२ कोरिन्थी ६:२ |
किनभने उहाँ भन्नुहुन्छ, “ग्रहणयोग्य समयमा मैले तिम्रो पुकारा सुनें, र मुक्तिको दिनमा मैले तिमीलाई सहायता गरें।” हेर, ग्रहणयोग्य समय अहिले हो, मुक्तिको दिन अहिले हो। |
|
१ यूहन्ना २:१७ |
संसार बितिजान्छ र त्यसको अभिलाषा पनि बितिजान्छ, तर परमेश्वरको इच्छा पूरा गर्नेचाहिँ सधैँको निम्ति रहन्छ। |
|
उपदेशक ३:११ |
उहाँले हरेक कुरालाई आफ्नो समयमा सुन्दर बनाउनुभएको छ। उहाँले मानिसका हृदयमा अनन्तता पनि राखिदिनुभएको छ। तापनि तिनीहरूले परमेश्वरले आदिदेखि अन्त्यसम्म के गर्नुभएको छ त्यसको गहिराइलाई बुझ्न सक्दैनन्। |
|
यर्मिया २९:११ |
किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्ति बनाएको छु, ती म जान्दछु,” परमप्रभु भन्नुहुन्छ। “ती तिमीहरूका उन्नतिको निम्ति हुन्, नोक्सानीको निम्ति होइनन्, तिमीहरूलाई आशा र भविष्य दिनलाई। |
|
जन ३:१६ |
“किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्। |
|
जन ९:४ |
मलाई पठाउनुहुनेका कामहरू हामीले दिन छँदै गर्नुपर्छ। रात आउँछ, जब कसैले काम गर्न सक्दैन। |
|
हितोपदेश १६:९ |
मानिसले आफ्नो हृदयमा आफ्नो चाँजो मिलाउँछ, तर परमप्रभुले नै त्यसका कदमहरूको निर्धारण गर्नुहुन्छ। |
|
हितोपदेश २१:५ |
लगनशीलको योजनाहरूले लाभ गराउनेतर्फ उन्मुख गराउँछ, त्यसरी नै हतार गर्नाले दरिद्रतामा पुगिन्छ। |
|
हितोपदेश २७:१ |
भोलिको धाक नलगा, किनभने एकै दिनमा के आइपर्ला भन्ने तँलाई थाहा हुँदैन। |
|
भजनमा ३१:१५ |
मेरा समय तपाईंकै हातमा छन्, मेरा शत्रुहरूका हातबाट र मलाई सताउनेहरूका हातबाट मलाई छुटाउनुहोस्। |
|
भजनमा ९०:१२ |
हाम्रो आयु ठीकसँग गन्न हामीलाई सिकाउनुहोस्, र हामी बुद्धिको हृदय प्राप्त गर्न सकौं। |
|
रोमी १३:११ |
यसबाहेक यो वर्तमान समय कस्तो छ, सो तिमीहरूलाई थाहा छ। अब निद्राबाट ब्यूँझने ठीक बेला आइपुगेको छ, किनकि हामीले पहिले विश्वास गरेको भन्दा अहिले हाम्रो मुक्ति अझ नजिक छ। |
|
एस्तर ४:१४ |
यस्तो बेलामा तिमी चूपै लागी बस्यौ भने यहूदीहरूका निम्ति सहायता र छुटकारा अरूद्वारै आउनेछ। तर तिमी र तिम्रा पिताको घरानाचाहिँ नष्ट हुनेछन्। शायद यस्तै समयको निम्ति नै तिमी यो राजपदमा पुगेकी हौ कि?” |
|
मार्क १३:३२-३३ |
[३२] “तर त्यस दिन र त्यस घड़ीको विषयमा पिताले बाहेक अरू कसैले जान्दैन, न त स्वर्गमा हुने स्वर्गदूतहरूले न पुत्रले।[३३] होशियार रहो, जागा बस र प्रार्थना गर, किनकि त्यो बेला कहिले आउने हो, सो तिमीहरू जान्दैनौ। |
|
२ पत्रुस ३:८-९ |
[८] तर प्रिय हो, यो एउटा कुरा नभुल, कि प्रभुको निम्ति एक दिन हजार वर्षझैँ र हजार वर्ष एक दिनझैँ हुन्छ।[९] आफ्नो प्रतिज्ञाको बारेमा प्रभु ढिलो गर्नुहुन्छ भन्ने कसै-कसैको भनाइ भए तापनि उहाँ ढिलो गर्नुहुन्न, तर कोही पनि नष्ट नहोस्, तर सबै जनाले पश्चात्ताप गरून् भन्ने इच्छा गरेर प्रभु तिमीहरूप्रति धैर्यवान् हुनुहुन्छ। |
|
कलस्सी ४:५-६ |
[५] समयको सदुपयोग गर्दै, बाहिरकाहरूसँग बुद्धिमानीसाथ व्यवहार गर।[६] नूनले स्वादिलो पारेजस्तो तिमीहरूको बोलीवचन सधैँ कृपालु होस्, ताकि प्रत्येकलाई कसरी जवाफ दिनुपर्ने हो, सो तिमीहरू जान। |
|
एफिसी ५:१५-१७ |
[१५] यसैले कसरी हिँड्छौ ध्यानसँग हेर— निर्बुद्धि मानिसजस्तो होइन, तर बुद्धिमान्जस्तो।[१६] समयको पूरा सदुपयोग गर, किनकि दिन खराब छ।[१७] यसैकारण मूर्ख नहोओ, तर प्रभुको इच्छा के छ, सो बुझ। |
|
१ थिस्सलोनिकी ५:१-३ |
[१] तर भाइ हो, समय र बेलाको विषयमा तिमीहरूलाई केही लेख्ने आवश्यकता छैन।[२] किनकि तिमीहरू आफै राम्ररी जान्दछौ, प्रभुको दिन त रातमा चोर आएझैँ आउनेछ।[३] जब मानिसहरू “शान्ति र सुरक्षा” भनिरहेका हुन्छन्, तब गर्भवती स्त्रीलाई बेथा लागेझैँ अचानक तिनीहरूमाथि विनाश आइलाग्छ, र तिनीहरू कुनै रीतिले उम्कनेछैनन्। |
|
हितोपदेश ६:६-८ |
[६] ए अल्छे, कमिलाकहाँ गएर त्यसको चाल-ढङ्ग हेर् र बुद्धिमानी बन्![७] त्यसको अगुवा हुँदैन, हाकिम वा शासक हुँदैन,[८] तापनि ग्रीष्म ऋतुमा त्यसले अन्नको भण्डार तयार गर्छ र कटनीको समयमा आफ्नो खानेकुरो सञ्चय गर्छ। |
|
जेम्स 4:13-17 |
[13] “आज वा भोलि हामी फलानो सहरमा जाऔंला, त्यहाँ एक वर्ष बिताऔंला र व्यापार गरेर नाफा गरौंला”[14] भन्नेहरू अब सुन, भोलि के हुने हो तिमीहरू जान्दैनौ। तिम्रो जिन्दगी के छ? तिमीहरू त तुवाँलो हौ, जो केही बेरको निम्ति देखा पर्छ, अनि हराइहाल्छ।[15] यसको सट्टामा त तिमीहरूले यसो भन्नुपर्ने, “यदि परमेश्वरको इच्छा भयो भने हामी बाँचौंला र यस्तो-उस्तो गरौंला।”[16] तर अहिले तिमीहरू आ-आफ्ना शेखीमा धाक लाउँछौ। यस्तो सबै शेखी खराब हो।[17] यसकारण जसले भलाइ गर्न जानेर पनि गर्दैन त्यसले पाप गर्छ। |
|
उपदेशक 3:1-8 |
[1] सबै कुराका लागि समय छ, र आकाशमुनि सबै कार्यकलापको बेला छ:[2] जन्मने एउटा समय छ, र मर्ने एउटा समय। रोप्ने एउटा समय छ, र उखेल्ने एउटा समय।[3] मार्ने एउटा समय छ, र निको पार्ने एउटा समय। भत्काउने एउटा समय छ, र बनाउने एउटा समय।[4] रुने एउटा समय छ, र हाँस्ने एउटा समय। शोक गर्ने एउटा समय छ, र नाच्ने एउटा समय।[5] ढुङ्गा छर्ने एउटा समय छ, र ती बटुल्ने एउटा समय। अँगाल्ने एउटा समय छ, र अलग रहने एउटा समय।[6] खोज्ने एउटा समय छ, र छोड़िदिने एउटा समय। राख्ने एउटा समय छ, र फाल्ने एउटा समय।[7] च्यात्ने एउटा समय छ, र मरम्मत गर्ने एउटा समय। चूप लाग्ने एउटा समय छ, र बोल्ने एउटा समय।[8] प्रेम गर्ने एउटा समय छ, र घृणा गर्ने एउटा समय। युद्ध गर्ने एउटा समय छ, र मेलमिलाप गर्ने एउटा समय। |
|
Nepali Bible (NNRV) 2012 |
Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012 |