२ कोरिन्थी 8:21 |
किनकि हामी प्रभुको दृष्टिमा मात्र होइन, तर मानिसहरूका दृष्टिमा पनि जे आदरणीय छ त्यो गर्ने लक्ष्य राख्दछौं। |
|
२ तिमोथी २:१५ |
शर्माउन नपर्ने र सत्यको वचनलाई ठीकसँग प्रयोग गर्ने कामदारजस्तै आफूले आफूलाई परमेश्वरमा ग्रहणयोग्य तुल्याउने भरमग्दूर प्रयत्न गर। |
|
कलस्सी ३:९ |
एउटाले अर्कालाई नढाँट, किनकि पुरानो स्वभाव त्यसका चलनसमेत तिमीहरूले त्यागेका छौ, |
|
एफिसी ४:२५ |
यसकारण झूट त्यागेर हरेकले आ-आफ्नो छिमेकीसँग सत्य बोल, किनकि हामी एउटै शरीरमा एक-अर्काका अङ्गहरू हौं। |
|
जेम्स १:२६ |
यदि कोही मानिसले आफूलाई धर्मी सम्झन्छ, र आफ्नो जिब्रोमा लगाम लाउँदैन, तर आफ्नो हृदयलाई धोका दिन्छ भनेता त्यस मानिसको धर्म व्यर्थ हुन्छ। |
|
जेम्स ३:१७ |
तर जुन बुद्धि स्वर्गबाट आउँछ त्यो पहिले शुद्ध हुन्छ, तब त्यो शान्तिप्रिय, कोमल, विचारशील, कृपापूर्ण र असल फलले भरिएको, पक्षपातरहित र कपटरहित हुन्छ। |
|
लूका ६:३१ |
जसो मानिसहरूले तिमीहरूसँग गरून् भन्ने तिमीहरू इच्छा गर्दछौ, तिमीहरूले पनि तिनीहरूसँग त्यसै गर। |
|
मत्ती ५:८ |
धन्य शुद्ध हृदय हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्। |
|
हितोपदेश १०:९ |
ईमानदार मानिस निर्धक्क हिँड्छ। तर टेढ़ो चाल चल्ने पक्राउ पर्नेछ। |
|
हितोपदेश ११:३ |
ईमानदारी नै सोझाहरूको पथ-प्रदर्शक हो, तर विश्वासघातीहरू आफ्नै कपटले नष्ट हुन्छन्। |
|
हितोपदेश १२:१७-२२ |
[१७] एक सत्यवादी साक्षीले ईमानदार गवाही दिन्छ, तर झूटो साक्षीले झूटो कुरा बोल्छ।[१८] असावधान वचनले मानिसलाई तरवारले झैँ घोच्छ, तर बुद्धिमान्को बोलीले निको पार्छ।[१९] सत्य बोल्ने ओठ सधैँ स्थिर रहन्छन्, तर झूट बोल्ने जिब्रो केही क्षण मात्रै टिक्छ।[२०] खराब युक्ति रच्नेहरूको हृदय छली हुन्छ, तर शान्तिको बढ़ौती गर्नेलाई रमाहट हुन्छ।[२१] धर्मीमाथि हानि आइपर्दैन, तर दुष्टहरू दु:ख-कष्टले भरिएका हुन्छन्।[२२] परमप्रभु झूटा ओठलाई घिनाउनुहुन्छ, तर उहाँ सत्यवादी मानिससँग प्रसन्न हुनुहुन्छ। |
|
हितोपदेश १४:५ |
साँचो साक्षीले छल गर्दैन, तर झूटो साक्षीले झूटा कुराहरूको ओइरो लाउँछ। |
|
हितोपदेश २१:३ |
जे ठीक र न्यायसङ्गत छ त्यही गर्नु परमप्रभुलाई बलिदान चढ़ाउनुभन्दा बढ़ी ग्रहणयोग्य हुन्छ। |
|
हितोपदेश २४:२६ |
ईमानदार जवाफचाहिँ ओठमाथिको चुम्बनजस्तै हो। |
|
हितोपदेश २८:१८ |
जसको हिँड़ाइ निर्दोष छ, त्यो सुरक्षित रहन्छ, तर जसका बाटाहरू कुटिल मतिका छन्, तिनीहरू अचानक पतित हुनेछन्। |
|
भजनमा ११२:५ |
उदार-चित्तले ऋण दिने, र ईमानदारीसाथ आफ्नो कारोबार चलाउने मान्छेको भलो हुन्छ। |
|
१ इतिहास २९:१७ |
हे मेरा परमेश्वर, म जान्दछु कि तपाईं हृदयको जाँच गर्नुहुन्छ, र मनको सोझोपनादेखि तपाईं खुशी हुनुहुन्छ। साँचो हृदयले मैले राजीखुशीसित यी सबै दान तपाईंमा टक्र्याएको हुँ। यहाँ उपस्थित भएका तपाईंका प्रजाले राजीखुशीसित टक्र्याएको देख्दा अब मलाई आनन्द लागेको छ। |
|
जन १:३ |
सबै थोक उहाँद्वारा बनिए, र बनिएको कुनै थोक पनि उहाँविना बनिएन। |
|
जन 3:18 |
जसले उहाँमाथि विश्वास गर्छ, त्यो दोषी ठहरिँदैन, तर विश्वास नगर्नेचाहिँ अघि नै दोषी ठहरिएको छ, किनभने उसले परमेश्वरका एकमात्र पुत्रको नाउँमा विश्वास गरेको छैन। |
|
फिलिप्पी ४:८-९ |
[८] अन्त्यमा भाइ हो, जे कुरो सत्य छ, जे कुरो आदरणीय छ, जे कुरो न्यायसङ्गत छ, जे कुरो शुद्ध छ, जे कुरो प्रेम-योग्य छ, जे कुरो कृपामय छ, यदि केही श्रेष्ठता, प्रशंसाको योग्य केही छ भने यी नै कुराका विचार गर।[९] तिमीहरूले जुन कुरा मबाट सिक्यौ, र ग्रहण गर्यौ र सुन्यौ र ममा देख्यौ, त्यही गर, र शान्तिका परमेश्वर तिमीहरूसँग हुनुहुनेछ। |
|
१ पत्रुस 3:10-12 |
[10] किनकि, “जसले जीवनलाई प्रेम गर्छ, र असल दिनहरू देख्ने इच्छा गर्दछ, त्यसले आफ्नो जिब्रोलाई खराबीबाट र आफ्ना ओठलाई छली कुरा बोल्नबाट अलग राखोस्।[11] त्यो खराबीबाट फर्कोस् र असल गरोस्, त्यसले शान्तिको खोजी गरोस् र त्यसको पछि लागोस्।[12] किनकि परमेश्वरको नजर धर्मात्माहरूमाथि रहन्छ, र उहाँका कान तिनीहरूका प्रार्थनातिर खुला हुन्छन्, तर परमप्रभुको मुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्छ।” |
|
हितोपदेश ६:१६-२० |
[१६] छ वटा कुराहरू छन्, जसलाई परमप्रभुले घृणा गर्नुहुन्छ, सातौँचाहिँ जो उहाँको दृष्टिमा घृणित छन्:[१७] अहङ्कारी आँखा, झूट बोल्ने जिब्रो, निर्दोषको रगत बगाउने हात,[१८] दुष्ट योजनाहरू रच्ने हृदय, खराबी काम गर्न झट्टै अग्रसर हुने पाइला,[१९] असत्य बोल्ने झूटो साक्षी, र दाजुभाइहरूका माझमा झगड़ा उठाउने मानिस।[२०] हे मेरो छोरो, आफ्ना पिताका आज्ञाहरू पालन गर्, र आफ्नी आमाको अर्तीलाई नत्याग्। |
|
Nepali Bible (NNRV) 2012 |
Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012 |