२ कोरिन्थी १२:२० |
म त्यहाँ आउँदा मैले सोचेको भन्दा तिमीहरू बेग्लै भएका अनि तिमीहरूले सोचेका भन्दा म बेग्लै भएको हुन्छु कि भन्ने डर लागेको छ। तिमीहरूका बीचमा झगडा, डाहा र रिस गर्ने, आफ्नै भलो खोज्ने, गाली गर्ने, अर्काको कुरा गर्ने, अहङ्कार गर्ने, लडाइँ गर्नेहरू छन् भनी मलाई लागेको छ। |
|
एफिसी ४:२९ |
तिमीहरूको मुखबाट नराम्रो कुरो ननिस्किओस्, चाहिने, राम्रो र भलाइ गर्ने कुरो बोल र सुन्नेहरूलाई भलाइ होस्। |
|
प्रस्थान २३:१ |
“झूटो हल्ला नफैलाओ र झूटो साक्षी दिएर एउटा अपराधीलाई मद्दत नगर। |
|
जेम्स १:२६ |
कसैले आफूलाई धर्मी सम्झिन्छ, तर आफ्नो जिब्रोचाहिँ तह लाउँदैन भने उसले आफैंलाई धोखा दिन्छ अनि उसको धर्म-कर्म व्यर्थै हुन्छ। |
|
जेम्स ४:११ |
दाजुभाइहरू, कसैको विरुद्ध नराम्रो नभन। आफ्ना विश्वासी दाजु वा भाइको विरुद्ध नराम्रो भन्ने र दोष लगाउने व्यक्ति व्यवस्थाकै विरोधमा बोल्छ र व्यवस्थालाई दोष लगाउँछ। तिमीले व्यवस्थाको न्याय गर्यौ भने तिमी यसको पालना गर्ने होइन तर न्याय गर्ने बन्छौ। |
|
लेवी १९:१६ |
कसैका विरुद्धमा झूटो कुरा नफैलाओ। कसैको ज्यान खतरामा छ र तिम्रो साक्षीले उसलाई सहायता हुन्छ भने तिमी बोल। म परमप्रभु हुँ। |
|
हितोपदेश १०:१८-१९ |
[१८] मनमा आफ्नो घृणा लुकाउने मानिस ढँटुवा हो, व्यर्थका कुरा फैलाउने मानिस मूर्ख हो।[१९] जति धेरै बोल्छौ, उति नै धेरै पाप गर्ने सम्भावना हुन्छ, बुद्धिमान् मानिस चुप भई बस्छ। |
|
हितोपदेश ११:९-१३ |
[९] परमेश्वर नमान्ने मानिसहरूका कुराले तिम्रो नाश गराउन सक्छ तर धर्मीको बुद्धिमानीले तिमीलाई बचाउन सक्छ।[१०] इमानदारको सुदिन आउँदा सहरबासीहरू खुसी हुन्छन्, दुष्ट मर्दा रमाहटको सोर उठ्दछ।[११] धर्मीहरूका आशीर्वादले सहर महान् हुन्छ तर दुष्टका वचनले त्यो भताभुङ्ग हुन्छ।[१२] अर्काको निन्दा गरेर बोल्नु मूर्खता हो, ज्ञानी मानिस चुप भई बस्छ।[१३] व्यर्थका कुरा गर्ने मानिसलाई गुप्त कुरा भन्न सकिंदैन तर विश्वासयोग्य मानिसमा भरोसा राख्न सकिन्छ। |
|
हितोपदेश १६:२८ |
दुष्टहरूले बेकामका कुरा काट्दै हिँड्छन्। तिनीहरूले झगडा गराएर साथीहरूका बीचमा फाटो ल्याउँछन्। |
|
हितोपदेश १७:९ |
मानिसहरूले आफूसित प्रेम-भाव गरेका चाहन्छौ भने तिनीहरूको दोष क्षमा गर्नू, दोष याद गरिराख्नाले मित्रता तोडिंदछ। |
|
हितोपदेश १८:८-२१ |
[८] व्यर्थको कुरा स्वादिलो हुन्छ; त्यो सुन्न हामी खुबै रुचाउँछौं।[९] अल्छी मानिस विनाशकारी मानिसजस्तै दुष्ट हो।[१०] परमप्रभु एउटा बलियो धरहराजस्तै हुनुहुन्छ, जहाँ धर्मीहरू गएर सुरक्षा पाउँछन्,[११] तर धनीहरू भने धनैले, सहरका चारैतिर भएका अग्ला र बलिया पर्खालले झैँ तिनीहरूको रक्षा गर्छ भनी ठान्छन्।[१२] नम्र हुनेहरूले मात्र आदर पाउँछन्, अहङ्कारीहरू विनाशतिर गइरहेका हुन्छन्।[१३] जवाफ दिनुअघि कुरा सुन्ने गर, नत्रता तिमी मूर्ख बन्नेछौ र तिम्रो कुराले कसैको अपमान पुर्याउनेछ।[१४] मानिसको बाँच्ने इच्छाले उसलाई बिरामी अवस्थामा सहारा दिँदछ, तर त्यस्तो इच्छा हराए, उसको बाँच्ने आशा पनि हराउँदछ।[१५] समझदार मानिसहरू सदा शिक्षा प्राप्त गर्न तयार र उत्सुक रहन्छन्।[१६] के ठूला मानिसलाई भेट्न चाहन्छौ? कोसेली लिएर जाओ र प्रवेश पाउनेछौ।[१७] मुद्दामा प्रतिवादीले अघि आएर प्रश्न नगरेसम्म पहिले बोल्नेको कुरा ठीक देखिन्छ।[१८] वादी र प्रतिवादी दुवै बलिया छन् भने गोला हालेर झगडा मेटाइन्छ।[१९] भाइलाई सहायता गर र उसले सहरको बलियो किल्लाले झैँ तिम्रो रक्षा गर्नेछ तर भाइसित झगडा गरे, उसले तिम्रो लागि ढोका बन्द गर्नेछ।[२०] मानिसले आफ्ना बोलीवचनको फल भोगेर जीवन बिताउनुपर्छ।[२१] जीवन वा मृत्युको शक्ति बोलीमा हुन्छ, जसले बोल्न मन पराउँछ, तिमीले आफ्नो बोलीअनुसार फल भोग्नुपर्दछ। |
|
हितोपदेश २०:१९ |
बेकम्मा कुरा गर्नेले गुप्त कुरा लुकाइराख्न सक्दैन। कुराउटे मानिसहरूबाट टाढा बस। |
|
हितोपदेश २६:२० |
दाउराबिना आगो निभ्छ, व्यर्थका कुराकानीबिना झगडा साम्य हुन्छ। |
|
भजनमा ३४:१३ |
त्यसो हो भने खराब कुरा र झूटो बोल्नदेखि टाढा बस, |
|
भजनमा ४१:७ |
मलाई घृणा गर्नेहरू सबैले मेरो बारेमा आपसमा कानेखुसी गर्छन् र सबैभन्दा नराम्रो कुरा सोच्छन्। |
|
भजनमा १४१:३ |
हे परमप्रभु, मेरो मुखमा पहरा खटाउनुहोस्। मेरो ओठको ढोकामा रखवाली गरिदिनुहोस्। |
|
हितोपदेश १८:६-७ |
[६] मूर्खले झगडा सुरु गर्नु नै त्यसले चुटाइ खोजेको हो।[७] मूर्ख बोल्यो भने आफ्नै विनाश गर्छ, त्यो आफ्नै वचनको जालमा फस्दछ। |
|
१ तिमोथी ५:१३-१४ |
[१३] फेरि तरुनी विधवा त अरू मानिसहरूका घरघरै डुल्ने बानी भएर बेकामै हुन्छन्। त्यति मात्र होइन, कुरौटे, झगडा लाउने र बोल्न नहुने कुरा पनि बोल्ने हुन्छन्।[१४] यसकारण म तरुनी विधवाहरूले चाहिँ फेरि विवाह नै गरून् भनेर सल्लाह दिन्छु। यसरी बरु तिनीहरूले छोराछोरी जन्माएर गृहस्थी बनून्। त्यसो भए मात्र हाम्रा विरोधीहरूलाई हाम्रो निन्दा गर्ने मौका मिल्नेछैन |
|
१ तिमोथी ३:९-११ |
[९] उनीहरूले आफैंले पाएको विश्वासको गहिरो सत्यलाई शुद्ध विवेकले जोगाइराख्नुपर्छ।[१०] पहिले सेवा गर्नेहरू जाँच गरिनुपर्छ अनि ठीक ठहरिए भने मात्र तिनीहरूलाई पनि सेवा गर्ने काममा लगाउनुपर्छ।[११] तिनीहरूका पत्नीहरू पनि त्यसरी राम्रो चालचलनका र अर्काको निन्दा नगर्ने हुनुपर्दछ। तिनीहरूले नराम्रो गफ नगरून् तर आफैंलाई वशमा राखेर सबै कुरामा विश्वासी होऊन्। |
|
हितोपदेश २६:२०-२२ |
[२०] दाउराबिना आगो निभ्छ, व्यर्थका कुराकानीबिना झगडा साम्य हुन्छ।[२१] भुङ्ग्रोलाई कोइला, आगोलाई दाउरा र झगडालाई झगडालुले जागो राख्दछ।[२२] बेकारका कुराकानी स्वादिलो हुन्छ! मानिसले त्यो खुब रुचाउँछ। |
|
रोमी १:२९-३२ |
[२९] यसैकारण तिनीहरू सबै किसिमका खराबी र दुष्टताले भरिएका छन्। तिनीहरूले लोभ र घृणा गर्छन्, अरूको डाहा गर्छन् र अरूलाई मार्छन्। तिनीहरू झगडा गर्छन्, छक्याउँछन् अनि झूटो बोल्छन्, एक-अर्काको चुक्ली लाउँछन्,[३०] अर्काको निन्दा गर्छन्। तिनीहरूले परमेश्वरलाई पनि घृणा गर्छन्, कसैलाई पनि इज्जत गर्दैनन् तर आफैं घमण्डले फुल्छन्, ठूलाठूला कुरा गर्छन्। अनि खराब कुराहरू खोजीखोजी निकाल्छन्। तिनीहरूले आमा-बुबाको कुरा मान्दैनन्।[३१] तिनीहरू मूर्ख छन् अनि गर्छु भनेका कुरा गर्दैनन्। तिनीहरू माया नभएका निर्दयी हुन्।[३२] यस्ता मानिसहरू मृत्युको योग्य हुन्छन् भन्ने परमेश्वरको धार्मिक विधान जान्दाजान्दै पनि तिनीहरूले त्यस्तै काम गर्छन्। त्यति मात्र होइन, अझ उल्टो यस्ता काम गर्नेहरूलाई सुर्याउँछन्। |
|
तीतस २:२-५ |
[२] बुढा मानिसलाई शान्त, गम्भीर अनि विश्वासी, प्रेम र सहने शक्तिमा पाको हुनुपर्छ भनेर शिक्षा देओ।[३] त्यसरी नै बुढी भएका स्वास्नी-मान्छेहरूले भक्तिको जीवन चुनून्। तिनीहरूले अर्कालाई बिनासित्तीको दोष नलगाऊन्। तिनीहरू रक्सीको वशमा नपरून् र राम्रा कुराहरूको शिक्षा देऊन्।[४] त्यसो भए तिनीहरूले तरुनी स्वास्नी-मान्छेहरूलाई आफ्ना लोग्ने र छोरा-छोरीलाई माया गर्न तालिम दिन सक्नेछन्।[५] अनि उनीहरूले तिनीहरूलाई आफैंलाई वशमा राख्ने, पवित्र मन भएका, दयालु, असल घरजाम गर्ने र लोग्नेको अधीनमा रहने शिक्षा दिनेछन्। त्यस्तै भयो भने परमेश्वरको शिक्षाको बदनाम हुन पाउनेछैन। |
|
रोमी १:२८-३२ |
[२८] तिनीहरूले परमेश्वरलाई दिनुपर्ने मान्यता दिन पनि छाडे। यसो हुँदा उहाँले तिनीहरूलाई खराबी गरून् भनेर तिनीहरूकै कुविचारमा छोडिदिनुभयो।[२९] यसैकारण तिनीहरू सबै किसिमका खराबी र दुष्टताले भरिएका छन्। तिनीहरूले लोभ र घृणा गर्छन्, अरूको डाहा गर्छन् र अरूलाई मार्छन्। तिनीहरू झगडा गर्छन्, छक्याउँछन् अनि झूटो बोल्छन्, एक-अर्काको चुक्ली लाउँछन्,[३०] अर्काको निन्दा गर्छन्। तिनीहरूले परमेश्वरलाई पनि घृणा गर्छन्, कसैलाई पनि इज्जत गर्दैनन् तर आफैं घमण्डले फुल्छन्, ठूलाठूला कुरा गर्छन्। अनि खराब कुराहरू खोजीखोजी निकाल्छन्। तिनीहरूले आमा-बुबाको कुरा मान्दैनन्।[३१] तिनीहरू मूर्ख छन् अनि गर्छु भनेका कुरा गर्दैनन्। तिनीहरू माया नभएका निर्दयी हुन्।[३२] यस्ता मानिसहरू मृत्युको योग्य हुन्छन् भन्ने परमेश्वरको धार्मिक विधान जान्दाजान्दै पनि तिनीहरूले त्यस्तै काम गर्छन्। त्यति मात्र होइन, अझ उल्टो यस्ता काम गर्नेहरूलाई सुर्याउँछन्। |
|
Nepali Bible 2008 |
नेपाल बाइबल सोसाइटी 2008 |