A A A A A

खराब चरित्र: [अल्छी]


कलस्सी ३:१७-२३
[१७] कुरा वा काममा जे-जे गर्छौ, सबै कुरा उहाँद्वारा नै परमेश्‍वर पितालाई धन्‍यवाद चढ़ाउँदै प्रभु येशूको नाउँमा गर।[१८] पत्‍नी हो, प्रभुको दृष्‍टिमा सुहाउँदो गरी आ-आफ्‍ना पतिहरूका अधीनमा बस।[१९] पति हो, आ-आफ्‍ना पत्‍नीहरूलाई प्रेम गर र तिनीहरूप्रति कठोर नहोओ।[२०] छोरा-छोरी हो, प्रत्‍येक कुरामा आफ्‍ना आमा-बुबाको आज्ञापालन गर। किनकि यस कुराले प्रभुलाई प्रसन्‍न तुल्‍याउँछ।[२१] बुबा हो, आफ्‍ना छोरा-छोरीहरूलाई रीस नउठाओ, नत्रता तिनीहरू निराश हुनेछन्‌।[२२] कमारा हो, प्रत्‍येक कुरामा यस संसारका आफ्‍ना मालिकहरूलाई आँखाका अगाडि खुशी तुल्‍याउने मात्र होइन, तर साँचो हृदयले प्रभुको डर राखेर तिनीहरूका अधीनमा बस।[२३] तिमीहरू जे गर्छौ दिलोज्‍यानले गर्ने गर, मानिसको होइन, तर प्रभुको सेवा गरेजस्‍तै,

उपदेशक ९:१०
तिम्रो हातमा जे काम छ त्‍यो आफ्‍नो पूरा शक्तिले गर, किनभने चिहानमा, जहाँ तिमी जान्‍छौ, त्‍यहाँ न त केही गर्ने, न योजना गर्ने, न ज्ञान, न बुद्धि नै हुन्‍छ।

१ तिमोथी ५:८
यदि कसैले आफन्‍तहरूको र विशेष गरी आफ्‍नै परिवारको पालनपोषण गर्दैन भनेता त्‍यसले विश्‍वासलाई इन्‍कार गर्दछ, र विश्‍वास नगर्नेहरूभन्‍दा पनि खराब हुन्‍छ।

उत्पत्ति २:१५
परमप्रभु परमेश्‍वरले मानिसलाई अदनको बगैँचामा लानुभई त्‍यसको गोड़गाड़ र हेरचाह गर्न राख्‍नुभयो।

लूका १६:१०
“जो थोरै कुरामा ईमानदार हुन्‍छ, त्‍यो धेरैमा पनि ईमानदार हुन्‍छ, र जो अति सानो कुरामा बेईमान हुन्‍छ, त्‍यो धेरैमा पनि बेईमान हुन्‍छ।

हितोपदेश १०:४
अल्‍छे हातहरूले मानिसलाई कङ्गाल तुल्‍याउँछन्, तर लगनशील हातहरूले सम्‍पत्ति आर्जन गर्छन्‌।

हितोपदेश १०:५
ग्रीष्‍म ऋतुमा अन्‍न जोहो गर्ने छोरा बुद्धिमान्‌ हो, तर जो फसलको बेला सुत्‍छ त्‍यो बेइज्‍जत ल्‍याउने छोरो हो।

हितोपदेश १२:११
आफ्‍नो खेतबारी खनजोत गर्नेको प्रशस्‍त खानेकुरा हुन्‍छ, तर कल्‍पनाका पछि लाग्‍ने विनासमझको हुन्‍छ।

हितोपदेश १२:२४
लगनशील हातले शासन गर्नेछ, तर आलस्‍यको अन्‍त्‍यचाहिँ कमारोपन हो।

हितोपदेश १३:४
अल्‍छेले लालसा गर्छ र त्‍यसलाई केही पनि मिल्‍दैन, तर लगनशीलका इच्‍छाहरू पर्याप्‍त रूपले पूरा गरिन्‍छ।

हितोपदेश १४:२३
सबै कठोर परिश्रमले लाभ हुन्‍छ, तर कुरै मात्र गर्नेचाहिँ दरिद्रतामा पुग्‍छ।

हितोपदेश १९:१५
अल्‍छीपनले घोर निद्रा ल्‍याउँछ, अल्‍छी मानिस भोकै रहन्‍छ।

हितोपदेश २०:४
अल्‍छेले बेलामा जोत्‍दैन, त्‍यसकारण फसलको बेला त्‍यसले खोज्‍छ तर केही फेला पार्दैन।

हितोपदेश ६:६
ए अल्‍छे, कमिलाकहाँ गएर त्‍यसको चाल-ढङ्ग हेर्‌ र बुद्धिमानी बन्‌!

हितोपदेश २६:१५
अल्‍छेले आफ्‍नो हात थालमा गाड्‌छ, र आफ्‍नो मुखसम्‍म पुर्‍याउन पनि त्‍यसलाई अल्‍छी लाग्‍छ।

एफिसी ५:१५-१७
[१५] यसैले कसरी हिँड्‌छौ ध्‍यानसँग हेर— निर्बुद्धि मानिसजस्‍तो होइन, तर बुद्धिमान्‌जस्‍तो।[१६] समयको पूरा सदुपयोग गर, किनकि दिन खराब छ।[१७] यसैकारण मूर्ख नहोओ, तर प्रभुको इच्‍छा के छ, सो बुझ।

हितोपदेश ६:९-१२
[९] ए अल्‍छे, तँ कहिलेसम्‍म सुतिरहन्‍छस्‌? तँ कहिले आफ्‍नो निद्राबाट जाग्‍छस्‌?[१०] क्षणिक सुताइ र क्षणिक उँघाइले, हात बाँधेर केहीबेरको आराम गराइले[११] दरिद्रता तँमाथि डाँकूझैँ र अभावचाहिँ हतियार भिरेको मानिसझैँ आइलाग्‍नेछ।[१२] बदमाश र दुष्‍ट मानिस त्‍यही हो जो भ्रष्ट कुराकानी गरिहिँड्‌छ,

२ थिस्सलोनिकी ३:६-१०
[६] अब भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँमा हामी तिमीहरूलाई आज्ञा दिन्‍छौं, कि हामीबाट तिमीहरूले पाएका शिक्षामा नचल्‍ने हरेक अल्‍छे भाइबाट अलग बस।[७] किनकि तिमीहरूले कसरी हाम्रो अनुकरण गर्नुपर्छ सो तिमीहरू आफै जान्‍दछौ। हामी तिमीहरूसँग छँदा अल्‍छे भई बसेनौं।[८] हामीले कसैको रोटी सित्तैँमा खाएनौं। तर तिमीहरू कसैलाई भार नहोस्‌ भनेर हामीले रातदिन परिश्रमसाथ खटेर काम गर्‍यौं।[९] सहायता पाउने हाम्रो हक नभएर होइन, तर हाम्रो आचरण तिमीहरूका लागि एक आदर्श बनोस्‌ भनेर हामीले त्‍यसो गर्‍यौं।[१०] तिमीहरूका साथमा हुँदा हामीले तिमीहरूलाई यो आज्ञा दिएका थियौं, “कसैले काम गर्दैन भने त्‍यसले नखाओस्‌।”

हितोपदेश २४:३०-३४
[३०] म एउटा अल्‍छेको खेततिरबाट गएँ, एउटा समझ नभएको मानिसको दाखबारीबाट भएर गएँ,[३१] चारैतिर काँढ़ाहरू उम्रेका थिए, झारैझारले खेत ढाकिएको थियो, अनि ढुङ्गाको पर्खाल उजाड भएको थियो।[३२] मैले अवलोकन गरेका कुराहरूलाई हृदयमा विचार गरें, र मैले देखेका कुराहरूबाट एक शिक्षा सिकें।[३३] क्षणभरको सुताइ र क्षणभरको उँघाइले, हात बाँधेर क्षणभरको आराम गराइले,[३४] दरिद्रता तँमाथि डाँकूझैँ, र अभावचाहिँ सशस्‍त्र मानिसझैँ आइलाग्‍नेछ।

मत्ती २५:२४-२९
[२४] “एक सुनको सिक्‍का पाउनेले पनि आएर भन्‍यो, ‘हजूर, नरोपेको जग्‍गाबाट कटनी गर्ने र ननिफनेको ठाउँबाट बटुल्‍ने तपाईं कठोर मानिस हुनुहुन्‍छ भन्‍ने मलाई थाहा थियो।[२५] यसैले मलाई डर लाग्‍यो, र गएर तपाईंको सिक्‍का मैले माटोमुनि लुकाइराखें। हेर्नुहोस्, यो तपाईंको सिक्‍का लिनुहोस्‌।’[२६] “त्‍यसका मालिकले त्‍यसलाई जवाफ दिए, ‘ए दुष्‍ट, अल्‍छे नोकर, नरोपेको ठाउँमा कटनी गर्छु, र ननिफनेको ठाउँबाट बटुल्‍छु भनेर तैंले जानेको थिइस्‌ भने,[२७] तैंले मेरो धन साहूकहाँ राख्‍नुपर्नेथियो, र आएर मैले मेरो धन ब्‍याजसमेत फिर्ता पाउनेथिएँ।[२८] यसकारण त्‍यसबाट यो सिक्‍का खोस, र जससँग दश सिक्‍का छ त्‍यसलाई देओ।[२९] किनभने जससँग छ त्‍यसलाई अरू दिइनेछ, र त्‍यससँग प्रशस्‍त हुनेछ। तर जससँग छैन त्‍यससँग भएको पनि त्‍यसबाट खोसिनेछ।

Nepali Bible (NNRV) 2012
Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012