१ कोरिन्थी ๙:๒๕ |
खेलमा भाग लिने खेलाडी सबै थोकमा आत्मसंयमी हुनुपर्छ। तिनीहरू नष्ट भएर जाने मुकुट पाउनलाई यसो गर्दछन्, तर हामीचाहिँ अविनाशी मुकुट पाउनलाई यसो गर्दछौं। |
|
१ कोरिन्थी ๑๐:๑๓ |
मानिसलाई आइपर्ने परीक्षाबाहेक तिमीहरू अरू परीक्षामा परेका छैनौ। तर परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई तिमीहरूका शक्तिदेखि बाहिरका परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहन सकून् भनेर परीक्षाको साथसाथै उम्कने बाटो पनि दिनुहुन्छ। यसरी तिमीहरू त्यसलाई खप्न सक्नेछौ। |
|
१ थिस्सलोनिकी ๕:๖ |
यसकारण अरूहरूझैँ हामी नसुतौं, तर जागा बसौं, र सचेत होऔं। |
|
२ तिमोथी ๑:๗ |
किनभने परमेश्वरले हामीलाई डरको आत्मा होइन, तर शक्ति, प्रेम र आत्मसंयमको आत्मा दिनुभएको छ। |
|
फिलिप्पी ๔:๑๓ |
जसले मलाई शक्ति दिनुहुन्छ, उहाँमा नै म सब कुरा गर्न सक्छु। |
|
हितोपदेश 16:32 |
मानिस धैर्यवान् हुनु लड़ाका योद्धा हुनुभन्दा उत्तम हो, आफ्नो क्रोध वशमा राख्नु सहरै कब्जा गर्नुभन्दा बेस हो। |
|
हितोपदेश 18:21 |
जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ, त्यसलाई प्रेम गर्नेहरूले त्यसका फल खानुपर्छ। |
|
हितोपदेश ๒๕:๒๘ |
पर्खालहरू भत्किएको नगरझैँ आत्मसंयम नभएको मानिस हो। |
|
तीतस 1:8 |
तर अतिथिसत्कार गर्ने, भलाइ प्रेमी, आफूलाई वशमा राख्ने, ईमानदार, पवित्र र संयमी हुनुपर्दछ। |
|
यशैया ५५:१०-११ |
[१०] जसरी वृष्टि र हिउँ आकाशबाट झर्छ र त्यतैतिर फर्केर जाँदैन, तर जमिनलाई भिजाएर बाली उमार्छ, र छर्नेलाई बीउ र खानेलाई भोजन दिन्छ,[११] त्यसरी नै मेरो मुखबाट निस्कने मेरो वचन पनि हुनेछ। त्यो मकहाँ व्यर्थै फर्कनेछैन, तर मैले इच्छा गरेको काम त्यसले पूरा गर्नेछ, र जुन कामको निम्ति म त्यसलाई पठाउँछु, त्यसमा त्यो सफल हुनेछ। |
|
रोमी १२:१-२ |
[१] यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आ-आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहणयोग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर।[२] यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो, त्यो तिमीहरूले जाँच्न सक। |
|
फिलिप्पी ४:८-९ |
[८] अन्त्यमा भाइ हो, जे कुरो सत्य छ, जे कुरो आदरणीय छ, जे कुरो न्यायसङ्गत छ, जे कुरो शुद्ध छ, जे कुरो प्रेम-योग्य छ, जे कुरो कृपामय छ, यदि केही श्रेष्ठता, प्रशंसाको योग्य केही छ भने यी नै कुराका विचार गर।[९] तिमीहरूले जुन कुरा मबाट सिक्यौ, र ग्रहण गर्यौ र सुन्यौ र ममा देख्यौ, त्यही गर, र शान्तिका परमेश्वर तिमीहरूसँग हुनुहुनेछ। |
|
जेम्स १:१९-२१ |
[१९] मेरा प्रिय भाइहरू, यो कुरा जान: प्रत्येक मानिस सुन्नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा हुनुपर्छ।[२०] किनकि मानिसको रीसले परमेश्वरको धार्मिकता ल्याउँदैन।[२१] यसैकारण सबै फोहोर कुरा र समस्त दुष्टतालाई हटाओ, र तिमीहरूका हृदयमा रोपिराखेको वचन नम्रतापूर्वक धारण गर, जसले तिमीहरूका प्राणलाई उद्धार गर्न सक्छ। |
|
१ पत्रुस ५:६-८ |
[६] यसकारण परमेश्वरको शक्तिशाली बाहुलीमुनि तिमीहरू आफैलाई विनम्र तुल्याओ, र उहाँले उचित समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ।[७] तिमीहरूका सारा फिक्री उहाँलाई सुम्पिदेओ, किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ।[८] सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियाबलस कसलाई भेट्टाऊँ र खाइहाँलू भनी गर्जने सिंहझैँ खोजिहिँड्छ। |
|
१ कोरिन्थी ९:२४-२७ |
[२४] के तिमीहरूलाई थाहा छैन, दौड़मा दगुर्नेहरू सबै दगुर्छन्, तर इनामचाहिँ एउटैले मात्र पाउँछ? तिमीहरू इनाम प्राप्त गर्ने किसिमले दौड।[२५] खेलमा भाग लिने खेलाडी सबै थोकमा आत्मसंयमी हुनुपर्छ। तिनीहरू नष्ट भएर जाने मुकुट पाउनलाई यसो गर्दछन्, तर हामीचाहिँ अविनाशी मुकुट पाउनलाई यसो गर्दछौं।[२६] यसकारण लक्ष्य नराखी म दगुर्दिनँ। हावामा मुक्का हान्नेले जस्तै म मुक्का हान्दिनँ।[२७] तर म आफ्नो शरीरलाई कठोरतासाथ सधाउँछु, र यसलाई वशमा राख्तछु, नत्रता अरूहरूलाई प्रचार गरेपछि म आफैचाहिँ अयोग्य ठहरिनेछु। |
|
१ कोरिन्थी ६:१२-२० |
[१२] “सबै कुरा मेरो निम्ति न्यायसङ्गत छन्,” तर सबै कुरा फाइदाका छैनन्। “सबै कुरा मेरो निम्ति न्यायसङ्गत छन्,” तर म कुनै कुराको कमारो हुनेछैनँ।[१३] “भोजन पेटको निम्ति, र पेट भोजनको निम्ति हो।” तर परमेश्वरले दुवैलाई नाश गर्नुहुनेछ। शरीर व्यभिचारको निम्ति होइन, तर प्रभुको निम्ति हो, र प्रभु शरीरको निम्ति हुनुहुन्छ।[१४] परमेश्वरले आफ्नो शक्तिले प्रभुलाई जीवित पार्नुभयो, र हामीलाई पनि उहाँको शक्तिद्वारा जीवित पार्नुहुनेछ।[१५] तिमीहरूका शरीर ख्रीष्टका अङ्गहरू हुन् भन्ने के तिमीहरूलाई थाहा छैन? त के म ख्रीष्टका अङ्गहरू लिएर तिनलाई वेश्याका अशुद्ध अङ्ग तुल्याऊँ? यो कदापि नहोस्![१६] वेश्यासँग जोडिने मानिस शरीरमा त्यससँग एक हुन्छ भन्ने कुरा के तिमीहरूलाई थाहा छैन? किनकि यस्तो लेखिएको छ, “ती दुवै एउटै शरीर हुनेछन्।”[१७] तर जो प्रभुसँग एक हुन्छ, त्यो उहाँसँग आत्मामा एउटै हुनेछ।[१८] व्यभिचारदेखि अलग बस। अरू जुनसुकै पाप जो मानिसले गर्दछ, त्यो शरीरबाट बाहिर हुन्छ, तर व्यभिचार गर्ने मानिसले आफ्नै शरीरको विरुद्धमा पाप गर्दछ।[१९] तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, जुन पवित्र आत्मा तिमीहरूले परमेश्वरबाट पाएका छौ, र उहाँ तिमीहरूभित्र वास गर्नुहुन्छ भन्ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्वयम् आफ्नै होइनौ।[२०] तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण तिमीहरूका शरीरमा परमेश्वरको महिमा गर। |
|
२ पत्रुस १:३-११ |
[३] आफ्नो महिमा र श्रेष्ठताद्वारा हामीलाई बोलाउनुहुनेलाई हामीले चिनेका हुनाले परमेश्वरको दिव्य शक्तिद्वारा जीवन र भक्तिको निम्ति हामीलाई चाहिने प्रत्येक थोक उहाँले दिनुभएको छ।[४] यसैद्वारा उहाँले हामीलाई उहाँको अनमोल र महान् प्रतिज्ञाहरू दिनुभएको छ, कि यस संसारका कुइच्छाबाट आउने भ्रष्टताबाट उम्केर तिमीहरू ईश्वरीय स्वभावका सहभागी होओ।[५] यसैकारण सबै किसिमका प्रयत्नद्वारा तिमीहरूको विश्वासमा सद्गुण र सद्गुणमा ज्ञान थप,[६] ज्ञानमा आत्मसंयम, आत्मसंयममा धैर्य, धैर्यमा भक्ति,[७] भक्तिमा भातृ-स्नेह, भातृ-स्नेहमा प्रेम थप।[८] किनकि यी कुराहरू तिमीहरूमा प्रशस्त छन् भने हाम्रा प्रभु येशू ख्रीष्टको ज्ञानमा यी कुराहरूले तिमीहरूलाई बेकम्मा र निष्फल हुनदेखि बचाउनेछन्।[९] किनकि यी कुराहरूमा अभाव भएको मानिसचाहिँ पुराना पापहरूबाट शुद्ध भएको कुरा बिर्सेर अन्धा र टाढ़ाका कुरा नदेख्नेजस्तो हुन्छ।[१०] यसैकारण भाइ हो, तिमीहरूको बोलावट र चुनाउ निश्चय गर्नलाई अझ जोशिला होओ, किनकि यी कुरा गर्नाले तिमीहरू कहिल्यै लोट्नेछैनौ।[११] किनभने यसरी हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनन्त राज्यभित्र तिमीहरूलाई भव्य स्वागतसाथ प्रवेश मिल्नेछ। |
|
एफिसी ६:१०-२० |
[१०] अब अन्त्यमा, प्रभुमा र उहाँका शक्तिको सामर्थ्यमा बलवान् होओ।[११] दियाबलसका युक्तिहरूका विरुद्धमा खड़ा हुन सक्नलाई परमेश्वरका सारा हातहतियार धारण गर।[१२] किनकि हामीहरूको युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्धकारका सांसारिक शासकहरूका विरुद्ध र स्वर्गीय स्थानहरूमा भएका दुष्ट्याइँका आत्मिक सेनाहरूका विरुद्ध हो।[१३] यसैकारण परमेश्वरका सारा हातहतियार उठाओ, र यसरी खराब दिनको सामना गर्न सक, र सबै काम गरेर खड़ा हुन सक्ने होओ।[१४] यसकारण आफ्ना कम्मर सत्यले कसेर, धार्मिकताको छाती-पाता लाएर खड़ा होओ,[१५] र खुट्टामा मिलापको सुसमाचारका जुत्ता लाएर तयार होओ।[१६] साथै विश्वासको ढाल उठाओ, जसबाट तिमीहरू दुष्टका सबै अग्निबाण निभाउन सक्नेछौ।[१७] मुक्तिको टोप लगाओ, र पवित्र आत्माको तरवार लेओ, जोचाहिँ परमेश्वरको वचन हो।[१८] सारा प्रार्थना र निवेदनसाथ सब समय पवित्र आत्मामा प्रार्थना गर। यस उद्देश्यले लगनशील र सतर्क भएर सबै सन्तहरूका निम्ति प्रार्थना गरिरहो।[१९] मेरो निम्ति पनि प्रार्थना गर, कि जब म आफ्नो मुख खोल्छु तब मलाई वचन दिइओस्, र म निर्भयतासाथ सुसमाचारको रहस्य घोषणा गर्न सकूँ,[२०] जसको निम्ति म साङ्लाले बाँधिएको एक राजदूत हुँ, र जसरी मैले बोल्नुपर्ने हो, त्यसरी म साहससँग बोल्न सकूँ। |
|
गलाती ५:१३-२६ |
[१३] भाइ हो, तिमीहरू त स्वतन्त्रताको निम्ति बोलाइएका हौ। केवल त्यस स्वतन्त्रतालाई पापमय स्वभावको निम्ति प्रयोग नगर। तर प्रेममा तिमीहरू एक-अर्काको सेवक बन।[१४] किनभने समस्त व्यवस्था एउटै वचनमा पूरा भएको छ, “तैंले आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्।”[१५] तर तिमीहरू एउटाले अर्कोलाई टोक्ने र निल्ने गर्छौ भनेता होशियार गर, तिमीहरू एक-अर्काबाट नै खतम हुनु नपरोस्।[१६] तर म भन्दछु, पवित्र आत्माद्वारा हिँड़, र पापमय स्वभावका लालसा पूरा नगर।[१७] किनकि पापमय स्वभावका लालसा पवित्र आत्माको विरुद्ध हुन्छन्, अनि पवित्र आत्माको इच्छा पापमय स्वभावको विरुद्ध। तिमी जे गर्न चाहन्छौ त्यसबाट तिमीहरूलाई रोक्नका निम्ति यीचाहिँ एक-अर्काको विरुद्धमा हुन्छन्।[१८] तर यदि तिमीहरू पवित्र आत्माद्वारा डोर्याइएका हौ भनेता तिमीहरू व्यवस्थाको अधीनमा हुँदैनौ।[१९] पापमय स्वभावका कामहरू प्रत्यक्ष छन्, जो यी नै हुन्— व्यभिचार, अपवित्रता, लम्पटपना,[२०] मूर्तिपूजा, मन्त्रतन्त्र, दुश्मनी, झैँझगड़ा, ईर्ष्या, क्रोध, स्वार्थीपन, फूट, गुटबन्दी,[२१] डाह, पियक्कड़पन, अश्लील मोजमज्जा र यस्तै अरू, जसका विषयमा म तिमीहरूलाई चेताउनी दिन्छु, र अघि पनि दिएकै हुँ। जस-जसले यस्ता कामहरू गर्दछन्, परमेश्वरका राज्यका हकदार बन्नेछैनन्।[२२] तर पवित्र आत्माको फलचाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता,[२३] नम्रता, संयम हुन्। यस्ता कुराहरूका विरुद्धमा कुनै व्यवस्था छैन।[२४] तर तिनीहरू, जो ख्रीष्ट येशूका हुन्, तिनीहरूले पापमय स्वभावलाई त्यसको वासना र लालसासहित क्रूसमा टाँगिदिएका छन्।[२५] हामी पवित्र आत्माद्वारा जिउँछौं भने आत्माकै अनुसार हिँड़ौं।[२६] हामी अहङ्कारी नहोऔं, एउटाले अर्कोलाई रीस नउठाऔं, र एउटाले अर्कोलाई ईर्ष्या नगरौं। |
|
तीतस २:१-१५ |
[१] तिमीले चाहिँ जे पक्का धार्मिक-सिद्धान्त सुहाँउदो छ त्यही सिकाऊ।[२] वृद्ध मानिसलाई संयमी, गम्भीर, समझदार, विश्वासमा पक्का, प्रेम र धैर्यमा दृढ़ हुन सिकाऊ।[३] यसरी नै वृद्ध स्त्रीहरू आचार-व्यवहारमा श्रद्धालु हुनुपर्छ, बदख्वाइँ नगर्ने, धेरै मद्यपान नगर्ने हुनुपर्छ भन्ने आदेश देऊ। जे असल छ, तिनीहरूले त्यही सिकाऊन्।[४] तिनीहरूले तरुणीहरूलाई आ-आफ्ना पति र बालबच्चाहरूलाई प्रेम गर्न,[५] र तिनीहरू समझदार, पतिव्रता, घरजम गर्न सक्ने, दयालु, आ-आफ्ना पतिका अधीनमा रहने हुनलाई तालीम देऊन्, ताकि परमेश्वरका वचनको निन्दा हुन नपाओस्।[६] त्यहीबमोजिम जवान मानिसलाई पनि आत्मसंयमी हुनलाई अर्ती देऊ।[७] सबै कुरामा असल कामको नमूना भई तिमीले आफूलाई देखाऊ, र तिम्रो शिक्षामा ईमानदारी, गम्भीरता,[८] र कसैले निन्दा गर्न नपाउने ठीक बोली होस्, ताकि हाम्रा विरुद्धमा खराबी बोल्ने कुरा केही नभएकोले हाम्रो विरोधी शर्ममा परोस्।[९] कमाराहरूलाई पनि आ-आफ्ना मालिकको वशमा रहिकन हरेक कुरामा आफ्ना मालिकहरूलाई सन्तुष्ट तुल्याउने आदेश देऊ, र तिनीहरू मुख लाग्ने नहोऊन्।[१०] तिनीहरूले चोरी नगरून्, तर पूर्ण रूपमा विश्वासयोग्य होऊन्। यसरी हरेक कुरामा तिनीहरूले हाम्रा मुक्तिदाता परमेश्वरका धार्मिक-सिद्धान्तको शोभा बढ़ाऊन्।[११] किनकि सबै मानिसहरूका मुक्तिको निम्ति परमेश्वरको अनुग्रह प्रकट भएको छ,[१२] जसले हामीलाई भक्तिहीनता र सांसारिक तृष्णाहरू त्याग्न र संसारमा संयमी, सोझो र भक्त भएर जीवन यापन गर्न तालीम दिन्छ।[१३] र हाम्रो धन्यको आशा— हाम्रा महान् परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टका महिमाको आगमनको हामी प्रतीक्षा गर्दछौं।[१४] ख्रीष्टले हामीलाई सबै अधर्मबाट मोल तिरेर उद्धार गर्नुभयो, सुकर्ममा जोशिलो भएको आफ्नै निम्ति एक विशेष जाति शुद्ध पार्नलाई आफूलाई दिइहाल्नुभयो।[१५] यी कुराहरूको घोषणा गर, पूरा अधिकारसहित अर्ती-उपदेश देऊ र हप्काऊ। कसैले तिम्रो अवहेलना नगरोस्। |
|
जेम्स 3:1-18 |
[1] भाइ हो, तिमीहरूमध्ये धेरै जना शिक्षक नहोओ। किनकि तिमीहरू जान्दछौ, हामी शिक्षा दिनेहरूको न्याय अझ कठोर रूपले हुनेछ।[2] किनकि हामी सबै धेरै भूल गर्दछौं। जुन मानिसले आफूले बोल्ने कुरामा भूल गर्दैन, त्यसले आफ्ना सारा शरीरमा पनि लगाम लगाउन सक्छ, र त्यो सिद्ध मानिस हुन्छ।[3] यदि घोडाहरूलाई वशमा राख्नलाई तिनीहरूका मुखमा लगाम लगायौं भने तिनीहरूका सारा शरीरलाई जता मन पर्यो त्यतै लान सक्छौं।[4] हेर त, जहाजहरू जो तेज हावाले चल्दछन्, ती ठूला-ठूला भए तापनि एउटा सानो पतवारद्वारा कर्णधारले आफ्नो इच्छाअनुसार जता मन पर्यो त्यतै लान्छ।[5] त्यस्तै जिब्रो पनि एउटा सानो अङ्ग भएर ठूला-ठूला कुराको अभिमान गर्दछ। हेर, एउटा सानो आगोको झिल्काले ठूलो वन पनि स्वाहा पार्दछ।[6] जिब्रो पनि एउटा आगो नै हो। यो शरीरका अङ्गहरूमध्ये अधर्मको एउटा दुनियाँ नै हो। यसले सारा शरीरलाई दूषित पार्दछ र जीवनको सारा क्रममा नै आगो सल्काइदिन्छ र नरकको आगोमा त्यो जल्छ![7] हरेक किसिमका पशुपक्षी, घस्रने जन्तु र समुद्रका जीवजन्तुलाई तह लगाउन सकिन्छ, र मानिस जातिबाट नै तह लगाइएको छ।[8] तर जिब्रोलाई कुनै मानिसले तह लाउन सक्दैन। घातक विषले भरिएको यो चञ्चल दुष्ट हो।[9] यसद्वारा हामी प्रभु र पिताको प्रशंसा गर्दछौं, र यसैद्वारा परमेश्वरको स्वरूपमा बनेका मानिसहरूलाई हामी सराप्तछौं।[10] एउटै मुखबाट आशीर्वाद र सराप निस्कन्छन्। मेरा भाइ हो, यसो नहुनुपर्ने हो।[11] के पानीको मूलको एउटै धाराबाट मीठो र तीतो पानी निस्कन्छ र?[12] मेरा भाइ हो, के अञ्जीरको बोटमा जैतून अथवा दाखको बोटमा अञ्जीर फल्न सक्छ र? तीतो पानीको मूलबाट पनि मीठो पानी निस्कन सक्दैन।[13] तिमीहरूमध्ये बुद्धिमान् र ज्ञानी को छ? आफ्नो असल जीवनद्वारा बुद्धिको नम्रतामा त्यसले आफ्ना कामहरू देखाओस्।[14] तर यदि तिमीहरूका हृदयमा कटु ईर्ष्या र स्वार्थी अभिलाषा छन् भने यी कुरामा अभिमान नगर, र सत्यतालाई झूटा नबनाओ।[15] यो बुद्धि स्वर्गबाट आउने बुद्धि होइन। तर यो त सांसारिक, अनात्मिक र शैतानिक हो।[16] किनकि जहाँ डाह र स्वार्थपूर्ण अभिलाषा हुन्छ, त्यहाँ भाँड़भैलो र हरेक किसिमको भ्रष्ट काम हुन्छ।[17] तर जुन बुद्धि स्वर्गबाट आउँछ त्यो पहिले शुद्ध हुन्छ, तब त्यो शान्तिप्रिय, कोमल, विचारशील, कृपापूर्ण र असल फलले भरिएको, पक्षपातरहित र कपटरहित हुन्छ।[18] शान्ति कायम राख्नेहरूले शान्तिमा छर्छन्, र तिनीहरूले धार्मिकताको फसल बटुल्छन्। |
|
Nepali Bible (NNRV) 2012 |
Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012 |