मत्ती १९:९ |
हेर, म तिमीहरूलाई भन्छु, व्यभिचारको दोषबाहेक पत्नीलाई त्यागेर अर्कीलाई बिहे गर्ने पुरुषले व्यभिचार नै गर्छ।” |
|
मत्ती ५:३२ |
तर म भन्छु, व्यभिचारको दोषबिना स्वास्नी त्याग्नेले उसलाई व्यभिचार गर्न लगाउँछ र यसरी त्यागेकीलाई विवाह गर्नेले पनि व्यभिचार गर्छ। |
|
लूका १६:१८ |
आफ्नी पत्नीलाई त्यागेर अर्कीलाई विवाह गर्ने लोग्ने मानिसले व्यभिचार गर्छ अनि अर्काले त्यागेकीलाई विवाह गर्नेले पनि व्यभिचार गर्छ।” |
|
१ कोरिन्थी ७:१०-११ |
[१०] बिहे गर्नेहरूलाई मेरो आज्ञा छ, मेरै आफ्नै त होइन, प्रभुको हो। स्वास्नीले लोग्नेलाई नछोडोस्[११] अनि लोग्नेले स्वास्नीलाई पनि नत्यागोस्। स्वास्नीले छोडिहालिछ भने कि ता बिहे नगरी त्यसै बसोस् कि फेरि आफ्नो लोग्नेसँग मिलेर बसोस्। |
|
मत्ती ५:३१-३२ |
[३१] “ ‘स्वास्नी त्याग्नेले त्यागपत्र लेखेर त्यागोस्’ भनिएको छ।[३२] तर म भन्छु, व्यभिचारको दोषबिना स्वास्नी त्याग्नेले उसलाई व्यभिचार गर्न लगाउँछ र यसरी त्यागेकीलाई विवाह गर्नेले पनि व्यभिचार गर्छ। |
|
मत्ती १९:३-९ |
[३] अनि केही फरिसीहरूले उहाँकहाँ आएर उहाँलाई कुरैकुरामा फसाउन सोधे, “कसैले कुनै कारणले आफ्नी पत्नी त्याग्नुहुन्छ कि हुँदैन?”[४] येशूले जवाफ दिँदै भन्नुभयो, “के तिमीहरूले धर्मशास्त्रमा पढेका छैनौ? सुरुमा सृष्टिकर्ताले मानिसलाई पुरुष र स्त्री गरी बनाउनुभयो।[५] ‘त्यसकारण पुरुषले आफ्ना आमा-बुबालाई छोडेर आफ्नी पत्नीसँगै बस्छ र ती दुई मिलेर एउटै हुन्छन्।’[६] त्यसैले अब तिनीहरू दुई होइनन्, तर एउटै हुन् अनि परमेश्वरले जोडेकाहरूलाई मानिसले छुट्ट्याउनुहुँदैन।”[७] फरिसीहरूले उहाँलाई सोधे, “त्यसो भए किन मोशाले पत्नी त्याग्नेलाई त्यागपत्र लेखेर त्याग्नू भनेको त?”[८] येशूले जवाफ दिनुभयो, “मोशाले तिमीहरूको अट्टेरी मनको कारण पत्नी त्याग्न सकिन्छ भनेका हुन्। तर सुरुमा त त्यस्तो थिएन।[९] हेर, म तिमीहरूलाई भन्छु, व्यभिचारको दोषबाहेक पत्नीलाई त्यागेर अर्कीलाई बिहे गर्ने पुरुषले व्यभिचार नै गर्छ।” |
|
मार्क १०:२-१२ |
[२] फरिसीहरू आएर येशूलाई कुरामा फसाउन खोजे। तिनीहरूले उहाँलाई सोधे, “भन्नुहोस् त, लोग्नेले आफ्नी स्वास्नीलाई त्याग्नुहुन्छ कि हुँदैन?”[३] येशूले तिनीहरूलाई सोध्नुभयो, “मोशाले के आज्ञा दिएका छन्?”[४] तिनीहरूले भने, “मोशाले त त्यागपत्र लेखेर आफ्नी स्वास्नीलाई त्यागे पनि हुन्छ भनेका छन्।”[५] येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूको अट्टेरी मनको कारण उनले यो आज्ञा दिएका हुन्।[६] तर सृष्टिको सुरुमा परमेश्वरले मानिस जातिलाई पुरुष र स्त्री गरी बनाउनुभएको हो।[७] ‘यसैकारण लोग्ने मानिसले आफ्ना आमा-बुबालाई छोडेर आफ्नी स्वास्नीसँगै बस्छ।[८] अनि ती दुई जना एउटै हुन्छन्’। अब त तिनीहरू दुई होइनन्, तर एउटै हुन्।[९] अनि परमेश्वरले जोडेकाहरूलाई मानिसले छुट्ट्याउनुहुँदैन।”[१०] उहाँहरू घर फर्केपछि चेलाहरूले येशूलाई यस कुराको बारेमा सोधे।[११] उहाँले तिनीहरूलाई भन्नुभयो, “आफ्नी स्वास्नीलाई त्यागेर अर्कीलाई बिहे गर्ने लोग्ने मानिसले पहिलो स्वास्नीको विरुद्धमा व्यभिचार गर्छ।[१२] त्यसै गरी आफ्नो लोग्नेलाई त्यागेर अर्कोसित बिहे गर्ने स्वास्नी मानिसले पनि व्यभिचार नै गर्छे।” |
|
१ कोरिन्थी ७:१०-१६ |
[१०] बिहे गर्नेहरूलाई मेरो आज्ञा छ, मेरै आफ्नै त होइन, प्रभुको हो। स्वास्नीले लोग्नेलाई नछोडोस्[११] अनि लोग्नेले स्वास्नीलाई पनि नत्यागोस्। स्वास्नीले छोडिहालिछ भने कि ता बिहे नगरी त्यसै बसोस् कि फेरि आफ्नो लोग्नेसँग मिलेर बसोस्।[१२] अरूहरूलाई प्रभुबाट होइन, म आफैं भन्दछु, ख्रीष्टिय भाइको येशूमा विश्वास नगर्ने स्वास्नी छ र ऊसँगै बस्न चाहन्छे भने उसलाई नत्याग्नू।[१३] त्यस्तै कुनै ख्रीष्टिय बहिनीको येशूमा विश्वास नगर्ने लोग्ने छ र ऊसँगै बस्न राजी छ भने उसलाई नछोड्नू[१४] किनभने विश्वास नगर्ने लोग्ने विश्वास गर्ने स्वास्नीद्वारा पवित्र ठानिन्छ र विश्वास नगर्ने स्वास्नीचाहिँ विश्वास गर्ने लोग्नेद्वारा पवित्र ठानिन्छे। यदि त्यसो नभए तिनीहरूका छोरा-छोरीहरू अशुद्ध हुनेथिए। तर तिनीहरू त पवित्र भएका छन्।[१५] तर विश्वास नगर्नेले आफ्नो ख्रीष्टिय लोग्ने वा स्वास्नीलाई छोड्न चाहन्छ भने छोड्न देओ। त्यस बेलाचाहिँ विश्वास गर्ने भाइ वा बहिनी स्वतन्त्र हुन्छ। परमेश्वरले तिमीहरूलाई त शान्तिको लागि छान्नुभएको हो।[१६] के विश्वास गर्ने स्वास्नीले लोग्नेलाई वा त्यस्तै विश्वास गर्ने लोग्नेले स्वास्नीलाई बचाउन सक्छ भनी तिमीहरूलाई थाहा छैन? |
|
मत्ती 19:3-12 |
[3] अनि केही फरिसीहरूले उहाँकहाँ आएर उहाँलाई कुरैकुरामा फसाउन सोधे, “कसैले कुनै कारणले आफ्नी पत्नी त्याग्नुहुन्छ कि हुँदैन?”[4] येशूले जवाफ दिँदै भन्नुभयो, “के तिमीहरूले धर्मशास्त्रमा पढेका छैनौ? सुरुमा सृष्टिकर्ताले मानिसलाई पुरुष र स्त्री गरी बनाउनुभयो।[5] ‘त्यसकारण पुरुषले आफ्ना आमा-बुबालाई छोडेर आफ्नी पत्नीसँगै बस्छ र ती दुई मिलेर एउटै हुन्छन्।’[6] त्यसैले अब तिनीहरू दुई होइनन्, तर एउटै हुन् अनि परमेश्वरले जोडेकाहरूलाई मानिसले छुट्ट्याउनुहुँदैन।”[7] फरिसीहरूले उहाँलाई सोधे, “त्यसो भए किन मोशाले पत्नी त्याग्नेलाई त्यागपत्र लेखेर त्याग्नू भनेको त?”[8] येशूले जवाफ दिनुभयो, “मोशाले तिमीहरूको अट्टेरी मनको कारण पत्नी त्याग्न सकिन्छ भनेका हुन्। तर सुरुमा त त्यस्तो थिएन।[9] हेर, म तिमीहरूलाई भन्छु, व्यभिचारको दोषबाहेक पत्नीलाई त्यागेर अर्कीलाई बिहे गर्ने पुरुषले व्यभिचार नै गर्छ।”[10] उहाँका चेलाहरूले भने, “पति-पत्नीको सम्बन्ध यस्तै हुने रहेछ भने त बिहे नै नगर्नु राम्रो।”[11] येशूले भन्नुभयो, “मैले भन्न लागेको यो कुरा तिनीहरूले मात्र लिन सक्छन्, जसलाई परमेश्वरले दिनुहुन्छ।[12] बिहे नगर्ने बेग्लाबेग्लै कारणहरू हुन्छन् किनभने कति त जन्मैदेखि नपुंसक हुन्छन्, कसैलाई अरू मानिसले नपुंसक बनाइदिएका हुन्छन् अनि कतिचाहिँ परमेश्वरको राज्यको लागि बिहे नगर्ने पनि हुन्छन्। अब मान्न सक्नेले चाहिँ यो कुरा मानोस्।” |
|
मार्क 10:12 |
त्यसै गरी आफ्नो लोग्नेलाई त्यागेर अर्कोसित बिहे गर्ने स्वास्नी मानिसले पनि व्यभिचार नै गर्छे।” |
|
व्यवस्था 24:1-4 |
[1] “एउटा मानिसले एउटी स्त्रीलाई विवाह गर्छ तर पछिबाट उसलाई मन नपर्ने कुरा त्यसमा पाएर त्यसलाई राख्न चाहन्न भनी निश्चय गर्छ भने छुटानामको कागजपत्र लेखी त्यसलाई दिएर आफ्नो घरबाट निकाली पठाउला।[2] त्यसपछि त्यस स्त्रीले अर्को मानिससित विवाह गर्छे।[3] तर यदि त्यसले पनि म यसलाई चाहन्नँ भनी निश्चय गरेर छुटनामको कागजपत्र लेखी त्यसलाई दिएर आफ्नो घरबाट निकालिदियो भने कि त त्यो दोस्रो लोग्ने आफैं मर्यो भने[4] पनि त्यसको पहिलो लोग्नेले त्यसलाई फेरि विवाह नगरोस् र त्यसलाई कलङ्क लागेको भनिठानोस्। उसले त्यसलाई फेरि विवाह गर्यो भने त्यो परमप्रभुको अघि घिनलाग्दो कुरो हुनेछ। यस्तो डरलाग्दो पाप परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूलाई दिन लाग्नुभएको देशमा तिमीहरूले नगर्नू। |
|
मलाकी 2:16 |
“स्वास्नी त्याग्ने कामलाई म घृणा गर्दछु,” इस्राएलका परमेश्वर परमप्रभु भन्नुहुन्छ, “जब तिमीहरूमध्ये कसैले यस्ता निर्दयी काम आफ्नी स्वास्नीप्रति गर्दछ, म त्यो घृणा गर्दछु। सचेत रहो कि तिमीहरूले आफ्ना स्वास्नीसित विश्वासयोग्य रहनेछौं भनी गरेको प्रतिज्ञा भङ्ग नहोस्।” |
|
१ कोरिन्थी 7:39 |
लोग्ने बाँचुञ्जेल स्वास्नीचाहिँ लोग्नेमा बाँधिएकी हुन्छे; तर लोग्ने मर्यो भने उसले कसैसँग फेरि बिहे गर्न सक्छे। तर योचाहिँ ख्रीष्टियान बिहे हुनुपर्छ। |
|
रोमी ७:२-५ |
[२] कुनै पनि विवाह गरेकी स्वास्नी मान्छे आफ्नो लोग्ने बाचुञ्जेल यहूदी नियमअनुसार उसैकी हुन्छे। तर लोग्ने मर्यो भने उसलाई त्यो नियमले बाँध्दैन।[३] तर यदि आफ्नो लोग्ने हुँदाहुँदै अर्कोसँग गई भने उसले व्यभिचारको पाप गर्नेछ। तर लोग्ने मरेपछि भने ऊ त्यस व्यवस्थादेखि फुक्का हुन्छे र अर्कासँग विवाह गर्दा पनि उसलाई पापको दोष लाग्दैन।[४] तिमीहरू ख्रीष्टको शरीरसँगै व्यवस्थाको निम्ति मर। त्यसै गरी मेरा दाजुभाइहरू, तिमीहरू पनि उहाँसँगै जिएकोले नयाँ जीवनमा हुन्छौ। अब तिमीहरू पनि अर्का मानिससँग विवाह गरेझैँ मरेकोबाट बिउँतनुभएको ख्रीष्टसँगै मिल्न सक्छौ। यसैकारण हामी परमेश्वरको लागि फल फलाउन सक्छौं।[५] हामी एक समय हाम्रो शारीरिक स्वभावको अधीनमा थियौं। त्यस बेला व्यवस्थाले हाम्रा इच्छालाई उकुसमुकुस पारेर पाप बढाउँदथ्यो अनि हामीमा मृत्यु ल्याउने फल फलाउँथ्यो। |
|
हिब्रू १३:४ |
विवाहको इज्जत सबैले राख्नुपर्छ। लोग्ने-स्वास्नी एक-अर्काप्रति विश्वासयोग्य रहून् किनभने छाडा र अर्काको लोग्ने वा स्वास्नीसँग बिग्रनेहरूलाई परमेश्वरले सजाय दिनुहुनेछ। |
|
व्यवस्था २४:१ |
“एउटा मानिसले एउटी स्त्रीलाई विवाह गर्छ तर पछिबाट उसलाई मन नपर्ने कुरा त्यसमा पाएर त्यसलाई राख्न चाहन्न भनी निश्चय गर्छ भने छुटानामको कागजपत्र लेखी त्यसलाई दिएर आफ्नो घरबाट निकाली पठाउला। |
|
मत्ती 19:4-6 |
[4] येशूले जवाफ दिँदै भन्नुभयो, “के तिमीहरूले धर्मशास्त्रमा पढेका छैनौ? सुरुमा सृष्टिकर्ताले मानिसलाई पुरुष र स्त्री गरी बनाउनुभयो।[5] ‘त्यसकारण पुरुषले आफ्ना आमा-बुबालाई छोडेर आफ्नी पत्नीसँगै बस्छ र ती दुई मिलेर एउटै हुन्छन्।’[6] त्यसैले अब तिनीहरू दुई होइनन्, तर एउटै हुन् अनि परमेश्वरले जोडेकाहरूलाई मानिसले छुट्ट्याउनुहुँदैन।” |
|
मत्ती 18:15-17 |
[15] “यदि तिम्रो भाइले तिम्रो विरुद्धमा पाप गरेको छ भने उसलाई एक्लै गएर सम्झाऊ। उसले तिम्रो कुरा सुन्यो भने तिमीले उसलाई आफूपट्टि फर्काएको हुनेछौ।[16] तर उसले तिम्रो कुरा सुनेन भने अरू एक-दुई जना सँगै गएर उसलाई सम्झाऊ किनभने धर्मशास्त्रले भनेजस्तो सबै झैं-झगडाहरूको फैसला गर्नलाई दुई वा तीन जना साक्षी बोलाउनुपर्छ।[17] त्यति हुँदाहुँदै पनि उसले कुरा सुनेन भने मण्डलीमा गएर तिमीले पूरै कुरा खोलिदेओ अनि तिनीहरूको कुरा पनि उसले सुनेन भने उसलाई ईश्वर नमान्ने र कर उठाउनेलाई जस्तै गरी त्यागिदिनू। |
|
मलाकी 2:14-16 |
[14] उहाँले ती किन ग्रहण गर्नुहुन्न भनी तिमीहरू सोध्दछौ किनभने उहाँले जान्नुहुन्छ कि तैँले आफ्नो जवानीमा विवाह गरेको स्वास्नीलाई दिएको प्रतिज्ञा तोडेको छस्। ऊ तेरो जीवनसाथी हो तर तैँले ऊसित गरेको प्रतिज्ञा तोडेको छस्, यद्यपि तैँले परमेश्वरको अघि आफ्नो स्वास्नीसित विश्वासयोग्य रहने प्रतिज्ञा गरेको थिइस्।[15] के परमेश्वरले आफ्नो स्वास्नीसित एउटै शरीर र आत्मा गरी बनाउनुभएको होइन? त्यसरी बनाउनुमा उहाँको के उद्देश्य थियो त? किनभने तिमीहरूका बालबच्चाहरू परमेश्वरका साँचो सन्तानहरू भएका उहाँले चाहनुहुन्थ्यो। यसकारण सचेत रहो कि तिमीहरूमध्ये कसैले आफ्नी स्वास्नीलाई दिएको प्रतिज्ञा नतोडोस्।[16] “स्वास्नी त्याग्ने कामलाई म घृणा गर्दछु,” इस्राएलका परमेश्वर परमप्रभु भन्नुहुन्छ, “जब तिमीहरूमध्ये कसैले यस्ता निर्दयी काम आफ्नी स्वास्नीप्रति गर्दछ, म त्यो घृणा गर्दछु। सचेत रहो कि तिमीहरूले आफ्ना स्वास्नीसित विश्वासयोग्य रहनेछौं भनी गरेको प्रतिज्ञा भङ्ग नहोस्।” |
|
एफिसी 5:22-23 |
[22] स्वास्नीहरू हो, प्रभुका अधीनमा भएझैँ तिमीहरू आ-आफ्ना लोग्नेका अधीनमा बस[23] किनभने मण्डली ख्रीष्टको शरीर र ख्रीष्टचाहिँ मण्डलीलाई मुक्ति दिने शिर हुनुभएझैँ स्वास्नीको शिरचाहिँ लोग्ने हो। |
|
१ तिमोथी ५:८ |
कोहीकोहीले त आफ्ना नातेदारहरू र खास गरेर आफ्नै परिवारको पनि हेरविचार गर्दैनन्। त्यस्ताले त विश्वास गर्नसमेत छोडेका हुन्छन्। तिनीहरू विश्वास नगर्नेभन्दा पनि खराब हुन्छन्। |
|
१ कोरिन्थी ७:१७-२४ |
[१७] परमेश्वरले नै तिमीहरूलाई छान्नुभएको हो अनि वरदान पनि उहाँले नै दिनुभएको हो। तिमीहरू हरेकले त्यसैअनुसार जिउनुपर्छ। मैले सबै मण्डलीलाई सिकाएको शिक्षा पनि यही हो।[१८] शरीरमा खतना लाउने मानिस छानिएको छ भने उसले त्यस चिन्हलाई मेट्ने कोसिस नगरोस्। खतना नभएको मानिसलाई परमेश्वरले बोलाउनुभएको भए उसले पनि खतना लाउने कोसिस नगरोस्[१९] किनभने खतना हुनु र नहुनुमा केही फरक छैन। परमेश्वरको आज्ञा मान्नु मुख्य कुरा हो।[२०] जस्तो अवस्थामा परमेश्वरले बोलाउनुभएको छ, त्यस्तै अवस्थामा ऊ होस्।[२१] परमेश्वरले बोलाउनुहुँदा तिमी कमारा थियौ भने धन्दा नमान, तर यदि तिमीलाई स्वतन्त्र हुने मौका मिल्छ भने स्वतन्त्र होओ[२२] किनभने कमाराचाहिँ प्रभुको स्वतन्त्र मानिस हुन छानियो र त्यसै गरी स्वतन्त्र मानिसचाहिँ ख्रीष्टको कमारो हुन रोजियो।[२३] परमेश्वरले तिमीहरूलाई मोल हालेर किन्नुभएको हो। यसकारण मानिसको कमारो नहोओ।[२४] त्यसकारण भाइहरू, जस्तो अवस्थामा परमेश्वरले तिमीहरूलाई छान्नुभएको छ, त्यस्तै अवस्थामा परमेश्वरसँग बस। |
|
मत्ती 23:23 |
“ए धर्म-गुरु र फरिसीहरू हो! तिमीहरूलाई धिक्कार! तिमीहरू कत्ति कपटी छौ। तिमीहरू बाबरी, सुप र जीराको उब्जनीबाट दश भागको एक भाग परमेश्वरलाई चढाउँछौ। तर न्याय, दया र विश्वासजस्ता व्यवस्थाका मुख्य कुराहरूको चाहिँ तिमीहरू वास्तै गर्दैनौ। ती अरू कुराको साथसाथै न्याय, दया र विश्वास पनि गर्ने गर। |
|
रोमी 7:1-3 |
[1] दाजुभाइहरू हो, म यो कुरा व्यवस्था जान्नेहरूलाई भन्दै छु। बाचुञ्जेल मात्र मानिसमा नियम लागु हुन्छ। यो कुरो तिमीहरूलाई थाहा छैन र?[2] कुनै पनि विवाह गरेकी स्वास्नी मान्छे आफ्नो लोग्ने बाचुञ्जेल यहूदी नियमअनुसार उसैकी हुन्छे। तर लोग्ने मर्यो भने उसलाई त्यो नियमले बाँध्दैन।[3] तर यदि आफ्नो लोग्ने हुँदाहुँदै अर्कोसँग गई भने उसले व्यभिचारको पाप गर्नेछ। तर लोग्ने मरेपछि भने ऊ त्यस व्यवस्थादेखि फुक्का हुन्छे र अर्कासँग विवाह गर्दा पनि उसलाई पापको दोष लाग्दैन। |
|
लूका ६:३० |
माग्नेहरूलाई देओ, लानेहरूसँग फिर्ता नमाग। |
|
मत्ती १९:६-१२ |
[६] त्यसैले अब तिनीहरू दुई होइनन्, तर एउटै हुन् अनि परमेश्वरले जोडेकाहरूलाई मानिसले छुट्ट्याउनुहुँदैन।”[७] फरिसीहरूले उहाँलाई सोधे, “त्यसो भए किन मोशाले पत्नी त्याग्नेलाई त्यागपत्र लेखेर त्याग्नू भनेको त?”[८] येशूले जवाफ दिनुभयो, “मोशाले तिमीहरूको अट्टेरी मनको कारण पत्नी त्याग्न सकिन्छ भनेका हुन्। तर सुरुमा त त्यस्तो थिएन।[९] हेर, म तिमीहरूलाई भन्छु, व्यभिचारको दोषबाहेक पत्नीलाई त्यागेर अर्कीलाई बिहे गर्ने पुरुषले व्यभिचार नै गर्छ।”[१०] उहाँका चेलाहरूले भने, “पति-पत्नीको सम्बन्ध यस्तै हुने रहेछ भने त बिहे नै नगर्नु राम्रो।”[११] येशूले भन्नुभयो, “मैले भन्न लागेको यो कुरा तिनीहरूले मात्र लिन सक्छन्, जसलाई परमेश्वरले दिनुहुन्छ।[१२] बिहे नगर्ने बेग्लाबेग्लै कारणहरू हुन्छन् किनभने कति त जन्मैदेखि नपुंसक हुन्छन्, कसैलाई अरू मानिसले नपुंसक बनाइदिएका हुन्छन् अनि कतिचाहिँ परमेश्वरको राज्यको लागि बिहे नगर्ने पनि हुन्छन्। अब मान्न सक्नेले चाहिँ यो कुरा मानोस्।” |
|
एफिसी 5:31 |
धर्मशास्त्रले भन्दछ, “यसैकारण मानिसले आफ्ना आमा-बुबालाई छोड्नेछ र स्वास्नीसँग मिल्नेछ अनि उनीहरू दुवै एउटै शरीर हुनेछन्।” |
|
यर्मिया ३:८ |
मलाई त्यागेर वेश्या बनेकी हुनाले मैले इस्राएललाई त्यागेर घरबाट धपाइदिएको देखेर पनि त्यसकी अविश्वासी बहिनी यहूदाले केही डर मानिन। |
|
प्रेरित 2:38 |
तब पत्रुसले भने, “तपाईंहरू सबैले आ-आफ्ना पापलाई मानिलिएर छोड्नुहोस् र पाप क्षमाको लागि येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लिनुहोस् र तपाईंहरूले परमेश्वरको वरदान पवित्र आत्मालाई पाउनुहुनेछ। |
|
रोमी 4:15 |
व्यवस्था नटेर्नेहरूमाथि परमेश्वरको रिस पोखिन्छ तर व्यवस्था नभएको भए त नटेर्ने कुरै आउने थिएन। |
|
१ कोरिन्थी ७:१४-१५ |
[१४] किनभने विश्वास नगर्ने लोग्ने विश्वास गर्ने स्वास्नीद्वारा पवित्र ठानिन्छ र विश्वास नगर्ने स्वास्नीचाहिँ विश्वास गर्ने लोग्नेद्वारा पवित्र ठानिन्छे। यदि त्यसो नभए तिनीहरूका छोरा-छोरीहरू अशुद्ध हुनेथिए। तर तिनीहरू त पवित्र भएका छन्।[१५] तर विश्वास नगर्नेले आफ्नो ख्रीष्टिय लोग्ने वा स्वास्नीलाई छोड्न चाहन्छ भने छोड्न देओ। त्यस बेलाचाहिँ विश्वास गर्ने भाइ वा बहिनी स्वतन्त्र हुन्छ। परमेश्वरले तिमीहरूलाई त शान्तिको लागि छान्नुभएको हो। |
|
मत्ती १९:१ |
येशूले यी कुराहरू भनिसक्नुभएपछि उहाँ गालीलबाट हिँडेर यहूदिया इलाकाको यर्दन नदीको पारि भएको भागमा जानुभयो। |
|
१ कोरिन्थी ७:८-९ |
[८] अब म बिहे नभएकाहरू र विधवाहरूलाई भन्दै छु। तिमीहरूले बिहे नगरीकन मजस्तै बस्नु राम्रो हो।[९] तर तिमीहरू मन थाम्न सक्दैनौ भने बिहे गर। तिर्सनाले जल्नुभन्दा बिहे गर्नु राम्रो हो। |
|
मलाकी २:१३-१६ |
[१३] अर्को कुरो तिमीहरू यसो पनि गर्छौ। तिमीहरूले चढाएका भेटीहरू उहाँले ग्रहण नगरेको हुनाले तिमीहरू रोई-कराई परमप्रभुको वेदी आँसुमा डुबाउँदछौ।[१४] उहाँले ती किन ग्रहण गर्नुहुन्न भनी तिमीहरू सोध्दछौ किनभने उहाँले जान्नुहुन्छ कि तैँले आफ्नो जवानीमा विवाह गरेको स्वास्नीलाई दिएको प्रतिज्ञा तोडेको छस्। ऊ तेरो जीवनसाथी हो तर तैँले ऊसित गरेको प्रतिज्ञा तोडेको छस्, यद्यपि तैँले परमेश्वरको अघि आफ्नो स्वास्नीसित विश्वासयोग्य रहने प्रतिज्ञा गरेको थिइस्।[१५] के परमेश्वरले आफ्नो स्वास्नीसित एउटै शरीर र आत्मा गरी बनाउनुभएको होइन? त्यसरी बनाउनुमा उहाँको के उद्देश्य थियो त? किनभने तिमीहरूका बालबच्चाहरू परमेश्वरका साँचो सन्तानहरू भएका उहाँले चाहनुहुन्थ्यो। यसकारण सचेत रहो कि तिमीहरूमध्ये कसैले आफ्नी स्वास्नीलाई दिएको प्रतिज्ञा नतोडोस्।[१६] “स्वास्नी त्याग्ने कामलाई म घृणा गर्दछु,” इस्राएलका परमेश्वर परमप्रभु भन्नुहुन्छ, “जब तिमीहरूमध्ये कसैले यस्ता निर्दयी काम आफ्नी स्वास्नीप्रति गर्दछ, म त्यो घृणा गर्दछु। सचेत रहो कि तिमीहरूले आफ्ना स्वास्नीसित विश्वासयोग्य रहनेछौं भनी गरेको प्रतिज्ञा भङ्ग नहोस्।” |
|
रोमी ७:२ |
कुनै पनि विवाह गरेकी स्वास्नी मान्छे आफ्नो लोग्ने बाचुञ्जेल यहूदी नियमअनुसार उसैकी हुन्छे। तर लोग्ने मर्यो भने उसलाई त्यो नियमले बाँध्दैन। |
|
मत्ती ९:१३ |
तिमीहरू धर्मशास्त्रमा लेखिएको यो कुराको अर्थ बुझ्न खोज— ‘पशुबलि होइन, तिमीहरूले दया गरेको पो म चाहन्छु।’ म त धर्मीलाई होइन, तर पापीहरूलाई पो बचाउन भनी आएको हुँ।” |
|
रोमी ७:३ |
तर यदि आफ्नो लोग्ने हुँदाहुँदै अर्कोसँग गई भने उसले व्यभिचारको पाप गर्नेछ। तर लोग्ने मरेपछि भने ऊ त्यस व्यवस्थादेखि फुक्का हुन्छे र अर्कासँग विवाह गर्दा पनि उसलाई पापको दोष लाग्दैन। |
|
१ कोरिन्थी ७:२७-२८ |
[२७] बिहे गरेर बाँधिएका छौ? त्यसो हो भने छुट्टिने कोसिस नगर। बिहे नै गरेका छैनौ भने विवाहको बन्धनमा पर्न नखोज।[२८] तिमीहरूले बिहे गर्यौ भने पनि पाप त लाग्दैन। त्यसै गरी बिहे नगरेका स्त्रीलाई पनि बिहे गर्दा पाप लाग्दैन। तर बिहे गर्नेहरूलाई यस संसारमा झन्झट हुन्छ अनि तिमीहरूलाई त्यसबाट जोगाउन चाहन्छु। |
|
उत्पत्ति २:१८-२४ |
[१८] तब परमप्रभु परमेश्वरले भन्नुभयो, “मानिस एक्लै बस्न असल छैन। त्यसको लागि म एउटा सुहाउने सहयोगी बनाइदिनेछु।”[१९] उहाँले जमिनबाट केही माटो लिनुभयो र सबै पशु र चरा-चुरुङ्गीहरू बनाउनुभयो। तब तिनीहरूलाई के-के नाम दिने रहेछ भनी हेर्नलाई उहाँले तिनीहरूलाई मानिसकहाँ ल्याउनुभयो। त्यसरी तिनीहरूले आ-आफ्ना नाम पाए।[२०] त्यसरी मानिसले सबै चरा-चुरुङ्गी र पशुहरूलाई नाम दियो तर तीमध्ये कुनै पनि उसलाई सुहाउने र सहायता दिने साथी भएन।[२१] तर परमप्रभु परमेश्वरले मानिसलाई गहिरो निद्रामा पार्नुभयो र त्यसरी सुतेको बेलामा उहाँले उसको एउटा करङ निकाल्नुभयो र त्यसमा मासु भरिदिनुभयो।[२२] त्यस करङबाट उहाँले एउटी नारी बनाउनुभयो र उसकहाँ ल्याउनुभयो।[२३] तब मानिसले भन्यो: “अन्तमा, यो त मजस्तै रहेछ। मेरो हाडबाट लिएको हाड र मेरो मासुबाट लिएको मासु, यिनलाई ‘स्त्री’ भनिनेछ किनभने यिनी पुरुषबाट निकालिएकी थिइन्।”[२४] त्यसैकारण मानिसले आफ्ना बुबाआमा छोड्छ र आफ्नी पत्नीसँग मिलिरहन्छ र ती दुई एउटै शरिर हुन्छन्। |
|
Nepali Bible 2008 |
नेपाल बाइबल सोसाइटी 2008 |