हिब्रू १३:४ |
सबैका बीचमा विवाहचाहिँ आदरणीय होस्, वैवाहिक सम्बन्ध नबिटुलिओस्, किनकि दुराचारी र व्यभिचारीहरूको इन्साफ परमेश्वरले गर्नुहुन्छ। |
|
हितोपदेश १८:२२ |
पत्नी पाउनेले असल कुरा पाउँछ, र त्यसले परमप्रभुबाट निगाह प्राप्त गर्छ। |
|
उत्पत्ति २:२४ |
यसैकारण मानिसले आफ्ना आमा-बुबालाई छोड्छ र आफ्नी पत्नीसँग मिलिरहन्छ, र तिनीहरू एउटै शरीर हुन्छन्। |
|
१ कोरिन्थी १३:४-७ |
[४] प्रेम सहनशील हुन्छ र दयालु हुन्छ। प्रेमले डाह गर्दैन, न शेखी गर्छ।[५] प्रेम हठी हुँदैन, न ढीट हुन्छ। प्रेमले आफ्नै कुरामा जिद्दी गर्दैन, झर्को मान्दैन, खराबीको हिसाब राख्दैन।[६] प्रेम खराबीमा प्रसन्न हुँदैन, तर ठीक कुरामा रमाउँछ।[७] प्रेमले सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुरामा आशा राख्छ, सबै कुरामा स्थिर रहन्छ। |
|
जन १४:२७ |
शान्ति म तिमीहरूसँग छोडिराख्छु। म आफ्नो शान्ति तिमीहरूलाई दिन्छु। संसारले दिएजस्तो म तिमीहरूलाई दिँदिनँ। तिमीहरूको हृदय व्याकुल नहोस् र भयभीत नहोस्। |
|
हितोपदेश २१:९ |
कचकचे पत्नीसँग एउटै घरमा बस्नुभन्दा त कौसीको एक कुनामा बस्नु बेस। |
|
हितोपदेश १९:१४ |
घरहरू र सम्पत्ति आमा-बुबाबाट आएका हुन्छन्, तर विवेकी पत्नीचाहिँ परमप्रभुबाटै आएकी हो। |
|
१ पत्रुस ३:७ |
पति हो, त्यसै गरी आफ्ना पत्नीसँग विचारशील भएर बस, र स्त्रीलाई अबला ठानी आदर गर्ने गर, किनकि तिमीहरू जीवनका अनुग्रहका साझेहकदार हौ, यस हेतुले कि तिमीहरूका प्रार्थनामा बाधा नपरोस्। |
|
२ कोरिन्थी ६:१४ |
अविश्वासीहरूसँग एउटै जुवामा ननारिओ। किनकि धर्म र अधर्मको के साझेदारी हुन्छ? अथवा अँध्यारोसँग उज्यालोको के सहभागिता? |
|
Nepali Bible (NNRV) 2012 |
Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012 |