उपदेशक ९:७ |
आफ्नो बाटो लाग, आफ्नो खानेकुरा आनन्दसँग खाऊ, खुशी मनले आफ्नो दाखमद्य पिऊ, किनभने तिमीले गरेको काममा अहिले परमेश्वरको निगाह रहेको छ। |
|
प्रस्थान १६:१२ |
“इस्राएलीहरूको गनगन मैले सुनेको छु। तिनीहरूलाई भन्, ‘बेलुकी तिमीहरूले मासु खानेछौ, र बिहान रोटीले अघाउनेछौ। तब म परमप्रभु तिमीहरूका परमेश्वर रहेछु भन्ने तिमीहरूले थाहा पाउनेछौ’।” |
|
उत्पत्ति १:२९ |
अनि परमेश्वरले भन्नुभयो, “हेर, म तिमीहरूलाई पृथ्वीका सबै बीउ उमार्ने बोटहरू र फलमा नै बीउ हुने सबै फलका रूखहरू दिन्छु। ती तिमीहरूलाई आहाराको निम्ति हुनेछन्। |
|
उत्पत्ति ९:३ |
जीवित-जीवात सबै तिमीहरूका निम्ति आहारा हुनेछन्। मैले हरिया वनस्पति तिमीहरूलाई दिएझैँ सबै थोक म तिमीहरूलाई दिन्छु। |
|
यशैया १:१९ |
यदि तिमीहरू राजी र आज्ञाकारी भयौ भने, तिमीहरूले यस देशका असल-असल कुरा खान पाउनेछौ। |
|
जन ४:४-३४ |
[४] उहाँलाई सामरिया भएर जानुपर्थ्यो।[५] र उहाँ सामरियाको सुखार भनिने नगरमा आइपुग्नुभयो। यो नगरचाहिँ याकूबले आफ्ना छोरा योसेफलाई दिएका जमिनको नजिकै पर्थ्यो।[६] त्यहाँ याकूबको इनार थियो। येशू यात्राले थाक्नुभएको हुनाले त्यस इनारको छेउमा बसिरहनुभएको थियो। प्राय: मध्यान्ह भएको थियो।[७] एउटी सामरी स्त्री पानी भर्न त्यहाँ आई। येशूले त्यसलाई भन्नुभयो, “मलाई पानी पिउन देऊ।”[८] उहाँका चेलाहरू सहरमा खानेकुरा किन्न गएका थिए।[९] तब सामरी स्त्रीले उहाँलाई भनी, “तपाईं यहूदी भएर म सामरी स्त्रीको हातबाट कसरी पानी पिउनुहुन्छ?” (यहूदीहरूले सामरीहरूसँग केही सम्बन्ध राख्दैनन्।)[१०] येशूले त्यसलाई भन्नुभयो, “तिमीले परमेश्वरको वरदान र तिमीसँग पानी माग्ने व्यक्तिलाई चिनेकी भए तिमीले उसलाई माग्नेथियौ, र उसले तिमीलाई जिउँदो पानी दिनेथियो।”[११] त्यस स्त्रीले उहाँलाई भनी, “हजूर, तपाईंसित उघाउने भाँड़ो छैन, र इनार पनि गहिरो छ। तब तपाईंले कहाँबाट त्यो जिउँदो पानी ल्याउनुहुन्छ?[१२] के तपाईं हाम्रा पुर्खा याकूबभन्दा ठूला हुनुहुन्छ? उनले हामीलाई यो इनार बनाइदिए, र उनी आफैले, उनका सन्तान र उनका गाईबस्तुले यही इनारको पानी पिए।”[१३] येशूले त्यसलाई भन्नुभयो, “यो पानी पिउने प्रत्येक फेरि तिर्खाउनेछ,[१४] तर जस-जसले मैले दिने पानी पिउँछ त्यो कहिल्यै तिर्खाउनेछैन। जुन पानी म त्यसलाई दिनेछु, त्यो त्यसमा अनन्त जीवनको निम्ति उम्रिरहने पानीको मूल बन्नेछ!”[१५] त्यस स्त्रीले उहाँलाई भनी, “हजूर, मलाई त्यही पानी दिनुहोस्, र म तिर्खाउनेछैनँ, र यहाँ पानी भर्न आइरहनुपर्दैन”।[१६] येशूले त्यसलाई भन्नुभयो, “जाऊ, तिम्रो पतिलाई बोलाएर ल्याऊ।”[१७] त्यस स्त्रीले भनी, “मेरो पति छैन।” येशूले तिनलाई भन्नुभयो, “तिम्रो पति छैन भनी तिमीले ठीकै भन्यौ,[१८] किनभने तिम्रा पाँच जना पति भइसकेका छन्, र जो अहिले तिमीसँग छ, त्यो तिम्रो पति होइन। तिमीले यो साँचो भनेकी हौ।”[१९] त्यस स्त्रीले उहाँलाई भनी, “हजूर, तपाईं अगमवक्ता हुनुहुन्छ भनी म थाहा पाउँछु।[२०] हाम्रा पुर्खाहरूले यस डाँड़ामा आराधना गरे, अनि तपाईंहरू भन्नुहुन्छ, कि आराधना गर्ने स्थान यरूशलेम हो।”[२१] येशूले तिनलाई भन्नुभयो, “ए नारी, मलाई विश्वास गर, त्यो बेला आउँदैछ, जब तिमीहरू न त यस डाँड़ामा, न यरूशलेममा पिताको आराधना गर्नेछौ।[२२] तिमीहरू जे आराधना गर्दछौ सो जान्दैनौ। हामी जे आराधना गर्दछौं सो जान्दछौं, किनभने मुक्तिचाहिँ यहूदीहरूबाट आउँछ।[२३] तर बेला आइरहेछ, र त्यो बेला अहिल्यै हो, जब सच्चा आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन्। किनकि आराधना गर्ने यस्तै आराधकहरूलाई नै पिताले खोज्नुहुन्छ।[२४] परमेश्वर आत्मा हुनुहुन्छ, र उहाँका आराधकहरूले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ।”[२५] त्यस स्त्रीले उहाँलाई भनी, “म जान्दछु, कि मसीह आउनुहुन्छ (जसलाई ख्रीष्ट भनिन्छ), र जब उहाँ आउनुहुन्छ, तब उहाँले नै हामीलाई सबै कुरा बताउनुहुनेछ।”[२६] येशूले तिनलाई भन्नुभयो, “तिमीसँग बोल्ने, म उही हुँ।”[२७] त्यति नै बेला उहाँका चेलाहरू आए, र उहाँलाई एउटी स्त्रीसँग कुरा गरिरहनुभएको देखेर छक्क परे, तर “तपाईं के चाहनुहुन्छ?” अथवा “तपाईं त्यस स्त्रीसँग किन बातचीत गर्दैहुनुहुन्छ?” भनेर कसैले सोधेनन्।[२८] तब त्यो स्त्री आफ्नो गाग्रो छोड़ेर नगरतिर गई, र मानिसहरूलाई भनी,[२९] “आओ, एक जना मानिसलाई हेर, जसले मैले गरेका सबै काम मलाई बताइदिनुभयो। कतै उहाँ नै ख्रीष्ट त हुनुहुन्न?”[३०] तब तिनीहरू नगरबाट निस्केर उहाँकहाँ गए।[३१] यसै बीचमा चेलाहरूले उहाँलाई यसो भनेर बिन्ती गरे, “रब्बी, भोजन गर्नुहोस्।”[३२] तर उहाँले तिनीहरूलाई भन्नुभयो, “मसित खानलाई भोजन छ, जो तिमीहरूलाई थाहा छैन।”[३३] यसकारण चेलाहरूले आपसमा भने, “के कसैले उहाँलाई भोजन ल्याइदियो कि कसो?”[३४] येशूले तिनीहरूलाई भन्नुभयो, “मलाई पठाउनुहुनेको इच्छाअनुसार गर्नु, र उहाँको काम पूरा गर्नु नै मेरो भोजन हो। |
|
जन ६:२७-३५ |
[२७] नष्ट हुने भोजनको निम्ति परिश्रम नगर, तर अनन्त जीवनसम्म रहने भोजनको निम्ति परिश्रम गर, जो मानिसको पुत्रले तिमीहरूलाई दिनेछ। किनभने परमेश्वर पिताले उसमाथि आफ्नो छाप लगाउनुभएको छ।”[२८] तिनीहरूले उहाँलाई भने, “परमेश्वरले चाहनुभएको काम गर्नलाई हामीले के गर्नुपर्छ?”[२९] येशूले तिनीहरूलाई भन्नुभयो, “परमेश्वरको काम यही हो: जसलाई उहाँले पठाउनुभयो उसमाथि विश्वास गर।”[३०] यसकारण तिनीहरूले उहाँलाई भने, “तपाईं के चिन्ह देखाउनुहुन्छ, सो हामी हेरौं, र तपाईंलाई विश्वास गरौं? तपाईं के गर्नुहुन्छ?[३१] हाम्रा पिता-पुर्खाले उजाड़-स्थानमा मन्न खाए, जसरी लेखिएको छ, ‘उहाँले तिनीहरूलाई खानलाई स्वर्गबाट रोटी दिनुभयो’।”[३२] येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूलाई स्वर्गबाट रोटी दिने मोशा होइनन्, तर स्वर्गबाट तिमीहरूलाई साँचो रोटी दिनुहुने मेरा पिता हुनुहुन्छ।[३३] किनभने परमेश्वरको रोटी त्यही हो, जो स्वर्गबाट ओर्लिआउँछ, र संसारलाई जीवन दिन्छ।”[३४] तिनीहरूले उहाँलाई भने, “प्रभु, यो रोटी हामीलाई सधैँ दिनुहोस्।”[३५] येशूले तिनीहरूलाई भन्नुभयो “जीवनको रोटी म हुँ। मकहाँ आउने भोकाउनेछैन, र ममाथि विश्वास गर्ने कहिल्यै तिर्खाउनेछैन। |
|
मत्ती ४:४ |
तर येशूले जवाफ दिनुभयो, “लेखिएको छ, ‘मानिस रोटीले मात्र होइन, तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले जीवित रहँदछ’।” |
|
मत्ती ५:६ |
धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्त हुनेछन्। |
|
मत्ती ६:२५ |
“यसैकारण म तिमीहरूलाई भन्दछु, ‘के खाउँला, के पिउँला’ भनी आफ्नो प्राणको निम्ति र ‘के लगाउँला’ भनी आफ्नो शरीरको निम्ति फिक्री नगर।’ के जीवन खानेकुराभन्दा र शरीर लुगाफाटाभन्दा उत्तम होइन? |
|
हितोपदेश १५:१७ |
द्वेषले भरिएको ठाउँमा मोटो बाछो खानुभन्दा प्रेम भएको ठाउँमा सागपातसँग भोजन गर्नु उत्तम हो। |
|
हितोपदेश २५:२७ |
धेरै मह खानु राम्रो हुँदैन, न त आफ्नै मान खोज्नु कसैलाई आदरणीय हुन्छ। |
|
हितोपदेश 27:7 |
टन्न अघाएको व्यक्तिलाई मह अमन हुन्छ, तर भोकाएकालाई तीतोसमेत मीठो लाग्छ। |
|
भजनमा 104:15 |
मानिसको मन आनन्दित गराउनलाई दाखमद्य, र त्यसको अनुहार चहकिलो पार्नलाई तेल, र त्यसको हृदय बलियो तुल्याउनलाई रोटी उहाँले दिनुहुन्छ। |
|
भजनमा 136:25 |
उहाँले प्रत्येक प्राणीलाई आहार दिनुहुन्छ: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। |
|
१ कोरिन्थी 6:13 |
“भोजन पेटको निम्ति, र पेट भोजनको निम्ति हो।” तर परमेश्वरले दुवैलाई नाश गर्नुहुनेछ। शरीर व्यभिचारको निम्ति होइन, तर प्रभुको निम्ति हो, र प्रभु शरीरको निम्ति हुनुहुन्छ। |
|
१ कोरिन्थी 8:8 |
तर खानेकुराले हामीलाई परमेश्वरको दृष्टिमा बढ़ी ग्रहणयोग्य बनाउँदैन। नखाँदैमा कुनै हानि छैन र खाँदैमा कुनै लाभ छैन। |
|
१ कोरिन्थी 10:31 |
यसकारण चाहे तिमीहरू खाओ, अथवा पिओ, वा तिमीहरू जेसुकै गर, सबै परमेश्वरका महिमाको निम्ति गर। |
|
१ तिमोथी 4:4-5 |
[4] परमेश्वरले सृजनुभएको हरेक कुरा असल छ, र धन्यवादसाथ ग्रहण गरे कुनै थोक पनि इन्कार गरिनुपर्दैन।[5] किनभने त्यो परमेश्वरको वचन र प्रार्थनाले चोखो तुल्याइन्छ। |
|
मार्क 7:14-23 |
[14] उहाँले मानिसहरूलाई फेरि आफूकहाँ बोलाएर तिनीहरूलाई भन्नुभयो, “तिमीहरू सबैले मेरा कुरा सुन र बुझ।[15] यस्तो केही कुरा छैन जो बाहिरबाट मानिसभित्र पसेर त्यसलाई अशुद्ध पार्न सक्छ, तर मानिसबाट बाहिर निस्कने कुराहरूले नै मानिसलाई अशुद्ध पार्छ।[16] [ जसको सुन्ने कान छ त्यसले सुनोस्।” ][17] मानिसहरूलाई छोड़ेर घरभित्र पसेपछि उहाँका चेलाहरूले उहाँलाई यस दृष्टान्तको विषयमा सोधे।[18] उहाँले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू पनि अझै अबुझ छौ? जे बाहिरबाट मानिसभित्र पस्छ त्यसले उसलाई अशुद्ध पार्न सक्दैन भनेर तिमीहरू जान्दैनौ?[19] किनकि त्यो उसको हृदयमा होइन, तर पेटभित्र पस्तछ, र बाहिर निस्किहाल्छ। (यसरी उहाँले सबै भोजन शुद्ध हो भनी बताइदिनुभयो।)[20] उहाँले भन्नुभयो, “मानिसबाट जे बाहिर निस्कन्छ त्यसैले मानिसलाई अशुद्ध पार्छ।[21] किनकि भित्रबाट, अर्थात् मानिसको हृदयबाट खराब विचार, व्यभिचार, चोरी, हत्या, परस्त्रीगमन,[22] लोभ, दुष्टता, छल, छाडापन, ईर्ष्या, निन्दा, घमण्ड, मूर्खता निस्कन्छन्।[23] यी सबै दुष्ट कुराहरू भित्रबाट निस्कन्छन्, र मानिसलाई अशुद्ध पार्छन्। |
|
Nepali Bible (NNRV) 2012 |
Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012 |