A A A A A

पाप: [ढिलाइ]


१ कोरिन्थी 14:40
तर सबै कुरा ठीकसँग गोल-माल नगरी होस्।

उपदेशक 9:10
जे काम गर्छौ, त्‍यसमा खुब मेहनत गर किनभने मृत्‍युको देशमा केही काम सोच-विचार, ज्ञान वा बुद्धि हुनेछैन र तिमी त्‍यहीँ गइरहेका छौ।

उपदेशक 11:4
हावापानी ठीक हुने बेला पर्खिरह्यौ भने तिमीले कहिल्‍यै अन्‍न लाउने र त्‍यसको कटनी गर्नेछैनौ।

गलाती 6:9
भलाइ गर्न नथाकौं किनभने यसमा लागिरह्यौं भने समयमा यसको फल हामीले पाउनेछौं।

हिब्रू 12:11
हामीलाई तह लगाएको बेला सुखभन्दा धेरै दु:ख हुन्‍छ। तर यसले हामी तह लाग्‍नेहरूलाई परमेश्‍वरको अघि ठीक राख्‍दछ र शान्‍त स्‍वभावको बनाउँछ।

हिब्रू 10:12
तर ख्रीष्‍टले चाहिँ सधैँभरिलाई पुग्‍ने गरी पापको लागि एउटै मात्र बलि चढाउनुभयो। यही काम सकेर उहाँ परमेश्‍वरको दाहिने हातपट्टि बस्‍नुभएको छ।

जेम्स 4:17
कसैले राम्रो गर्नुपर्छ भनी जानेर पनि त्‍यो गर्दैन भने उसलाई पाप लाग्‍छ।

जन 9:4
दिनको उज्‍यालो छँदा नै मलाई पठाउनुहुनेको काम हामीले गर्नुपर्छ। अँध्‍यारो भएपछि कसैले पनि काम गर्न सक्‍दैन।

लूका 12:35
त्‍यसपछि येशूले भन्‍नुभयो, “आफ्‍नो कम्‍मर कसेर तयार भई बस र बत्तीहरू बालिराख।

लूका 12:40
त्‍यस्‍तै तिमीहरू पनि चनाखो भएर बस। म मानव पुत्र तिमीहरूले नचिताएको बेलामा नै आउनेछु।”

मत्ती 6:33
पहिले परमेश्‍वरको राज्‍यको खोजी गर र उहाँका आज्ञाहरू पालन गर अनि उहाँले यी सबै कुरा तिमीहरूलाई थपिदिनुहुनेछ।

फिलिप्पी 4:13
म ख्रीष्‍टले दिनुभएको शक्तिले नै यी सबै कुरा गर्न सक्‍छु।

हितोपदेश 10:4
अल्‍छी मानिस गरीब बन्‍दछ तर परिश्रमी मानिस धनी बन्‍दछ।

हितोपदेश 12:24-25
[24] कठोर परिश्रमले शक्ति दिँदछ तर अल्‍छी बन्‍नाले कमारो होइन्‍छ।[25] चिन्‍ताले तिम्रो आनन्‍द लुट्छ तर दयालु वचनले हर्षित तुल्‍याउँदछ।

हितोपदेश 13:4
अल्‍छीले कुनै कुराको जति नै चाहना गरे तापनि त्‍यो कहिल्‍यै पाउनेछैन। मेहनत गर्ने मानिसले आफूले चाहेका सबै थोक प्राप्‍त गर्नेछ।

हितोपदेश 14:23
परिश्रम गर, तिम्रो जीविका राम्ररी चल्‍नेछ। एउटै थलोमा कुरा मात्र गरेर बसिरहे दरिद्र बन्‍नेछौ।

हितोपदेश 18:9
अल्‍छी मानिस विनाशकारी मानिसजस्‍तै दुष्‍ट हो।

हितोपदेश ۲۰:۴
उचित समयमा खेतबारी नजोत्‍ने अल्‍छी किसानले बाली बटुल्‍ने समयमा केही अन्‍न पाउँदैन।

हितोपदेश ۲۱:۱۷
सुख-विलास, मीठो भोजन र मद्यपानमा जीवन व्‍यतित गर्नेहरू गरीब बन्‍नेछन्।

हितोपदेश 27:1
भोलिको घमण्‍ड कहिल्‍यै नगर्नू, आज र भोलिभित्र के हुन्‍छ, कसैले जान्‍दैन।

रोमी 7:20-21
[20] मैले इच्‍छा नगर्दा-नगर्दै पनि म त्‍यो काम गर्छु भने त्‍यो काम गर्ने त म होइनँ तर मभित्र बास गर्ने पाप हो।[21] यसकारण असल काम गर्न खोज्‍दाखोज्‍दै पनि खराब काम मेरो साथ हुन्‍छ। यही नियमले मेरो जीवनमा काम गरेको अनुभव म गर्छु।

एफिसी 5:15-17
[15] त्‍यसकारण कस्‍तो चालचलन चल्‍नुपर्ने हो, राम्ररी ध्‍यान देओ, मूर्खजस्‍तो भएर होइन, बुद्धिमान् भएर हिंड।[16] यी नराम्रा दिनहरूमा तिमीले पाएका सबै मौकाहरूको असल प्रयोग गर।[17] त्‍यसकारण मूर्ख नबन तर प्रभुले तिमीबाट के आशा राख्‍नुहुन्‍छ, सो पत्तो लगाओ।

लूका 9:59-62
[59] अनि अर्का एक जना मानिसलाई येशूले भन्‍नुभयो, “मेरो पछि लाग!” तर तिनले भने, “गुरुज्‍यू, पहिले गएर मेरो बुबाको लाश गाड्‍न दिनुहोस्।”[60] तिनलाई चाहिँ येशूले जवाफ दिनुभयो, “मुर्दाहरूलाई मुर्दाहरूले नै गाडून्। तर तिमीचाहिँ गएर परमेश्‍वरको राज्‍यको प्रचार गर।”[61] फेरि अर्को एक जना मानिसले येशूलाई भन्‍यो, “हजुर, म तपाईंको चेला हुन चाहन्‍छु, तर म पहिले घरबाट बिदा हुन पाऊँ।”[62] तिनलाई चाहिँ येशूले भन्‍नुभयो, “हलो जोत्‍दा पछिल्‍तिर फर्कंदै हेरिरहने मानिसचाहिँ परमेश्‍वरको राज्‍यको निम्‍ति काम लाग्‍दैन।”

हितोपदेश 24:30-34
[30] अल्‍छी र मूर्ख मानिसका खेत र दाखबारीबाट भएर म गएँ।[31] ती काँडाघारी र बेकामका झार-पातले भरिएका थिए। चारैपट्टिका ढुङ्गाका पर्खाल भत्‍किसकेका थिए।[32] त्‍यो देखेर मैले सोचें र एउटा पाठ सिकें।[33] अलिबेर आँखा चिम्‍लेर सुत्, हात बाँधेर आराम गर्‌,[34] तर सुतिरहेको बेला डाँकाझैँ दरिद्रता तँमाथि आइलाग्‍नेछ।

Nepali Bible 2008
नेपाल बाइबल सोसाइटी 2008