A A A A A

जीवन: [एक्लै हुनु]


जेम्स २:२४
अब बुझ्‍यौ? विश्‍वासले मात्रै होइन तर उसले गरेको कामद्वारा मानिस परमेश्‍वरको अघि ठीक ठहरिन्‍छ।

लूका ५:१६
तर उहाँचाहिँ सुनसान ठाउँहरूमा गएर प्रार्थना गर्नुहुन्‍थ्‍यो।

फिलिप्पी ๑:๖
परमेश्‍वरले तिमीहरूमा सुरु गर्नुभएको राम्रो काम येशू ख्रीष्‍टको राज्‍य नआएसम्‍म परमेश्‍वरले नै सम्‍हाल्‍नुहुनेछ। यसमा मेरो पूरा विश्‍वास छ।

उत्पत्ति २:१८
तब परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “मानिस एक्‍लै बस्‍न असल छैन। त्यसको लागि म एउटा सुहाउने सहयोगी बनाइदिनेछु।”

१ तिमोथी ३:१५
तर केही गरी म आउन ढिला भएँ भने परमेश्‍वरको घरमा हाम्रो चालचलन कस्‍तो हुनुपर्ने हो, यसै पत्रबाट जानिराख्‍नू। परमेश्‍वरको घरचाहिँ जीवित परमेश्‍वरको मण्‍डली हो। यो परमेश्‍वरको घर, सत्‍यको खम्‍बा र किल्‍ला पनि हो।

जन ८:३२
अनि तिमीहरूले सत्‍य चिन्‍नेछौ सत्‍यले तिमीहरूलाई छुट्‍कारा दिनेछ।”

जन ६:५४
तर मेरो शरीर खाने र मेरो रगत पिउनेसँग चाहिँ अनन्त जीवन हुन्‍छ र आखिरी दिनमा म उसलाई मरेकोबाट बिउँताउनेछु

मार्क ६:३
यो त्‍यही मरियमको छोरो सिकर्मी होइन र? के यो याकूब, योसेफ, यहूदा र सिमोनको दाजु होइन र? उसका बहिनीहरू पनि त यहीं नै छन्!” यसो भन्‍दै तिनीहरूले उहाँलाई पत्‍याएनन्।

२ थिस्सलोनिकी २:१५
यसकारण दाजुभाइहरू, दिगो भएर बस र हामीले भनेको वा लेखेको सत्‍य शिक्षा तिमीहरूले राम्ररी मान।

गलाती १:१९
मैले त्‍यहाँ प्रभुका भाइ याकूबलाई बाहेक अरू कुनै प्रेरितलाई भेटिनँ।

मलाकी १:११
पृथ्‍वीभरिका एक छेउबाट अर्को छेउसम्‍मका मानिसहरूले मलाई आदर गर्छन्। हरेक ठाउँमा तिनीहरूले मलाई धूप बाल्‍छन् र उचित बलिहरू चढाउँछन्। तिनीहरू सबैले मेरो आदर गर्छन्!

यशैया ४१:१०
नडरा, म तँसित छु! म तेरा परमेश्‍वर हुँ, कुनै कुराले तँलाई नतर्साओस्! म तँलाई बल र मद्दत दिनेछु। मेरो धार्मिकताको दाहिने हातले तँलाई बचाउनेछु।

मत्ती ๒๘:๒๐
तिनीहरूलाई मैले आज्ञा गरेका सबै कुराहरू मान्‍न सिकाओ। अनि हेर, म सधैँभरि, अँ संसारको आखिरी दिनसम्‍मै तिमीहरूसँगै रहनेछु।”

जन ३:३-५
[३] येशूले भन्‍नुभयो, “साँच्‍चै म तिमीलाई भन्‍छु, नयाँ गरी नजन्‍मिएसम्‍म कसैले पनि परमेश्‍वरको राज्‍य देख्‍न सक्‍दैन।”[४] निकोदेमसले भने, “बुढो भइसकेको मानिस फेरि कसरी जन्‍मिन सक्‍छ? ऊ फेरि आमाबाट जन्‍मिन सक्‍छ र?”[५] येशूले जवाफ दिनुभयो, “साँच्‍चै म तिमीलाई भन्‍छु, पानी र आत्‍माबाट नजन्‍मिएसम्‍म कोही पनि परमेश्‍वरको राज्‍यमा पस्‍न सक्‍दैन।

हिब्रू १२:१४
सबै मानिसहरूसँग मिलेर बस्‍न अनि पवित्र जीवन बिताउन बल गर किनभने पवित्र नभई कसैले प्रभुलाई देख्‍न सक्‍नेछैन।

प्रेरित ४:३२
प्रभुमा विश्‍वास गर्नेहरू सबै एउटै मन र एउटै तनका भएका थिए। तिनीहरूमा कसैले पनि कुनै चीज ‘यो मेरो हो’ भनेर भन्‍दैनथे। तर तिनीहरूसँग भएका सबै कुरा सबैले साझा सम्‍झन्‍थे।

हिब्रू १३:५
धन-सम्‍पत्तिको माया-मोहमा नफस। आफूसँग जे छ, त्‍यसैमा सन्‍तोष गर्ने गर किनभने परमेश्‍वरले नै भन्‍नुभएको छ, ‘म तिमीलाई कहिल्‍यै छोड्‍नेछैनँ, म तिमीलाई कहिल्‍यै त्‍याग्‍नेछैनँ’।”

मत्ती १९:९
हेर, म तिमीहरूलाई भन्‍छु, व्‍यभिचारको दोषबाहेक पत्‍नीलाई त्‍यागेर अर्कीलाई बिहे गर्ने पुरुषले व्‍यभिचार नै गर्छ।”

लेवी २०:१३
पुरुष-पुरुषको बीचमा सम्‍भोग गरे भने तिनीहरूले घिनलाग्‍दो काम गर्छन् र दुवै मारिनुपर्छ। तिनीहरू आफ्‍ना मृत्‍युको लागि आफैं जिम्‍मेवार छन्।

व्यवस्था ३१:६
साहस गर अनि बलियो बन। तिनीहरूको डर नमान। तिम्रा परमेश्‍वर परमप्रभु आफैं तिमीहरूसँग रहनुहुनेछ। उहाँले तिमीहरूलाई धोका दिनुहुन्‍न र त्‍याग्‍नुहुन्‍न।”

गलाती ४:१९
मेरा बालकहरू, तिमीहरूमा ख्रीष्‍टको स्‍वभाव नबनिएसम्‍म व्‍यथा लागेकी सुत्‍केरीजस्‍तै दु:ख मलाई लागिरहन्‍छ।

२ तिमोथी २:२
मैले धेरै मानिसहरूका अघि तिमीलाई शिक्षा दिएको कुरा अरू सिकाउन सक्‍ने विश्‍वासी मानिसहरूलाई पनि देओ।

जन ६:५१
स्‍वर्गबाट आएको जीवित रोटी मै हुँ। यो रोटी खाने सधैँभरि बाँच्‍नेछ। मैले दिने त्‍यो रोटीचाहिँ मेरै शरीर हो। संसारका मानिसहरूले जीवन पाऊन् भनेर म मेरो शरीर दिनेछु।”

जेम्स २:२६
जसरी प्राणबिना शरीर मरेको हुन्‍छ, त्‍यसरी नै कामबिना विश्‍वास मरेको हुन्‍छ।

मत्ती १६:१८
अब म तिमीलाई भन्‍छु, तिमी पत्रुस हौ (जसको अर्थ ‘पत्‍थर’ हो)। यही पत्‍थरको जगमा म आफ्‍नो मण्‍डली खडा गर्नेछु अनि मृत्‍युका सबै शक्तिहरूले पनि यसलाई जित्‍न सक्‍नेछैनन्।

मत्ती १८:१५-१८
[१५] “यदि तिम्रो भाइले तिम्रो विरुद्धमा पाप गरेको छ भने उसलाई एक्‍लै गएर सम्‍झाऊ। उसले तिम्रो कुरा सुन्‍यो भने तिमीले उसलाई आफूपट्टि फर्काएको हुनेछौ।[१६] तर उसले तिम्रो कुरा सुनेन भने अरू एक-दुई जना सँगै गएर उसलाई सम्‍झाऊ किनभने धर्मशास्‍त्रले भनेजस्‍तो सबै झैं-झगडाहरूको फैसला गर्नलाई दुई वा तीन जना साक्षी बोलाउनुपर्छ।[१७] त्‍यति हुँदाहुँदै पनि उसले कुरा सुनेन भने मण्‍डलीमा गएर तिमीले पूरै कुरा खोलिदेओ अनि तिनीहरूको कुरा पनि उसले सुनेन भने उसलाई ईश्‍वर नमान्‍ने र कर उठाउनेलाई जस्‍तै गरी त्‍यागिदिनू।[१८] “साँच्‍चै म तिमीहरूलाई भन्‍छु, जे तिमीहरूले यस पृथ्‍वीमा बाँध्‍छौ, त्‍यो स्‍वर्गमा पनि बाँधिनेछ। अनि जे तिमीहरूले यस पृथ्‍वीमा फुकाउला, त्‍यो स्‍वर्गमा पनि फुकाइनेछ।

एफिसी १:२२-२३
[२२] परमेश्‍वरले सबै कुरा ख्रीष्‍टको चरणमुनि राखिदिनुभयो र उहाँलाई सबै कुरामा मण्‍डलीको शिर बनाउनुभयो।[२३] मण्‍डलीचाहिँ ख्रीष्‍टको शरीर हो, यही शरीर सबै कुराले भरिएको उहाँको पूर्ण रूप हो।

एफिसी ५:२३
किनभने मण्‍डली ख्रीष्‍टको शरीर र ख्रीष्‍टचाहिँ मण्‍डलीलाई मुक्ति दिने शिर हुनुभएझैँ स्‍वास्‍नीको शिरचाहिँ लोग्‍ने हो।

१ कोरिन्थी १:१०
प्रभु येशू ख्रीष्‍टको नाउँमा म तिमीहरूलाई बिन्‍ती गर्दछु, तिमीहरू एक होओ, तिमीहरूका बीचमा फाटो नहोस् र एकै मनको र एउटै उद्देश्‍यमा लाग्‍ने होओ

जन १६:१३
तर सत्‍यका आत्‍मा आउनुभएपछि उहाँले नै सत्‍य के हो भन्‍ने कुरा तिमीहरूलाई बुझाइदिनुहुनेछ। उहाँले आफ्‍नै तर्फबाट कुरा गर्नुहुनेछैन। उहाँले जे सुन्‍नुहुनेछ, त्‍यही नै तिमीहरूलाई भन्‍नुहुनेछ अनि पछि हुन आउने कुराहरू पनि बताइदिनुहुनेछ।

जन १४:६
येशूले भन्‍नुभयो, “बाटो, सत्‍य र जीवन म नै हुँ। मद्वारा बाहेक कुनै मानिस पनि पिताकहाँ पुग्‍न सक्‍दैन।

जन १४:२८
‘म यहाँबाट जाँदै छु र फेरि तिमीहरूकहाँ फर्केर आउनेछु’ भनेर मैले भनेको कुरा त तिमीहरूले सुनिहाल्‍यौ। तिमीहरूले मलाई साँचो रूपले प्रेम गरेको भए त म पिताकहाँ जान लाग्‍दा तिमीहरू खुसी हुनेथियौ किनभने मभन्दा त पिता नै ठूलो हुनुहुन्‍छ।

लेवी १८:२२
पुरुष-पुरुषका बीचमा सम्‍भोग हुनुहुँदैन, परमेश्‍वरले त्‍यस कुरालाई घिनाउनुहुन्‍छ।

Nepali Bible 2008
नेपाल बाइबल सोसाइटी 2008