१ कोरिन्थी 16:14 |
जे गर्छौ ती सबै प्रेममा गरिएका होऊन्। |
|
१ यूहन्ना 4:8-18 |
[8] प्रेम नगर्नेले परमेश्वरलाई चिन्दैन, किनभने परमेश्वर प्रेम हुनुहुन्छ।[9] परमेश्वरको प्रेम हाम्रा माझमा यसरी प्रकट भयो, कि उहाँले आफ्ना एकमात्र पुत्र संसारमा पठाउनुभयो, ताकि उहाँद्वारा हामी जिउन सकौं।[10] प्रेम यसैमा छ, कि हामीले परमेश्वरलाई प्रेम गरेका होइनौं, तर उहाँले हामीलाई प्रेम गर्नुभयो, र हाम्रा पापको प्रायश्चित हुनका निम्ति आफ्ना पुत्र पठाउनुभयो।[11] प्रिय हो, यदि परमेश्वरले हामीलाई यसरी प्रेम गर्नुभएको हो भने, हामीले पनि एक अर्कोलाई प्रेम गर्नुपर्छ।[12] परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन। यदि हामीले एक अर्कोलाई प्रेम गर्यौं भने परमेश्वर हामीमा रहनुहुन्छ, र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्छ।[13] उहाँले हामीलाई आफ्ना आत्माबाट दिनुभएको हुनाले हामी यो जान्दछौं कि हामी उहाँमा रहन्छौं र उहाँ हामीमा रहनुहुन्छ।[14] हामीले देखेका छौं, र गवाही दिन्छौं, कि पिताले आफ्ना पुत्रलाई संसारका मुक्तिदाताको रूपमा पठाउनुभएको छ।[15] जसले येशूलाई परमेश्वरका पुत्र हुनुहुन्छ भनी स्वीकार गर्छ, उसमा परमेश्वर वास गर्नुहुन्छ, र उचाहिँ परमेश्वरमा।[16] यसरी हामीप्रति भएको परमेश्वरको प्रेम हामी जान्दछौं र विश्वास गर्छौं। परमेश्वर प्रेम हुनुहुन्छ, र जो प्रेममा रहन्छ त्यो परमेश्वरमा रहन्छ, र परमेश्वर उसमा रहनुहुन्छ।[17] न्यायको दिनको निम्ति हामी पूर्ण भरोसासाथ बस्न सकौं भनेर प्रेम यसैमा हामीमा सिद्ध भएको हुन्छ। किनकि उहाँ जस्तो हुनुहुन्छ हामी पनि यस संसारमा त्यस्तै छौं।[18] प्रेममा डर हुँदैन, तर सिद्ध प्रेमले डरलाई हटाउँछ। किनकि डरको सम्बन्ध त दण्डसँग हुन्छ, अनि जो डराउँछ प्रेममा त्यो सिद्ध भएको हुँदैन। |
|
जन 3:16 |
“किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्। |
|
१ पत्रुस 4:8 |
सबैभन्दा बढ़ी एक-अर्काप्रति तिमीहरूको प्रेम अटूट रहोस्। किनकि प्रेमले नै असंख्य पापहरू ढाक्तछ। |
|
कलस्सी 3:14 |
यी सबैभन्दा बढ़ी बरु प्रेम धारण गर, जसले सबै थोकलाई सम्पूर्ण एकतामा एकसाथ बाँध्छ। |
|
जन 13:34-35 |
[34] “एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछु: तिमीहरू एक-अर्कालाई प्रेम गर। तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्यस्तै प्रेम गर।[35] यदि तिमीहरूले एक-अर्कालाई प्रेम गर्यौ भने, यसैबाट सबैले जान्नेछन्, कि तिमीहरू मेरा चेलाहरू हौ।” |
|
जन १५:१३ |
आफ्ना मित्रहरूका लागि आफ्नो प्राण अर्पण गरिदिनुभन्दा ठूलो प्रेम अरू कसैको हुँदैन। |
|
१ कोरिन्थी १३:१३ |
अब विश्वास, आशा, प्रेम, यी तीन रहन्छन्, तर यिनमा सर्वोत्तमचाहिँ प्रेम नै हो। |
|
१ यूहन्ना ४:१९ |
हामी प्रेम गर्दछौं, किनभने पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो। |
|
हितोपदेश १०:१२ |
घृणाले कलह उत्पन्न गराउँछ, तर प्रेमले सबै कुकर्महरू ढाकिदिन्छ |
|
१ यूहन्ना ४:७ |
प्रिय हो, हामी एउटाले अर्कोलाई प्रेम गरौं, किनभने प्रेम परमेश्वरबाट आउँछ। जसले प्रेम गर्छ त्यो परमेश्वरबाट जन्मेको हो, र परमेश्वरलाई चिन्छ। |
|
Nepali Bible (NNRV) 2012 |
Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012 |