१ कोरिन्थी १३:४-७ |
[४] प्रेम सहनशील हुन्छ र दयालु हुन्छ। प्रेमले डाह गर्दैन, न शेखी गर्छ।[५] प्रेम हठी हुँदैन, न ढीट हुन्छ। प्रेमले आफ्नै कुरामा जिद्दी गर्दैन, झर्को मान्दैन, खराबीको हिसाब राख्दैन।[६] प्रेम खराबीमा प्रसन्न हुँदैन, तर ठीक कुरामा रमाउँछ।[७] प्रेमले सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुरामा आशा राख्छ, सबै कुरामा स्थिर रहन्छ। |
|
एफिसी 4:29 |
तिमीहरूका मुखबाट कुवाक्य ननिस्कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मीठो वचन मात्र बोल्ने गर, जसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस्। |
|
मीका ६:८ |
ए मानिस, जे असल छ, त्यो उहाँले तँलाई देखाउनुभएको छ। र परमप्रभुले तँबाट के चाहनुहुन्छ? केवल यति, ठीकसित काम गर्नू र कृपालाई प्रेम गर्नू र तेरा परमेश्वरसित विनम्र भएर हिँड्नू। |
|
कलस्सी ३:१२ |
यसकारण परमेश्वरका चुनिएकाहरू, पवित्र र प्रिय भएर तिमीहरूले करुणा, दया, दीनता, नम्रता र धैर्य धारण गर। |
|
एफिसी २:७ |
योचाहिँ ख्रीष्ट येशूमा हामीप्रति उहाँको दयामा आफ्नो अनुग्रहको असीम सम्पत्ति आउँदा युगहरूमा देखाउनलाई हो। |
|
मत्ती ५:२४ |
तिम्रो भेटी त्यही वेदीको सामु छोड, र जाऊ। पहिले आफ्नो भाइसँग मिलाप गर, र त्यसपछि आएर आफ्नो भेटी चढ़ाऊ। |
|
रोमी २:४ |
अथवा परमेश्वरको कृपाले तिमीलाई पश्चात्तापमा डोर्याउँछ भन्ने थाहा नपाएर, के तिमी उहाँको दया, सहनशीलता र धैर्यको प्रशस्ततालाई तुच्छ ठान्छौ? |
|
गलाती ५:२२ |
तर पवित्र आत्माको फलचाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता, |
|
भजनमा १४१:५ |
धर्मी मानिसले मलाई हिर्काऊन्, त्यो त मेरो निम्ति दया हुनेछ। तिनले मलाई हप्काऊन्, त्यो मेरो शिरको निम्ति तेल हुनेछ। मेरो शिरले त्यो इन्कार गर्नेछैन। तापनि मेरो प्रार्थना सधैँ कुकर्मीहरूका विरुद्ध हुन्छ। |
|
यशैया 54:8 |
रीसको झोँकमा क्षणभरको निम्ति मैले मेरो मुख तँदेखि लुकाएको थिएँ, तर अनन्त प्रेम देखाएर म तँलाई कृपा गर्नेछु,” परमप्रभु तेरा उद्धारक भन्नुहुन्छ। |
|
हितोपदेश 19:22 |
मानिसले अचूक प्रेमको चाहना गर्छ, झूटो बोल्नुभन्दा त गरीब हुनु नै बेस हो। |
|
१ पत्रुस 4:8 |
सबैभन्दा बढ़ी एक-अर्काप्रति तिमीहरूको प्रेम अटूट रहोस्। किनकि प्रेमले नै असंख्य पापहरू ढाक्तछ। |
|
२ पत्रुस 1:5-7 |
[5] यसैकारण सबै किसिमका प्रयत्नद्वारा तिमीहरूको विश्वासमा सद्गुण र सद्गुणमा ज्ञान थप,[6] ज्ञानमा आत्मसंयम, आत्मसंयममा धैर्य, धैर्यमा भक्ति,[7] भक्तिमा भातृ-स्नेह, भातृ-स्नेहमा प्रेम थप। |
|
एस्तर 2:9 |
तिनलाई देखेर त्यो नपुंसक खुशी भयो, र एस्तरले त्यसबाट विशेष निगाह पाइन्। त्यसले तिनलाई तुरुन्तै खुशीसित सिङ्गारपटारका सामग्रीहरू र विशेष किसिमका खानेकुराको भाग जुटाइदियो। राजाको महलबाट सात जना चुनिएका सहेलीहरूलाई पनि त्यसले खटाइदियो। स्त्रीहरू बस्ने घरमा तिनलाई र तिनका सहेलीहरूलाई विशेष सुविधा पनि दिइयो। |
|
एफिसी 4:32 |
जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक-अर्काप्रति कोमल मनका र दयालु होओ। |
|
गलाती 6:10 |
यसकारण मौका पाएअनुसार हामी सबै मानिसको भलाइ गर्दैजाऔं, विशेष गरी तिनीहरूको, जो हाम्रो विश्वासका परिवारका हुन्। |
|
लूका 6:35 |
तर आफ्ना शत्रुहरूलाई प्रेम गर, र तिनीहरूको भलाइ गर। फेरि पाउने आशा नराखी ऋण देओ, र तिमीहरूको इनाम ठूलो हुनेछ, अनि तिमी सर्वोच्चका सन्तान ठहरिनेछौ, किनकि उहाँ बैगुनी र स्वार्थीमाथि कृपालु हुनुहुन्छ। |
|
हितोपदेश 31:26 |
तिनी बुद्धिसँग बोल्छिन्, र तिनको जिब्रोमा विश्वास योग्य उपदेश हुन्छ। |
|
१ पत्रुस 3:9 |
खराबीको बदला खराबी नगर्ने अथवा अपमानको बदला अपमान नगर्ने, बरु त्यसको सट्टामा आशिष् दिने होओ, किनकि यसैको लागि तिमीहरू बोलाइएका छौ, कि तिमीहरूले आशिष् प्राप्त गर्न सक। |
|
रूथ २:२०-२१ |
[२०] तब नाओमीले भनिन्, “परमप्रभुले तिनलाई आशिष् देऊन्, परमप्रभुले जिउँदा र मरेकाहरूमाथि कृपा गर्न छोड्नुभएको छैन। किनभने ती मानिस त हाम्रा नजिकका कुटुम्ब, मोल तिरी छुटाउने हुन्।”[२१] तब मोआबी रूथले भनिन्, “त्यसबाहेक उहाँले त मलाई सबै कटनी खतम नहोउञ्जेल उहाँका मानिसहरूसँगै लागिरहनू भनी भन्नुभयो।” |
|
रूथ 3:10 |
तिनले भने, “हे मेरी छोरी, परमप्रभुले तिमीलाई आशिष् देऊन्। तिमीले देखाएको यो आखिरी भक्ति पहिलाको भन्दा प्रगाढ़ छ। धनी कि गरीब कुनै जवान मानिसको पछि तिमी लागिनौ। |
|
नहेम्याह 9:17 |
आज्ञापालन गर्न तिनीहरूले इन्कार गरे, र तिनीहरूका बीचमा तपाईंले गर्नुभएका आश्चर्यकर्महरूलाई तिनीहरूले यादै गरेनन्। तिनीहरू अटेरी भए, र आफ्नो दासत्वमा फेरि लैजान तिनीहरूले एक जना अगुवालाई नियुक्त गरे। तर तपाईं क्षमा गर्नुहुने परमेश्वर, अनुग्रही र कृपालु, रिसानीमा ढिला र प्रेमले पूर्ण हुनुहुन्छ। यसैले तिनीहरूलाई तपाईंले त्याग्नुभएन, |
|
भजनमा 31:21 |
परमप्रभुको स्तुति होस्, किनकि म शत्रुहरूको घेरामा परेको सहरभित्र हुँदा उहाँले आफ्नो उदेकको कृपा ममाथि देखाउनुभयो। |
|
भजनमा 117:1-2 |
[1] हे सबै जाति-जातिका मानिस हो, परमप्रभुको स्तुति गर। हे सबै जन हो, उहाँको जयजयकार गर।[2] किनभने हामीप्रति उहाँको करुणा अपार छ। र परमप्रभुको विश्वसनीयता सदाको निम्ति रहन्छ। परमप्रभुको प्रशंसा गर। |
|
भजनमा ११९:७६ |
तपाईंको अचूक कृपा मेरो निम्ति सान्त्वना होस्, यो आफ्नो दासलाई दिनुभएको प्रतिज्ञाअनुसार होस्। |
|
यशैया ५४:१० |
पर्वतहरू हल्लाइए र डाँड़ाहरू हटाइए तापनि तेरो निम्ति मेरो अटूट प्रेम हटाइनेछैन, न त मेरो शान्तिको करार भङ्ग हुनेछ,” तँलाई कृपा गर्नुहुने परमप्रभु भन्नुहुन्छ। |
|
यर्मिया २:२ |
“जा, र यरूशलेमले सुन्ने गरी यसो भनेर घोषणा गर: ‘तेरो युवावस्थाको भक्ति, दुलहीको जस्तो तेरो प्रेमलाई म सम्झन्छु, र कसरी तँ मेरो पछिपछि मरुभूमिमा हिँड़ेको थिइस्, त्यस बीउ नछरेको भूमिमा। |
|
योएल २:१३ |
आफ्नो लुगा होइन, तर आफ्नो हृदय फटाएर परमप्रभु तिमीहरूका परमेश्वरतिर फर्क, किनकि उहाँ अनुग्रहकारी, दयामा भरपूर, रीस गर्नमा ढीला र प्रेममा भरिपूर्ण हुनुहुन्छ, र विपत्ति ल्याउनुहुँदा उहाँ दु:खित हुनुहुन्छ। |
|
योना ४:२-३ |
[२] अनि तिनले परमप्रभुलाई यसो भनेर प्रार्थना गरे, “हे परमप्रभु, म आफ्नो घरमा छँदै के मैले यही कुरा भनेको थिइनँ र? यसैकारणले त तर्शीशमा भागेर जान मैले आतुरी गरेको थिएँ। तपाईं अनुग्रहकारी र करुणामय, रीस गर्नमा धैर्यवान्, दयामा प्रशस्त, र दु:ख दिनुमा बेखुशी हुनुहुने परमेश्वर हुनुहुन्छ भनी मैले जानेको थिएँ।[३] अब हे परमेश्वर, मेरो प्राण लिनुहोस्, किनभने मेरो निम्ति बाँच्नुभन्दा त मर्नु नै असल छ।” |
|
प्रेरित २८:२ |
त्यहाँका बासिन्दाहरूले हामीलाई अपूर्व दया देखाए। पानी परेर जाडो भएको कारणले तिनीहरूले आगो बालिदिए, र हामी सबैलाई स्वागत गरे। |
|
उत्पत्ति २४:१४ |
यसैले यसो होस्: जुन कन्यालाई म ‘तिम्रो गाग्रो मतिर पानी पिउनलाई ढल्काइदेऊ’ भनुँला, र जसले मलाई ‘खानुहोस्, म तपाईंका ऊँटहरूलाई पनि खुवाइदिन्छु’ भन्छिन्, तिनलाई नै तपाईंले आफ्ना दास इसहाकको निम्ति रोज्नुभएको होस्। तपाईंले मेरा मालिकलाई दया देखाउनुभएको रहेछ भन्ने म त्यसैबाट थाहा पाउनेछु।” |
|
यहोशू २:१२ |
यसकारण अब म तपाईंहरूलाई बिन्ती गर्दछु, कि मैले तपाईंहरूमाथि दया देखाएकी हुनाले मसँग परमप्रभुको शपथ खानुहोस्, मेरा परिवारप्रति पनि दया देखाउनुहोस्। मलाई एउटा निश्चित चिन्ह दिनुहोस्, |
|
२ कोरिन्थी ६:६ |
शुद्धतामा, ज्ञानमा, धैर्यमा, दयामा, पवित्र आत्मामा, साँचो प्रेममा, |
|
तीतस ३:४ |
तर जब परमेश्वर हाम्रा मुक्तिदाताको भलाइ र प्रेम प्रकट भयो, |
|
उत्पत्ति २४:१२ |
अनि त्यसले मनमनै प्रार्थना गर्यो, “हे मेरा मालिकका परमप्रभु परमेश्वर, कृपा गरी आज मलाई मेरो काम सफल गराइदिनुहोस् र मेरा मालिक अब्राहामलाई आफ्नो दया देखाउनुहोस्। |
|
Nepali Bible (NNRV) 2012 |
Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012 |