१ यूहन्ना ४:१६-१८ |
[१६] यसरी हामीप्रति भएको परमेश्वरको प्रेम हामी जान्दछौं र विश्वास गर्छौं। परमेश्वर प्रेम हुनुहुन्छ, र जो प्रेममा रहन्छ त्यो परमेश्वरमा रहन्छ, र परमेश्वर उसमा रहनुहुन्छ।[१७] न्यायको दिनको निम्ति हामी पूर्ण भरोसासाथ बस्न सकौं भनेर प्रेम यसैमा हामीमा सिद्ध भएको हुन्छ। किनकि उहाँ जस्तो हुनुहुन्छ हामी पनि यस संसारमा त्यस्तै छौं।[१८] प्रेममा डर हुँदैन, तर सिद्ध प्रेमले डरलाई हटाउँछ। किनकि डरको सम्बन्ध त दण्डसँग हुन्छ, अनि जो डराउँछ प्रेममा त्यो सिद्ध भएको हुँदैन। |
|
१ पत्रुस ४:८ |
सबैभन्दा बढ़ी एक-अर्काप्रति तिमीहरूको प्रेम अटूट रहोस्। किनकि प्रेमले नै असंख्य पापहरू ढाक्तछ। |
|
कलस्सी ३:१४ |
यी सबैभन्दा बढ़ी बरु प्रेम धारण गर, जसले सबै थोकलाई सम्पूर्ण एकतामा एकसाथ बाँध्छ। |
|
एफिसी 2:8 |
किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ— र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो— |
|
एफिसी 5:25 |
पति हो, आफ्ना पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो, र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो, |
|
यर्मिया 31:3 |
परमप्रभु विगत समयमा हामीकहाँ यसो भन्दै देखा पर्नुभयो: “सधैँभरि रहने प्रेमले मैले तँलाई प्रेम गरेको छु। मैले तँलाई दया गरी खिँचेको छु। |
|
जन 3:16 |
“किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्। |
|
१ कोरिन्थी १३:७ |
प्रेमले सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुरामा आशा राख्छ, सबै कुरामा स्थिर रहन्छ। |
|
१ कोरिन्थी १३:१३ |
अब विश्वास, आशा, प्रेम, यी तीन रहन्छन्, तर यिनमा सर्वोत्तमचाहिँ प्रेम नै हो। |
|
१ यूहन्ना ३:१ |
हेर, पिताले हामीलाई कस्तो किसिमले प्रेम गर्नुभएको छ, कि हामी परमेश्वरका सन्तान भनी कहलिएकाहरू हौं, र साँच्चै हौं पनि। यसैकारणले त संसारले हामीलाई चिन्दैन, किनभने त्यसले उहाँलाई चिनेन। |
|
१ यूहन्ना ३:१६ |
प्रेम के हो भनी हामी यसैबाट थाहा पाउँछौं, कि उहाँले हाम्रा निम्ति आफ्नो प्राण दिनुभयो र हामीले पनि आफ्ना दाजुभाइहरूका निम्ति आफ्नो प्राण दिनुपर्छ। |
|
१ यूहन्ना ४:८ |
प्रेम नगर्नेले परमेश्वरलाई चिन्दैन, किनभने परमेश्वर प्रेम हुनुहुन्छ। |
|
जन १४:२१ |
मलाई प्रेम गर्ने त्यही हो जससँग मेरा आज्ञा छन् र ती पालन गर्दछ। अनि मलाई प्रेम गर्नेलाई मेरा पिताले प्रेम गर्नुहुन्छ। म त्यसलाई प्रेम गर्नेछु, र म आफैलाई त्यसकहाँ प्रकट गर्नेछु।” |
|
जन १५:१२-१३ |
[१२] “मेरो आज्ञा यही हो, कि मैले तिमीहरूलाई जसरी प्रेम गरें, तिमीहरूले एक-अर्कालाई त्यसरी नै प्रेम गर।[१३] आफ्ना मित्रहरूका लागि आफ्नो प्राण अर्पण गरिदिनुभन्दा ठूलो प्रेम अरू कसैको हुँदैन। |
|
लूका ๖:๒๗ |
“तर तिमी सुन्नेहरूलाई म भन्दछु, आफ्ना शत्रुलाई प्रेम गर, र घृणा गर्नेहरूलाई भलाइ गर, |
|
हितोपदेश ๑๐:๑๒ |
घृणाले कलह उत्पन्न गराउँछ, तर प्रेमले सबै कुकर्महरू ढाकिदिन्छ |
|
हितोपदेश ๑๗:๑๗ |
एक मित्रले सधैँ प्रेम गर्छ, दाजुभाइचाहिँ दु:खको बेलाको लागि जन्मेको हुन्छ। |
|
रोमी ๓:๒๓ |
किनकि सबैले पाप गरेका छन्, र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। |
|
रोमी ๕:๕-๘ |
[๕] आशाले हामीलाई निराशा गराउँदैन, किनकि हामीलाई दिइएका पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रा हृदयमा खन्याइएको छ।[๖] किनकि हामी दुर्बल हुँदा नै ख्रीष्ट अधर्मीहरूका निम्ति ठीक समयमा मर्नुभयो।[๗] धार्मिक मानिसको निम्ति मर्न तयार हुने कोही बिरलै पाइएला, कतै असल मानिसको निम्ति कसैले मर्ने आँट गरी पनि हाल्ला।[๘] तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ, कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो। |
|
रोमी ๘:๓๕ |
कसले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्ने? के सङ्कष्टले, अथवा दुःखले, वा खेदोले, वा अनिकालले, वा नग्नताले, अथवा खतराले वा तरवारले? |
|
रोमी ๑๒:๙-๑๐ |
[๙] प्रेम निष्कपट होस्। जुन कुरा खराब छ, त्यसलाई घृणा गर। जुन कुरा असल छ, त्यसमा लागिरहो।[๑๐] भातृ-प्रेमसँग एकअर्कालाई प्रेम गर। आफूलाई भन्दा बढ़ी अरूलाई आदर गर। |
|
तीतस ๓:๔-๕ |
[๔] तर जब परमेश्वर हाम्रा मुक्तिदाताको भलाइ र प्रेम प्रकट भयो,[๕] तब हामी आफैले धार्मिकतामा गरेका कामबाट होइन, तर उहाँको आफ्नै कृपाअनुसार पुनर्जीवनको स्नानद्वारा र पवित्र आत्माद्वारा भएको नवीकरणबाट उहाँले हामीलाई मुक्ति दिनुभयो, |
|
१ यूहन्ना ๔:๙-๑๐ |
[๙] परमेश्वरको प्रेम हाम्रा माझमा यसरी प्रकट भयो, कि उहाँले आफ्ना एकमात्र पुत्र संसारमा पठाउनुभयो, ताकि उहाँद्वारा हामी जिउन सकौं।[๑๐] प्रेम यसैमा छ, कि हामीले परमेश्वरलाई प्रेम गरेका होइनौं, तर उहाँले हामीलाई प्रेम गर्नुभयो, र हाम्रा पापको प्रायश्चित हुनका निम्ति आफ्ना पुत्र पठाउनुभयो। |
|
जन ๑๓:๓๔-๓๕ |
[๓๔] “एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछु: तिमीहरू एक-अर्कालाई प्रेम गर। तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्यस्तै प्रेम गर।[๓๕] यदि तिमीहरूले एक-अर्कालाई प्रेम गर्यौ भने, यसैबाट सबैले जान्नेछन्, कि तिमीहरू मेरा चेलाहरू हौ।” |
|
१ कोरिन्थी ๑๓:๔-๗ |
[๔] प्रेम सहनशील हुन्छ र दयालु हुन्छ। प्रेमले डाह गर्दैन, न शेखी गर्छ।[๕] प्रेम हठी हुँदैन, न ढीट हुन्छ। प्रेमले आफ्नै कुरामा जिद्दी गर्दैन, झर्को मान्दैन, खराबीको हिसाब राख्दैन।[๖] प्रेम खराबीमा प्रसन्न हुँदैन, तर ठीक कुरामा रमाउँछ।[๗] प्रेमले सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुरामा आशा राख्छ, सबै कुरामा स्थिर रहन्छ। |
|
मत्ती ๕:๔๓-๔๘ |
[๔๓] “तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तिम्रो छिमेकीलाई प्रेम गर, र तिम्रो शत्रुलाई घृणा गर।’[๔๔] तर म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुहरूलाई प्रेम गर, र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर,[๔๕] र तिमीहरू स्वर्गमा हुनुहुने आफ्ना पिताका छोराहरू हुनेछौ। उहाँले दुष्ट र सज्जन दुवैलाई सूर्यको ताप दिनुहुन्छ, र धर्मी र पापी दुवैलाई वृष्टि दिनुहुन्छ।[๔๖] किनभने यदि तिमीहरूसँग प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्दछौ भने तिमीहरूलाई के इनाम छ? के महसूल उठाउनेहरूले पनि त्यसै गर्दैनन् र?[๔๗] तिमीहरूले आफ्ना दाजुभाइहरूलाई मात्र अभिवादन गर्छौ भने अरूहरूले भन्दा बढ़ी के गर्यौ र? के अन्यजातिहरूले पनि त्यसै गर्दैनन् र?[๔๘] यसकारण जस्तो तिमीहरूका स्वर्गमा हुनुहुने पिता सिद्ध हुनुहुन्छ, तिमीहरू पनि त्यस्तै सिद्ध हुनुपर्दछ।” |
|
१ कोरिन्थी ๑:๑-๑๓ |
[๑] परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूको प्रेरित हुनलाई बोलाइएका पावल र हाम्रो भाइ सोस्थेनेसबाट,[๒] कोरिन्थमा भएका परमेश्वरको मण्डलीलाई जो ख्रीष्ट येशूमा पवित्र भएको छ, र तिनीहरूका साथसाथै हरेक स्थानमा सन्त हुनलाई बोलाइएकाहरू सबैलाई, जस-जसले प्रभु येशू ख्रीष्टका नाउँको पुकारा गर्दछन्, जो तिनीहरूका र हाम्रा प्रभु हुनुहुन्छ:[๓] परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति।[๔] ख्रीष्ट येशूमा तिमीहरूलाई दिइएका परमेश्वरका अनुग्रहको कारण तिमीहरूका निम्ति म परमेश्वरमा सधैँ धन्यवाद चढ़ाउँछु।[๕] किनकि हरप्रकारले, अर्थात् सबै बोली र सबै ज्ञानमा तिमीहरू उहाँमा धनी भएका छौ—[๖] किनकि ख्रीष्टको विषयमा हाम्रो गवाही तिमीहरूमा सुदृढ़ भएको छ—[๗] ताकि तिमीहरूले हाम्रा प्रभु येशू ख्रीष्ट प्रकट हुने कुराको प्रतीक्षा गर्दा तिमीहरूमा कुनै आत्मिक वरदानको अभाव हुँदैन।[๘] हाम्रा प्रभु येशू ख्रीष्टको दिनमा तिमीहरूलाई दोषरहित राख्न उहाँले तिमीहरूलाई अन्त्यसम्मै सुदृढ़ राख्नुहुनेछ।[๙] परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, जसद्वारा उहाँका पुत्र हाम्रा प्रभु येशू ख्रीष्टको सङ्गतिमा तिमीहरू बोलाइयौ।[๑๐] अब भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्टको नाउँमा म तिमीहरूलाई आग्रह गर्दछु, कि तिमीहरू सबै एक-अर्कासँग सहमत होओ, र तिमीहरूको माझमा केही फूट नहोस्। तर तिमीहरू एकै मन र एकै विचारका होओ।[๑๑] किनकि, मेरा भाइ हो, तिमीहरूमा झगड़ा छ भन्ने कुरा क्लोएका परिवारहरूले मलाई खबर दिएका छन्।[๑๒] मेरो भनाईको तात्पर्य यही हो, तिमीहरू कसैले, “म पावलको”, कसैले “म अपोल्लोसको”, कसैले “म केफासको” र कसैले “म ख्रीष्टको हुँ” भन्छौ अरे।[๑๓] के ख्रीष्ट बाँड़िनुभएको छ र? के पावल तिमीहरूका निम्ति क्रूसमा टाँगियो र? अथवा के पावलको नाउँमा तिमीहरू बप्तिस्मा भयौ र? |
|
Nepali Bible (NNRV) 2012 |
Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012 |