A A A A A

थप: [खराब]


१ कोरिन्थी 13:6
प्रेम खराबीमा प्रसन्‍न हुँदैन, तर ठीक कुरामा रमाउँछ।

१ यूहन्ना 5:19
हामी जान्‍दछौं, हामी परमेश्‍वरका हौं, र सारा संसार त्‍यस दुष्‍टको अधीनमा परेको छ।

१ राजा 14:9
तँभन्‍दा अघि बाँचेकाहरू सबैभन्‍दा अझ बढ़ी तैंले दुष्‍ट काम गरेको छस्‌। तैंले आफ्‍नो निम्‍ति अरू देवताहरू, ढालेर बनाएका धातुका मूर्तिहरू बनाएर तैंले मलाई रीस उठाएको छस्‌ र मलाई तेरो पीठपछि राखेको छस्‌।

१ राजा १७:१३
एलियाले त्‍यसलाई भने, “नडराऊ, घर गएर तिमीले भनेझैँ गर। तर पहिले तिमीसित जे छ त्‍यसको एउटा सानो रोटी बनाएर मकहाँ ल्‍याऊ, र त्‍यसपछि तिमी र तिम्रो छोराको निम्‍ति केही बनाऊ।

१ पत्रुस ३:९
खराबीको बदला खराबी नगर्ने अथवा अपमानको बदला अपमान नगर्ने, बरु त्‍यसको सट्टामा आशिष्‌ दिने होओ, किनकि यसैको लागि तिमीहरू बोलाइएका छौ, कि तिमीहरूले आशिष्‌ प्राप्‍त गर्न सक।

१ शमूएल १२:२०
शमूएलले मानिसहरूलाई भने, “नडराओ। तिमीहरू यस्‍ता दुष्‍ट भए तापनि परमप्रभुको आराधना गर्न नछोड़, तर आफ्‍नो पूरा हृदयले उहाँको सेवा गर।

१ शमूएल १५:२३
उहाँको आज्ञा उल्‍लङ्घन गर्नु तन्‍त्रमन्‍त्रको पापजस्‍तै हो, र हठी हुनु मूर्तिपूजा गर्नुजस्‍तै खराब हो। तपाईंले परमप्रभुको वचनलाई त्‍याग्‍नुभयो, यसैले परमप्रभुले पनि तपाईंलाई राजाको पददेखि त्‍याग्‍नुभएको छ।”

१ थिस्सलोनिकी ५:२२
सबै किसिमका खराबीबाट अलग बस।

२ इतिहास २९:६
हाम्रा पुर्खाहरू त विश्‍वासघाती भएर परमप्रभु हाम्रा परमेश्‍वरको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही नै तिनीहरूले गरे। तिनीहरूले उहाँलाई त्‍यागे र उहाँका बासस्‍थानको केही वास्‍तै गरेनन्‌। तिनीहरूले त उहाँतिर आफ्‍ना पीठ फर्काए।

२ तिमोथी २:२२
यसकारण जवानीका अभिलाषाहरू त्‍याग, र शुद्ध हृदयले प्रभुको नाउँ लिनेहरूका साथसाथै धार्मिकता, विश्‍वास, प्रेम र शान्‍तिको लक्ष्य राख।

यशैया ५:२०
धिक्‍कार तिनीहरूलाई, जसले खराबलाई असल र असललाई खराब भन्‍दछन्, जसले अँध्‍यारोलाई उज्‍यालो र उज्‍यालोलाई अँध्‍यारो मान्‍दछन्‌ अनि तीतोलाई मीठो र मीठोलाई तीतोको निम्‍ति लिन्‍छन्‌।

यशैया ३२:६
किनकि मूर्ख मानिसले मूर्खताकै कुरा गर्छ, र त्‍यसको मन दुष्‍ट काममा व्‍यस्‍त रहन्‍छ, त्‍यसले अधार्मिक काम गर्छ र परमप्रभुको विषयमा गलत कुरो फैलाउँछ। त्‍यसले भोकाएकाहरूलाई रित्तै पठाउँछ, र तिर्खाउनेहरूका निम्‍ति पानी नै दिँदैन।

जन ३:२०
किनभने दुष्‍ट काम गर्ने हरेकले ज्‍योतिलाई घृणा गर्छ, र ज्‍योतिमा आउँदैन, नत्रता त्‍यसका काम प्रकट हुनेछन्‌।

न्यायकर्ता २:१९
तर ती न्‍यायकर्ता मर्ने बित्तिकै तिनीहरू आफ्‍ना पुर्खाहरूभन्‍दा पनि अझ बढ्‌ता भ्रष्‍टाचारमा पर्दथे, र अरू देवताहरूलाई पुज्‍दै र उनीहरूका सामु निहुरिँदै आफ्‍नो भक्ति प्रकट गर्दथे। तिनीहरूले आफ्‍ना दुष्‍ट व्‍यवहार र हठी चाललाई छोड्‌न अस्‍वीकार गरे।

काम ४:८
मैले देखेको छु, कि अधर्म जोत्‍ने र दु:ख छर्नेहरूले, आफैले छरेको कुराको कटनी गर्छन्‌।

हितोपदेश ३:७
आफ्‍नै नजरमा बुद्धिमान्‌ नहोऊ, परमप्रभुको भय मान्‌ र दुष्‍कर्मलाई त्‍याग्‌।

हितोपदेश 4:16
किनभने दुष्‍टहरू खराब काम नगरुञ्‍जेल सुत्‍न सक्‍दैनन्, कसैको पतन नगरुञ्‍जेल तिनीहरूलाई निद्रै लाग्‍दैन।

हितोपदेश ८:१३
परमेश्‍वरको भय मान्‍नु दुष्‍टतालाई घृणा गर्नु हो, अभिमान, अहङ्कार, खराब चालचलन र भड्‌काउने कुराहरू म घृणा गर्छु।

हितोपदेश १०:२९
परमप्रभुको मार्ग धर्मीहरूका निम्‍ति एक शरणस्‍थान हो, तर दुष्‍ट काम गर्नेहरूका निम्‍ति विध्‍वंस हो।

हितोपदेश १२:२०
खराब युक्ति रच्‍नेहरूको हृदय छली हुन्‍छ, तर शान्‍तिको बढ़ौती गर्नेलाई रमाहट हुन्‍छ।

भजनमा ७:१४
जसको कल्‍पना दुष्‍टताले पूर्ण छ, र उपद्र्याइँ सोच्‍दछ, त्‍यसले भ्रमलाई जन्‍म दिन्‍छ।

भजनमा २८:३
मलाई दुष्‍टहरूसित र दुष्‍ट काम गर्नेहरूसित नलैजानुहोस्‌, जो तिनीहरूका छिमेकीहरूसँग मैत्रीपूर्ण कुरा त गर्दछन्‌, तर तिनीहरूका हृदयमा भने द्वेष हुन्‍छ।

भजनमा ३७:९
किनकि कुकर्मीहरू बहिष्‍कृत हुनेछन्‌, तर परमप्रभुको प्रतीक्षा गर्नेहरूले देश अधिकार गर्नेछन्‌।

भजनमा ५०:१९
खराबी बोल्‍नलाई तँ आफ्‍नो मुख चलाउँछस्‌, र तेरो जिब्रोलाई छली कुराको लागि काममा लगाउँछस्‌।

भजनमा ७३:७
तिनीहरूका निष्‍ठुर हृदयबाट दुष्‍टता निस्‍कन्‍छ, तिनीहरूका मनको दुष्‍ट अहङ्कारको सीमा छैन।

भजनमा 141:4
दुष्‍ट काम गर्ने मानिसहरूसित दुष्‍कर्ममा सहभागी हुन मेरो हृदय खराब कुरातिर नबरालिओस्‌, र मलाई तिनीहरूको स्‍वादिष्‍ठ भोजन खानु नपरोस्‌।

रोमी 6:12
यसकारण शरीरका अभिलाषाअनुसार चल्‍नु नपरोस्‌ भनी तिमीहरूका मरणशील शरीरमा पापलाई राज्‍य गर्न नदेओ।

रोमी 12:21
खराबीबाट पराजित नहोओ, तर खराबीलाई भलाइले जित।

मार्क 7:21-22
[21] किनकि भित्रबाट, अर्थात्‌ मानिसको हृदयबाट खराब विचार, व्‍यभिचार, चोरी, हत्‍या, परस्‍त्रीगमन,[22] लोभ, दुष्‍टता, छल, छाडापन, ईर्ष्‍या, निन्‍दा, घमण्‍ड, मूर्खता निस्‍कन्‍छन्‌।

मत्ती 12:34-35
[34] ए सर्पका बच्‍चा हो! तिमीहरू आफै दुष्‍ट छौ, असल कुरा कसरी बोल्‍न सक्‍छौ? किनभने हृदयमा भरिएका कुराहरू नै मुखबाट निस्‍कन्‍छन्‌।[35] असल मानिसले आफू भित्र भरिएका असल थोकबाट असलै थोक निकाल्‍छ, तर दुष्‍ट मानिसले आफूमा भरिएको दुष्‍टताबाट दुष्‍ट थोक नै निकाल्‍छ।

जेम्स 1:13-14
[13] परीक्षा हुँदा कसैले पनि यसो नभनोस्, “परमेश्‍वरद्वारा मेरो परीक्षा भएको हो।” किनकि कुनै खराब कुराबाट परमेश्‍वरको परीक्षा हुन सक्‍दैन, र उहाँ आफैले पनि कुनै मानिसको परीक्षा गर्नुहुन्‍न।[14] तर हरेक मानिस आफ्‍नै खराब इच्‍छाद्वारा लोभिएर परीक्षामा पर्दछ।

जेम्स 3:6-8
[6] जिब्रो पनि एउटा आगो नै हो। यो शरीरका अङ्गहरूमध्‍ये अधर्मको एउटा दुनियाँ नै हो। यसले सारा शरीरलाई दूषित पार्दछ र जीवनको सारा क्रममा नै आगो सल्‍काइदिन्‍छ र नरकको आगोमा त्‍यो जल्‍छ![7] हरेक किसिमका पशुपक्षी, घस्रने जन्‍तु र समुद्रका जीवजन्‍तुलाई तह लगाउन सकिन्‍छ, र मानिस जातिबाट नै तह लगाइएको छ।[8] तर जिब्रोलाई कुनै मानिसले तह लाउन सक्‍दैन। घातक विषले भरिएको यो चञ्‍चल दुष्‍ट हो।

रोमी 2:29-32
[29] यहूदी त्‍यो हो, जो भित्री रूपले यहूदी हो, र साँचो खतनाचाहिँ हृदयको कुरो हो, यो आत्‍मिक कुरा हो, लिखित व्‍यवस्‍थाको कुरा होइन। यस्‍तो मानिसको प्रशंसा मानिसहरूबाट होइन, तर परमेश्‍वरबाट हुन्‍छ।[30] अब यहूदीलाई के फाइदा छ त? अथवा खतनाको के मोल?[31] हरप्रकारले यसमा ज्‍यादै लाभ छ। सर्वप्रथम त परमेश्‍वरको वाणी यहूदीहरूलाई सुम्‍पिएको हो।[32] यदि तिनीहरूमध्‍ये कसैकसैले विश्‍वास गरेनन्‌ भने, के भयो त? के तिनीहरूको अविश्‍वासले परमेश्‍वरको विश्‍वासयोग्‍यतालाई रद्द तुल्‍याउँछ र?

रोमी 2:8-12
[8] तर झगड़ालु, सत्‍यको पालन नगर्ने, र दुष्‍टतामा हिँड्‌नेहरूमाथि चाहिँ क्रोध र रीस पर्नेछ।[9] खराब काम गर्ने हरेक मानिसमाथि सङ्कष्‍ट र आपद्‌ आइपर्नेछ, पहिले यहूदीमाथि र अन्‍यजातिहरूमाथि पनि।[10] तर असल काम गर्ने हरेकलाई पहिले यहूदीलाई अनि अन्‍यजातिलाई पनि गौरव, इज्‍जत र शान्‍ति प्राप्‍त हुनेछ।[11] किनकि परमेश्‍वरले पक्षपात गर्नुहुन्‍न।[12] सबै जसले व्‍यवस्‍थाविना पाप गरेका छन्, तिनीहरू व्‍यवस्‍थाविना नै नष्‍ट पनि हुनेछन्, र व्‍यवस्‍थामुनि रहेर पनि पाप गर्नेहरूको इन्‍साफ व्‍यवस्‍थाद्वारा नै हुनेछ।

एफिसी ६:१२-१६
[१२] किनकि हामीहरूको युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्‍धकारका सांसारिक शासकहरूका विरुद्ध र स्‍वर्गीय स्‍थानहरूमा भएका दुष्‍ट्याइँका आत्‍मिक सेनाहरूका विरुद्ध हो।[१३] यसैकारण परमेश्‍वरका सारा हातहतियार उठाओ, र यसरी खराब दिनको सामना गर्न सक, र सबै काम गरेर खड़ा हुन सक्‍ने होओ।[१४] यसकारण आफ्‍ना कम्‍मर सत्‍यले कसेर, धार्मिकताको छाती-पाता लाएर खड़ा होओ,[१५] र खुट्टामा मिलापको सुसमाचारका जुत्ता लाएर तयार होओ।[१६] साथै विश्‍वासको ढाल उठाओ, जसबाट तिमीहरू दुष्‍टका सबै अग्‍निबाण निभाउन सक्‍नेछौ।

हितोपदेश १४:१६-२२
[१६] बुद्धिमान्‌ मानिसले परमप्रभुको भय राख्‍छ र खराबीदेखि टाढ़ै रहन्‍छ, तर मूर्खचाहिँ गरम मिजासको र असावधानी हुन्‍छ।[१७] रिसाहा मानिसले मूर्ख कामहरू गर्छ, र धूर्त मानिस घृणित हुन्‍छ।[१८] अज्ञानीले मूर्खता कमाउँछ, तर समझदारहरूले ज्ञानको मुकुट लगाउँछन्‌।[१९] खराब मानिसहरू असल मानिसहरूका सामु र दुष्‍टहरू धर्मीहरूको ढोका अघि झुक्‍नुपर्छ।[२०] आफ्‍नै छिमेकीहरूबाट समेत गरीबहरू त्‍यागिन्‍छन्, तर धनीका त धेरै मित्रहरू हुन्‍छन्‌।[२१] आफ्‍नो छिमेकीलाई हेला गर्नेले पाप गर्छ, तर त्‍यो मानिस धन्‍य हो, जसले दरिद्रलाई दया गर्छ।[२२] के खराब योजना रच्‍नेहरू बरालिँदैनन्‌ र? तर असल योजना बनाउनेहरूले प्रेम र ईमानदारी प्राप्‍त गर्छन्‌।

रोमी ७:१९-२५
[१९] किनभने असल काम जो म गर्न चाहन्‍छु, त्‍यो म गर्दिनँ, तर दुष्‍ट काम, जो म गर्न चाहन्‍नँ, त्‍यही म गर्ने गर्छु।[२०] अब म जो इच्‍छा गर्दिनँ, त्‍यही गर्छु भने त्‍यो गर्ने म होइनँ, तर मभित्र वास गर्ने पाप हो।[२१] यसरी एउटा नियमले काम गरेको म पाउँछु। जब म भलो गर्न चाहन्‍छु, तब दुष्‍टतालाई मेरो नजिकै उपस्‍थित पाउँछु।[२२] किनकि म मेरो अन्‍तस्‍करणमा परमेश्‍वरको व्‍यवस्‍थामा आनन्‍दित हुन्‍छु,[२३] तर मेरा अङ्गहरूमा अर्को नियमले मेरो मनमा रहेको नियमसँग युद्ध गर्दछु, र मेरा अङ्गहरूमा वास गर्ने पापको नियमले मलाई बन्‍धनमा पार्दछ।[२४] हाय, म कस्‍तो दुःखी मानिस! यस मृत्‍युको शरीरबाट मलाई कसले छुटाउला?[२५] येशू ख्रीष्‍ट हाम्रा प्रभुद्वारा नै— परमेश्‍वरलाई धन्‍यवाद होस्‌। त्‍यसैले म स्‍वयम्‌ आफ्‍नो मनले त परमेश्‍वरका व्‍यवस्‍थाको सेवा गर्दछु, तर मेरो पापमय स्‍वभावद्वारा चाहिँ म पापका व्‍यवस्‍थाको सेवा गर्दछु।

मत्ती १३:३६-४३
[३६] तब उहाँ भीड़लाई छोड़ेर घरमा जानुभयो, र उहाँका चेलाहरूले उहाँकहाँ आएर भने, “खेतको सामाबारे दृष्‍टान्‍तको अर्थ हामीलाई बताइदिनुहोस्‌।”[३७] उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “असल बीउ छर्नेचाहिँ मानिसको पुत्र हो।[३८] खेत संसार हो। असल बीउचाहिँ राज्‍यको सन्‍तान हो, र सामा दुष्‍टको सन्‍तान हो।[३९] सामा रोप्‍ने शत्रुचाहिँ दियाबलस हो। फसलको समयचाहिँ युगको अन्‍त्‍य हो। खेतालाहरू स्‍वर्गदूतहरू हुन्‌।[४०] “जसरी सामा उखेलेर आगोमा भस्‍म गरिन्‍छ, युगको अन्‍त्‍यमा पनि त्‍यस्‍तै हुनेछ।[४१] मानिसको पुत्रले आफ्‍ना दूतहरू पठाउनेछ, र पाप गर्न लाउने प्रत्‍येक थोक र दुष्‍ट काम गर्नेहरू सबैलाई तिनीहरूले उसको राज्‍यबाट बटुल्‍नेछन्,[४२] र उनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्‌। त्‍यहाँ मानिसहरू रुनेछन्‌ र दाह्रा किट्‌नेछन्‌।[४३] तब धर्मी जनहरू आफ्‍ना पिताको राज्‍यमा सूर्यजस्‍ता चम्‍किला हुनेछन्‌। जसको कान छ, त्‍यसले सुनोस्‌।

हितोपदेश ६:१२-१९
[१२] बदमाश र दुष्‍ट मानिस त्‍यही हो जो भ्रष्ट कुराकानी गरिहिँड्‌छ,[१३] जसले आँखा झिम्‍क्‍याउँछ, र खुट्टा र औँलाले इशारा गर्दछ।[१४] आफ्‍नो छली हृदयमा त्‍यसले दुष्‍ट कुरा रच्‍दछ। त्‍यसले सधैँ विवाद उत्‍पन्‍न गराउँछ।[१५] त्‍यसैले त्‍यसमाथि अचानक विपत्ति आइलाग्‍नेछ, उपायविना नै त्‍यो एक्‍कासि नष्‍ट हुनेछ।[१६] छ वटा कुराहरू छन्, जसलाई परमप्रभुले घृणा गर्नुहुन्‍छ, सातौँचाहिँ जो उहाँको दृष्‍टिमा घृणित छन्‌:[१७] अहङ्कारी आँखा, झूट बोल्‍ने जिब्रो, निर्दोषको रगत बगाउने हात,[१८] दुष्‍ट योजनाहरू रच्‍ने हृदय, खराबी काम गर्न झट्टै अग्रसर हुने पाइला,[१९] असत्‍य बोल्‍ने झूटो साक्षी, र दाजुभाइहरूका माझमा झगड़ा उठाउने मानिस।

उत्पत्ति ६:१-८
[१] जब मानिसहरूको संख्‍या पृथ्‍वीमा बढ्‌दैगयो र तिनीहरूका छोरीहरू जन्‍मे,[२] तब परमेश्‍वरका छोराहरूले मानिसका छोरीहरूलाई सुन्‍दरी देखे, र आ-आफ्‍ना रुचिका पत्‍नीहरू ल्‍याए।[३] तब परमप्रभुले भन्‍नुभयो, “मेरो आत्‍माले मानिससँग सधैँ संघर्ष गर्नेछैन, किनभने त्‍यो मरणशील हो। त्‍यसको उमेर एक सय बीस वर्षको हुनेछ।”[४] त्‍यस बेला र त्‍यसपछि पनि पृथ्‍वीमा नेफिलीमहरू थिए। परमेश्‍वरका छोराहरू मानिसका छोरीहरूकहाँ जान लागे र सन्‍तान जन्‍माए। तिनीहरू नै उहिलेका शूरवीर र नाउँ चलेका मानिसहरू थिए।[५] पृथ्‍वीमा मानिसहरूको दुष्‍टता बढ़ी भएको र तिनीहरूका हृदयका विचारको जुनसुकै पनि भावना निरन्‍तर खराबै मात्र भएको परमप्रभुले देख्‍नुभयो।[६] पृथ्‍वीमा मानिसलाई बनाउनुभएकोमा परमप्रभुले अफसोस गर्नुभयो, र उहाँ मनमा साह्रै दु:खित हुनुभयो।[७] त्‍यसकारण परमप्रभुले भन्‍नुभयो, “मैले सृष्‍टि गरेको मानिसलाई पृथ्‍वीबाट म मेटिदिनेछु— के मानिस, के घस्रने जन्‍तु, के आकाशका पक्षी सबैलाई— किनभने ती बनाएकोमा मलाई दु:ख लागेको छ।”[८] तर नोआमाथि चाहिँ परमप्रभुको अनुग्रह भयो।

१ तिमोथी ६:२-१०
[२] विश्‍वासी मालिकहरूलाई तिनका कमाराहरूले विश्‍वासमा दाजुभाइ भन्‍दैमा अनादर नगरून्‌। बरु तिनीहरूले उनीहरूको झन्‌ बढ़ी सेवा गरून्, किनभने तिनीहरूका सेवाबाट लाभ पाउनेहरू विश्‍वासी र प्रियहरू नै हुन्‌। यी कर्तव्‍यहरू पालन गर्न सिकाऊ, र आग्रह गर।[३] यदि कसैले अरू सिद्धान्‍त सिकाउँछ र हाम्रा प्रभु येशू ख्रीष्‍टको उचित वचन र ईश्‍वरभक्तिअनुसारको शिक्षासँग सहमत हुँदैन भने,[४] त्‍यो घमण्‍डले फुलेको हुन्‍छ, र त्‍यसले केही जानेको हुँदैन। त्‍यसले व्‍यर्थको वाद-विवाद गर्छ, र एक-एक शब्‍द लिएर झगड़ा गर्न खोजिहिँड्‌छ। यी कुराहरूले डाह, कलह, बदनामी र खराब शङ्काहरू उत्‍पन्‍न गराउँछन्,[५] र बुद्धि भ्रष्‍ट भएका र सत्‍यबाट अलग भएका मानिसहरूका माझमा कचिङ्गल उठाउँछन्, अनि भक्तिचाहिँ फाइदा उठाउने उपाय हो भनी तिनीहरू ठान्‍छन्‌।[६] सन्‍तुष्‍टिसहितको भक्ति नै ठूलो लाभ हो।[७] किनकि हामीले न त यस संसारमा केही ल्‍यायौं न यहाँबाट केही लैजान नै सक्‍छौं।[८] तर खान र लाउनसम्‍म छ भने हामी त्‍यसैमा सन्‍तुष्‍ट हुनेछौं।[९] तर धनी हुने इच्‍छा गर्नेहरू परीक्षामा पर्छन्, पासोमा फस्‍छन्‌ र धेरै अर्थहीन र दुःखदायी इच्‍छाहरूमा डुब्‍छन्, जसले मानिसहरूलाई बरबादी र सर्वनाशमा डुबाउँछन्‌।[१०] किनभने रुपियाँपैसाको मोह नै सबै किसिमका खराबीको जड़ हो। पैसाको लोभमा परेर कोही-कोही विश्‍वासबाट कुमार्गतिर लागेका छन्, र धेरै पीडाले तिनीहरूका हृदय घोचेका छन्‌।

भजनमा ३४:१३-२१
[१३] आफ्‍नो जिब्रोलाई खराबीबाट र आफ्‍ना ओठलाई झूट बोल्‍नबाट अलग्‍ग राख।[१४] खराबीबाट फर्केर असल गर, शान्‍ति खोज, र त्‍यसकै पछि लाग।[१५] परमप्रभुको नजर धर्मात्‍माहरूमाथि रहन्‍छ, र उहाँले तिनीहरूको पुकारा सुन्‍नुहुन्‍छ।[१६] परमप्रभुको मुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्‍छ, अनि उहाँले तिनीहरूको स्‍मृतिसम्‍म पनि धरतीबाट मेटाइदिनुहुनेछ।[१७] जब धार्मिक जनहरूले पुकारा गर्छन्‌, तब परमप्रभुले सुन्‍नुहुन्‍छ, र तिनीहरूका सबै सङ्कष्‍टबाट तिनीहरूलाई उद्धार दिनुहुन्‍छ।[१८] चूर्ण हृदय भएकाहरू सबैका नजिक परमप्रभु हुनुहुन्‍छ, र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्‍छ।[१९] धार्मिक मानिसलाई धेरै विपत्ति आइलाग्‍छन्‌, तर परमप्रभुले त्‍यसलाई ती सबैबाट उद्धार दिनुहुन्‍छ।[२०] परमप्रभुले त्‍यसका सबै हाड़हरूको रक्षा गर्नुहुन्‍छ। तिनमा एउटै पनि भाँचिँदैन।[२१] खराबीले दुष्‍टलाई नष्‍ट पार्दछ, र धार्मिक जनका विरोधीहरू जति दोषी ठहरिनेछन्‌।

भजनमा ५२:१-९
[१] सङ्गीत-निर्देशकको निम्‍ति दाऊदको मस्‍किल [1] हे शक्तिशाली मानिस, तिमी किन खराबीमा अहङ्कार गर्दछौ? सारा दिन तिमी किन अहङ्कार गर्दछौ, तिमी, जो परमेश्‍वरको दृष्‍टिमा अपमानित छौ।[२] ए छली काम गर्ने, तिम्रो जिब्रो धारिलो छुराजस्‍तो छ, त्‍यसले विनाशको युक्ति निकाल्‍दछ।[३] असलभन्‍दा खराब तिमी रुचाउँछौ, र साँचो कुरा बोल्‍नुभन्‍दा बरु ढाँट्‌नु तिमीलाई मन पर्छ। सेला[४] तँ छली जिब्रो, सबै विनाशकारी कुराहरू तँ मन पराउँछस्‌।[५] परमेश्‍वरले निश्‍चय तँलाई सदाको निम्‍ति नाश गर्नुहुनेछ। उहाँले तँलाई तानेर तेरो निवासस्‍थानबाट निकाल्‍नुहुनेछ, र जिउँदाको भूमिबाट तँलाई जरैसमेत उखेल्‍नुहुनेछ।[६] धर्मीहरू यो देखेर भयभीत हुनेछन्‌। सेला तिनीहरूले यसो भनी त्‍यसको हाँसो उड़ाउनेछन्‌,[७] “हेर यो मानिस, जसले परमेश्‍वरलाई आफ्‍नो आश्रय बनाएन, तर आफ्‍ना धन-सम्‍पत्तिको प्रशस्‍ततामा भरोसा राख्‍यो, र अरूलाई विनाश गरी बलियो भयो।”[८] तर मचाहिँ परमेश्‍वरको भवनमा हरियो जैतूनको वृक्षसमान छु। म परमेश्‍वरको कहिल्यै नटुङ्गिने प्रेममा सदासर्वदा भरोसा राख्‍तछु।[९] तपाईंले जे गर्नुभएको छ त्‍यसको निम्‍ति म सदासर्वदा तपाईंको स्‍तुति गर्नेछु। म तपाईंको नाउँमाथि भरोसा गर्नेछु, किनकि तपाईंको नाउँ असल छ। तपाईंका भक्तजनहरूको उपस्‍थितिमा म तपाईंको प्रशंसा गर्नेछु।

उपदेशक ९:३-१२
[३] सूर्यमुनि हुने प्रत्‍येक काममा दुष्‍टता छ। सबैलाई एकै अन्‍त्‍य आइपर्छ। मानिसहरूका हृदय दुष्‍टताले भरिएका हुन्‍छन्, र तिनीहरूका जीवनकालभरि नै तिनीहरूका हृदय पागलपनाले भरिन्‍छन्, अनि त्‍यसपछि तिनीहरू मरेकाहरूसँग मिल्‍नजान्‍छन्‌।[४] बाँचिरहनेहरूका साथमा हुनेसँग आशा हुन्‍छ। जिउँदो कुकुरको स्‍थिति मरेको सिंहको भन्‍दा असल हो।[५] किनभने हामीहरू मर्नेछौं भनी जीवितहरूले जान्‍दछन्, तर मरेकाहरूले त केही पनि जान्‍दैनन्‌। तिनीहरूका निम्‍ति केही प्रतिफल हुँदैन। तिनीहरूको सम्‍झना पनि लोप हुन्‍छ।[६] तिनीहरूका प्रेम, घृणा, ईर्ष्‍या सबै लोप भएका हुन्‍छन्‌। सूर्यमुनि गरिएको कुनै काममा तिनीहरूको फेरि कहिल्‍यै भाग हुँदैन।[७] आफ्‍नो बाटो लाग, आफ्‍नो खानेकुरा आनन्‍दसँग खाऊ, खुशी मनले आफ्‍नो दाखमद्य पिऊ, किनभने तिमीले गरेको काममा अहिले परमेश्‍वरको निगाह रहेको छ।[८] सधैँ सेतो वस्‍त्र पहिराऊ, र कपालमा तेल लगाऊ।[९] परमेश्‍वरले सूर्यमुनि दिनुभएको यस व्‍यर्थ जीवनकालमा आफूले प्रेम गरेकी पत्‍नीसँग जीवनको सुख-भोग गर। किनभने यस जीवनमा र सूर्यमुनि तिमीले गरेको परिश्रममा तिम्रो भाग त्‍यही नै हुन्‍छ।[१०] तिम्रो हातमा जे काम छ त्‍यो आफ्‍नो पूरा शक्तिले गर, किनभने चिहानमा, जहाँ तिमी जान्‍छौ, त्‍यहाँ न त केही गर्ने, न योजना गर्ने, न ज्ञान, न बुद्धि नै हुन्‍छ।[११] सूर्यमुनि एउटा अर्को कुरा मैले देखेको छु: चाँड़ो दगुर्नेले दौड़ जित्‍दैन, न शक्तिशालीले युद्ध जित्‍छ, न त बुद्धिमान्‌लाई भोजन आउँछ, न तीव्र ज्ञानीलाई धन-सम्‍पत्ति आउँछ, वा न त पढ़ेकाले निगाह प्राप्‍त गर्छ। तर समय र मौका नै तिनीहरू सबैले पाउँछन्‌।[१२] त्‍यसबाहेक आफ्‍नो काल कहिले आउँछ भनी कुनै मानिसले जान्‍दैन। माछा निर्दयी जालमा र चरा पासोमा परेझैँ मानिसहरू पनि नसोच्‍दै दुर्दशामा फेला पर्छन्‌।

भजनमा १०:२-१२
[२] दुष्‍ट मानिसले आफ्‍नो अहङ्कारमा कमजोरहरूलाई लखेट्‌छ। त्‍यसले रचेका योजनामा तिनीहरू फस्‍छन्‌।[३] दुष्‍ट आफ्‍नो हृदयका इच्‍छाहरूमा गर्व गर्दछ, त्‍यसले लालची मानिसलाई आशीर्वाद दिन्‍छ र परमप्रभुलाई निन्‍दा गर्दछ।[४] आफ्‍नो अहङ्कारमा दुष्‍टले उहाँलाई खोज्‍दैन, त्‍यसका सबै विचारमा परमेश्‍वरलाई स्‍थान हुँदैन।[५] त्‍यसका कामकाजमा त्‍यो सधैँ सफल हुन्‍छ। त्‍यो अभिमानी हुन्‍छ, र तपाईंका विधिहरू त्‍यसबाट टाढ़ा हुन्‍छन्‌। आफ्‍ना सबै शत्रुहरूको त्‍यसले उपहास गर्दछ।[६] त्‍यसले आफ्‍नो मनमा सोच्‍छ, “कुनै कुरोले मलाई हल्‍लाउन सक्‍नेछैन, म सधैँ सुखी हुनेछु र मलाई कुनै कष्‍ट आइपर्नेछैन।”[७] त्‍यसको मुख सराप, झूट र धम्‍कीले भरिएको हुन्‍छ। त्‍यसको जिब्रोमा उपद्रव र दुष्‍टता छन्‌।[८] गाउँ-गाउँकै नजिक त्‍यो ढुकिबस्‍छ। ढुकेर बसेका ठाउँहरूमा त्‍यसले निर्दोषहरूको हत्‍या गर्छ। त्‍यसले दु:खीहरूलाई लुकी-लुकी चियो गरिराखेको हुन्‍छ।[९] झाडीमा पर्खेर बसिरहेको सिंहझैँ त्‍यो गुप्‍त ठाउँमा ढुकेर बस्‍छ। असहायहरूलाई पक्रन त्‍यो ढुकेर बस्‍छ। त्‍यसले आफ्‍नो जालमा असहायहरूलाई घिसारेर लैजान्‍छ।[१०] दु:खीहरू पेलिन्‍छन्‌ र लाचार भई लड्‌छन्‌, र तिनीहरू त्‍यसको शक्तिले ढल्‍दछन्‌।[११] त्‍यसले आफ्‍नो मनमा सोच्‍दछ, “परमेश्‍वरले बिर्सनुभएको छ। उहाँले आफ्‍नो मुहार लुकाउनुभएको छ, र कहिल्‍यै देख्‍नुहुन्‍न।”[१२] हे परमप्रभु, उठ्‌नुहोस्‌, हे परमेश्‍वर, तपाईंको हात उठाउनुहोस्‌, असहायहरूलाई नबिर्सनुहोस्‌।

हितोपदेश १६:१७-२७
[१७] ईमानदारको मूलबाटो खराबीदेखि अलग रहन्‍छ। जसले आफ्‍नो बाटोको रखवाली गर्छ, त्‍यसले आफ्‍नो जीवनको रखवाली गर्छ।[१८] सर्वनाशको अघि अभिमान र पतनको अघि घमण्‍डी आत्‍मा आउँछ।[१९] आत्‍मामा नम्र भएर थिचोमिचोमा परेकाहरूका माझमा रहनु अहङ्कारीहरूसित लूटको माल बाँड्‌नुभन्‍दा उत्तम हो।[२०] उपदेशलाई ध्‍यान दिने मानिस फल्‍दो-फुल्‍दो हुन्‍छ, र परमप्रभुमा भरोसा राख्‍ने मानिसले आशिष्‌ पाउनेछ।[२१] हृदयमा बुद्धिमान्‌ हुनेहरूलाई विवेकशील भनिन्‍छ, र मीठा वचनहरूले शिक्षा बढ़ाउँछन्‌।[२२] समझदारी हुनेको निम्‍ति त्‍यो जीवनको मूल हो, तर मूर्खले मूर्खताकै कारण दण्‍ड ल्‍याउँछ।[२३] बुद्धिमान्‌को हृदयले आफ्‍नो मुख सम्‍हाल्‍छ, र त्‍यसका ओठले शिक्षा बढ़ाउँछन्‌।[२४] मीठा वचनहरू महका चाकाहरूजस्‍तै हुन्, जसले प्राणलाई मिठास दिन्‍छ, र हड्डीहरू निको पार्छ।[२५] कुनै बाटो मानिसको नजरमा ठीक देखिएला, तर अन्‍त्‍यमा त्‍यसले मृत्‍युमा पुर्‍याउँछ।[२६] परिश्रमीको पेटले नै त्‍यसलाई काम गर्न लाउँछ, त्‍यसको भोकले त्‍यसलाई कजाउँछ।[२७] बदमाशले खराबी रच्‍दछ, अनि त्‍यसको बोलीवचन प्रखर आगोझैँ हुन्‍छ।

भजनमा ३६:१-१२
[१] सङ्गीत-निर्देशकको निम्‍ति दाऊदको भजन [1] दुष्‍टका पापको सम्‍बन्‍धमा मेरो हृदयमा एउटा ईश्‍वरवाणी छ, त्‍यसका आँखाअगि परमेश्‍वरको डर हुँदैन।[२] किनकि त्‍यसले आफ्‍नो यति प्रशंसा गर्छ कि आफ्‍नो पाप त्‍यसले फेला पार्दैन र घृणा गर्दैन।[३] त्‍यसको मुखका कुराहरू दुष्‍ट र छली छन्‌। बुद्धिमानी हुनु र भलाइको काम गर्न त्‍यसले छोडिसकेको छ।[४] त्‍यसले आफ्‍नो ओछ्यानमा पनि कुकर्मको योजना बनाउँछ, त्‍यसले आफूलाई कुमार्गतिर लगाउँछ, त्‍यसले खराबीलाई अस्‍वीकार गर्दैन।[५] हे परमप्रभु, तपाईंको कृपा स्‍वर्गैसम्‍म फैलिएको छ, तपाईंको विश्‍वसनीयता आकाशसम्‍मै।[६] तपाईंको धार्मिकता विशाल पहाड़हरूजस्‍तै छ, तपाईंको न्‍याय अगाध समुद्रजस्‍तै छ। हे परमप्रभु, तपाईंले मानिस र पशुलाई जोगाइराख्‍नुहुन्‍छ।[७] तपाईंको अडिग कृपा कति अनमोलको छ! मानिसका सन्‍तानले तपाईंका पखेटाको छायामा शरण पाउँछन्‌।[८] तपाईंका भवनको प्रचुरताबाट तिनीहरूले भोज गर्छन्‌, र तपाईंको सुख-चैनको नदीबाट तपाईंले तिनीहरूलाई पियाउनुहुन्‍छ।[९] किनकि जीवनको स्रोत तपाईंसँग छ, तपाईंकै ज्‍योतिमा हामी प्रकाश देख्‍छौं।[१०] तपाईंलाई चिन्‍नेहरूमाथि तपाईंको प्रेम रहिरहोस्‌। र सत्‍यनिष्‍ठ हृदय हुनेहरूमा तपाईंको धार्मिकता रहिरहोस्‌।[११] अहङ्कारीको खुट्टा मलाई कुल्‍चन नआओस्‌, न त दुष्‍टको हातले मलाई गलहत्त्याउन पाओस्‌।[१२] कुकर्मीहरू कसरी ढलेर लम्‍पसार परेका छन्‌, तिनीहरू उठ्‌नै नसक्‍ने गरी पछारिएका छन्‌।

हितोपदेश १:८-१९
[८] हे मेरो छोरा, आफ्‍नो बुबाको आदेश सुन्‌ र आफ्‍नी आमाको शिक्षा नत्‍याग्‌।[९] ती तेरो शिरमा शोभाको मुकुट, र तेरो गलामा सम्‍मानको हार हुनेछ।[१०] हे मेरो छोरा, यदि पापीहरूले तँलाई बहकाउन खोजे भने, तिनीहरूको बहकाउमा नलाग्‌।[११] तिनीहरू भन्‍लान्, “आऊ हामीसँग, कसैको रक्तपात गर्न ढुकिबसौं, कुनै निर्दोषलाई लुट्‌न ढुकिबसौं,[१२] चिहानले निलेझैँ, र गहिरो भड्‌खालोमा परी त्‍यसको पीँधमा पुग्‍नेहरूलाई झैँ, हामी तिनीहरूलाई पूरै जिउँदै निलौं।[१३] हामी सबै किसिमका बहुमूल्‍य थोकहरू लिनेछौं, र लूटका मालसामानले हाम्रा घर भर्नेछौं,[१४] तिमी हामीसँगै साझेदार होऊ, र हामी लूटको थैलोबाट बाँड्‌नेछौं।”[१५] हे मेरो छोरा, तिनीहरूसँग नजा, तिनीहरूको मार्गमा पाइलै नराख्,[१६] किनकि तिनीहरूका पाइला पाप गर्न हतारिन्‍छन्, तिनीहरू रक्तपात गर्न आतुरी गर्छन्‌।[१७] सबै पक्षीहरूका नजरको सामु जाल फैलाउनु कति व्‍यर्थ![१८] यी मानिसहरू आफ्‍नै रगतको लागि ढुकिरहन्‍छन्, तिनीहरू आफै जाकिन ढुकिरहन्‍छन्‌![१९] बेईमानीसित कमाउनपट्टि लाग्‍नेहरू सबैको अन्‍त्‍य यस किसिमले हुन्‍छ, यसरी धन आर्जन गर्नेको जीवन त्‍यसैले छिनेर लैजान्‍छ।

यशैया ५९:४-१५
[४] कसैले न्‍याय माग्‍दैन। कसैले ईमानदारीसाथ वकालत गर्दैन। तिनीहरू खोक्रो तर्कमा भर पर्छन्‌ र झूट बोल्‍छन्‌। तिनीहरू उपद्रव रच्‍दछन्, र अधर्म जन्‍माउँछन्‌।[५] तिनीहरू साँभे सर्पका फुल ओथ्रन्‍छन्, र माकुराको जाल बुन्‍छन्‌। तिनीहरूका फुल खाने जोसुकै पनि मर्नेछ, र त्‍यसलाई फुटायो भने साँपको बच्‍चा निस्‍कन्‍छ।[६] तिनीहरूका जालले वस्‍त्र बनिँदैन, तिनीहरूले बनाएका थोकले तिनीहरू आफैलाई ढाक्‍न सक्‍दैनन्‌। तिनीहरूका काम अधर्मका काम हुन्, र उपद्रवका काम नै तिनीहरूका हातमा हुन्‍छन्‌।[७] तिनीहरूका खुट्टा पापको कामतिर दौड़न्‍छन्, र तिनीहरू निर्दोषको रगत बगाउन हतार गर्छन्‌। तिनीहरूका विचार अधर्मका विचार हुन्‌। उजाड़ र नाशले तिनीहरूको बाटो चिनाउँछन्‌।[८] तिनीहरू शान्‍तिको बाटो चिन्‍दैनन्, र तिनीहरूका मार्गमा न्‍याय छैन। तिनीहरूले आफ्‍ना मार्गहरू बाङ्गा-टेढ़ा बनाएका छन्‌। त्‍यसबाट हिँड्‌ने कसैले शान्‍तिलाई जान्‍नेछैन।[९] यसैले न्‍याय हामीहरूदेखि टाढ़ा भएको छ। धार्मिकताले हामीलाई भेट्टाउन सक्‍दैन। हामीहरू उज्‍यालोको बाटो हेर्छौं, तर सबै अन्‍धकार छ। प्रकाशको बाटो हेर्छौं, तर घोर अँध्‍यारोमा हिँड्‌दछौं![१०] अन्‍धा मानिसझैँ हामी भित्ता छाम्‍दछौं, आँखा नभएकाहरूले झैँ हामी आफ्‍नो बाटो छाम्‍दछौं। हामी मध्‍यदिनमा पनि साँझमा झैँ ठेस खान्‍छौं। बलियाहरूका बीचमा हामी मरेका झैँ छौं।[११] हामी सबै भालूझैँ कराउँछौं, र ढुकुरझैँ साह्रै विलाप गर्दछौं। हामी न्‍याय माग्‍छौं, तर कतै पाउँदैनौं, मुक्तिको बाटो खोज्‍छौं, तर त्‍यो हामीबाट टाढ़ा छ।[१२] किनकि हाम्रा अपराध तपाईंको दृष्‍टिमा अनेक छन्, र हाम्रा पापले हाम्रै विरुद्धमा गवाही दिन्‍छन्‌। हाम्रा अपराध हामीसितै छन्, र हाम्रा अधर्महरू हामी स्‍वीकार गर्दछौं।[१३] परमप्रभुको विरुद्धमा बागीपन र विश्‍वासघात, हाम्रा परमेश्‍वरलाई पिठिउँ देखाई अत्‍याचार र विद्रोह रचेका छौं, र हाम्रा हृदयले उत्‍पन्‍न गरेका झूटा कुराहरू हामीले बोलेका छौं।[१४] यसैले न्‍याय पछिल्‍तिर हटाइएको छ, र धार्मिकता टाढ़ा भएको छ, सत्‍यले चाहिँ सड़कहरूमा ठेस खाएको छ, र ईमानदारीले प्रवेश गर्न सक्‍दैन।[१५] सत्‍यता कहीँ पनि पाइँदैन, र दुष्‍टदेखि अलग बस्‍ने जोसुकै पनि शिकार बन्‍छ। परमप्रभुले हेर्नुभयो, र न्‍याय रहेन भनेर उहाँ रिसाउनुभयो।

यर्मिया १८:८-२०
[८] र यदि मैले चेताउनी दिएको जातिले आफ्‍नो खराबीदेखि पछितो गर्‍यो भने, मैले सोचेको विपत्ति त्‍यसमाथि ल्‍याउनदेखि म मेरो मन बद्‌लनेछु।[९] अनि यदि कुनै जाति अथवा कुनै राज्‍यको विषयमा म त्‍यसलाई बनाउनेछु र खड़ा गर्नेछु भनी कुनै समयमा मैले घोषणा गरेको छु भने,[१०] र त्‍यसले मेरो कुरा नसुनेर मेरो दृष्‍टिमा खराबी गर्‍यो र मेरो आज्ञापालन गरेन भनेदेखि, त्‍यसलाई असल गर्ने मेरो विचारमाथि फेरि म विचार गर्नेछु।[११] “यसैकारण अब यहूदाका मानिसहरू र यरूशलेममा बस्‍नेहरूलाई भन्, ‘परमप्रभु यही भन्‍नुहुन्‍छ: हेर, म तिमीहरूका विरुद्धमा सर्वनाश तयार गरिरहेछु, र तिमीहरूका विरुद्धमा एउटा युक्ति रचिरहेछु। यसैले तिमीहरू हरेक आ-आफ्‍नो दुष्‍ट मार्गबाट फर्क, र तिमीहरूका चाल र कामहरू सुधार’।[१२] तर तिनीहरूले त यस्‍तो जवाफ दिनेछन्, ‘त्‍यसो गर्नु व्‍यर्थ छ। हामी त आफ्‍नै युक्तिअनुसार हिँड्‌नेछौं, हामी हरेक आफ्‍नै दुष्‍ट हृदयको हठअनुसार चल्‍नेछौं’।”[१३] यसकारण परमप्रभु यसो भन्‍नुहुन्‍छ: “जाति-जातिहरूकहाँ गएर सोध, यस्‍तो कुरो कसले सुनेको छ? कुमारी इस्राएलले अति घृणित काम गरेकी छ।[१४] के लेबनानको हिउँ कहिले त्‍यसको पहराको भीरबाट हराउँछ र? के त्‍यसको टाढ़ा मुहानबाट बगेर आउने चिसो पानी कहिले रोकिन्‍छ र?[१५] तरै पनि मेरो प्रजाले त मलाई बिर्सिसकेको छ, तिनीहरू बेकामका मूर्तिहरूलाई धूप बाल्‍छन्, जसले तिनीहरूलाई आफ्‍ना मार्गमा र पुराना बाटाहरूमा ठेस खान लगाएका छन्, र तिनीहरूलाई पक्‍की सड़कमा होइन तर गोरेटोतिर हिँड़ाएका छन्‌।[१६] तिनीहरूको देश उजाड़ पारिनेछ, र सदासर्वदा गिल्‍लाको पात्र हुनेछ। त्‍यसबाट हिँड्‌ने सबै तर्सनेछन्, र टाउको हल्‍लाउनेछन्‌।[१७] पूर्वीय बतासझैँ तिनीहरूका शत्रुहरूका सामुन्‍ने म तिनीहरूलाई तितरबितर पारिदिनेछु। तिनीहरूका सर्वनाशको दिनमा म तिनीहरूलाई मेरो मुख होइन, तर मेरो पीठ फर्काइदिनेछु।”[१८] तिनीहरूले भने, “आऔं, हामीहरू यर्मियाको विरुद्धमा षड्‌यन्‍त्र रचौं, किनकि न त पूजाहारीले सिकाएको व्‍यवस्‍था नष्‍ट हुनेछ, न बुद्धिमान्‌ पुरुषको सल्‍लाह, न अगमवक्ताबाट दिइएको वचन हराउनेछ। यसैले आऔं, हामीहरू कुराद्वारा त्‍यसलाई आक्रमण गरौं, र त्‍यसको कुनै पनि कुरामा ध्‍यान नदिऔं।”[१९] हे परमप्रभु, मेरा कुरा ध्‍यानसित सुन्‍नुहोस्, मलाई दोष लाउनेहरूले के भनिरहेका छन्‌ सुन्‍नुहोस्‌![२०] के भलाइको सट्टामा खराबी गरिन्‍छ? तर मेरा विरोधीहरूले मेरो प्राणको लागि एउटा खाड़ल खनेका छन्‌। तपाईंको क्रोध तिनीहरूदेखि पर हटाउनलाई तिनीहरूका पक्षमा कुरा गर्न म तपाईंको सामुन्‍ने खड़ा भएँ, सो सम्‍झनुहोस्‌।

हितोपदेश ११:६-२७
[६] सोझाहरूको धार्मिकताले तिनीहरूलाई छुटाउँछ, तर अविश्‍वासीहरू खराब अभिलाषाहरूको कारण पासोमा पर्छन्‌।[७] जब दुष्‍ट मानिस मर्छ, त्‍यसको आशा पनि नष्‍ट हुन्‍छ, आफ्‍नो सामर्थ्‍यमा त्‍यसले इच्‍छा गरेका सबै कुराहरू निरर्थक हुन्‍छन्‌।[८] धर्मी मानिस सङ्कष्‍टबाट बचाइन्‍छ, अनि त्‍यसको साटो दुष्‍टमाथि नै त्‍यो आइपर्छ।[९] ईश्‍वरहीनको आफ्‍नै मुखले आफ्‍नो छिमेकीको बरबादी गर्छ, तर ज्ञानले धर्मीलाई छुटकारा मिल्‍छ।[१०] जब धर्मीको उन्‍नति हुन्‍छ, तब सहरै आनन्‍दित हुन्‍छ। जब दुष्‍टको नाश हुन्‍छ, तब रमाहट हुन्‍छ।[११] धर्मात्‍माको आशीर्वादले सहरको उन्‍नति हुन्‍छ, तर दुष्‍टहरूको मुखले त्‍यसको भताभुङ्ग हुन्‍छ।[१२] समझ नभएको मानिसले आफ्‍नो छिमेकीको खिल्‍ली उड़ाउँछ, तर समझदार मानिसले आफ्‍नो जिब्रोमा लगाम लगाउँछ।[१३] कुरौटेले गोप्‍य भरोसामा आघात पुर्‍याउँछ, तर विश्‍वसनीय मानिसले कुरा गुप्‍तमै राख्‍छ।[१४] पथप्रदर्शनको अभावले देशको पतन हुन्‍छ, तर धेरै सल्‍लाहकारहरूको कारण विजय निश्‍चित हुन्‍छ।[१५] अरूहरूको जमानी बस्‍नेले निश्‍चय नै नोक्‍सानी भोग्‍नुपर्नेछ, तर अर्काको नासोमा हात हाल्‍न इन्‍कार गर्ने व्‍यक्ति सुरक्षित रहनेछ।[१६] दयालु स्‍त्रीले आदर पाउँछिन्, तर निर्दयी मानिसले केवल सम्‍पत्ति कमाउँछ।[१७] दयालु हुनाले मानिसको आफ्‍नै हित हुन्‍छ, तर निर्दयी मानिसले आफैमाथि सङ्कष्‍ट ल्‍याउँछ।[१८] दुष्‍ट मानिसले ठगाइको ज्‍याला कमाउँछ, तर जसले धार्मिकता छर्छ, उसले निश्‍चित इनाम कटनी गर्छ।[१९] साँच्‍चैको धार्मिक मानिसले जीवन पाउँछ, तर दुष्‍टताको पछि लाग्‍ने मानिस मृत्‍युमा पर्छ।[२०] कुटिल हृदय भएको मानिसलाई परमप्रभु घृणा गर्नुहुन्‍छ, तर तिनीहरूसँग उहाँ प्रसन्‍न हुनुहुन्‍छ, जसका चालहरू निर्दोष छन्‌।[२१] यो कुरा निश्‍चित छ: दुष्‍टहरू दण्‍डविना उम्‍कनेछैनन्, तर धर्मीहरूले छुटकारा पाउनेछन्‌।[२२] सुँगुरको नाकमा सुनको नत्‍थ भएझैँ एक विवेकहीन सुन्‍दरी स्‍त्री पनि हो।[२३] धर्मात्‍माका इच्‍छाको अन्‍त्‍य केवल असलै हुन्‍छ, तर दुष्‍टका आशाको अन्‍त केवल क्रोधमा हुन्‍छ।[२४] कोही मानिसले उदार हातले दिन्‍छ र अझ बढ़ी पाउँछ, अर्कोले दिन सक्‍ने पनि दिँदैन, र दरिद्रतामा पर्छ।[२५] उदार मानिसको फलिफाप हुन्‍छ, अरूलाई उत्‍साह दिने व्‍यक्तिले आफू पनि नयाँ उत्‍साह प्राप्‍त गर्नेछ।[२६] अन्‍न लुकाएर भण्‍डार भर्नेलाई मानिसहरूले सराप्‍छन्, तर स्‍वेच्‍छाले बिक्री गर्ने व्‍यक्ति आशिष्‌ले भरपूर हुनेछ।[२७] जसले भलाइको खोजी गर्छ, उसले सद्‌भाव पाउँछ, तर खराबीको खोजी गर्नेमाथि खराबी नै आइलाग्‍छ।

काम १५:१-३५
[१] तब एलीपज तेमानीले जवाफ दिए:[२] “के बुद्धि भएको मानिसले यस्‍ता खोक्रो विचारयुक्त उत्तर दिन्‍छ? अथवा आफ्‍नो पेटमा पूर्वी बतास रहन्‍छ?[३] के उहाँले यस्‍ता बेकामका कुराहरू, मूल्‍य नभएका शब्‍दहरूद्वारा बहस गर्नुहुन्‍छ?[४] तर तपाईं ता मानिसहरूलाई परमेश्‍वरको भय मान्‍नलाई बाधा दिनुहुन्‍छ, र परमेश्‍वरप्रतिको भक्तिमा क्षति पुर्‍याउनुहुन्‍छ।[५] तपाईं जे भन्‍नुहुन्‍छ त्‍यो त तपाईंको अधर्मले नै भन्‍न लाउँछ अनि छलको भाषा तपाईं रुचाउनुहुन्‍छ।[६] तपाईं आफ्‍नै कुराबाट दोषी ठहरिनुभएको छ, मबाट त होइन। तपाईंको आफ्‍नै ओठले तपाईंको विरुद्धमा साक्षी दिन्‍छ।[७] के तपाईं मानिस जातिमा सबैभन्‍दा पहिले जन्‍मनुभएको हो? के तपाईंको उत्‍पत्ति डाँड़ाहरूभन्‍दा पहिले भएको हो?[८] के तपाईं परमेश्‍वरको गुप्‍त सभामा बसेर सुन्‍नुहुन्‍छ? अथवा सबै बुद्धिका कुरा तपाईं आफ्‍नै मात्र बनाउनुहुन्‍छ?[९] हामीले नजानेका कुन कुरा तपाईं जान्‍नुहुन्‍छ? हामीमा नभएको अन्‍तर्ज्ञान तपाईंमा के छ?[१०] हाम्रा बीचमा वृद्ध र पाका मानिसहरू छन्, तपाईंका पिताभन्‍दा पनि वृद्ध मानिस हाम्रा साथमा छन्‌।[११] तपाईंको कानमा बिस्‍तारै परेको मधुरो शब्‍द, परमेश्‍वरको सान्‍त्‍वना के तपाईंको निम्‍ति यथेष्‍ट छैन?[१२] केले तपाईंको हृदयमा यस्‍तो आँट दिन्‍छ? अनि तपाईं किन आफ्‍नो आँखा फुकाएर हेर्नुहुन्‍छ?[१३] र तपाईं आफ्‍नो रीस परमेश्‍वरलाई पोखाउनुहुन्‍छ, अनि आफ्‍ना मुखबाट यस्‍ता शब्‍दको भल निकाल्‍नुहुन्‍छ?[१४] “निर्बल मानिस के हो र त्‍यो निर्दोष हुन सक्‍छ? अथवा स्‍त्रीबाट जन्‍मेको कुनै बालक, के त्‍यो धर्मी ठहरिन सक्‍छ?[१५] परमेश्‍वरले आफ्‍नै पवित्र जनमाथि भरोसा राख्‍नुहुन्‍न र स्‍वर्ग नै उहाँको दृष्‍टिमा निर्दोष छैन भने,[१६] मानिस त झन्‌ कति कम होला, जो घिनलाग्‍दो र सड़ेको हुन्‍छ, र जसले अधर्मलाई पानीझैँ पिउँदछ![१७] सुन्‍नुहोस्‌ र तपाईंलाई म बताउनेछु, र मैले देखेको कुरा म बयान गर्नेछु।[१८] जुन कुरा ज्ञानीहरूले आफ्‍ना पुर्खाहरूबाट पाएको केही नलुकाईकन घोषणा गरेका छन्‌।[१९] (उनीहरूलाई मात्र देश अधिकार गर्न दिइएको थियो, उनीहरूसँग कुनै विदेशी बसेका थिएनन्‌।)[२०] दुष्‍ट आफ्‍नो जीवनकालभरि नै दु:खले सताइएको हुन्‍छ, निष्‍ठुर मानिसका वर्षहरू गनेर तोकिएका हुन्‍छन्‌।[२१] त्रासको शब्‍द त्‍यसको कानमा गुञ्‍जिरहन्‍छ, शान्‍तिको समयमा पनि नाश गर्ने त्‍यसमाथि आइलाग्‍नेछ।[२२] अन्‍धकारको मुखबाट त्‍यसले उम्‍कने आशा गर्न सक्‍दैन, तरवारले मारिन त्‍यो छानिएको छ।[२३] गिद्धको लागि आहारा फ्याँकिएझैँ त्‍यो फ्याँकिन्‍छ, आफ्‍नो विनाश निश्‍चय नै आउँछ भनी त्‍यस्‍तो मानिसले जान्‍दछ।[२४] दु:ख र सुर्ताले त्‍यसलाई त्रसित बनाउँछ, युद्ध गर्न तयार भएका राजाझैँ तिनीहरूले त्‍यसलाई व्‍याकुल पार्छन्‌।[२५] किनभने त्‍यसले परमेश्‍वरको विरुद्धमा आफ्‍नो हात उठाएको छ, र सर्वशक्तिमान्‌को विरुद्धमा जोरी खोजेको छ।[२६] आफ्‍नो बाक्‍लो र विशाल ढाल लिएर परमेश्‍वरको विरुद्धमा आक्रमण गर्न त्‍यो जाइलाग्‍छ।[२७] “त्‍यसको गाला चिल्‍लोले भरिएको र त्‍यसको कम्‍मर बोसोले भरिएको भए तापनि[२८] त्‍यो नाश भएको सहर र घरमा बस्‍नेछ, जहाँ कोही बस्‍दैनन्, ती घरहरू जो भत्‍केर ढुङ्गाको थुप्रो हुनेछन्‌।[२९] त्‍यो अब उप्रान्‍त धनी हुनेछैन, र उसको सम्‍पत्ति रहनेछैन। न त उसको सम्‍पत्ति जमिनमा फैलिनेछ।[३०] अन्‍धकारबाट ऊ उम्‍कन सक्‍नेछैन, ज्‍वालाले त्‍यसका टुसाहरू चाउरिनेछन्, अनि परमेश्‍वरको सासले त्‍यसलाई उड़ाएर लैजानेछ।[३१] बेकामका कुराहरूमाथि भरोसा गरेर त्‍यसले आफैलाई धोका नदेओस्, किनभने त्‍यसले सट्टामा केही पाउनेछैन।[३२] उसको समयभन्‍दा पहिले नै उसलाई पूर्ण रूपले चुक्‍ता गरिनेछ, अनि उसका हाँगाहरू सप्रने छैनन्‌।[३३] काँचैमा फल टिपिएका अंगूरका बोटजस्‍तै त्‍यो हुनेछ, फूलहरू झरेको भद्राक्षको बोटझैँ त्‍यो हुनेछ।[३४] किनभने ईश्‍वरहीनहरूको समूह सबै बाँझो हुनेछ, घूस मन पराउनेहरूका पालहरू आगोले नष्‍ट हुनेछन्‌।[३५] तिनीहरू कष्‍ट गर्भ धारण गर्दछन्, र खराबी जन्‍माउँछन्, तिनीहरूका गर्भहरूले छल रच्‍दछन्‌।”

Nepali Bible (NNRV) 2012
Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012