१ कोरिन्थी १३:१३ |
अब विश्वास, आशा, प्रेम, यी तीन रहन्छन्, तर यिनमा सर्वोत्तमचाहिँ प्रेम नै हो। |
|
१ यूहन्ना ३:१ |
हेर, पिताले हामीलाई कस्तो किसिमले प्रेम गर्नुभएको छ, कि हामी परमेश्वरका सन्तान भनी कहलिएकाहरू हौं, र साँच्चै हौं पनि। यसैकारणले त संसारले हामीलाई चिन्दैन, किनभने त्यसले उहाँलाई चिनेन। |
|
१ यूहन्ना ४:७-८ |
[७] प्रिय हो, हामी एउटाले अर्कोलाई प्रेम गरौं, किनभने प्रेम परमेश्वरबाट आउँछ। जसले प्रेम गर्छ त्यो परमेश्वरबाट जन्मेको हो, र परमेश्वरलाई चिन्छ।[८] प्रेम नगर्नेले परमेश्वरलाई चिन्दैन, किनभने परमेश्वर प्रेम हुनुहुन्छ। |
|
१ यूहन्ना ४:१६-१९ |
[१६] यसरी हामीप्रति भएको परमेश्वरको प्रेम हामी जान्दछौं र विश्वास गर्छौं। परमेश्वर प्रेम हुनुहुन्छ, र जो प्रेममा रहन्छ त्यो परमेश्वरमा रहन्छ, र परमेश्वर उसमा रहनुहुन्छ।[१७] न्यायको दिनको निम्ति हामी पूर्ण भरोसासाथ बस्न सकौं भनेर प्रेम यसैमा हामीमा सिद्ध भएको हुन्छ। किनकि उहाँ जस्तो हुनुहुन्छ हामी पनि यस संसारमा त्यस्तै छौं।[१८] प्रेममा डर हुँदैन, तर सिद्ध प्रेमले डरलाई हटाउँछ। किनकि डरको सम्बन्ध त दण्डसँग हुन्छ, अनि जो डराउँछ प्रेममा त्यो सिद्ध भएको हुँदैन।[१९] हामी प्रेम गर्दछौं, किनभने पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो। |
|
गलाती २:२० |
म ख्रीष्टसँगै क्रूसमा टाँगिएको छु, अब उप्रान्त जिउने म होइनँ, तर ख्रीष्ट ममा जिउनुहुन्छ। जुन जीवन शरीरमा म अहिले जिउँछु, त्यो परमेश्वरका पुत्रमा विश्वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो, र मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो। |
|
यर्मिया २९:११ |
किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्ति बनाएको छु, ती म जान्दछु,” परमप्रभु भन्नुहुन्छ। “ती तिमीहरूका उन्नतिको निम्ति हुन्, नोक्सानीको निम्ति होइनन्, तिमीहरूलाई आशा र भविष्य दिनलाई। |
|
यर्मिया ३१:३ |
परमप्रभु विगत समयमा हामीकहाँ यसो भन्दै देखा पर्नुभयो: “सधैँभरि रहने प्रेमले मैले तँलाई प्रेम गरेको छु। मैले तँलाई दया गरी खिँचेको छु। |
|
जन ३:१६ |
“किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्। |
|
जन १५:१३ |
आफ्ना मित्रहरूका लागि आफ्नो प्राण अर्पण गरिदिनुभन्दा ठूलो प्रेम अरू कसैको हुँदैन। |
|
भजनमा ८६:१५ |
तर हे परमप्रभु, तपाईं कृपालु र अनुग्रही परमेश्वर हुनुहुन्छ, क्रोध गर्नमा ढिला, प्रेम र विश्वस्ततामा प्रशस्त हुनुहुन्छ। |
|
भजनमा १३६:२६ |
स्वर्गका परमेश्वरलाई धन्यवाद देओ, किनभने उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। |
|
रोमी ५:८ |
तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ, कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो। |
|
व्यवस्था ७:९ |
यसकारण याद राख, परमप्रभु तिमीहरूका परमेश्वर मात्र परमेश्वर हुनुहुन्छ, एक विश्वासयोग्य परमेश्वर। उहाँलाई प्रेम गर्ने र उहाँका आज्ञा पालन गर्ने हजारौँ पुस्तामाथि उहाँले आफ्नो प्रेमको करार पूरा गर्नुहुन्छ, र दया देखाउनुहुन्छ। |
|
सपन्याह ३:१७ |
परमप्रभु तेरा परमेश्वर तँसित हुनुहुन्छ। उहाँ बचाउनलाई सामर्थी हुनुहुन्छ। उहाँ तँसित अत्यन्तै आनन्दित हुनुहुन्छ। उहाँले आफ्नो प्रेममा तँलाई शान्त पार्नुहुनेछ। गीत गाएर उहाँ तेरा बारेमा रमाउनुहुनेछ। |
|
एफिसी २:४-५ |
[४] तर परमेश्वर, जो कृपामा धनी हुनुहुन्छ, उहाँले आफ्नो महान् प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो,[५] यसकारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई ख्रीष्टसँगै जीवित पार्नुभयो— अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ। |
|
१ पत्रुस ५:६-७ |
[६] यसकारण परमेश्वरको शक्तिशाली बाहुलीमुनि तिमीहरू आफैलाई विनम्र तुल्याओ, र उहाँले उचित समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ।[७] तिमीहरूका सारा फिक्री उहाँलाई सुम्पिदेओ, किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ। |
|
रोमी ८:३७-३९ |
[३७] होइन, यी सबै कुरामा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरूभन्दा पनि अझ बढ़ी छौं।[३८] किनकि म यो पक्का गरी जान्दछु, कि मृत्युले वा जीवनले, स्वर्गदूतहरूले वा प्रधानताहरूले, वर्तमानका कुराहरूले वा पछि हुने कुराहरूले, वा शक्तिहरूले,[३९] उचाइले वा गहिराइले, वा सारा सृष्टिमा भएका कुनै पनि कुराले, ख्रीष्ट येशू हाम्रा प्रभुमा भएका परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्नेछैन। |
|
Nepali Bible (NNRV) 2012 |
Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012 |