A A A A A

पाप: [चोरी]


१ कोरिन्थी 6:10
चोर्ने, लोभ गर्ने, मात्‍ने, निन्‍दा गर्ने र लुट्‍नेहरूले स्‍वर्गको राज्‍यमा पस्‍ने हक पाउँदैन।

१ तिमोथी 6:10
किनभने सब किसिमको खराबीको मूल नै धनसम्‍पत्तिको माया हो। कति मानिसले त धन कमाउने लोभमा लागेर विश्‍वास गर्न छोडिदिएका छन्। अनि दु:खले तिनीहरूको मन नै छियाछिया भएको छ।

एफिसी 4:28
चोर्नेले चोर्ने काम छोडोस् र इमानदारिसँग आफ्‍नै हातले कमाओस्। त्‍यसपछि खाँचोमा पर्नेलाई पनि केही दिन सकोस्।

प्रस्थान २०:१५
“तिमीहरूले चोरी नगर्नू।

प्रस्थान २२:७
“नासो राखिदिएको रकम-पैसा वा कुनै बहुमूल्‍य सामान घरबाट चोरी भयो भने र चोर पक्राउ पर्‍यो भने चोरले दुई गुणा तिर्नुपर्नेछ।

होशे 4:2
तिनीहरू प्रतिज्ञा गर्छन् र तोड्छन्, तिनीहरू झूट बोल्‍छन्, हत्‍या, चोरी र व्‍यभिचार गर्छन्। अपराध बढ्छ, एकपछि अर्को गर्दै हत्‍या हुन्‍छ।

जन 10:10
चोर त चोर्न, मार्न र नाश गर्नलाई मात्र आउँछ। तर मचाहिँ तिनीहरूले जीवन पाऊन् र त्‍यो प्रशस्‍त मात्रामा पाऊन् भनेर आएको हुँ।

लेवी १९:११-१३
[११] “तिमीहरूले चोरी, ठगी वा झूटा बोली नगर्नू।[१२] मसँग गरेको प्रतिज्ञा पूरा गर्ने इच्‍छा छँदैछैन भने मेरा नाममा केही प्रतिज्ञा नगर्नू। नत्र त्‍यसले मेरो नामको अनादर हुनेछ। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।[१३] “कसैबाट फाइदा नउठाउनू वा कसैलाई नलुट्‍नू। कुनै ज्‍यामीको ज्‍याला एकै रात पनि नरोक्‍नू।

लूका 19:8
तर जखायसले प्रभुको अगाडि उभिएर भने, “सुन्‍नुहोस् हजुर, अब म आफ्‍नो धन-सम्‍पत्तिको आधा भाग गरीबहरूलाई बाँडिदिनेछु अनि कसैलाई करकापमा पारेर केही लिएको छु भने म त्‍यसको चार गुणा फिर्ता पनि गरिदिनेछु।”

मार्क १०:१९
परमेश्‍वरका धार्मिक आज्ञाहरू त तिमीलाई थाहै छ, मान्‍छे नमार्नू, व्‍यभिचार नगर्नू, नचोर्नू, झूटो साक्षी नदिनू, नठग्‍नू र आमा-बुबाको आदर गर्नू।”

मत्ती 19:18
तिनले सोधे, “कुन आज्ञाहरू भन्‍नुभएको?” येशूले भन्‍नुभयो, “यिनै त हुन्— मान्‍छे नमार्नू, व्‍यभिचार नगर्नू, नचोर्नू, झूटो साक्षी नदिनू।

हितोपदेश 10:2
बेइमानीले कमाएको धन काम लाग्‍दैन तर इमानदारीताले तिम्रो ज्‍यान बचाउँछ।

हितोपदेश 12:22
झूटो बोल्‍नेहरूलाई परमप्रभुले घृणा गर्नुहुन्‍छ तर आफ्‍ना वचन पूरा गर्नेसित उहाँ खुसी हुनुहुन्‍छ।

हितोपदेश २०:१७
बेइमानीसित कमाएको धन पहिले त स्‍वादिलो भोजनजस्‍तो मीठो हुन्‍छ तर पछि त्‍यो मुखमा बालुवासरह हुन्‍छ।

भजनमा 62:10
हिँसामाथि भरोसा नगर, चोरी गरेर केही नाफा पाउने आशा नगर, तिम्रा धन-सम्‍पत्ति बढे तापनि तिनमा भर नपर।

रोमी 13:7
तिर्नुपर्नेलाई तिर्नुपर्ने सबै कुरा तिरिदिनू, कर तिर्नुपर्नेलाई कर र भन्‍सार तिर्नुपर्नेलाई भन्‍सार तिरिदिनू। त्‍यसै गरी मान गर्नुपर्नेलाई मान गर।

रोमी 13:9
व्यवस्थाभित्र व्‍यभिचार नगर्नू, हत्‍या नगर्नू, चोरी नगर्नू, लोभ नगर्नू भन्‍ने आज्ञाहरू पर्दछन्। आफूलाई जस्‍तो माया गर्छौ, अरूलाई पनि त्‍यस्‍तै माया गर्नू भन्‍ने सबै व्यवस्था र आज्ञाको सार हो।

लेवी ६:२-४
[२] यदि कुनै मानिसले आफ्‍नो छिमेकीले आफूसँग धरौटी राखेको कुरा फर्काएन वा त्‍यसको केही कुरा चोर्‍यो वा ठग्‍यो[३] वा कुनै हराएको कुरा पाएर पनि मैले पाइनँ भनेर झूटो किरिया खाएर ढाँट्यो र त्‍यसरी परमप्रभुको विरुद्धमा पाप गर्‍यो भने त्‍यस मानिसले एउटा दोषबलि चढाउनुपर्नेछ।[४] [4-5] त्‍यस्‍तो कुनै पाप गरेपछि त्‍यस मानिसले आफूले बेइमानीसाथ ठगेको कुराको लागि फिर्ता दण्‍डस्‍वरूप दिनुपर्नेछ। त्‍यसको निम्‍ति दोषबलि चढाएको दिन त्‍यसले त्‍यो चीजको धनीलाई त्‍यसको पूरा दाम र त्‍यसमाथि अरू पाँचौँ भाग थपेर दिनुपर्नेछ।

प्रस्थान २२:१-४
[१] “यदि कसैले गाई वा भेडा चोरेर त्‍यसलाई मार्‍यो वा बेच्‍यो भने त्‍यसले एउटा गाईको सट्टामा पाँचवटा गाई र एउटा भेडाको सट्टामा चारवटा भेडा दिनुपर्नेछ।[२] [2-4] त्‍यसले जे चोरेको छ, त्‍यसको लागि दाम चुकाउनुपर्नेछ। त्‍योसित केही छैन भने त्‍यसलाई कमारो बनाई बेचेर त्‍यसले चोरेको दाम तिरिदिनू। त्‍यसले चोरेको पशु— गाई, गधा, भेडा जे होस्, जिउँदै त्‍योसँग पाइयो भने त्‍यसले दोब्‍बर तिर्नुपर्छ। “राती घर फोरिरहँदा चोर पक्राउ पर्‍यो र मारियो भने त्‍यसलाई मार्ने मानिसलाई ज्‍यानमारा गरेको दोष लाग्‍नेछैन। तर त्‍यो काम दिउँसो भयो भने मार्नेलाई ज्‍यानमाराको दोष लाग्‍नेछ।[३] ***[४] ***

Nepali Bible 2008
नेपाल बाइबल सोसाइटी 2008