A A A A A

जीवन: [विधवाहरू]


जेम्स 1:27
परमेश्‍वर पितालाई मनपर्दो साँचो धर्म-कर्मचाहिँ दु:खमा परेका विधवा र टुहुरा-टुहुरीको हेर-विचार गर्नु अनि संसारका नराम्रा कुराबाट अलग रहनु हो।

प्रेरित 6:1
त्‍यस समयमा प्रभु येशूका चेलाहरूको सङ्‍ख्‍या बढिरह्‌यो। बढ्दै जाँदा ग्रीक भाषा बोल्‍ने र हिब्रू भाषा बोल्‍ने यहूदीहरूको बीचमा भनाभन् चल्‍न थाल्‍यो। दिनदिनै खाने कुरा बाँड्दा तिनीहरूको विधवाहरूको वास्‍ता भएन भन्‍ने ग्रीक भाषा बोल्‍ने यहूदीहरूको भनाइ थियो।

१ तिमोथी 5:3-16
[3] आफ्‍ना कोही नभएका विधवाहरूको हेरचाह गर्ने गर।[4] तर छोरा-छोरी र नाति-नातिनाहरू हुने विधवालाई चाहिँ उनकै छोरा-छोरी र नाति-नातिनाहरूले हेरचाह गरून्। पहिले घरमा नै भक्ति देखाउन सिकून् र आमा-बुबाका ऋण तिरून् किनभने यसो गर्नाले परमेश्‍वर पनि खुसी हुनुहुनेछ।[5] आफ्‍नो कोही नहुने विधवाले चाहिँ आफ्‍नो भरोसा परमेश्‍वरमा मात्र राखेकी हुन्‍छे। अनि त्‍यसले दिनरात लागेर परमेश्‍वरमा आफ्‍नो बिन्‍ती चढाइरहन्‍छे।[6] तर आफ्‍नो जीवन मोज-मज्‍जामा बिताउने विधवा भने बाँचे पनि अघि नै मरे जतिकै हो।[7] तिनीहरू निर्दोषी रहिरहून् भनेर तिनीहरूका लागि यी शिक्षाहरू देओ।[8] कोहीकोहीले त आफ्‍ना नातेदारहरू र खास गरेर आफ्‍नै परिवारको पनि हेरविचार गर्दैनन्। त्‍यस्‍ताले त विश्‍वास गर्नसमेत छोडेका हुन्‍छन्। तिनीहरू विश्‍वास नगर्नेभन्दा पनि खराब हुन्‍छन्।[9] साठी वर्ष उमेर नपुगेकी स्‍त्रीलाई विधवा-खातामा दर्ता नगर। त्‍यसमा पनि तिनले एउटै पुरुषसँग मात्र बिहे गरेको हुनुपर्छ।[10] राम्रो काम गरेकोमा तिनको नाम चलेको हुनुपर्छ। तिनले आफ्‍ना छोरा-छोरीहरूलाई राम्ररी हुर्काएकी र पाहुनाहरूलाई आफ्‍नो घरमा सत्‍कार गरेकी हुनुपर्छ अनि तिनले ख्रीष्‍टका पवित्र जनहरूका गोडा धोएर सेवा गरेकी र दु:खमा परेकाहरूलाई सघाएकी र यस्‍तै असल कामहरू गरेकी हुनुपर्छ।[11] तर तरुनी विधवाहरूलाई भने आफ्‍नो खातामा दर्ता नगर किनभने तिनीहरूले मौका पाउनेबित्तिकै ख्रीष्‍टको कामलाई छोडेर फेरि विवाह गरिहाल्‍नेछन्।[12] यसरी तिनीहरूले ख्रीष्‍टमा पहिले गरेको प्रतिज्ञा बिर्सिएकोले तिनीहरू दोषी ठहरिन्‍छन्।[13] फेरि तरुनी विधवा त अरू मानिसहरूका घरघरै डुल्‍ने बानी भएर बेकामै हुन्‍छन्। त्‍यति मात्र होइन, कुरौटे, झगडा लाउने र बोल्‍न नहुने कुरा पनि बोल्‍ने हुन्‍छन्।[14] यसकारण म तरुनी विधवाहरूले चाहिँ फेरि विवाह नै गरून् भनेर सल्‍लाह दिन्‍छु। यसरी बरु तिनीहरूले छोराछोरी जन्‍माएर गृहस्‍थी बनून्। त्‍यसो भए मात्र हाम्रा विरोधीहरूलाई हाम्रो निन्‍दा गर्ने मौका मिल्‍नेछैन[15] किनभने कोहीकोही विधवाहरू अघि नै शैतानतिर ढल्‍कि पनि सकेका छन्।[16] तर कुनै विश्‍वासी स्‍त्रीका परिवारमा विधवाहरू छन् भने तिनले तिनीहरूको हेरचाह गरून्। यसो गर्‍यौ भने मण्‍डलीले तिनीहरूको बोझ बोक्‍नुपर्नेछैन। त्‍यसकारण कोही नभएका विधवाहरूको मात्र मण्डलीले हेरचाह गरोस्।

१ तिमोथी 5:9
साठी वर्ष उमेर नपुगेकी स्‍त्रीलाई विधवा-खातामा दर्ता नगर। त्‍यसमा पनि तिनले एउटै पुरुषसँग मात्र बिहे गरेको हुनुपर्छ।

१ तिमोथी 5:3
आफ्‍ना कोही नभएका विधवाहरूको हेरचाह गर्ने गर।

१ तिमोथी 5:16
तर कुनै विश्‍वासी स्‍त्रीका परिवारमा विधवाहरू छन् भने तिनले तिनीहरूको हेरचाह गरून्। यसो गर्‍यौ भने मण्‍डलीले तिनीहरूको बोझ बोक्‍नुपर्नेछैन। त्‍यसकारण कोही नभएका विधवाहरूको मात्र मण्डलीले हेरचाह गरोस्।

प्रेरित 9:39
यो बिन्‍ती सुनेपछि पत्रुस उठेर तिनीहरूसँग गए। पत्रुस योप्‍पामा आइपुगेपछि मानिसहरूले उनलाई घरको माथिल्‍लो तलामा लगे। विधवाहरूचाहिँ तबीताले बनाएको लुगा देखाएर रुँदै पत्रुसको चारैतिर झुम्‍मिए।

प्रेरित 6:1-6
[1] त्‍यस समयमा प्रभु येशूका चेलाहरूको सङ्‍ख्‍या बढिरह्‌यो। बढ्दै जाँदा ग्रीक भाषा बोल्‍ने र हिब्रू भाषा बोल्‍ने यहूदीहरूको बीचमा भनाभन् चल्‍न थाल्‍यो। दिनदिनै खाने कुरा बाँड्दा तिनीहरूको विधवाहरूको वास्‍ता भएन भन्‍ने ग्रीक भाषा बोल्‍ने यहूदीहरूको भनाइ थियो।[2] त्‍यसो हुँदा बाह्र प्रेरितहरूले प्रभुका चेलाहरू जति सबैलाई बोलाएर भने, “परमेश्‍वरको शिक्षालाई छोडेर खाने कुरामा अलमलिनु हामीलाई ठीक हुँदैन।[3] त्‍यसैले हे भाइ हो, तिमीहरूका बीचबाट पवित्र आत्‍मा र ज्ञानले भरिएका सात जना मानिसलाई छान। हामी यो खाने कुराको जिम्‍मा तिनीहरूलाई दिनेछौं।[4] हामी आफैंचाहिँ पूरै समय प्रार्थना र प्रचारको काममा लाग्‍नेछौं।”[5] प्रेरितहरूको विचार सबैलाई मन पर्‍यो। त्‍यसैले तिनीहरूले विश्‍वास र पवित्र आत्‍माले भरपूर भएका स्‍तिफनसलाई चुने र साथसाथै फिलिप, प्रखरस, निकनोर, तीमोन, पर्मिनास अनि एन्‍टिओखिया सहरका यहूदी धर्म लिएका निकोलाउसलाई पनि चुने।[6] तिनीहरूले ती चुनिएका सात जनालाई प्रेरितहरूको सामने लगे र प्रेरितहरूले प्रार्थना गरेर आफ्‍ना हात तिनीहरूमाथि राखे।

१ तिमोथी 5:11-14
[11] तर तरुनी विधवाहरूलाई भने आफ्‍नो खातामा दर्ता नगर किनभने तिनीहरूले मौका पाउनेबित्तिकै ख्रीष्‍टको कामलाई छोडेर फेरि विवाह गरिहाल्‍नेछन्।[12] यसरी तिनीहरूले ख्रीष्‍टमा पहिले गरेको प्रतिज्ञा बिर्सिएकोले तिनीहरू दोषी ठहरिन्‍छन्।[13] फेरि तरुनी विधवा त अरू मानिसहरूका घरघरै डुल्‍ने बानी भएर बेकामै हुन्‍छन्। त्‍यति मात्र होइन, कुरौटे, झगडा लाउने र बोल्‍न नहुने कुरा पनि बोल्‍ने हुन्‍छन्।[14] यसकारण म तरुनी विधवाहरूले चाहिँ फेरि विवाह नै गरून् भनेर सल्‍लाह दिन्‍छु। यसरी बरु तिनीहरूले छोराछोरी जन्‍माएर गृहस्‍थी बनून्। त्‍यसो भए मात्र हाम्रा विरोधीहरूलाई हाम्रो निन्‍दा गर्ने मौका मिल्‍नेछैन

१ कोरिन्थी 7:8-9
[8] अब म बिहे नभएकाहरू र विधवाहरूलाई भन्‍दै छु। तिमीहरूले बिहे नगरीकन मजस्‍तै बस्‍नु राम्रो हो।[9] तर तिमीहरू मन थाम्‍न सक्‍दैनौ भने बिहे गर। तिर्सनाले जल्‍नुभन्दा बिहे गर्नु राम्रो हो।

भजनमा ६८:५
परमेश्‍वरले आफ्‍नो पवित्र मन्‍दिरमा बास गर्नुहुने टुहुरा-टुहुरीको वास्‍ता गर्नुहुन्‍छ र विधवाहरूको रक्षा गर्नुहुन्‍छ।

व्यवस्था 14:29
त्‍यो तिम्रा सहरहरूमा बास गर्ने लेवीहरू, जसका आफ्‍नो सम्‍पत्ति छैन, विदेशीहरू, टुहुरा-टुहुरी र विधवाहरूको लागि हो। तिनीहरू आएर आफूलाई चाहिएको जति चीज लिएर जानेछन्। त्‍यसो गर र परमप्रभु तिम्रा परमेश्‍वरले तिमीहरूले गरेको हरेक काममा आशिष् दिनुहुनेछ।

व्यवस्था १६:११-१४
[११] आफ्‍ना छोरा-छोरी, नोकर-चाकर र तिम्रा सहरमा बास गर्ने लेवी, विदेशी, टुहुरा-टुहुरी र विधवाहरूसहित परमप्रभुको सामुन्‍ने आनन्‍द मनाउनू। त्‍यो एक मात्र आराधना-स्‍थलमा त्‍यसो गर्नू।[१२] यी आज्ञाहरू मान्‍नलाई निश्‍चय गर। तिमीहरू मिश्रमा कमारा-कमारी थियौ भन्‍ने कुरा नभुल।[१३] “तिमीहरूले आफ्‍ना सारा अन्‍न बटुलिसकेपछि र दाख कोलमा पेलिसकेपछि छाप्रोको चाड सात दिनसम्‍म मनाउनू।[१४] तिम्रा छोरा-छोरी, कमारा-कमारी, लेवीहरू र तिम्रा सहरहरूमा बास गर्ने विदेशी, टुहुरा-टुहुरी र विधवाहरूसित चाडमा आनन्‍द मनाउनू।

यर्मिया 49:11
तिमीहरूका टुहुरा-टुहुरीहरूलाई मसित छोडिराख र म तिनीहरूको हेरचाह गर्नेछु। तिमीहरूका विधवाहरू ममाथि भर पर्न सक्‍छन्।

मलाकी ३:५
सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्‍छ, “म न्‍याय गर्न तिमीहरूकहाँ आउनेछु र आउनासाथ म मन्‍त्रतन्‍त्र गर्नेहरू, व्‍यभिचारीहरू, झूटा साक्षी दिनेहरू, काम गर्नेहरूको ज्‍याला ठगी खानेहरू, विधवाहरू, टुहुरा-टुहुरीहरू र विदेशीहरूलाई अत्‍याचार गर्नेहरू, अँ, मेरो आदर नगर्नेहरू सबै जनाका विरुद्धमा साक्षी दिनेछु।

व्यवस्था १४:२८-२९
[२८] हरेक तेस्रो वर्षको अन्‍तमा तिम्रा सारा उब्‍जनीका दशौँ हिस्‍सा बटुली ल्‍याओ र आफ्‍ना सहरहरूमा जम्‍मा गर।[२९] त्‍यो तिम्रा सहरहरूमा बास गर्ने लेवीहरू, जसका आफ्‍नो सम्‍पत्ति छैन, विदेशीहरू, टुहुरा-टुहुरी र विधवाहरूको लागि हो। तिनीहरू आएर आफूलाई चाहिएको जति चीज लिएर जानेछन्। त्‍यसो गर र परमप्रभु तिम्रा परमेश्‍वरले तिमीहरूले गरेको हरेक काममा आशिष् दिनुहुनेछ।

काम 22:9
तपाईंले विधवाहरूलाई सहायता दिन इन्‍कार गर्नुभयो। त्‍यति मात्र होइन, टुहुरा-टुहुरीहरूलाई पनि ठग्‍नुभयो।

विलाप 5:3
हाम्रा पिताहरू शत्रुहरूद्वारा मारिएका छन्। अब हाम्रा आमाहरू विधवा भएका छन्।

प्रस्थान २२:२२-२४
[२२] कुनै विधवा वा टुहुरा-टुहुरीलाई कुव्‍यवहार नगर्नू।[२३] त्‍यसो गर्‍यौ भने मलाई तिनीहरूले सहायताको लागि पुकार्दा म परमप्रभुले तिनीहरूलाई उत्तर दिनेछु[२४] र म रिसाएर लडाइँमा तिमीहरूलाई नाश पार्नेछु। तिम्रा स्‍वास्‍नीहरू पनि विधवा हुनेछन् र तिम्रा छोरा-छोरीहरू पनि टुहुरा-टुहुरी हुनेछन्।

यशैया १०:१-२
[१] तिम्रो विनाश हुनेछ! तिमीहरू अन्‍यायका नियम-कानुन बनाउँछौ र मेरा प्रजामाथि अत्‍याचार हुँदछ।[२] त्‍यसरी तिमीहरू गरीबलाई हक, न्‍याय पाउन रोक्छौ। त्‍यसरी तिमीहरूले विधवा र टुहुरा-टुहुरीहरूका धन-सम्‍पत्ति खोस्‍दछौ।

प्रस्थान 22:24
र म रिसाएर लडाइँमा तिमीहरूलाई नाश पार्नेछु। तिम्रा स्‍वास्‍नीहरू पनि विधवा हुनेछन् र तिम्रा छोरा-छोरीहरू पनि टुहुरा-टुहुरी हुनेछन्।

यर्मिया 15:8
तिमीहरूका देशमा समुद्रको बालुवाका सङ्‍ख्‍याभन्दा धेरै विधवाहरू छन्। तिमीहरूका ठिटाहरूलाई मैले मारें र तिमीहरूका आमाहरूलाई शोकित तुल्‍याएँ। एक्‍कासि वेदना र आतङ्क मैले तिनीहरूमाथि ल्‍याएँ।

काम २७:१५
बाँकी रहेकाहरू पनि रुढीले मर्नेछन्। तिनीहरूको मृत्‍युमा विधवाहरूले पनि शोक मनाउनेछैनन्।

यशैया १०:२
त्‍यसरी तिमीहरू गरीबलाई हक, न्‍याय पाउन रोक्छौ। त्‍यसरी तिमीहरूले विधवा र टुहुरा-टुहुरीहरूका धन-सम्‍पत्ति खोस्‍दछौ।

यर्मिया 18:21
यसकारण अब तिनीहरूका छोरा-छोरीहरू भोकले मरून्, तिनीहरूचाहिँ लडाइँमा मारिऊन्, स्‍वास्‍नीहरू विधवा र नि:सन्‍तान होऊन्, पुरुषहरू रुढीले मरून् र जवानहरू लडाइँमा मारिऊन्।

भजनमा ७८:६४
हिँसाले पुरोहितहरू मारिए र तिनका विधवाहरूले शोक मनाउनसम्‍म पाएनन्।

प्रस्थान २२:२२
कुनै विधवा वा टुहुरा-टुहुरीलाई कुव्‍यवहार नगर्नू।

व्यवस्था २७:१९
“परदेशी, टुहुरा-टुहुरी र विधवाका हक खोस्‍नेमाथि परमेश्‍वरको सराप परोस्।” अनि सबै मानिसहरूले भन्‍नेछन्, “आमेन!”

व्यवस्था २४:१७
“परदेशीहरू वा टुहुरा-टुहुरीको हक नखोस्‍नू। एउटी विधवालाई ऋण दिँदा त्‍यसको वस्‍त्र बन्‍धक नलिनू।

लूका 2:37
र अब उनी चौरासी वर्ष जति भएकी थिइन्। तिनले मन्दिर छोड्दैनथिइनन, उपवास र प्रार्थनासाथ रातदिन तिनी परमेश्‍वरलाई पुज्थिन्‌।

व्यवस्था 10:18
टुहुराटुहुरी र विधवासित उहाँले न्‍यायपूर्ण व्‍यवहार गर्न लाउनुहुन्‍छ। हाम्रा मानिसहरूसँग बास गर्ने विदेशीहरूलाई उहाँले प्रेम गर्नुहुन्‍छ र तिनीहरूलाई भोजन र वस्‍त्र दिनुहुन्‍छ।

यशैया 1:17
र ठीक काम गर्न सिक। सबैको निसाफ गर, अत्‍याचारमा परेकाहरूलाई सहायता गर, टुहुरा-टुहुरीहरूको हकको खोजी गरिदेऊ, रक्षा गरिदेऊ र विधवाको पक्षमा बोल।”

रोमी 7:3
तर यदि आफ्‍नो लोग्‍ने हुँदाहुँदै अर्कोसँग गई भने उसले व्‍यभिचारको पाप गर्नेछ। तर लोग्‍ने मरेपछि भने ऊ त्‍यस व्यवस्थादेखि फुक्‍का हुन्‍छे र अर्कासँग विवाह गर्दा पनि उसलाई पापको दोष लाग्‍दैन।

१ तिमोथी 5:4
तर छोरा-छोरी र नाति-नातिनाहरू हुने विधवालाई चाहिँ उनकै छोरा-छोरी र नाति-नातिनाहरूले हेरचाह गरून्। पहिले घरमा नै भक्ति देखाउन सिकून् र आमा-बुबाका ऋण तिरून् किनभने यसो गर्नाले परमेश्‍वर पनि खुसी हुनुहुनेछ।

व्यवस्था 24:19-21
[19] “जब तिमीहरू आफ्‍ना अन्‍नबाली बटुल्‍छौ, केही अन्‍न छोडियो भने त्‍यो लिनलाई फर्की नजानू। त्‍यो विदेशी, टुहुरा-टुहुरी र विधवाहरूको निम्‍ति छोडिदिनू अनि परमप्रभु तिम्रा परमेश्‍वरले तिम्रा सबै काममा तिमीहरूलाई आशिष् दिनुहुनेछ।[20] तिमीहरूले एकपल्‍ट जैतुन टिपिसकेपछि छुटेका जैतुन टिप्‍नलाई फर्की नजानू। ती विदेशी, टुहुरा-टुहुरी र विधवाहरूलाई छोडिदिनू।[21] एकपल्‍ट दाख टिपिसकेपछि दोस्रोपल्‍ट त्‍यो बोटबाट फल टिप्‍न फर्की नजानू। छुटेका दाखचाहिँ विदेशी, टुहुरा-टुहुरी र विधवाहरूको लागि हुनेछ।

काम 24:3
तिनीहरूले टुहुरा-टुहुरीका गधाहरू लैजान्‍छन् र विधवाको गोरु उसको ऋण तिरिनसकेसम्‍म बन्‍धकी राख्‍छन्।

इजकिएल 22:7
यो सहरमा आफ्‍ना आमा-बुबाको मान-मनितो गर्ने कोही पनि छैन। तिमीहरूले विदेशीहरूलाई अत्‍याचार गर्दछौ अनि विधवा र टुहुरा-टुहुरीबाट अनुचित फाइदा उठाउँदछौ।

१ तिमोथी 5:10
राम्रो काम गरेकोमा तिनको नाम चलेको हुनुपर्छ। तिनले आफ्‍ना छोरा-छोरीहरूलाई राम्ररी हुर्काएकी र पाहुनाहरूलाई आफ्‍नो घरमा सत्‍कार गरेकी हुनुपर्छ अनि तिनले ख्रीष्‍टका पवित्र जनहरूका गोडा धोएर सेवा गरेकी र दु:खमा परेकाहरूलाई सघाएकी र यस्‍तै असल कामहरू गरेकी हुनुपर्छ।

हितोपदेश 15:25
अहङ्कारीहरूका घरहरू परमप्रभुले नाश पार्नुहुन्‍छ तर उहाँले विधवाको साँध-सिमानाको रक्षा गर्नुहुन्‍छ।

जकरिया 7:10
विधवा, टुहुरा-टुहुरी, तिम्रा माझमा बास गर्ने विदेशी र दरिद्रहरूमाथि अत्‍याचार नगर। एक-अर्कालाई खति गराउने जुक्‍ति नगर।’

मार्क 12:42-43
[42] अनि एउटी गरीब विधवा पनि आएर तामाको दुई सिक्‍का मात्र चढाई।[43] अनि येशूले आफ्‍ना चेलाहरूलाई डाकेर भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍छु, यस गरीब विधवाले अरू सबै मानिसहरूले भन्दा धेरै भेटी चढाएकी छिन्

काम २९:१३
दु:खले मर्न लागेकाहरूले मलाई आशीर्वाद दिन्‍थे। मैले विधवाहरूलाई आनन्‍दले गाउने तुल्‍याइदिन्‍थें।

व्यवस्था २४:१९
“जब तिमीहरू आफ्‍ना अन्‍नबाली बटुल्‍छौ, केही अन्‍न छोडियो भने त्‍यो लिनलाई फर्की नजानू। त्‍यो विदेशी, टुहुरा-टुहुरी र विधवाहरूको निम्‍ति छोडिदिनू अनि परमप्रभु तिम्रा परमेश्‍वरले तिम्रा सबै काममा तिमीहरूलाई आशिष् दिनुहुनेछ।

व्यवस्था २६:१२
“तीन-तीन वर्षमा आफ्‍ना उब्‍जनीको दशौँ अंश लेवी, विदेशी, टुहुरा-टुहुरी र विधवाहरूलाई दिनू र हरेक समुदायमा तिनीहरूलाई चाहिने खाने कुराहरू प्रशस्‍त होस्। त्‍यसो गरिसकेपछि

१ तिमोथी 5:5
आफ्‍नो कोही नहुने विधवाले चाहिँ आफ्‍नो भरोसा परमेश्‍वरमा मात्र राखेकी हुन्‍छे। अनि त्‍यसले दिनरात लागेर परमेश्‍वरमा आफ्‍नो बिन्‍ती चढाइरहन्‍छे।

यर्मिया 7:6
परदेशी, टुहुरा-टुहुरीहरू र विधवाहरूबाट अनुचित लाभ नउठाओ। यो देशमा निर्दोष रगत नबगाओ। बिराना देवताहरूको पूजा गर्न छोड, तिनीहरूले तिमीहरूको नाश मात्र पार्नेछन्।

भजनमा 94:6
तिनीहरूले विधवाहरू र टुहुराटुहुरीहरूलाई मार्दछन् र हाम्रा देशमा बास गर्ने परदेशीहरूको हत्‍या गर्दछन्।

भजनमा 146:9
हाम्रा देशमा बास गर्ने परदेशीहरूलाई उहाँले रक्षा गर्नुहुन्‍छ, उहाँले विधवा र टुहुरा-टुहुरीहरूलाई सहायता गर्नुहुन्‍छ, तर दुष्‍टको युक्तिलाई नाश गर्नुहुन्‍छ।

Nepali Bible 2008
नेपाल बाइबल सोसाइटी 2008