१ इतिहास ๒๙:๙ |
मानिसहरूले आफ्ना अगुवाहरूले यसरी राजीखुशीसित दिएकामा आनन्द मनाए, किनकि तिनीहरूले आफ्ना हृदयको भक्तिसाथ परमप्रभुको निम्ति राजीखुशीसित ती दिएका थिए। दाऊद राजा पनि साह्रै आनन्दित भए। |
|
२ कोरिन्थी ๙:๗ |
अनि हरेक मानिसले आफ्नो मनमा सङ्कल्प गरेबमोजिम देओस्, इच्छा नभई होइन, न त करकापमा परेर। किनभने खुशीसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ। |
|
प्रेरित ๒๐:๓๕ |
मैले सबै कुरामा तपाईंहरूलाई उदाहरण दिएको छु, कि तपाईंहरूले पनि यसरी नै कड़ा परिश्रम गरेर निर्धाहरूलाई मदत गर्नुपर्छ। प्रभु येशूको वचन याद राख्नुहोस्, कसरी उहाँ आफैले भन्नुभएको छ, कि लिनुभन्दा दिनु अझ धन्य हो।” |
|
व्यवस्था १६:१७ |
परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको आशिष्अनुसार हरेकले आफ्नो भेटी चढ़ाओस्। |
|
हिब्रू ๑๓:๑๕-๑๖ |
[๑๕] यसकारण परमेश्वरलाई येशूद्वारा प्रशंसाको बलि निरन्तर चढ़ाऔं। यो प्रशंसा उहाँको नाउँ स्वीकार गर्ने ओठको फल हो।[๑๖] भलाइ गर्न र आफूसँग भएका कुरा बाँड़चूँड़ गर्न नभुल, किनकि यस्तै बलिहरूमा परमेश्वर प्रसन्न हुनुहुन्छ। |
|
लूका ๖:๓๘ |
देओ, र तिमीहरूलाई पनि दिइनेछ। मानिसहरूले प्रशस्त परिमाणमा खाँदीखाँदी बेसरी हल्लाएर, पोखिने गरी तिमीहरूको पोल्टामा राखिदिनेछन्। किनकि जुन नापले तिमीहरू दिन्छौ, त्यही नापमा तिमीहरूले पनि फिर्ता पाउनेछौ।” |
|
लूका ๑๖:๑๐ |
“जो थोरै कुरामा ईमानदार हुन्छ, त्यो धेरैमा पनि ईमानदार हुन्छ, र जो अति सानो कुरामा बेईमान हुन्छ, त्यो धेरैमा पनि बेईमान हुन्छ। |
|
मलाकी ๓:๑๐ |
सम्पूर्ण दशांश ढुकुटीमा ल्याओ, ताकि मेरो घरमा भोजन रहोस्। यसमा मलाई जाँचेर हेर,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “म स्वर्गका ढोकाहरू उघारेर पर्याप्त ठाउँ पनि नहुनेसम्मका आशिष् तिमीहरूमाथि बर्साउँछु वा बर्साउँदिनँ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। |
|
मत्ती ๒๓:๒๓ |
“धिक्कार तिमीहरूलाई, शास्त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू पुदीना र सूँप र जीराको दशांश दिन्छौ, तर व्यवस्थाका गहकिला विषयहरू, अर्थात् न्याय, दया र विश्वासको अवहेलना गरेका छौ। तिमीहरूले दशांश दिने काम गर्नुपर्नेथियो, अनि ती गहकिला विषयहरूको अवहेलना नगर्नुपर्नेथियो। |
|
हितोपदेश ११:२४ |
कोही मानिसले उदार हातले दिन्छ र अझ बढ़ी पाउँछ, अर्कोले दिन सक्ने पनि दिँदैन, र दरिद्रतामा पर्छ। |
|
हितोपदेश ๒๘:๒๗ |
जसले गरीबलाई दिन्छ, उसलाई कुनै अभाव हुनेछैन, तर जसले तिनीहरूप्रति आँखा चिम्लन्छ, त्यसले धेरै श्राप पाउनेछ। |
|
भजनमा ๔:๕ |
उचित बलिदानहरू चढ़ाओ, र परमप्रभुमा भरोसा राख। |
|
रोमी ๑๒:๑ |
यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आ-आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहणयोग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर। |
|
हितोपदेश ३:९-१० |
[९] आफ्नो धन-सम्पत्ति र आफ्ना सबै उब्जनीको अगौटे फलले परमप्रभुको आदर गर,[१०] तब तेरा ढुकुटीहरू पोखुन्जेल भरिनेछन्, र तेरा भाँड़ाहरू नयाँ मद्यले चुलिएर पोखिनेछन्। |
|
लूका ๑๒:๓๓-๓๔ |
[๓๓] तिमीहरूको सम्पत्ति बेचेर दान देओ। आफ्नो निम्ति थोत्रो नहुने थैलीहरू बनाओ। स्वर्गमा कहिल्यै नष्ट नहुने धन स्वर्गमा सञ्चय गर। त्यहाँ चोर आउँदैन र कीरा पनि लाग्दैन।[๓๔] किनकि जहाँ तिम्रो धन छ, त्यहीँ तिम्रो मन पनि हुनेछ। |
|
मत्ती ๖:๑๙-๒๑ |
[๑๙] “आफ्नो निम्ति पृथ्वीमा धन-सम्पत्ति नथुपार, जहाँ कीरा र खियाले ती नष्ट पार्छन् र जहाँ चोरहरूले घर फोरेर ती चोर्छन्।[๒๐] तर आफ्नो निम्ति स्वर्गमा धन-सम्पत्ति थुपार, जहाँ कीराले वा खियाले नष्ट पार्दैन, र चोरले पनि चोर्दैन।[๒๑] किनकि जहाँ तिम्रो धन हुन्छ, त्यहीँ तिम्रो मन पनि हुन्छ। |
|
मत्ती 6:31-33 |
[31] यसकारण ‘के खाऔंला?’ कि ‘के पिऔंला?’ कि ‘के पहिरौंला?’ भनेर फिक्री नगर।[32] किनकि अन्यजातिहरूले यी सब थोक खोज्दछन्, र तिमीहरूका स्वर्गमा हुनुहुने पिताले तिमीहरूलाई यी सबै थोकको खाँचो छ भनी जान्नुहुन्छ।[33] तर पहिले उहाँको राज्य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछन्। |
|
भजनमा ๙๖:๗-๙ |
[๗] जाति-जातिका परिवार हो, परमप्रभुलाई चढ़ाओ, परमप्रभुलाई महिमा र शक्ति चढ़ाओ।[๘] परमप्रभुलाई उहाँको नाउँअनुसारको महिमा चढ़ाओ, भेटी लिएर उहाँको मन्दिरमा प्रवेश गर।[๙] उहाँका पवित्रताको वैभवमा परमप्रभुलाई दण्डवत् गर, हे सारा पृथ्वी, उहाँको सामु थरथरी होओ। |
|
मार्क ๑๒:๔๑-๔๔ |
[๔๑] अनि उहाँ मन्दिरको भेटी चढ़ाउने ठाउँको सामुन्ने बस्नुभयो, र भीड़ले भेटीपात्रमा भेटी चढ़ाएको हेर्नुभयो। धेरै धनी मानिसहरूले ठूला-ठूला रकम चढ़ाए।[๔๒] अनि एउटी गरीब विधवाले आएर तामाका दुई सिक्का, अर्थात् एक पैसा चढ़ाई।[๔๓] आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर उहाँले तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, भेटीपात्रमा चढ़ाउनेहरूमध्ये यस गरीब विधवाले सबैभन्दा बढ़ी चढ़ाई।[๔๔] किनभने सबैले आफ्नो-आफ्नो प्रशस्तताबाट चढ़ाए, तर यस स्त्रीले चाहिँ आफ्नो दरिद्रताबाट आफ्नो सारा जीविका नै अर्पण गरी।” |
|
लूका ๒๑:๑-๔ |
[๑] उहाँले हेर्नुहुँदा धनीहरूलाई आ-आफ्ना भेटी मन्दिरको दानपात्रमा राखेका देख्नुभयो।[๒] उहाँले एउटी गरीब विधवालाई त्यहाँ दुई पैसा चढ़ाएकी पनि देख्नुभयो।[๓] तब उहाँले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, यस गरीब विधवाले अरू सबैले भन्दा बढ़ी चढ़ाएकी छे।[๔] किनकि यिनीहरू सबैले आफ्ना प्रशस्तताबाट भेटी चढ़ाएका छन्, तर यसले चाहिँ आफ्नो दरिद्रताबाट आफ्नो सारा जीविका नै दिई।” |
|
मलाकी ๓:๘-๑๒ |
[๘] “के कुनै मानिसले परमेश्वरलाई लुट्छ र? तापनि तिमीहरू मलाई लुट्दछौ। “तर तिमीहरू सोध्छौ, ‘कसरी हामीले तपाईंलाई लुट्यौं र?’ “दशांशको भेटीमा।[๙] सराप परेर तिमीहरू श्रापित भयौ, किनकि तिमीहरूले मलाई लुटिरहेछौ— तिमीहरू सम्पूर्ण जातिले।[๑๐] सम्पूर्ण दशांश ढुकुटीमा ल्याओ, ताकि मेरो घरमा भोजन रहोस्। यसमा मलाई जाँचेर हेर,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “म स्वर्गका ढोकाहरू उघारेर पर्याप्त ठाउँ पनि नहुनेसम्मका आशिष् तिमीहरूमाथि बर्साउँछु वा बर्साउँदिनँ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।[๑๑] “म तिमीहरूका अन्नबाली स्वाहा पार्ने रोग निको पारिदिनेछु, र तिमीहरूका बारीमा भएका दाखका बोटका फलहरू झर्नेछैनन्,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।[๑๒] “तब सारा जाति-जातिहरूले तिमीहरूलाई धन्य भन्नेछन्, किनकि तिमीहरूको देश एक अति खुशी देश हुनेछ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। |
|
Nepali Bible (NNRV) 2012 |
Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012 |