१ कोरिन्थी ४:५ |
यसकारण तोकिएको समयभन्दा अघि न्याय नगर, प्रभु आउञ्जेल पर्ख। उहाँले अँध्यारोमा लुकेका कुराहरूलाई प्रकाशमा ल्याउनुहुनेछ, र मानिसका हृदयका अभिप्रायहरू प्रकट गरिदिनुहुनेछ। तब हरेक मानिसले परमेश्वरबाट आफ्नो प्रशंसा पाउनेछ। |
|
१ कोरिन्थी ११:३१ |
तर हामी साँच्चै आफैले आफैलाई जाँचेका छौं भने हामी न्यायमा पर्नेछैनौं। |
|
२ कोरिन्थी 5:10 |
किनकि हामी सबै ख्रीष्टका न्याय-आसनको सामुन्ने खड़ा हुनुपर्छ, यसरी शरीरमा हुँदा आफूले गरेबमोजिम हरेकले असल वा खराब प्रतिफल पाउनेछ। |
|
२ पत्रुस 2:4 |
स्वर्गदूतहरूले पाप गर्दा परमेश्वरले तिनीहरूलाई बाँकी राख्नुभएन, तर तिनीहरूलाई नरकमा फालिदिनुभयो, र न्यायका दिनसम्मको निम्ति पातालको अन्धकारमा जकड़िराख्नुभयो। |
|
प्रेरित ๑๗:๓๑ |
किनकि उहाँले एक दिन तोकिदिनुभएको छ, जुन दिन उहाँले आफूले नियुक्त गर्नुभएका एक जना व्यक्तिद्वारा धार्मिकतामा संसारको इन्साफ गर्नुहुनेछ। उनलाई मृतकबाट जीवित पार्नुभएर उहाँले सबै मानिसहरूलाई यसको प्रमाण दिनुभएको छ।” |
|
उपदेशक ๑๒:๑๔ |
किनकि हामीले गरेको हरेक काम, असल होस् वा खराब होस्, प्रत्येक गुप्त कुरासमेत सबैको न्याय परमेश्वरले गर्नुहुनेछ। |
|
हिब्रू ๙:๒๗ |
जसरी मानिसको निम्ति एक पटक मर्नु निश्चित छ, र त्यसपछि इन्साफ, |
|
जन ๑๒:๔๘ |
मलाई इन्कार गर्ने र मेरा वाणी ग्रहण नगर्नेको लागि एक जना न्यायाधीश छन्। जो वचन मैले बोलें त्यसैले अन्त्यको दिनमा त्यसको न्याय गर्नेछ। |
|
मत्ती ๑๒:๓๖ |
म तिमीहरूलाई भन्दछु, हरेक व्यर्थको कुरा जो मानिसहरू बोल्दछन्, न्यायको दिनमा तिनीहरूले त्यसको लेखा दिनुपर्नेछ।’ |
|
मत्ती ๒๔:๓๖ |
“तर त्यस दिन र घड़ीको विषयमा पिताबाहेक कसैले जान्दैन, न त स्वर्गका दूतहरूले, न पुत्रले। |
|
भजनमा ๕๐:๔ |
आफ्नो प्रजाको इन्साफ गर्न उहाँले माथिको आकाश र पृथ्वीलाई बोलाउनुहुन्छ: |
|
भजनमा ๙๖:๑๓ |
तिनीहरू परमप्रभुको सम्मुख गाउनेछन्, किनकि उहाँ आउनुहुन्छ, उहाँ पृथ्वीको न्याय गर्न आउनुहुन्छ। उहाँले संसारको न्याय धार्मिकतामा, र मानिसहरूको न्याय आफ्नो सत्यतामा गर्नुहुनेछ। |
|
प्रकाश ๒๑:๔ |
उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ, र फेरि मृत्यु नै हुनेछैन, र शोक र पीडा पनि हुनेछैन। किनकि पहिलेका कुराहरू बितिसकेका छन्।” |
|
रोमी ๒:๑๖ |
यो त्यस दिन हुनेछ जब परमेश्वरले मैले प्रचार गरेको सुसमाचारअनुसार येशू ख्रीष्टद्वारा मानिसहरूका गुप्त कुराको इन्साफ गर्नुहुनेछ। |
|
इजकिएल ๗:๗-๘ |
[๗] देशमा बस्ने तिमीहरूमाथि सत्यनाश आएको छ। बेला आइपुगेको छ, दिन नजिकै छ। पर्वतहरूमा खैलाबैला भएको छ, आनन्द त होइन।[๘] अब म मेरो क्रोध तँमाथि पोखाउनेछु, र मेरो रीस तँमाथि खन्याउनेछु। तेरो चालचलनअनुसार म न्याय गर्नेछु, र तेरा सबै घिनलाग्दा कामहरूका निम्ति म तँसँग साटो फेर्नेछु। |
|
प्रकाश ๒๐:๑๑-๑๕ |
[๑๑] तब मैले एउटा ठूलो सेतो सिंहासन र त्यसमाथि विराजमान हुनुहुनेलाई देखें। उहाँको सामुन्नेबाट पृथ्वी र आकाश भागेर गए, र तिनीहरूका निम्ति कतै ठाउँ पाइएन।[๑๒] मैले ठूला र साना सबै मृतकहरूलाई सिंहासनको सामुन्ने उभिरहेका देखें, र पुस्तकहरू खोलिए। अर्को एउटा पुस्तक पनि खोलियो, जो जीवनको पुस्तक हो। ती पुस्तकहरूमा लेखिएका कुरामुताबिक, तिनीहरूका कामअनुसार मृतकहरूको इन्साफ भयो।[๑๓] समुद्रले त्यसमा भएका मृतकहरू दिइहाल्यो, अनि मृत्यु र पातालले पनि तिनीहरूमा भएका मृतकहरू दिइहाले। तिनीहरू प्रत्येकको आ-आफ्ना कामअनुसार इन्साफ भयो।[๑๔] मृत्यु र पाताल अग्नि-कुण्डमा फालिए। यो अग्नि-कुण्ड दोस्रो मृत्यु हो।[๑๕] जसको नाउँ जीवनको पुस्तकमा लेखिएको भेट्टाइएन त्यो अग्नि-कुण्डमा फालियो। |
|
Nepali Bible (NNRV) 2012 |
Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012 |