A A A A A

पाप: [घृणा]


१ यूहन्ना 1:6
हामी उहाँको संगतिमा छौं भनी भन्‍छौं, तर अन्‍धकारमा नै बस्‍छौं भने हामी काम-कुरा दुवैमा झूटो छौं।

१ यूहन्ना 2:9-17
[9] कसैले उज्‍यालोमा छु भन्‍छ तर आफ्‍नो भाइलाई नै हेला गर्छ भने त्‍यो अझै अन्‍धकारमा नै छ।[10] आफ्‍नो भाइलाई माया गर्नेचाहिँ उज्‍यालोमा हुन्‍छ र अरूलाई बाधा हुने कुनै कुरा उसमा हुँदैन।[11] भाइलाई हेला गर्नेचाहिँ अँध्‍यारोमा हुन्‍छ। अँध्‍यारोमा हिँड्दा कहाँ जाँदै छ, उसलाई पत्तो हुँदैन किनभने अँध्‍यारोको कारणले आँखा देख्‍दैन।[12] प्‍यारा बालकहरू, ख्रीष्‍टको नाउँका खातिर तिमीहरूका पाप मेटिएका हुनाले तिमीहरूलाई म यो लेख्‍दै छु।[13] बुबाहरू हो, सुरुदेखि नै हुनुहुनेलाई तिमीहरूले चिन्‍छौ। यसकारण म तिमीहरूलाई लेख्‍दै छु। तन्‍नेरीहरू हो, तिमीहरूले दुष्‍ट शैतानलाई जितेका छौ। त्‍यसैकारण म तिमीहरूलाई लेख्‍दै छु।[14] बालकहरू हो, तिमीहरूले परमेश्‍वर पितालाई चिनेका छौ। त्‍यसैकारण मैले तिमीहरूलाई लेखेको हुँ। बुबाहरू हो, जो सुरुदेखि नै हुनुहुन्‍छ, उहाँलाई तिमीहरू चिन्‍दछौ। त्‍यसैकारण मैले तिमीहरूलाई लेखेको हुँ। तन्‍नेरीहरू हो, तिमीहरू बलिया छौ अनि परमेश्‍वरको वचन तिमीहरूभित्र रहेको छ। तिमीहरूले दुष्‍ट शैतानलाई जितेका छौ। त्‍यसैकारण तिमीहरूलाई लेखेको हुँ।[15] संसार र संसारका कुराहरूलाई प्रेम नगर। कसैले संसारलाई प्रेम गर्छ भने उसले परमेश्‍वरलाई प्रेम गर्दैन।[16] संसारमा भएका कुराहरू आँखाको लालच, शरीरको कुइच्‍छा र जीवनको घमण्‍ड— यी कुराहरू परमेश्‍वर पिताबाट आएका होइनन्। यी त संसारकै कुराहरू हुन्।[17] संसार र संसारका कुइच्‍छाहरू नाश भएर जान्‍छन्, तर परमेश्‍वरको इच्‍छामा लागिरहने मान्‍छेचाहिँ सधैँभरि रहिरहन्‍छ।

एफिसी 4:31
सबै नराम्रा कुरा, झैझगडा र रिस-राग त्‍यागिदेओ। गाली निन्‍दा गर्दै नगर, सबै किसिमका वैरभाव त्‍यागिदेओ।

हितोपदेश 8:13-25
[13] परमप्रभुको आदर गर्नु दुष्‍टतालाई घृणा गर्नु हो, म अहङ्कार, शेखी, दुष्‍ट विचार र झूटा बोलीलाई घृणा गर्दछु।[14] म योजना बनाउँदछु र त्‍यसअनुसार काम गर्दछु, मसित समझशक्ति र सामर्थ्‍य छ।[15] राजाहरूलाई राज-काज चलाउन र शासकहरूलाई असल कानुन बनाउन म सहायता दिँदछु।[16] मेरो मद्दतले हरेक शासकले पृथ्‍वीमा शासन गर्दछ, राजनीतिज्ञहरू र कुलिन व्‍यक्तिहरूले पनि त्‍यसै गर्छन्।[17] मलाई प्रेम गर्नेलाई म प्रेम गर्दछु, मलाई खोज्‍नेले मलाई भेट्टाउँदछ।[18] धन, इज्‍जत, उन्‍नति र सफलता मसँग छन्।[19] तैँले जे मबाट प्राप्‍त गर्छस्; त्‍यो निखुर सुन र शुद्ध चाँदीभन्दा असल हुन्‍छ।[20] म धार्मिकताको बाटो र न्‍यायको मार्गमा हिँड्दछु।[21] मलाई प्रेम गर्नेहरूलाई धन-सम्‍पत्ति दिँदछु र तिनीहरूका घरका भण्‍डार दामी कुराहरूले भरिदिन्‍छु।[22] “परमप्रभुले सृष्‍टिको सुरुमा नै उहाँका सबै कामहरूभन्दा पहिले मलाई सृष्‍टि गर्नुभयो।[23] आदिमा नै, संसारको उत्‍पत्तिभन्दा अघि, सबैभन्दा पहिले मलाई नै बनाउनुभयो।[24] महासागरहरू बनिनुअघि, पानीको मूलहरू फुट्‍नुअघि मेरो जन्‍म भएको थियो।[25] पहाड-पर्वत र डाँडा-काँडाहरू स्‍थापित हुनुभन्दा अघि नै म जन्‍मेको थिएँ,

हितोपदेश 10:12-18
[12] घृणाले झगडा बढाउँदछ तर प्रेमले सबै दोष ढाक्‍दछ।[13] समझदार मानिसले बुद्धिको कुरा गर्छ तर मूर्ख मानिसलाई कोर्रा लाउनुपर्छ।[14] बुद्धिमान् मानिसले सकेसम्‍म ज्ञान बटुलेर राख्‍दछ तर मूर्ख बोल्‍दा अशान्‍ति नजिक आउँदछ।[15] धनले धनीको रक्षा गर्दछ, दरिद्रताले दरिद्रलाई नाश गर्दछ,[16] असल कामको इनाम जीवन हो तर पापले पाप बढाउँछ।[17] सुधार ग्रहण गर्नेले जीवन पाउँदछ तर आफ्‍नो भुल स्‍वीकार नगर्ने खतरामा पर्छ।[18] मनमा आफ्‍नो घृणा लुकाउने मानिस ढँटुवा हो, व्‍यर्थका कुरा फैलाउने मानिस मूर्ख हो।

भजनमा 5:5
घमण्‍डी मानिसलाई तपाईंले हेर्न सक्‍नुहुन्‍न; सबै दुष्‍ट मानिसहरूलाई तपाईंले घृणा गर्नुहुन्‍छ।

भजनमा 31:6
झूटा देवताहरू मान्‍नेलाई तपाईंले घृणा गर्नुहुन्‍छ, तर म तपाईंमा भरोसा गर्दछु।

भजनमा ୩୬:୨
आफैंलाई खुब ठूलो भन्‍ठानेकोले त्‍यसले सोच्‍छ कि परमेश्‍वरले मेरो पाप भेट्टाउनुहुन्‍न र त्‍यसको लागि मलाई दोषी ठहराउनुहुन्‍न।

भजनमा ४५:७
जे कुरा असल छ, त्‍यसलाई तपाईंले प्रेम गर्नुहुन्‍छ, जे कुरा खराब छ, त्‍यसलाई तपाईंले घृणा गर्नुहुन्‍छ। त्‍यसैले परमेश्‍वर, तपाईंका परमेश्‍वरले तपाईंलाई चुन्‍नुभएको छ र अरू कुनै राजालाई भन्दा बढ्ता आनन्‍द तपाईंलाई दिनुभएको छ।

भजनमा ९७:१०
खराबीलाई घृणा गर्नेहरूलाई परमप्रभुले प्रेम गर्नुहुन्‍छ, उहाँले आफ्‍ना प्रजाका जीवनको रक्षा गर्नुहुन्‍छ, उहाँले तिनीहरूलाई दुष्‍टहरूको शक्तिदेखि बचाउनुहुन्‍छ।

भजनमा ११९:१६३
सबै झूटा कुराहरू म रुचाउँदिनँ र घृणा गर्दछु, तर म तपाईंको व्‍यवस्‍थालाई प्रेम गर्दछु।

रोमी १२:९
तिमीहरूको प्रेम देखावटी होइन तर साँचो होस्। खराब कुरा त्‍यागेर असल कुरामा लागिरहो।

लेवी १९:१७-१८
[१७] “कसैको विरुद्धमा वैरभाव नराख तर ऊसँगको तिम्रो नमिल्‍ने कुरा छिनोफानो गरिहाल र त्‍यस मानिसको कारणले तिमीले पाप गर्नेछैनौ।[१८] कसैसँग बदला नलेऊ वा कसैलाई घृणा गरी नबस तर आफ्‍ना छिमेकीलाई आफैंलाई झैँ प्रेम गर। म परमप्रभु हुँ।

लूका ६:२७-२८
[२७] “तर मेरा शिक्षा सुन्‍ने तिमीहरूलाई म भन्‍छु, शत्रुहरूलाई प्रेम गर अनि आफूलाई हेला गर्नेलाई भलाइ गर।[२८] तिमीहरूलाई सराप्‍नेहरूलाई आशीर्वाद देओ। तिमीहरूलाई कसैले नराम्रो गर्छ भने उसको भलाइको लागि प्रार्थना गर।

मत्ती ५:२३-२४
[२३] “यसकारण परमेश्‍वरलाई भेटी चढाउनुभन्दा अघि तिम्रो भाइ तिमीसँग रिसाएको थाहा पायौ भने[२४] आफ्‍नो भेटी वेदीकै अघि छोडी तुरुन्‍तै गएर आफ्‍नो भाइसँग मिलाप गर। त्‍यसपछि मात्रै आएर आफ्‍नो भेटी चढाऊ।

१ यूहन्ना ३:१४-१५
[१४] हामीले दाजुभाइलाई प्रेम गरेकाले नै हामी मृत्‍युबाट जीवनमा सरिसकेका छौं भन्‍ने थाहा हुन्‍छ। प्रेम नगर्ने मानिसचाहिँ अझ मृत्‍युको बन्‍धनमा हुन्‍छ।[१५] आफ्‍ना भाइलाई हेला गर्नेचाहिँ ज्‍यानमारा हो र ज्‍यानमारामा अनन्त जीवन हुँदैन भन्‍ने तिमीहरूलाई थाहा छ।

१ यूहन्ना 4:19-20
[19] परमेश्‍वरले नै पहिले हामीलाई प्रेम गर्नुभएको हुनाले हामी पनि प्रेम गर्छौं।[20] कसैले परमेश्‍वरलाई प्रेम गर्छु भन्‍छ र आफ्‍नो भाइलाई हेला गर्छ भने त्‍यो झूटो हो। आफूले देखेको भाइलाई प्रेम नगर्नेले नदेखेको परमेश्‍वरलाई कसरी प्रेम गर्न सक्‍छ?

उपदेशक 3:1-8
[1] यस संसारमा जे-जति हुन्छ, परमेश्‍वरको निर्धारित समयमा नै हुन्छ।[2] जन्‍मने एउटा समय छ, मर्ने एउटा समय। रोप्‍ने एउटा समय छ, उखेल्‍ने एउटा समय।[3] मार्ने एउटा समय छ, निको पार्ने एउटा समय। भत्‍काउने एउटा समय छ, बनाउने एउटा समय।[4] रुने एउटा समय छ, हाँस्‍ने एउटा समय। शोक गर्ने एउटा समय छ, नाच्‍ने एउटा समय।[5] ढुङ्गा फ्‍याँक्‍ने एउटा समय छ, ती बटुल्‍ने एउटा समय। अँगालो हाल्‍ने एउटा समय छ, अँगालो नहाल्‍ने एउटा समय।[6] भेट्टाउने एउटा समय छ, हराउने एउटा समय। राख्‍ने एउटा समय छ, फाल्‍ने एउटा समय।[7] च्‍यात्‍ने एउटा समय छ, सिउने एउटा समय। चुप लाग्‍ने एउटा समय छ, बोल्‍ने एउटा समय।[8] प्रेम गर्ने एउटा समय छ, घृणा गर्ने एउटा समय। युद्ध गर्ने एउटा समय छ, मिलाप गर्ने एउटा समय।

Nepali Bible 2008
नेपाल बाइबल सोसाइटी 2008