, खेतबारी हुँदो डुल्न जाऔं, र राती गाउँतिर वास बसौं।[१२] हामी बिहानै दाखबारीमा जाऔं, दाखमा कोपिला लागेर फक्रेका छन् कि, र दारिमहरूका फूल लागेछन् कि हेरौं— त्यहाँ म तपाईंलाई मेरो प्रेम दिनेछु। |
|
१ कोरिन्थी ६:१३-२० |
[१३] “भोजन पेटको निम्ति, र पेट भोजनको निम्ति हो।” तर परमेश्वरले दुवैलाई नाश गर्नुहुनेछ। शरीर व्यभिचारको निम्ति होइन, तर प्रभुको निम्ति हो, र प्रभु शरीरको निम्ति हुनुहुन्छ।[१४] परमेश्वरले आफ्नो शक्तिले प्रभुलाई जीवित पार्नुभयो, र हामीलाई पनि उहाँको शक्तिद्वारा जीवित पार्नुहुनेछ।[१५] तिमीहरूका शरीर ख्रीष्टका अङ्गहरू हुन् भन्ने के तिमीहरूलाई थाहा छैन? त के म ख्रीष्टका अङ्गहरू लिएर तिनलाई वेश्याका अशुद्ध अङ्ग तुल्याऊँ? यो कदापि नहोस्![१६] वेश्यासँग जोडिने मानिस शरीरमा त्यससँग एक हुन्छ भन्ने कुरा के तिमीहरूलाई थाहा छैन? किनकि यस्तो लेखिएको छ, “ती दुवै एउटै शरीर हुनेछन्।”[१७] तर जो प्रभुसँग एक हुन्छ, त्यो उहाँसँग आत्मामा एउटै हुनेछ।[१८] व्यभिचारदेखि अलग बस। अरू जुनसुकै पाप जो मानिसले गर्दछ, त्यो शरीरबाट बाहिर हुन्छ, तर व्यभिचार गर्ने मानिसले आफ्नै शरीरको विरुद्धमा पाप गर्दछ।[१९] तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, जुन पवित्र आत्मा तिमीहरूले परमेश्वरबाट पाएका छौ, र उहाँ तिमीहरूभित्र वास गर्नुहुन्छ भन्ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्वयम् आफ्नै होइनौ।[२०] तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण तिमीहरूका शरीरमा परमेश्वरको महिमा गर। |
|
Nepali Bible (NNRV) 2012 |
Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012 |