लूका 22:25 |
उहाँले तिनीहरूलाई भन्नुभयो, “अन्यजातिका राजाहरूले तिनीहरूमाथि प्रभुत्व गर्छन्, र तिनीहरूमाथि अधिकार चलाउनेहरू ‘उपकारी’ भनिन्छन्। |
|
प्रकाश 13:12 |
त्यसले पहिलो पशुको उपस्थितिमा त्यही पशुको सारा अधिकार चलाउँदथ्यो, र पृथ्वी र त्यसका सम्पूर्ण बासिन्दाहरूलाई पहिलो पशुको पूजा गर्न लाउँथ्यो, जसको घातक चोट निको भएको थियो। |
|
मत्ती २०:२५ |
तर येशूले तिनीहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो, “तिमीहरूलाई थाहा नै छ, कि अन्यजातिका शासकहरूले तिनीहरूमाथि निरङ्कुश शासन गर्दछन्, र ठूलाठालुहरूले तिनीहरूमाथि अधिकार जमाउँछन्। |
|
मार्क १०:४२ |
तब येशूले तिनीहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो, “तिमीहरू जान्दछौ कि अन्यजातिहरूमाथि शासन गर्नेहरूले तिनीहरूमाथि अख्तियार चलाउँछन्। अनि तिनीहरूका ठूलाठालुहरूले तिनीहरूमाथि अधिकार चलाउँछन्। |
|
यर्मिया ९:२४ |
तर जसले घमण्ड गर्छ त्यसले यस विषयमा घमण्ड गरोस्: ‘म परमप्रभुलाई जान्दछु र चिन्दछु, र उहाँ त्यही परमप्रभु हुनुहुन्छ, जसले पृथ्वीमा दया, न्याय र धार्मिकताको व्यवहार गर्नुहुन्छ। किनभने यिनैमा म प्रसन्न हुन्छु,” परमप्रभु भन्नुहुन्छ। |
|
कलस्सी २:२३ |
उपासनालाई कष्टदायी बनाएर र आफैलाई हियाएर, र शरीरलाई सास्ती दिएर तिनीहरूले बुद्धिको स्वाँग त पार्छन्, तर शरीरका अभिलाषालाई काबूमा ल्याउन यी कुराहरू कुनै मूल्यका हुँदैनन्। |
|
हिब्रू ५:१४ |
खँदिलो भोजन त परिपक्व मानिसहरूका निम्ति हो। यिनीहरूको मानसिक शक्ति निरन्तर अभ्यासद्वारा असल र खराब छुट्ट्याउन सक्ने भएको हुन्छ। |
|
१ पत्रुस ५:२ |
तिमीहरूको रेखदेखमा राखिएको परमेश्वरका बगालको हेरचाह गर। करले होइन तर स्वेच्छाले, धनको लोभले होइन तर उत्साहसाथ, |
|
इजकिएल २२:२९ |
देशका मानिसहरूचाहिँ जबरजस्तीसँग लिने र चोरी गर्ने गर्छन्। तिनीहरूले गरीब र दरिद्रहरूमाथि थिचोमिचो गर्छन्, र न्यायलाई इन्कार गरेर विदेशीहरूसँग दुर्व्यवहार गर्छन्। |
|
मत्ती ८:९ |
किनकि म पनि अधिकारीहरूका अधीनमा छु, अनि मेरो अधीनमा सिपाहीहरू छन्। म एक जनालाई ‘जा’ भन्छु, अनि त्यो जान्छ, र अर्कालाई ‘आइज’ भन्छु, अनि त्यो आउँछ। मेरो कमारालाई ‘यसो गर्’ भन्छु, अनि त्यसले त्यो गर्छ।” |
|
१ तिमोथी 4:8 |
किनभने शारीरिक तालीम केहीसम्म लाभको हुन्छ, तर ईश्वरभक्तिचाहिँ हरप्रकारले लाभदायक हुन्छ, किनकि यसमा वर्तमान र भविष्यत् जीवन दुवैको निम्ति प्रतिज्ञा रहेको हुन्छ। |
|
१ कोरिन्थी 6:19-20 |
[19] तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, जुन पवित्र आत्मा तिमीहरूले परमेश्वरबाट पाएका छौ, र उहाँ तिमीहरूभित्र वास गर्नुहुन्छ भन्ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्वयम् आफ्नै होइनौ।[20] तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण तिमीहरूका शरीरमा परमेश्वरको महिमा गर। |
|
फिलिप्पी ४:१३ |
जसले मलाई शक्ति दिनुहुन्छ, उहाँमा नै म सब कुरा गर्न सक्छु। |
|
१ कोरिन्थी १०:३१ |
यसकारण चाहे तिमीहरू खाओ, अथवा पिओ, वा तिमीहरू जेसुकै गर, सबै परमेश्वरका महिमाको निम्ति गर। |
|
२ तिमोथी २:५ |
प्रतियोगितामा नियमबमोजिम भाग नलिएसम्म कुनै खेलाडीले पनि इनाम पाउन सक्दैन। |
|
१ तिमोथी २:१२ |
तर स्त्रीले पुरुषलाई सिकाउने र पुरुषमाथि अधिकार जमाउने काममा म अनुमति दिन्नँ, तर तिनी चूपचापै रहून्। |
|
हितोपदेश ३१:१७ |
तिनले आफ्नो काम फूर्तिसँग गर्छिन्, आफ्नो कामको लागि तिनका पाखुराहरू बलिया छन्। |
|
रोमी १२:१ |
यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आ-आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहणयोग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर। |
|
भजनमा १३१:१ |
यात्राको निम्ति दाऊदको गीत [1] हे परमप्रभु, मेरो हृदय अहङ्कारी छैन, मेरा आँखा घमण्डी छैनन्। आफूले नभ्याउने कुराहरू अनि उदेकका थोकहरूमा म आफैलाई अल्झाउँदिनँ। |
|
प्रेरित २४:१६ |
यसैले परमेश्वरप्रति र मानिसहरूप्रति म सधैँ शुद्ध विवेक राख्ने प्रयत्न गर्दछु। |
|
१ तिमोथी 4:7 |
भक्तिहीन र अर्थहीन कथाहरूदेखि एकदमै अलग बस। बरु आफैलाई भक्तिमा तालीम देऊ। |
|
हिब्रू 12:2-11 |
[2] हाम्रा विश्वास सुरु गर्नुहुने र पूरा गर्नुहुने येशूलाई हेरौं, जसले उहाँको सामुन्ने राखिदिएका आनन्दको निम्ति अपमानलाई केहीजस्तो नठानी क्रूसको कष्ट भोग्नुभयो, र परमेश्वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ।[3] पापीहरूबाट उहाँको विरुद्धमा भएका यतिका विवादहरू सहनुहुनेलाई विचार गर, र तिमीहरू शिथिल नहोओ, अनि हरेस नखाओ।[4] पापको विरुद्धमा तिमीहरूले गरेका सङ्घर्षमा रगत बगाउनुपर्ने अवस्थासम्म तिमीहरू पुगेका छैनौ।[5] के तिमीहरूले अर्तीका ती वचन भुलेका छौ जसले तिमीहरूलाई पुत्रहरू भनी सम्बोधन गरेको छ? “हे मेरो पुत्र, परमप्रभुको ताड़नालाई हलुका नसम्झ, उहाँबाटको दण्डमा हरेस नखाऊ,[6] किनभने जसलाई परमप्रभुले प्रेम गर्नुहुन्छ त्यसैलाई ताड़ना दिनुहुन्छ, र आफूले ग्रहण गर्नुभएको हरेक छोरालाई उहाँले दण्ड दिनुहुन्छ।”[7] ताड़नाको निम्ति नै तिमीहरू कष्ट सहन्छौ। परमेश्वरले तिमीहरूसँग छोरालाई झैँ व्यवहार गर्नुहुन्छ। किनकि बाबुले ताड़ना नदिएको कुनचाहिँ छोरा हुन्छ र?[8] तर यदि सबै जना सहभागी भएको त्यो ताड़ना तिमीहरूले पाएका छैनौ भनेता तिमीहरू आफ्ना बाबुका खास छोराहरू होइनौ, तर व्यभिचारमा जन्मेका छोराहरू हौ।[9] यसबाहेक हामीलाई ताड़ना दिने हाम्रा शारीरिक बुबा थिए, र हामीले तिनको आदर गर्यौं। के झन् बढ़ी हाम्रा आत्माका पिताको अधीनमा बसेर हामीले जीवन प्राप्त गर्दैनौं र?[10] किनकि तिनीहरूले असल ठानेबमोजिम केही दिन हामीलाई ताड़ना दिए। तर हामी उहाँका पवित्रताको सहभागी हुन सकौं भनेर हाम्रो फाइदाको निम्ति उहाँले ताड़ना दिनुहुन्छ।[11] सबै ताड़ना सुरुमा सुखद हुँदैन तर दुःखदायी हुन्छ, तर ताड़नाद्वारा तालीम पाएकाहरूका लागि यसले पछि धार्मिकताको शान्तिपूर्ण फल उत्पन्न गराउँछ। |
|
१ पत्रुस २:१४ |
अथवा हाकिमहरूको होस्, जो दुष्ट काम गर्नेहरूलाई दण्ड दिन र असल काम गर्नेहरूलाई प्रशंसा गर्न उहाँद्वारा खटाइएका हुन्छन्। |
|
१ पत्रुस २:१ |
यसकारण सबै दुष्टता, सबै छल-कपट र ईर्ष्या, र सबै निन्दाहरूलाई त्याग। |
|
उपदेशक १:१३ |
आकाशमुनि जे-जे गरिन्छन् ती सबै ज्ञानद्वारा अध्ययन र अनुसन्धान गर्न मैले आफ्नो मनमा निश्चय गरें। कति ठूलो अभिभारा परमेश्वरले मानिसहरूमाथि राखिदिनुभएको छ! |
|
उपदेशक ३:१० |
परमेश्वरले मानिसहरूमाथि राखिदिनुभएको भार मैले देखेको छु। |
|
१ कोरिन्थी ६:१९ |
तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, जुन पवित्र आत्मा तिमीहरूले परमेश्वरबाट पाएका छौ, र उहाँ तिमीहरूभित्र वास गर्नुहुन्छ भन्ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्वयम् आफ्नै होइनौ। |
|
३ यूहन्ना 1:2 |
प्रिय मित्र, म प्रार्थना गर्दछु, कि सबै कुरामा तिम्रो भलो होस्, र तिम्रो स्वास्थ्य ठीक रहोस्। तिम्रो आत्मिक जीवन ठीक छ भन्ने म जान्दछु। |
|
१ कोरिन्थी 9:24-27 |
[24] के तिमीहरूलाई थाहा छैन, दौड़मा दगुर्नेहरू सबै दगुर्छन्, तर इनामचाहिँ एउटैले मात्र पाउँछ? तिमीहरू इनाम प्राप्त गर्ने किसिमले दौड।[25] खेलमा भाग लिने खेलाडी सबै थोकमा आत्मसंयमी हुनुपर्छ। तिनीहरू नष्ट भएर जाने मुकुट पाउनलाई यसो गर्दछन्, तर हामीचाहिँ अविनाशी मुकुट पाउनलाई यसो गर्दछौं।[26] यसकारण लक्ष्य नराखी म दगुर्दिनँ। हावामा मुक्का हान्नेले जस्तै म मुक्का हान्दिनँ।[27] तर म आफ्नो शरीरलाई कठोरतासाथ सधाउँछु, र यसलाई वशमा राख्तछु, नत्रता अरूहरूलाई प्रचार गरेपछि म आफैचाहिँ अयोग्य ठहरिनेछु। |
|
१ शमूएल १६:७ |
तर परमप्रभुले शमूएललाई भन्नुभयो, “त्यो सुन्दर र अल्गो भए तापनि त्यसको ख्याल नगर्। मैले त्यसलाई इन्कार गरेको छु। परमप्रभुले मानिसले झैँ हेर्नुहुन्न। मानिसले रूप हेरेर विचार गर्छ, तर परमप्रभुले हृदयभित्र हेरेर विचार गर्नुहुन्छ।” |
|
भजनमा 104:9 |
पानीले फेरि पृथ्वीलाई नडुबाओस् भनेर त्यसले नाघ्न नसक्ने सिमाना तपाईंले राखिदिनुभयो। |
|
उत्पत्ति ६:१२ |
जब परमेश्वरले पृथ्वीमाथि दृष्टि गर्नुभयो तब त्यो भ्रष्ट भएको देख्नुभयो, किनकि पृथ्वीमा भएका सबै मानिसहरूले आफ्ना चालचलन भ्रष्ट पारिसकेका थिए। |
|
उत्पत्ति ७:२० |
पानी बढ़ेर आयो र पर्वतहरूलाई सात मिटरसम्म डुबाइदियो। |
|
उत्पत्ति ८:५ |
दशौँ महिनासम्म पानी लगातार घट्दैगयो। दशौँ महिनाको पहिलो दिनमा डाँड़ाहरूका टाकुरा देखा परे। |
|
उत्पत्ति ९:११ |
म तिमीहरूसित मेरो यो करार स्थापित गर्दछु, कि सबै प्राणी फेरि कहिल्यै प्रलयको पानीले नष्ट हुनेछैनन्, अनि पृथ्वीलाई सर्वनाश गर्न फेरि कहिल्यै जलप्रलय हुनेछैन।” |
|
१ पत्रुस 3:3-4 |
[3] केशको सिङ्गार, सुनको गहनापात र दामी वस्त्र तिमीहरूको बाहिरी सिङ्गारपटार नहोस्।[4] तिमीहरूका भित्री हृदयलाई भलो र शान्त आत्माको अविनाशी रत्नले सजाओ, जो परमेश्वरको दृष्टिमा साह्रै मूल्यवान् छ। |
|
२ तिमोथी ४:७ |
मैले उत्तम लड़ाइँ लड़ेको छु। मैले दौड सिद्ध्याएको छु। मैले विश्वासलाई बचाइराखेको छु। |
|
१ कोरिन्थी ९:२६-२७ |
[२६] यसकारण लक्ष्य नराखी म दगुर्दिनँ। हावामा मुक्का हान्नेले जस्तै म मुक्का हान्दिनँ।[२७] तर म आफ्नो शरीरलाई कठोरतासाथ सधाउँछु, र यसलाई वशमा राख्तछु, नत्रता अरूहरूलाई प्रचार गरेपछि म आफैचाहिँ अयोग्य ठहरिनेछु। |
|
यशैया 40:31 |
तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरुडझैँ माथि-माथि उड्नेछन्, र दगुरेर पनि तिनीहरू थाक्नेछैनन्। तिनीहरू हिँड्नेछन् तापनि मूर्च्छा पर्नेछैनन्। |
|
Nepali Bible (NNRV) 2012 |
Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012 |