१ यूहन्ना 2:16 |
संसारमा भएका कुराहरू आँखाको लालच, शरीरको कुइच्छा र जीवनको घमण्ड— यी कुराहरू परमेश्वर पिताबाट आएका होइनन्। यी त संसारकै कुराहरू हुन्। |
|
२ कोरिन्थी 9:7 |
जसलाई जति दिन मन लाग्छ, त्यति नै देओ। चित्त दुखाउँदै कसैको करमा परेर नदेओ किनभने परमेश्वरले त खुसीले दिनेलाई नै मन पराउनुहुन्छ। |
|
उपदेशक ५:१० |
रकम-पैसाको लोभ गर्ने मानिस कहिल्यै अघाउँदैन, धन-सम्पत्तिको लोभ गर्ने मानिसले कहिले पनि जति कमाउन सक्दैन। यो पनि व्यर्थ हो। |
|
हिब्रू 13:5 |
धन-सम्पत्तिको माया-मोहमा नफस। आफूसँग जे छ, त्यसैमा सन्तोष गर्ने गर किनभने परमेश्वरले नै भन्नुभएको छ, ‘म तिमीलाई कहिल्यै छोड्नेछैनँ, म तिमीलाई कहिल्यै त्याग्नेछैनँ’।” |
|
लूका 12:15 |
अनि उहाँले त्यहाँ जम्मा भएका मानिसहरूलाई भन्नुभयो, “होश गर! सबै किसिमका लोभ-लालचबाट जोगिएर बस किनभने धन-सम्पत्ति जति नै प्रशस्त भए पनि त्यसले मानिसलाई साँचो जीवनचाहिँ दिँदैन।” |
|
मत्ती 6:24 |
“कसैले पनि दुई मालिकको सेवा गर्न सक्दैन। नत्रता उसले एउटालाई हेला र अर्कोलाई चाहिँ माया गर्नेछ कि त एउटाले भनेको मान्छ र अर्कोको वास्तै गर्दैन। त्यसै गरी तिमीहरूले पनि परमेश्वर र धन दुवैको सेवा गर्न सक्दैनौ। |
|
हितोपदेश 11:28 |
आफ्ना धन-सम्पत्तिमा भर पर्नेहरू शरद् ऋतुमा पात झरेझैँ झर्नेछन् तर धर्मीहरू ग्रीष्म ऋतुका पातहरूझैँ मौलाउनेछन्। |
|
हितोपदेश 13:11 |
जति सजिलो धन कमाउँछौ, उति चाँडै त्यो उडाउँछौ तर जति कष्ट गरेर धन कमाउँछौ उति त्यो बढाउँछौ। |
|
हितोपदेश 14:31 |
गरीबलाई सताउनेले तिनीहरूलाई बनाउनुहुने परमेश्वरको अपमान गर्छ तर दरिद्रमाथि दया गर्नेले परमेश्वरको आदर गर्छ। |
|
हितोपदेश १५:२७ |
बेइमानदारसित धन लाभ गर्न चेष्टा गरे, तिम्रो परिवार सङ्कटमापर्नेछ, घुस नलेऊ र तिमी दीर्घायु हुनेछौ। |
|
हितोपदेश २०:२१ |
जति सजिलो पैतृक धन पाउँछौ, उति कम तिमीलाई लाभ हुन्छ। |
|
हितोपदेश २२:१-९ |
[१] धेरै धन-सम्पत्ति र सुनाममध्ये एक चुन्नुपरे सुनामचाहिँ चुन। इज्जत पाउनु सुन र चाँदीभन्दा उत्तम हो।[२] धनी र गरीब दुवै यस कुरामा एक छन् कि ती दुवैलाई परमप्रभुले बनाउनुभएको हो।[३] समझदार मानिसहरू कष्ट आउँदैगरेको देखेर जोगिन्छन् तर सोच नगर्ने मानिस त्यसमा सोझै जाकिन्छ र त्यसले पछि पछुताउ गर्छ।[४] परमप्रभुको आज्ञापालन गर र नम्र होओ, धन, इज्जत र लामो आयु पाउनेछौ।[५] आफ्नो प्राणको माया छ भने दुष्टको मार्गमा हुने पासोहरूबाट तर्केर हिँड।[६] बालकहरूलाई ठीक बाटो देखाऊ र तिनीहरूले त्यही बाटोमा हिँड्नेछन्।[७] गरीबहरू धनीको दास बन्दछन्, ऋण लिने ऋण दिनेको दास बन्दछ।[८] अन्यायको बिउ छर्नेले विनाश बटुल्छ र अरूहरूमाथि त्यसले गरेको अत्याचार बन्द हुँदछ।[९] दानी भई दरिद्रसित आफ्नो खानेकुरा बाँडेर खाओ, तिमीले आशिष् पाउनेछौ। |
|
हितोपदेश २८:२२-२५ |
[२२] स्वार्थी मानिसहरू धनी बन्न यति हतारिन्छन् कि आफूमाथि दरिद्रता आइलागेको चालै पाउँदैन।[२३] कसैलाई हकारेर सुधार्नेले त्यसलाई सर्काउनेले भन्दा धेरै धन्यवाद पाउँदछ।[२४] आफ्ना आमा-बुबाबाट चोर्नुमा केही दोष नदेख्ने साधारण चोरजस्तै हो।[२५] लोभी मानिसले झगडा लाउँछ, बरु परमप्रभुमाथि भरोसा गर्नाले फलिफाप हुन्छ। |
|
१ पत्रुस ५:२-३ |
[२] तिमीहरू खुसीसँग, करकापमा परेर होइन, तर परमेश्वरले चाहनुभएजस्तो परमेश्वरले तिमीहरूको जिम्मामा दिनुभएको बगालको गोठालो बनिदेओ। पैसाको लागि होइन, तर सेवा गर्ने मन लिएर यो काम गर।[३] तिमीहरूको जिम्मामा भएकाहरूमाथि हुकुम चलाउने होइन, तर उनीहरूका अघि आफैं नमुना बन। |
|
१ कोरिन्थी ४:११-१३ |
[११] अहिले पनि हामीहरू खान-पिउन नपाएर भोकभोकै हिंड्छौं, झुत्रे-झाम्रे लुगा लगाएका छौं, हामी कुटिएका छौं, हाम्रो घरबार छैन[१२] अनि खान-लाउन हामीले आफ्नै हातले मेहनत गर्छौं। अरूले सराप्दा हामी आशीर्वाद दिन्छौं। सताउँदा सहन्छौं।[१३] हाम्रो बेइज्जती हुँदा हामी मीठै बोली गर्छौं। हामी संसारको फोहर नै भएका छौं र अहिले पनि मैला फाल्ने कसिङ्गरजस्तै छौं। |
|
१ तिमोथी ६:६-१९ |
[६] हुन त हो, ऊ आफूसँग भएको कुरामा सन्तोष छ भने भक्तिले धेरै धनी हुनेछ।[७] जन्मँदा हामीले के लिएर आयौं? अनि मर्दा के पो लिएर जानेछौं र?[८] त्यसो भए त हामीलाई खान र लाउन पाए त पुगिहाल्यो नि[९] तर धनी हुन खोज्ने मानिस पापमा पार्ने कुरामा फस्दछ। ऊ मूर्ख र हानि गर्ने इच्छाहरूको पासोमा पर्दछ। यी खराब इच्छाहरूले उसलाई डरलाग्दो नाश र नरकमा पुर्याउँछ[१०] किनभने सब किसिमको खराबीको मूल नै धनसम्पत्तिको माया हो। कति मानिसले त धन कमाउने लोभमा लागेर विश्वास गर्न छोडिदिएका छन्। अनि दु:खले तिनीहरूको मन नै छियाछिया भएको छ।[११] परमेश्वरका भक्त, तिमी यी नराम्रा कुराहरूदेखि अलग्गै बस। तिमीले परमेश्वरका अघि ठीक ठहरिने कुरामा, भक्तिमा, विश्वासमा, प्रेममा, धैर्यमा, नम्र हुने कुरामा आफ्नो मन लगाऊ।[१२] विश्वासको लडाइँमा राम्ररी लड्न अनन्त जीवनलाई पक्रिराख किनभने यसकै लागि परमेश्वरले तिमीलाई बोलाउनुभएको हो अनि तिमीले पनि धेरै मानिसहरूका सामुन्नेमा आफ्नो साँचो साक्षी दिएको हो।[१३] सबै थोकलाई जीवन दिने परमेश्वर र पन्तियस पिलातसकै सामुन्नेमा साँचो साक्षी दिने ख्रीष्ट येशूकै अगाडि[१४] म तिमीलाई यो आज्ञा दिंदै छु, तिमीले हाम्रा प्रभु येशू ख्रीष्ट नआउञ्जेल तिमीले पाएको आज्ञा राम्ररी मान र कसैले दोष लगाउन नपाओस्।[१५] परमेश्वरले उहाँलाई ठीक समयमा फेरि पठाउनुहुनेछ। परमेश्वर नै सबै शक्तिका मालिक, राजाहरूका पनि राजा र प्रभुहरूका प्रभु हुनुहुन्छ।[१६] उहाँ सधैँभरि रहने र कोही पुग्न नसक्ने उज्यालोमा रहनुहुन्छ। उहाँलाई कसैले पनि अहिलेसम्म देखेको छैन र देख्न पनि सक्दैन। सधैँभरि रहने शक्ति र आदर उहाँमै रहोस्। आमेन।[१७] अहिले यस संसारमा धनी हुनेहरूलाई घमण्डी नहुनू भन। तिनीहरूका धन-सम्पत्ति सधैँ रहने होइन तर हाम्रो सुखका लागि प्रशस्त गरी सबै कुरा दिने परमेश्वरमै भरोसा राख भनेर आज्ञा देओ।[१८] भलाइको काम गर्नू, भलाइको काममा धनी हुनू, खुला मनको हुनू र अरूलाई दिन तयार हुनू भनी तिनीहरूलाई भन।[१९] यसरी तिनीहरूले पछि आफ्नो साँचो जीवनमा काम लाग्ने धनसम्पत्ति जम्मा गरून् र उनीहरूले साँचो जीवन जोगाइराख्न सक्नेछन्। |
|
जेम्स ५:१-६ |
[१] अब तिमी धनीहरू हो, मेरा कुरा सुन! तिमीहरूमाथि आइपर्ने दु:ख सम्झेर तिमीहरूले डाँको छोडी रुँदै विलाप गर।[२] तिमीहरूका धन-सम्पत्ति काम नलाग्ने भइसकेको छ। लुगाफाटामा लुगा खाने किरा लागिसकेको छ।[३] सुनचाँदीमा कस परिसकेको छ। त्यही कस नै तिमीहरूका विरुद्धमा साक्षी हुनेछ र आगोले झैँ त्यसले शरीरलाई नाश गर्नेछ। यी अन्तिम दिनहरूमा तिमीहरूले धन-सम्पत्ति थुपारेका छौ।[४] तिमीहरूका खेतमा काम गर्नेहरूलाई दिनुपर्ने ज्याला दिएका छैनौ। उनीहरूको बिलौना सुन। तिम्रा बाली उठाउने खेतालाहरूका रुवाइ सर्वशक्तिमान् परमप्रभु परमेश्वरको कानसम्म पुगिसकेको छ।[५] पृथ्वीमा तिमीहरूले खुब मोज-मज्जा गरेका छौ र काटी मारिने दिनको निम्ति तिमीहरू मोटाएका छौ।[६] विरोध पनि नगर्ने निर्दोषलाई दोष लगाएर तिमीहरूले मार्यौ। |
|
Nepali Bible 2008 |
नेपाल बाइबल सोसाइटी 2008 |