१ कोरिन्थी ५:१ |
तिमीहरूका माझमा भयङ्कर व्यभिचार भएको सुन्दै छु। यस्तो त अरू जातिका मानिसमा पनि हुँदैन। कसैले आफ्नी सौतेनी आमालाई नै राख्यो रे। |
|
१ कोरिन्थी ६:१३ |
“खानेकुरो पेटको लागि हो, पेट खानेकुराको लागि हो,” कसैले भन्ला। ठीकै हो, तर परमेश्वरले यी दुवैलाई खारिज गर्नुहुनेछ। मानिसको शरीर व्यभिचारको लागि होइन, प्रभुको लागि हो अनि शरीरको लागि चाहिने कुरा प्रभुले नै बन्दोबस्त गर्नुहुन्छ। |
|
१ कोरिन्थी ७:२ |
तर व्यभिचारमा नपरून् भनेर सबैले बिहे गरून्। प्रत्येक स्वास्नी-मान्छेको आफ्नो लोग्ने होस् अनि प्रत्येक लोग्ने मान्छेको पनि आफ्नी स्वास्नी होस्। |
|
१ कोरिन्थी १०:१३ |
तिमीहरूका जीवनमा आइपर्ने सबै जाँचहरू मानिसलाई आउने किसिमकै हुन्छ। परमेश्वर विश्वासी हुनुहुन्छ अनि सहनै नसक्ने गरी तिमीहरूको जाँच हुन दिनुहुन्न। उहाँले जाँचबाट पार हुने बाटो पनि बनाइदिनुहुन्छ र जाँच हुँदा तिमीहरूले त्यसलाई सहन सक्छौ। |
|
१ यूहन्ना १:९ |
तर हामीले आफ्ना पाप परमेश्वरको सामु मानिलियौं भने उहाँले हाम्रो पाप मेटिदिनुहुनेछ र सबै नराम्रा कुराबाट शुद्ध गर्नुहुनेछ किनभने उहाँ विश्वासयोग्य र न्यायी हुनुहुन्छ। |
|
कलस्सी ३:५ |
संसारमा तिमीहरू आफ्ना शरीरका इच्छालाई मार, जस्तै: व्यभिचारको इच्छा, अशुद्ध कुरा, छाडा इच्छा, नराम्रा विचार, लोभ आदि हुन्। |
|
एफिसी 5:3 |
ख्रीष्टका पवित्र जनहरू भएकोले तिमीहरूको माझमा व्यभिचार, लोभ, लालच र सबै किसिमका अशुद्ध कुराको नाउँ पनि उठ्नुहुँदैन। |
|
हिब्रू १३:४ |
विवाहको इज्जत सबैले राख्नुपर्छ। लोग्ने-स्वास्नी एक-अर्काप्रति विश्वासयोग्य रहून् किनभने छाडा र अर्काको लोग्ने वा स्वास्नीसँग बिग्रनेहरूलाई परमेश्वरले सजाय दिनुहुनेछ। |
|
न्यायकर्ता १:७ |
अदोनी-बेजेकले भन्यो, “हात र खुट्टाका बुढी-औँलाहरू काटिएका सत्तरी जना राजाहरू मेरा टेबिलमुनि खानाका टुक्रा-टाक्री टिपी खान्थे। मैले तिनीहरूलाई जसो गरेको थिएँ, परमेश्वरले मसँग त्यसै गर्नुभएको छ।” उसलाई यरूशलेम लगे र त्यहाँ ऊ मर्यो। |
|
मत्ती ५:३२ |
तर म भन्छु, व्यभिचारको दोषबिना स्वास्नी त्याग्नेले उसलाई व्यभिचार गर्न लगाउँछ र यसरी त्यागेकीलाई विवाह गर्नेले पनि व्यभिचार गर्छ। |
|
मत्ती १९:९ |
हेर, म तिमीहरूलाई भन्छु, व्यभिचारको दोषबाहेक पत्नीलाई त्यागेर अर्कीलाई बिहे गर्ने पुरुषले व्यभिचार नै गर्छ।” |
|
प्रकाश २१:८ |
तर कातरहरू, धोखाबाज गर्नेहरू, घिनलाग्दा काम गर्नेहरू, ज्यानमाराहरू, व्यभिचार गर्नेहरू, टुनामुना गर्नेहरू, मूर्ति पूज्नेहरू र सबै झूट बोल्नेहरूको ठाउँचाहिँ आगो र गन्धकले जलिरहेको कुण्ड हो। त्यसमा पर्नुचाहिँ दोस्रो मृत्यु हो।” |
|
रोमी १२:१-२ |
[१] मेरा प्यारा दाजुभाइहरू, परमेश्वरको धेरै दया तिमीहरूमाथि भएको छ। त्यसैले आफ्नै शरीर पवित्र र परमेश्वरलाई मनपर्दो जिउँदो बलिदान बनाएर परमेश्वरको सेवा गर्न उहाँको सामु चढाओ भनेर म तिमीहरूलाई बिन्ती गर्दछु। तिमीहरूको आत्माले गर्नुपर्ने साँचो आराधना पनि यही नै हो।[२] तिमीहरूले संसारका मानिसहरूका देखासिकी गरेर उनीहरूजस्तै हुने इच्छा नराख, अब आफ्नो मनमा नयाँ भई परिवर्तन होओ। त्यसो भए मात्र तिमीहरूले परमेश्वरको इच्छा के रहेछ, पत्ता लाउन सक्छौ अनि कुन कुरो असल छ, कुन कुरोले परमेश्वरलाई खुसी तुल्याउँछ अनि कुनचाहिँ कुरा पक्का हो, त्यो तिमीहरूलाई छर्लङ्ग थाहा हुन्छ। |
|
जन ८:४१-४२ |
[४१] तिमीहरू जसका छोराहरू हौ, त्यस्तै काम गर्दै छौ।” तिनीहरूले भने, “हामीचाहिँ व्यभिचारबाट जन्मेका होइनौं। परमेश्वर नै हाम्रा एक मात्र पिता हुनुहुन्छ।”[४२] येशूले भन्नुभयो, “साँच्चै तिमीहरूका पिता परमेश्वर हुनुभएको भए तिमीहरूले मलाई प्रेम गर्नेथियौ किनभने म परमेश्वरको तर्फबाट आएको हुँ। म आफ्नै तर्फबाट आएको होइनँ, परमेश्वरले नै मलाई पठाउनुभएको हो। |
|
प्रस्थान २२:१६-१७ |
[१६] “यदि कसैले मगनी नभएकी कन्ये केटीलाई फकाएर बिगार्यो भने त्यसले दुलहीको दाम तिरेर त्यस केटीलाई विवाह गर्नुपर्नेछ।[१७] तर त्यस केटीका बुबाले विवाह गर्न दिएन भने त्यसले कन्ये केटीको लागि तिर्नुपर्ने दुलहीको दाम बुबा लाई दिनुपर्नेछ। |
|
१ थिस्सलोनिकी ४:३-४ |
[३] तिमीहरू पवित्र होओ भन्ने परमेश्वरको इच्छा छ, यसैले व्यभिचारबाट अलग्ग बस।[४] [4-5] तिमीहरू सबैले परमेश्वरलाई चिन्दै नचिन्ने अरू मानिसले गरेझैँ शरीरको नराम्रो तिर्सनामा होइन तर पवित्र भएर आफ्नी पत्नीसँग इज्जतसाथ जीवन बिताउन जान्नुपर्दछ। |
|
१ कोरिन्थी ६:९-२० |
[९] अन्याय गर्नेले स्वर्गको राज्यमा पस्ने हक पाउँदैन भन्ने के तिमीहरूलाई थाहा छैन? आफैंलाई धोखा नदेओ। छाडा काम गर्ने, मूर्ति पुज्ने, व्यभिचार गर्ने, पुरुषगामी,[१०] चोर्ने, लोभ गर्ने, मात्ने, निन्दा गर्ने र लुट्नेहरूले स्वर्गको राज्यमा पस्ने हक पाउँदैन।[११] तिमीहरू कति जना एक समय यस्तै थियौ। तर तिमीहरू पापबाट चोखियौ। परमेश्वरले तिमीहरूलाई पवित्र पार्नुभयो। प्रभु येशू ख्रीष्ट र हाम्रा परमेश्वरका आत्माद्वारा तिमीहरू परमेश्वरको अघि अब ठीक भएका छौ।[१२] कसैले भन्ला, “मैले जे गरे पनि हुन्छ।” तर सबै कुराले तिमीहरूको भलाइ गर्दैन। म पनि भन्न सक्थें, “मैले जे गर्दा पनि हुन्छ।” तर म कुनै कुराको कमारो बन्न चाहन्नँ।[१३] “खानेकुरो पेटको लागि हो, पेट खानेकुराको लागि हो,” कसैले भन्ला। ठीकै हो, तर परमेश्वरले यी दुवैलाई खारिज गर्नुहुनेछ। मानिसको शरीर व्यभिचारको लागि होइन, प्रभुको लागि हो अनि शरीरको लागि चाहिने कुरा प्रभुले नै बन्दोबस्त गर्नुहुन्छ।[१४] परमेश्वरले प्रभुलाई मरेकाबाट बिउँताउनुभयो अनि उहाँकै शक्तिले हामीलाई पनि बिउँताउनुहुनेछ।[१५] तिमीहरूका शरीर ख्रीष्टका अङ्गहरू हुन् भनी के तिमीहरूलाई थाहा छैन। त्यसो भए के म ख्रीष्टको अङ्गलाई लगेर वेश्याको अङ्ग बनाऊँ? यो हुनै नसक्ने कुरो हो।[१६] वेश्याकहाँ जाने वेश्यासँग एउटै शरीर हुन्छ भन्ने के तिमीहरूलाई थाहा छैन? धर्मशास्त्रले सफासँग भन्छ,’ “दुई जना मिलेर एउटै शरीर हुनेछ,”[१७] तर ख्रीष्टसँग मिल्नेचाहिँ उहाँसँग आत्मामा एउटै हुनेछ।[१८] व्यभिचारलाई त्याग। अरू पाप मानिसले आफ्नो शरीरदेखि बाहिर गर्दछ, तर व्यभिचार गर्नेले आफ्नै शरीरको विरुद्ध पाप गर्दछ।[१९] के तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो भनी तिमीहरूलाई थाहा छैन? परमेश्वरले दिनुभएको पवित्र आत्मा नै तिमीहरूको शरीरभित्र बस्नुहुन्छ। त्यसो हुँदा तिमीहरू आफैं पनि आफ्ना होइनौ।[२०] तिमीहरूलाई परमेश्वरले मोल तिरेर किन्नुभएको हो। यसकारण तिमीहरूले आफ्नो शरीरले परमेश्वरको आदर गर। |
|
गलाती ५:१९-२१ |
[१९] शारीरिक स्वभावका कामहरू यिनै हुन्— व्यभिचार गर्नु, अशुद्ध सोच-विचार गर्नु, छाडा हुनु,[२०] मूर्ति पुज्नु, जादू-टुना गर्नु, दुश्मनी गर्नु, झगडा गर्नु, ईर्ष्या गर्नु, रिस गर्नु, आफ्नो मात्रै भलो खोज्नु, फाटो ल्याउनु, गुटबन्दी गर्नु,[२१] डाहा गर्नु, मात्नु, मोज-मज्जा गर्नु र यस्तै-यस्तै अरू काम गर्नु। त्यस्ता कामहरू गर्ने परमेश्वरको राज्यका हकदार हुन पाउनेछैनन् भनी मैले पहिले पनि चेतावनी दिएँ र अहिले पनि दिंदै छु। |
|
मार्क ७:२०-२३ |
[२०] येशूले अझै भन्नुभयो, “मनभित्रबाट बाहिर निस्कने कुराले पो मानिसलाई अशुद्ध पार्दछ[२१] किनभने सबै किसिमका खराब विचारहरू मनभित्रैबाट निस्केर आउँछन् र उसलाई खराब कामतिर लैजान्छन्, जस्तै: व्यभिचार गर्ने, चोर्ने, मान्छे मार्ने, वेश्यागमन गर्ने,[२२] लोभ गर्ने, दुष्ट काम गर्ने, ठग्ने, छाडा हुने, डाह गर्ने, निन्दा गर्ने, घमण्डी हुने र मूर्ख काम गर्ने।[२३] यी सबै खराब कुराहरू मानिसको मनबाट नै निस्कन्छन् र यही कुराहरूले नै उसलाई अशुद्ध पार्छन्।” |
|
Nepali Bible 2008 |
नेपाल बाइबल सोसाइटी 2008 |