यशैया 12:2 |
निश्चय नै परमेश्वर मेरा उद्धार हुनुहुन्छ। म विश्वास गर्नेछु र म डराउनेछैनँ। परमप्रभु, परमप्रभु नै मेरा शक्ति र भजन हुनुहुन्छ। उहाँ नै मेरा उद्धार हुनुभएको छ।” |
|
यशैया 26:3-4 |
[3] जसको मन तपाईंमा अड़िएको छ, त्यसलाई तपाईंले पूरा शान्तिमा राख्नुहुन्छ, किनभने त्यसले तपाईंमाथि भरोसा राख्छ।[4] सदासर्वदा परमप्रभुमा भरोसा राख, किनभने परमप्रभु, परमप्रभु नै सनातनका चट्टान हुनुहुन्छ। |
|
यशैया 41:10 |
यसैले नडरा, किनकि म तँसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु। मेरो धार्मिकताको दाहिने हातले म तँलाई सम्हाल्नेछु। |
|
यर्मिया 29:11 |
किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्ति बनाएको छु, ती म जान्दछु,” परमप्रभु भन्नुहुन्छ। “ती तिमीहरूका उन्नतिको निम्ति हुन्, नोक्सानीको निम्ति होइनन्, तिमीहरूलाई आशा र भविष्य दिनलाई। |
|
जन 10:10 |
“चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ। म त तिनीहरूले जीवन पाऊन्, र त्यो प्रशस्त मात्रामा पाऊन् भन्ने हेतुले आएँ। |
|
जन 14:1 |
“तिमीहरूको हृदय व्याकुल नहोस्। तिमीहरू परमेश्वरमाथि विश्वास गर्दछौ, ममाथि पनि विश्वास गर। |
|
यहोशू 1:9 |
तँलाई मेरो आज्ञा छ बलियो र खूबै साहसी हो, नडरा, निराश नहो, किनकि तँ जहाँ गए पनि, परमप्रभु तेरा परमेश्वर, तेरो साथमा हुनुहुनेछ।” |
|
फिलिप्पी 4:19 |
मेरा परमेश्वरले आफ्नो महिमामा उहाँको सम्पत्तिअनुसार तिमीहरूको हरेक खाँचो ख्रीष्ट येशूमा पूरा गरिदिनुहुनेछ। |
|
हितोपदेश 29:25 |
मान्छेको डर एउटा पासोजस्तै हो, तर परमप्रभुमा भरोसा राख्ने मानिस सुरक्षित रहन्छ। |
|
भजनमा 9:10 |
तपाईंको नाउँ जान्नेहरू जतिले आफ्नो भरोसा तपाईंमा राख्छन्, किनकि हे परमप्रभु, तपाईंको खोजी गर्नेहरूलाई तपाईंले त्याग्नुभएको छैन। |
|
भजनमा 20:7 |
कोही रथहरूमा र कोही घोडाहरूमाथि भरोसा गर्छन्, तर हामी त परमप्रभु, हाम्रा परमेश्वरकै नाउँमा भरोसा गर्छौं। |
|
भजनमा 28:7 |
परमप्रभु मेरो शक्ति र मेरो ढाल हुनुहुन्छ, उहाँमा नै मेरो हृदयले भरोसा राखेको छ, र मैले सहायता पाएको छु। मेरो हृदय उल्लसित छ, र म भजनद्वारा उहाँलाई धन्यवाद चढ़ाउनेछु। |
|
भजनमा 32:10 |
दुष्टहरूले धेरै कष्ट भोग्नुपर्नेछ, तर परमप्रभुमा भरोसा राख्नेहरूलाई भने अचूक कृपाले घेर्नेछ। |
|
भजनमा ३७:५ |
आफ्नो मार्ग परमप्रभुलाई सुम्प, उहाँमा नै भरोसा राख, अनि उहाँले यो गर्नुहुनेछ: |
|
भजनमा ४६:१० |
“शान्त होओ, र म परमेश्वर हुँ भनी जान। जाति-जातिहरूमा म उचालिनेछु, पृथ्वीमा म उचालिनेछु।” |
|
भजनमा ११८:८ |
परमप्रभुको शरण लिनु मानिसहरूमाथि निर्भर गर्नुभन्दा उत्तम हुन्छ। |
|
भजनमा १४३:८ |
प्रात:कालले तपाईंको अचूक कृपाको वचन ल्याओस्, किनकि तपाईंमा नै मैले भरोसा राखेको छु। कुन मार्गमा मैले हिँड्नुपर्ने हो त्यो मलाई सिकाउनुहोस्, किनकि मेरो आत्मा म तपाईंतिर उचाल्दछु। |
|
रोमी ८:२८ |
हामी जान्दछौं, उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्रायअनुसार बोलाइएकाहरूका निम्ति हरेक कुरामा परमेश्वरले भलाइ नै गर्नुहुन्छ। |
|
रोमी १५:१३ |
आशाका परमेश्वरले तिमीहरूलाई विश्वासद्वारा सम्पूर्ण आनन्द र शान्तिले भरिपूर्ण गरिदेऊन्, यस हेतुले कि पवित्र आत्माको शक्तिले तिमीहरू आशामा प्रशस्त हुन सक। |
|
भजनमा ५६:३-४ |
[३] जुन बेला मलाई डर लाग्छ, म तपाईंमा भरोसा राख्नेछु।[४] परमेश्वरमा, जसका वचनको म प्रशंसा गर्दछु, परमेश्वरमा भरोसा राख्छु, म डराउनेछैनँ, मरणशील मानिसले मलाई के गर्न सक्छ र? |
|
भजनमा ६२:७-८ |
[७] मेरो उद्धार र मेरो इज्जत परमेश्वरमा आश्रित छ, मेरो शक्तिशाली चट्टान र मेरो शरणस्थान परमेश्वर नै हुनुहुन्छ।[८] हे मानिस हो, सब समय उहाँमा नै भरोसा गर, उहाँको सामुन्ने आफ्ना मन खोल, किनकि परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ। सेला |
|
भजनमा ९१:१-२ |
[१] जो परमप्रधानको शरणमा वास गर्दछ, त्यो मानिस सर्वशक्तिमान्को छत्रछायामुनि रहन्छ।[२] परमप्रभुको बारेमा म भन्नेछु, “उहाँ मेरो शरणस्थान र किल्ला हुनुहुन्छ, मेरा परमेश्वर, जसमाथि म भरोसा राख्तछु।” |
|
भजनमा ११२:६-७ |
[६] धर्मी जन कहिले पनि डगमगाउँदैन, त्यसको सम्झना सदासर्वदा रहनेछ।[७] अशुभ समाचारले त्यो कहिले पनि डराउँदैन, परमप्रभुमा भरोसा गरेर त्यसको हृदय स्थिर रहन्छ। |
|
१ यूहन्ना ५:१४-१५ |
[१४] परमेश्वरमा हाम्रो पूर्ण भरोसा छ कि उहाँको इच्छाबमोजिम जे मागे तापनि उहाँले हाम्रो कुरा सुन्नुहुन्छ।[१५] हामीले प्रार्थनामा जेसुकै मागे तापनि परमेश्वरले सुन्नुहुन्छ भनी हामी जान्दछौं भने, यो पनि जान्दछौं कि उहाँलाई हामीले जे मागेका छौं त्यो हामीलाई प्राप्त भएको छ। |
|
भजनमा ४६:१-२ |
[१] सङ्गीत-निर्देशकको निम्ति अलामोत नामक कोरहवंशीको भजन [1] परमेश्वर हाम्रा शरणस्थान र शक्ति हुनुहुन्छ, सङ्कष्टमा सधैँ हाजिर रहने सहायता।[२] यसकारण हामी डराउनेछैनौं, चाहे पृथ्वी उथलपुथल होस्, वा पर्वतहरू समुद्रको गर्भमा खसून्, |
|
हितोपदेश ३:५-६ |
[५] आफ्नो सारा हृदयले परमेश्वरमा भरोसा राख्, र तेरो आफ्नै समझशक्तिमा भर नपर्[६] आफ्ना सारा मार्गमा उहाँलाई सम्झी, र उहाँले तेरा मार्गहरू सोझा तुल्याइदिनुहुनेछ। |
|
मत्ती ६:२५-२६ |
[२५] “यसैकारण म तिमीहरूलाई भन्दछु, ‘के खाउँला, के पिउँला’ भनी आफ्नो प्राणको निम्ति र ‘के लगाउँला’ भनी आफ्नो शरीरको निम्ति फिक्री नगर।’ के जीवन खानेकुराभन्दा र शरीर लुगाफाटाभन्दा उत्तम होइन?[२६] आकाशका चराचुरुङ्गीलाई हेर। तिनीहरूले न त बीउ छर्छन्, न अन्न कटनी गर्छन्, न भकारीमा बटुल्छन्, तर तिमीहरूका स्वर्गका पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तिनीहरूभन्दा बढ़ी मूल्यवान् छैनौ र? |
|
यर्मिया १७:७-८ |
[७] “तर त्यो मानिस धन्यको हो, जसले परमप्रभुमा भरोसा राख्तछ, जसको आशा परमप्रभु हुनुहुन्छ।[८] त्यो पानीको किनारमा रोपेको रूखजस्तो हुनेछ, जसले आफ्ना जराहरू खोलाका किनारसम्म फिँजाएको हुन्छ। गर्मी हुँदा त्यो डराउँदैन, त्यसका पातहरू सधैँ हरियै हुन्छन्। खड़ेरीको समयमा त्यसलाई केही चिन्ता हुँदैन, र त्यसले फल फलाउन कहिल्यै चुक्दैन।” |
|
यहोशू १:५-९ |
[५] तेरो जीवनभरि तेरो सामुन्ने कोही मानिस खड़ा हुन सक्नेछैन। जसरी म मोशासँग रहें, त्यसरी नै म तँसँग रहनेछु। म तँलाई छोड्ने, अनि तँलाई त्याग्नेछैनँ।[६] “बलियो र खूब साहसी बन्, किनकि मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको देश तिनीहरूको अधिकारमा गराउन तैंले तिनीहरूलाई अगुवाइ गर्नेछस्।[७] बलियो र अति साहसी हो। मेरो दास मोशाले तँलाई आज्ञा गरेअनुसार सबै व्यवस्था पालन गर्। त्यसबाट दाहिनेतिर वा देब्रेतिर नफर्कनू, र तँ जहीँ गए पनि सफलता पाउनेछस्।[८] व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस्, तर त्यसमाथि तैंले दिनरात ध्यान गर्नू अनि त्यसमा लेखिएका सबै कुरा होशियारीसाथ पालन गर्नू, र तेरा सबै मार्गहरूमा तैंले उन्नति गर्नेछस् र सफलता पाउनेछस्।[९] तँलाई मेरो आज्ञा छ बलियो र खूबै साहसी हो, नडरा, निराश नहो, किनकि तँ जहाँ गए पनि, परमप्रभु तेरा परमेश्वर, तेरो साथमा हुनुहुनेछ।” |
|
Nepali Bible (NNRV) 2012 |
Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012 |