A A A A A

जीवन: [धन]


१ तिमोथी 6:17-19
[17] अहिले यस संसारमा धनी हुनेहरूलाई घमण्‍डी नहुनू भन। तिनीहरूका धन-सम्‍पत्ति सधैँ रहने होइन तर हाम्रो सुखका लागि प्रशस्‍त गरी सबै कुरा दिने परमेश्‍वरमै भरोसा राख भनेर आज्ञा देओ।[18] भलाइको काम गर्नू, भलाइको काममा धनी हुनू, खुला मनको हुनू र अरूलाई दिन तयार हुनू भनी तिनीहरूलाई भन।[19] यसरी तिनीहरूले पछि आफ्‍नो साँचो जीवनमा काम लाग्‍ने धनसम्‍पत्ति जम्‍मा गरून् र उनीहरूले साँचो जीवन जोगाइराख्‍न सक्‍नेछन्।

लूका 19:1-10
[1] येशू यरीहो सहर भएर जाँदै हुनुहुन्‍थ्‍यो।[2] त्‍यस सहरमा जखायस नाउँ भएका धनी मानिस कर उठाउनेहरूका हाकिम थिए।[3] उनले येशूलाई हेर्न खोज्‍दै थिए। तर उनी पुड्का थिए र मानिसहरूको घुइँचोले गर्दा उनले येशूलाई देख्‍न सकेनन्।[4] त्‍यसकारण येशूलाई हेर्न उनी दगुर्दै अगाडि गएर एउटा जङ्गली नेभाराको रूखमा चढे। येशू त्‍यही बाटो भएर आउँदै हुनुहुन्‍थ्‍यो।[5] त्‍यस ठाउँमा आइपुगेपछि येशूले मास्‍तिर हेरेर जखायसलाई भन्‍नुभयो, “ए जखायस, झट्टै तल ओर्लेर आऊ! आज म तिम्रो घरमा बास बस्‍नुपरेको छ।”[6] जखायसले खुसी हुँदै तुरुन्‍तै ओर्लेर येशूको स्‍वागत गरे।[7] यो देखेर सबै जना यसो भन्‍दै गनगनाउन लागे, “यी मानिस त पापीको घरमा पो बास बस्‍न जाँदै छन्!”[8] तर जखायसले प्रभुको अगाडि उभिएर भने, “सुन्‍नुहोस् हजुर, अब म आफ्‍नो धन-सम्‍पत्तिको आधा भाग गरीबहरूलाई बाँडिदिनेछु अनि कसैलाई करकापमा पारेर केही लिएको छु भने म त्‍यसको चार गुणा फिर्ता पनि गरिदिनेछु।”[9] येशूले तिनलाई भन्‍नुभयो, “आज यस घरले उद्धार पाएको छ। जखायस पनि त अब्राहामकै सन्‍तान हुन्।[10] म मानव पुत्र हराएकालाई नै खोज्‍न र बचाउन भनेर आएको हुँ।”

मार्क 4:19
तिनीहरूले परमेश्‍वरको शिक्षा सुन्‍न त सुन्‍छन्, तर यस संसारको चिन्‍ता, धन-सम्‍पत्तिको माया र त्‍यस्‍तै तिर्सनाहरूले गर्दा त्‍यो शिक्षा हराएर जान्‍छ र कुनै पनि फल फलाउँदैनन्।

लूका १८:१८-३०
[१८] कुनै एक जना इस्राएली शासकले येशूलाई सोधे, “हे असल गुरु, अजम्‍मरी जीवन पाउन मैले के गर्नुपर्छ?”[१९] येशूले तिनलाई भन्‍नुभयो, “तिमी किन मलाई असल भन्‍छौ? परमेश्‍वरबाहेक कोही पनि असल छैन।[२०] परमेश्‍वरका व्यवस्थाका आज्ञाहरू त तिमीलाई थाहै छ, व्‍यभिचार नगर्नू, मान्‍छे नमार्नू, नचोर्नू, झूटो साक्षी नदिनू अनि आमा-बुबाको आदर गर्नू।”[२१] तिनले जवाफ दिए, “यी सबै आज्ञा त मैले सानैदेखि मान्‍दै आएको छु।”[२२] यो सुनेर येशूले तिनलाई भन्‍नुभयो, “तिमीले अझै एउटा काम गर्न बाँकी छ, तिमीसँग भएका सबै कुरा बेचेर गरीबहरूलाई बाँडिदेऊ र तिमीले स्‍वर्गीय धन पाउनेछौ अनि मेरो पछि लाग।”[२३] यो कुरा सुनेर तिनी साह्रै खिन्‍न भए किनभने तिनी असाध्‍यै धनी थिए।[२४] तिनी खिन्‍न भएको देखेर येशूले भन्‍नुभयो, “देख्‍यौ त, धनी मानिसलाई परमेश्‍वरको राज्‍यमा पस्‍न कस्‍तो गाह्रो हुँदो रहेछ।[२५] धनी मानिसलाई परमेश्‍वरको राज्‍यमा पस्‍नुभन्दा त बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्न सजिलो होला!”[२६] यो कुरा सुन्‍नेहरूले उहाँलाई सोधे, “त्‍यसो भए कसले मुक्ति पाउन सक्‍छ त?”[२७] येशूले तिनीहरूलाई जवाफ दिँदै भन्‍नुभयो, “यो मानिसबाट हुनै नसक्‍ने काम भए पनि परमेश्‍वरबाट चाहिँ हुन सक्‍छ।”[२८] तब पत्रुसले भने, “हेर्नुहोस्, हामीले घरबार नै छोडेर तपाईंलाई पछ्याएका छौं।”[२९] येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍छु, परमेश्‍वरको राज्‍यको निम्‍ति आफ्‍ना आमा-बुबा, दाजुभाइ, जहान, छोरा-छोरी र घरबार छोड्‍नेले[३०] अहिले नै त्‍योभन्दा बढी पाउनेछ अनि आउने युगमा चाहिँ अजम्‍मरी जीवन पाउनेछ।”

प्रकाश ३:१७
म धनी छु र मलाई केही कुराको कमी छैन भनेर तिमी भन्‍छौ र तिमी कति दु:खी र दयालाग्‍दो कङ्गाल, अन्‍धा र नाङ्गा छौ भन्‍ने तिमीलाई थाहा छैन।

लूका 16:1-3
[1] येशूले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “कुनै धनी मानिसको काम गर्नेहरूको एक जना नाइके थियो। ‘त्‍यस नाइकेले तपाईंको सम्‍पत्ति उडाउँदै छ’ भन्‍ने कुरा मानिसहरूले ती धनी मानिसलाई सुनाए।[2] तिनले त्‍यस नाइकेलाई बोलाएर सोधे, ‘मैले तिम्रो बारेमा यो के सुन्‍दै छु? तिम्रो सबै हिसाबकिताब मलाई बुझाऊ। अबदेखि तिमी नाइके हुन सक्‍दैनौ।’[3] त्‍यसो हुँदा नाइकेले मनमनै सोच्‍यो, ‘मेरो मालिकले मलाई नोकरीबाट निकाल्‍ने भए। अब म के गरूँ? खनजोत गरेर खाऊँ भने खन्‍ने बल नै छैन, भिक्षा मागूँ भने मलाई लाज लाग्‍छ।

मार्क १२:४३-४४
[४३] अनि येशूले आफ्‍ना चेलाहरूलाई डाकेर भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍छु, यस गरीब विधवाले अरू सबै मानिसहरूले भन्दा धेरै भेटी चढाएकी छिन्[४४] किनभने अरूले त आफ्‍नो उब्रिएको धनबाट केही चढाएका हुन्, तर यस विधवाले चाहिँ गरीब भएर पनि उसको जीविका चलाउने भएभरको सबै खर्च चढाएकी छिन्।”

लूका 19:1-27
[1] येशू यरीहो सहर भएर जाँदै हुनुहुन्‍थ्‍यो।[2] त्‍यस सहरमा जखायस नाउँ भएका धनी मानिस कर उठाउनेहरूका हाकिम थिए।[3] उनले येशूलाई हेर्न खोज्‍दै थिए। तर उनी पुड्का थिए र मानिसहरूको घुइँचोले गर्दा उनले येशूलाई देख्‍न सकेनन्।[4] त्‍यसकारण येशूलाई हेर्न उनी दगुर्दै अगाडि गएर एउटा जङ्गली नेभाराको रूखमा चढे। येशू त्‍यही बाटो भएर आउँदै हुनुहुन्‍थ्‍यो।[5] त्‍यस ठाउँमा आइपुगेपछि येशूले मास्‍तिर हेरेर जखायसलाई भन्‍नुभयो, “ए जखायस, झट्टै तल ओर्लेर आऊ! आज म तिम्रो घरमा बास बस्‍नुपरेको छ।”[6] जखायसले खुसी हुँदै तुरुन्‍तै ओर्लेर येशूको स्‍वागत गरे।[7] यो देखेर सबै जना यसो भन्‍दै गनगनाउन लागे, “यी मानिस त पापीको घरमा पो बास बस्‍न जाँदै छन्!”[8] तर जखायसले प्रभुको अगाडि उभिएर भने, “सुन्‍नुहोस् हजुर, अब म आफ्‍नो धन-सम्‍पत्तिको आधा भाग गरीबहरूलाई बाँडिदिनेछु अनि कसैलाई करकापमा पारेर केही लिएको छु भने म त्‍यसको चार गुणा फिर्ता पनि गरिदिनेछु।”[9] येशूले तिनलाई भन्‍नुभयो, “आज यस घरले उद्धार पाएको छ। जखायस पनि त अब्राहामकै सन्‍तान हुन्।[10] म मानव पुत्र हराएकालाई नै खोज्‍न र बचाउन भनेर आएको हुँ।”[11] येशू यरूशलेमको नजिकै आइपुग्‍नुभएको थियो। मानिसहरू परमेश्‍वरको राज्‍य अब चाँडै आउँछ भन्‍ने सम्‍झेर उहाँका कुरा सुनिरहेका थिए। त्‍यसो हुँदा उहाँले एउटा दृष्‍टान्‍त दिएर तिनीहरूलाई परमेश्‍वरको राज्‍यको बारेमा यस्‍तो कथा भन्‍नुभयो,[12] “कुनै एक जना ठूला मानिसले निकै टाढा देशमा गएर आफ्‍नो देशको राजा बनेर फर्कने विचार गरे।[13] जानुभन्दा अघि तिनले आफ्‍ना दश जना नोकरहरूलाई बोलाए अनि हरेकलाई एक-एक वटा असर्फी दिएर भने, ‘म फर्केर नआउञ्‍जेल यस असर्फीले व्‍यापार गरेर नाफा निकाल।’[14] तर आफ्‍नो देशका मानिसहरूले चाहिँ तिनलाई मन पराउँदैनथे। त्‍यसैले तिनी गएपछि उनीहरूले यसो भनेर बिन्‍ती पठाए, ‘यो मानिस राजा भएको हामी चाहँदैनौं।’[15] “तर ती मानिस राजा भएर नै फर्किए। आउनेबित्तिकै उनले नोकरहरूलाई व्‍यापार गरेर कति कमाए भनी सोध्‍न बोलाए।[16] पहिलो नोकरले आएर भन्‍यो, ‘हजुर, तपाईंले दिनुभएको एउटा असर्फीले मैले दश वटा असर्फी कमाएर ल्‍याएको छु।’[17] राजाले तिनलाई भने, ‘स्‍याबास! तिमी असल नोकर रहेछौ! तिमी सानो कुरामा भरपर्दो भएकोले म तिमीलाई दश सहरको हाकिम बनाउनेछु।’[18] दोस्रो नोकरले आएर भन्‍यो, ‘हजुर, तपाईंले दिनुभएको एउटा असर्फीले मैले पाँच वटा कमाएर ल्‍याएको छु।’[19] राजाले त्‍यसलाई भने, ‘तिमी पाँच सहरको हाकिम हुनेछौ।’[20] अर्को नोकरले आएर भन्‍यो, ‘हजुर, मैले तपाईंको असर्फी रुमालमा लुकाएर राखें, यो यहीँ छ।[21] मलाई तपाईंदेखि डर लाग्‍यो किनभने तपाईं कठोर मानिस हुनुहुन्‍छ। तपाईं त आफूले लगानी नगरेको ठाउँमा पनि नाफा खोज्‍नुहुन्‍छ र आफूले नलगाएको बाली काटेर लिनुहुन्‍छ।’[22] राजाले त्‍यसलाई भने, ‘ए बदमाश नोकर, तेरै मुखको बोलीले म तँलाई दोषी ठहराउँछु। म कठोर मानिस छु, आफूले लगानी नगरेको ठाउँबाट नाफा खोज्‍ने र आफूले नलगाएको बाली काटेर लिने भनेर तँलाई थाहै रहेछ।[23] त्‍यसो भए तैँले मेरो पैसा किन ब्‍याजमा लगाइनस् त? ब्‍याजमा लगाइदिएको भए म फर्केर आउँदा केही नभए पनि ब्‍याजसम्‍म त पाउने थिएँ।’[24] तिनले त्‍यहाँ उभिनेहरूलाई भने, ‘लौ, अब त्‍यसबाट त्‍यो असर्फी खोसेर दश वटा हुनेलाई देओ।’[25] तिनीहरूले भने, ‘हजुर, उसको त दश वटा छँदैछ नि!’[26] राजाले भने, ‘म तिमीहरूलाई भन्‍छु, जोसँग छ, उसलाई अझै दिइन्‍छ। तर जोसँग छैन, उसबाट अलिकति भएको पनि खोसिन्‍छ।[27] अब मलाई राजा भएको नचाहने मेरा शत्रुहरूलाई यहाँ ल्‍याएर मेरै सामुन्‍ने मार’!”

लूका 18:22-23
[22] यो सुनेर येशूले तिनलाई भन्‍नुभयो, “तिमीले अझै एउटा काम गर्न बाँकी छ, तिमीसँग भएका सबै कुरा बेचेर गरीबहरूलाई बाँडिदेऊ र तिमीले स्‍वर्गीय धन पाउनेछौ अनि मेरो पछि लाग।”[23] यो कुरा सुनेर तिनी साह्रै खिन्‍न भए किनभने तिनी असाध्‍यै धनी थिए।

मार्क १२:४१-४४
[४१] येशूले मन्‍दिरमा दान हाल्‍ने बाकसनेर बसेर मानिसहरूले पैसा चढाएको हेरिरहनुभएको थियो। धेरै धनी मानिसहरूले धेरै पैसा चढाए।[४२] अनि एउटी गरीब विधवा पनि आएर तामाको दुई सिक्‍का मात्र चढाई।[४३] अनि येशूले आफ्‍ना चेलाहरूलाई डाकेर भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍छु, यस गरीब विधवाले अरू सबै मानिसहरूले भन्दा धेरै भेटी चढाएकी छिन्[४४] किनभने अरूले त आफ्‍नो उब्रिएको धनबाट केही चढाएका हुन्, तर यस विधवाले चाहिँ गरीब भएर पनि उसको जीविका चलाउने भएभरको सबै खर्च चढाएकी छिन्।”

मत्ती 25:14-30
[14] “मानव पुत्र आउने बेलामा चाहिँ एक जना मालिक परदेश गएर घर फर्कने बेलामा भएजस्‍तै हुनेछ। त्‍यस मालिकले परदेश जानुभन्दा पहिले आफ्‍ना नोकरहरूलाई बोलाएर आफ्‍नो पैसा जिम्‍मा लगाइदिए।[15] उनले नोकरको खुबीअनुसार एउटालाई पाँच वटा, अर्कोलाई दुई वटा र अर्को एक जनालाई एउटा सुनको सिक्‍का जिम्‍मा लगाएर परदेशतिर लागे।[16] पाँच वटा सुनको सिक्‍का जिम्‍मा लिने नोकरचाहिँ तुरुन्‍तै गएर त्‍यो पैसा व्‍यापारमा लगाइहाल्‍यो र उसले त्‍यसबाट अरू पाँच वटा सुनको सिक्‍का कमायो।[17] त्‍यसै गरी दुई वटा सिक्‍का जिम्‍मा लिने नोकरले पनि अरू दुई वटा सुनको सिक्‍का कमायो।[18] तर एउटा सुनको सिक्‍का जिम्‍मा लिने नोकरले चाहिँ खाडल खनेर त्‍यसलाई लुकाएर राख्‍यो।[19] “धेरै वर्ष बितेपछि ती नोकरहरूको मालिक फर्केर आए र तिनीहरूबाट आफ्‍नो हिसाब लिए।[20] पाँच वटा सुनको सिक्‍का पाउनेले आएर मालिकलाई भन्‍यो, ‘हेर्नुहोस्, हजुरले मलाई पाँच वटा सुनको सिक्‍का दिनुभएको थियो, त्‍यसबाट मैले अरू पाँच वटा कमाएर ल्‍याएको छु।’[21] मालिकले भने, ‘स्‍याबास! तिमी असल र भरपर्दो नोकर रहेछौ। तिमी थोरै कुरामा पनि भरपर्दो भएकोले म तिमीलाई अरू धेरै कुराको जिम्‍मा दिन्‍छु। तिमी आएर मसँग रमाऊ।’[22] त्‍यसपछि दुई वटा सुनको सिक्‍का पाउनेले आएर भन्‍यो, ‘हजुर, तपाईंले मलाई दुई वटा सुनको सिक्‍का दिनुभएको थियो। हेर्नुहोस्, मैले अरू दुई वटा कमाएर ल्‍याएको छु।’[23] मालिकले भने, ‘स्‍याबास! तिमी असल र भरपर्दो नोकर रहेछौ। तिमी सानै कुरामा भरपर्दो भएकोले म तिमीलाई अरू धेरै कुराको जिम्‍मा दिन्‍छु। तिमी पनि आएर मसँगै रमाऊ।’[24] “त्‍यसपछि एउटा सुनको सिक्‍का पाउनेले आएर भन्‍यो, ‘हजुर, तपाईं कठोर मानिस हुनुहुन्‍छ, तपाईंले आफूले नलगाएको बाली काटेर लिनुहुन्‍छ र आफूले ननिफनेको अन्‍न पनि बटुल्‍नुहुन्‍छ भन्‍ने कुरा मलाई थाहा थियो।[25] यसकारण तपाईंको डरले गर्दा मैले त तपाईंको सिक्‍का खाडलमा लुकाएर राखें। अब लिनोस् तपाईंको सिक्‍का।’[26] तब मालिकले त्‍यसलाई भने, ‘ए बदमाश र अल्‍छी नोकर! म आफूले नलगाएको बाली काटेर लिने र आफूले ननिफनेको अन्‍न बटुल्‍ने कठोर मानिस हुँ भन्‍ने तँलाई थाहा थियो भने[27] तैँले मेरो पैसा लगेर ब्‍याजमा लगाउनुपर्दैन थियो त? अनि म फर्केर आउँदा केही नभए पनि ब्‍याजसम्‍म त पाउने थिएँ![28] त्‍यसबाट यो सुनको सिक्‍का खोसेर त्‍यही दश वटा सुनको सिक्‍का हुनेलाई देओ[29] किनभने जोसँग छ, उसलाई अझै दिइन्‍छ र ऊसँग झन् प्रशस्‍त हुनेछ। तर जोसँग छैन, उसबाट अलिकति भएको पनि खोसिनेछ।[30] अब यो बेकामेलाई लगेर बाहिर अन्‍धकारमा फ्‍याँकिदेओ। त्‍यहाँ यसले दाह्रा किट्दै रुवाबासी गरिरहोस्!’

मत्ती १३:२२
फेरि कति जना मानिसको मनचाहिँ काँडाको घारीजस्‍तै हुन्‍छ। तिनीहरूले परमेश्‍वरको शिक्षा सुनेर पनि यस संसारको चिन्‍ता गर्छन् र धन-सम्‍पत्तिको मायामा फस्‍छन्। त्‍यसैले तिनीहरूले सुनेको शिक्षा हराएर जान्‍छ र कुनै पनि फल फलाउँदैन।

हितोपदेश 13:22
असल मानिसहरूले छोरा-नातिनाहरूको निम्‍ति धन-सम्‍पत्ति छोडिराख्‍छन् तर पापीहरूको धन धर्मीहरूको हातमा पर्छ।

हितोपदेश ३:९-१०
[९] आफ्‍नो धन-सम्‍पत्ति र आफ्‍ना उब्‍जनीको सबैभन्दा पहिलो फल चढाएर परमप्रभुको आदर गर्‌।[१०] त्‍यसो गरिस् भने तेरा ढुकुटीहरू अन्‍नले भरिनेछन् र तेरो दाख-कुण्‍ड दाखमद्यले भरिएर पोखिनेछ।

हितोपदेश १०:४
अल्‍छी मानिस गरीब बन्‍दछ तर परिश्रमी मानिस धनी बन्‍दछ।

हितोपदेश १८:११
तर धनीहरू भने धनैले, सहरका चारैतिर भएका अग्‍ला र बलिया पर्खालले झैँ तिनीहरूको रक्षा गर्छ भनी ठान्‍छन्।

होशे 12:8
‘हामी धनी छौं, हामीले धन कमाएका छौं र कसैले हामीलाई बेइमानी गरेर धन कमाएको भन्‍न सक्‍दैन’ भनी तिनीहरू भन्‍छन्।

जकरिया 14:14
यरूशलेमको बचाउको लागि यहूदाका मानिसहरूले लडाइँ गर्नेछन्। तिनीहरूले वरिपरिका सबै जातिहरूका धन-सम्‍पत्ति र प्रशस्‍त मात्रामा सुन, चाँदी र लुगाफाटा लुटेर लिनेछन्।

उपदेशक ५:१९
परमेश्‍वरले कसैलाई धन-सम्‍पत्ति दिनुभयो र त्‍यसमा आनन्‍द मनाउन दिनुभयो भने धन्‍यवादी भएर उसले आफ्‍नो काममा आनन्‍द गरोस्। त्‍यो परमेश्‍वरको दान हो।

उपदेशक 6:2
परमेश्‍वरले कसैलाई पूरा धन-सम्‍पत्ति, इज्‍जत, अँ, उसले चाहेजति सबै थोक दिनुहुन्‍छ तर ती उपभोग गर्न दिनुहुन्‍न। उसको सट्टामा कुनै परदेशीले ती उपभोग गर्छ। त्‍यो व्‍यर्थ हो, एउटा दु:खको कुरा हो।

व्यवस्था ८:१८
याद राख, परमप्रभु तिम्रा परमेश्‍वरले नै तिमीहरूलाई धनी बन्‍ने शक्ति दिनुहुन्‍छ। उहाँ आफैं तिम्रा पुर्खाहरूसित गर्नुभएको करारप्रति आजसम्‍म विश्‍वासी रहनुभएको हुनाले परमप्रभुले त्‍यसो गर्नुहुनेछ।

हितोपदेश १०:२२
परमप्रभुको आशिष्‌ले तिमी धनी बन्‍दछौ तर कठोर परिश्रमले तिमीलाई धनी पार्दैन।

भजनमा ३७:१६-१७
[१६] भलो मानिससँग भएको थोरै थोक सबै दुष्‍टहरूले जम्‍मा गरेका धेरै धनभन्दा बढी हो[१७] किनभने परमप्रभुले दुष्‍टको बल खोस्‍नुहुनेछ; तर असल मानिसहरूलाई रक्षा गर्नुहुनेछ।

हितोपदेश १५:१६-१७
[१६] धनी भएर सङ्कष्‍टमा पर्नुभन्दा दरिद्र भई परमप्रभुको भय मान्‍नु उत्तम हो।[१७] घृणाले भरिएको ठाउँमा स्‍वादिष्‍ट मासु खानुभन्दा आफूले प्रेम गरेका मानिसहरूसित साग-सब्‍जी खानु उत्तम हो।

व्यवस्था ८:१७-१८
[१७] “यसैले हामीले आफ्‍नै शक्ति र बलले धन-सम्‍पत्ति कमाएका हौं भनी कहिल्‍यै तिमीहरूले नसोच्‍नू।[१८] याद राख, परमप्रभु तिम्रा परमेश्‍वरले नै तिमीहरूलाई धनी बन्‍ने शक्ति दिनुहुन्‍छ। उहाँ आफैं तिम्रा पुर्खाहरूसित गर्नुभएको करारप्रति आजसम्‍म विश्‍वासी रहनुभएको हुनाले परमप्रभुले त्‍यसो गर्नुहुनेछ।

हितोपदेश 10:15
धनले धनीको रक्षा गर्दछ, दरिद्रताले दरिद्रलाई नाश गर्दछ,

भजनमा ३९:४-६
[४] “परमप्रभु! म कहिलेसम्‍म बाँच्‍नेछु? म कहिले मर्नेछु? मेरो जीवन कहिले अन्‍त हुन्‍छ, सो मलाई भन्‍नुहोस्।”[५] तपाईंले मेरो जीवन कति छोटो बनाउनुभएको छ। तपाईंको दृष्‍टिमा मेरो जीवनकाल केही होइन। साँच्‍चै, हरेक मानिस एक मुट्ठी सासभन्दा केही बढी छैन।[६] छायाँजस्‍तो मात्र हो! उसले गरेको काम केही मूल्‍यको छैन। उसले धन बटुल्‍छ तर त्‍यो कसले बटुल्छ, सो जान्‍दैन।

उपदेशक ५:८-१७
[८] देशमा अधिकारीहरूले गरीबमाथि अत्‍याचार गरेको, तिनीहरूको हक खोसेको र अन्‍याय गरेको देख्‍यौ भने अचम्‍म नमान्‍नू किनभने हरेक अधिकारीलाई ऊमाथिको अधिकारीले हेर्दछ र ती दुवैलाई अझ ठूलो अधिकारीले हेर्दछ।[९] र राजा पनि खेतबारीका उब्‍जनीमा भर पर्दछन्।[१०] रकम-पैसाको लोभ गर्ने मानिस कहिल्‍यै अघाउँदैन, धन-सम्‍पत्तिको लोभ गर्ने मानिसले कहिले पनि जति कमाउन सक्‍दैन। यो पनि व्‍यर्थ हो।[११] धन जति बढ्छ, खाने मुख पनि उति नै बढ्छ। तिमीले पाउने भनेको आफू धनी छु भन्‍ने जान्‍नु मात्रै हो।[१२] पूरै खाओस् कि थोरै खाओस्, परिश्रम गर्ने मानिसको निद्रा मीठो हुन्‍छ। तर धनी मानिसको धन धेरै भएकोले उसलाई निद्रा लाग्‍दैन र चिन्‍ता भइरहन्‍छ।[१३] मैले संसारमा देखेको एउटा विशेष खराब कुरा यो छ: मानिसले आफूलाई चाहिएको बेलामा होस् भनी रकम-पैसा बचाउँदछ[१४] र कुनै दुर्भाग्‍यले उसलाई व्‍यापारमा नोक्‍सान पर्दछ र अन्‍तमा आफ्‍ना छोरा-छोरीहरूको निम्‍ति केही छोड्‌न सक्‍दैन।[१५] हामी जस्‍तो आयौं, त्‍यस्‍तै यस संसारबाट बिदा लिंदछौं अर्थात् खाली हात। हाम्रा सारा मेहनतबाट हामीले केही लान पाउँदैनौं।[१६] के यो साँचो होइन? हामी जस्‍तो आयौं, त्‍यस्‍तै जान्‍छौं। हामीले परिश्रम गर्छौं र हावा समात्‍ने चेष्‍टा गर्छौं, अन्‍तमा के पाउँछौं?[१७] हामीले आफ्‍ना जीवन अन्‍धकार र शोकमा, चिन्‍ता, रिस-राग र बिरामीमा बिताउनुपर्दछ।

भजनमा ४९:१०-२०
[१०] सबैले देख्‍न सक्‍छन् कि जसरी मूर्ख र निर्बुद्धि मानिसहरू मर्छन्, त्‍यसरी नै बुद्धिमान् मानिसहरू पनि मर्छन्, तिनीहरू सबैले आफ्‍ना धन-सम्‍पत्ति छोरा-नातिलाई छोडिराख्‍छन्।[११] कुनै समयमा तिनीहरूको आफ्‍नै जग्‍गा-जमिन भए पनि आफ्‍ना चिहान मात्र तिनीहरूका सदाकालका घर हुन् र त्‍यहीँ तिनीहरू सधैँभरि बास गर्छन्।[१२] मानिसको महान्‌ताले उसलाई मृत्‍युबाट बचाउन सक्‍दैन, पशुजस्‍तै ऊ मर्नु नै पर्छ।[१३] आफैंमाथि भरोसा राख्‍नेहरूलाई के हुन्‍छ, हेर। आफ्‍ना धन-सम्‍पत्ति अघाएर बस्‍नेहरूको के गति हुन्‍छ, हेर।[१४] तिनीहरू भेडाझैँ मरेर जानेछन् र मृत्‍युले तिनीहरूलाई खानेछ। धर्मीहरूले तिनीहरूमाथि विजय गर्नेछन्, तिनीहरूका शरीरचाहिँ मृत्‍युलोकमा आफ्‍ना घरदेखि टाढामा चाँडै सडेर जानेछ।[१५] तर परमेश्‍वरले मेरो उद्धार गर्नुहुनेछ। उहाँले मलाई मृत्‍युको शक्तिदेखि बचाउनुहुनेछ।[१६] कुनै मानिस धनी हुँदा, उसको धन धेरै बढेर जाँदा व्‍याकुल नहोओ,[१७] ऊ मर्दा त्‍यो धन आफूसित लिएर जान सक्‍दैन, त्‍यो धन उसले चिहानमा लैजानेछैन।[१८] मानिस आफ्‍नो जीवनसँग सन्‍तुष्‍ट छ भने पनि र सफल भएर उसले मानिसको प्रशंसा पाएको भए पनि[१९] मृत्‍युमा ऊ आफ्‍ना पुर्खाहरूसँग मिल्‍न जानेछ र त्‍यहाँ सदासर्वदा अन्‍धकार रहनेछ।[२०] मानिसको महान्‌ताले उसलाई मृत्‍युबाट बचाउन सक्‍दैन, पशुजस्‍तै ऊ मर्नु नैपर्नेछ।

भजनमा ५२:७
“हेर, यहाँ एक जना यस्‍तो मानिस छ, जसले सुरक्षाको निम्‍ति परमेश्‍वरमा भर परेन, तर आफ्‍ना धेरै धन-सम्‍पत्तिमा भरोसा राख्‍यो, दुष्‍ट बन्‍नमा नै उसले आफ्‍नो सुरक्षा देख्‍यो।”

उपदेशक ५:१०
रकम-पैसाको लोभ गर्ने मानिस कहिल्‍यै अघाउँदैन, धन-सम्‍पत्तिको लोभ गर्ने मानिसले कहिले पनि जति कमाउन सक्‍दैन। यो पनि व्‍यर्थ हो।

२ इतिहास १:११-१२
[११] परमेश्‍वरले सोलोमनलाई उत्तर दिनुभयो, “तैँले उचित कुरा मागिस्। धन-सम्‍पत्ति, सुनाम वा शत्रुको मृत्‍यु वा आफ्‍नै लागि दीर्घायु नमागेर तैँले मेरा प्रजा, जसमाथि मैले तँलाई राजा बनाएको छु, तिनीहरूमाथि शासन गर्न ज्ञान र बुद्धि मागिस्।[१२] म तँलाई ज्ञान र बुद्धि दिनेछु। यसमाथि म तँलाई धेरै धन-सम्‍पत्ति र सुनाम दिनेछु, जुन अघि कहिल्‍यै कुनै राजाले पाएको थिएन न त फेरि कहिल्‍यै कुनै राजाले पाउनेछ।”

१ राजा ३:११-१३
[११] र उनलाई भन्‍नुभयो, “तैँले आफ्‍नो लागि दीर्घायु वा धन-सम्‍पत्ति वा आफ्‍ना शत्रुको नाश मागिनस्; तर न्‍यायसित राज्‍य गर्ने बुद्धि मागिस्।[१२] म तैँले मागेअनुसार गर्नेछु। अघि कसैले नपाएको र पछि पनि कसैले पाउन नसक्‍ने बुद्धि र समझ-शक्ति म तँलाई दिनेछु।[१३] तैँले नमागेको कुरा पनि म तँलाई दिनेछु। तेरो जीवनभरि अरू सबै राजाका भन्दा बढी धन-सम्‍पत्ति र इज्‍जत तैँले पाउनेछस्।

हितोपदेश २८:८
जसले ब्‍याज लिएर मानिसबाट अनुचित लाभ उठाई धन बटुल्‍दछ, त्‍यसको धन गरीबमाथि दया गर्नेले पाउनेछ।

भजनमा ११२:१-३
[१] परमप्रभुको स्‍तुति गर! परमप्रभुलाई आदर दिने र उहाँको आज्ञा मान्‍न आनन्‍द मनाउने मानिस साँच्‍चै खुसी हो।[२] असल मानिसका छोरा-छोरीहरू देशमा शक्तिशाली हुन्‍छन्, उसका सन्‍तानले आशिष् पाउँछन्।[३] उसका घर-परिवारले धन-सम्‍पत्ति कमाउँछन् र सधैँ उसको फलिफाप हुनेछ।

मत्ती ६:३३
पहिले परमेश्‍वरको राज्‍यको खोजी गर र उहाँका आज्ञाहरू पालन गर अनि उहाँले यी सबै कुरा तिमीहरूलाई थपिदिनुहुनेछ।

मत्ती ६:२४
“कसैले पनि दुई मालिकको सेवा गर्न सक्‍दैन। नत्रता उसले एउटालाई हेला र अर्कोलाई चाहिँ माया गर्नेछ कि त एउटाले भनेको मान्‍छ र अर्कोको वास्‍तै गर्दैन। त्‍यसै गरी तिमीहरूले पनि परमेश्‍वर र धन दुवैको सेवा गर्न सक्‍दैनौ।

हितोपदेश २१:५
होशियारीसित आफ्‍नो कामको योजना बनाए प्रसस्‍त लाभ हुन्‍छ तर हतार गर्नेचाहिँ दरिद्र हुन्‍छ।

व्यवस्था १५:११
सधैँ कोही न कोही इस्राएली गरीब र अभावमा हुनेछ र तिनीहरूप्रति उदार-चित्तका होओ भनी म तिमीहरूलाई आज्ञा गर्दछु।

१ कोरिन्थी १६:२
प्रत्येक हप्‍ताको पहिलो दिन सबैले आफ्‍नो आम्‍दानीबाट केही न केही छुट्याएर जम्‍मा गर। त्‍यसो हुँदा म आएको बेला पैसा उठाइरहनुपर्दैन।

१ पत्रुस ५:२
तिमीहरू खुसीसँग, करकापमा परेर होइन, तर परमेश्‍वरले चाहनुभएजस्‍तो परमेश्‍वरले तिमीहरूको जिम्‍मामा दिनुभएको बगालको गोठालो बनिदेओ। पैसाको लागि होइन, तर सेवा गर्ने मन लिएर यो काम गर।

लूका १६:१९-३१
[१९] येशूले फेरि भन्‍नुभयो, “कुनै समय एक जना धनी मानिस थियो। ऊ सधैँ दामी-दामी लुगा लाउँथ्‍यो र ऐश-आरामको जीवन बिताउँदथ्‍यो।[२०] तर उसको ढोकामा भने एक जना लाजरस भन्‍ने जिउभरि घाउ नै घाउ भएको गरीब मानिस बस्थ्यो।[२१] धनी मानिसले खाँदा खसेका टुक्राटाक्री खान पाउँछु कि भनेर उसले हेरिरहन्‍थ्‍यो। कुकुरहरूले पनि वरिपरि आएर उसका घाउहरू चाटिदिन्‍थे।[२२] “एक दिन त्‍यो गरीब लाजरस मर्‍यो। स्‍वर्गदूतहरूले उसलाई लगेर अब्राहामको छेवैमा राखिदिए अनि त्‍यो धनी मानिस पनि मरेर गाडियो।[२३] नरकमा असाध्‍यै पीडा भोग्‍नुपरेकोले उसले मास्‍तिर हेर्‍यो र अब्राहामको छेवैमा लाजरसलाई देख्‍यो।[२४] उसले कराएर भन्‍यो, ‘हे पिता अब्राहाम, ममाथि दया गर्नुहोस्। लाजरसलाई उनको हातबाट एक थोपा पानी भए पनि मेरो मुखमा चुहाइदिनू भनेर पठाइदिनुहोस्। म यस आगोमा छटपटाइरहेको छु।’[२५] तर अब्राहामले उसलाई भने, ‘छोरा, के तिमीलाई सम्‍झना छैन? जीवनमा तिमीले सबै सुखका कुरा पाएका थियौ, तर लाजरसले चाहिँ दुखै-दु:ख पाएको थियो। अहिलेचाहिँ लाजरसले यहाँ सुख र शान्‍ति पाएको छ र तिमीले चाहिँ त्‍यहाँ दु:ख पाइरहेका छौ।[२६] फेरि तिम्रो र हाम्रो बीचमा ठूलो खाडल छ। त्‍यसो हुँदा चाहेर पनि कोही वारिपारि आउने-जाने गर्न सक्‍दैन।’[२७] त्‍यो धनी मानिसले भन्‍यो, ‘त्‍यसो भए हे पिता, बिन्‍ती छ, लाजरसलाई मेरो बुबाको घरमा पठाइदिनुहोस्।[२८] तिनले गएर मेरा पाँच जना दाजुभाइहरूलाई यहाँ भएका सबै कुरा सुनाएर चेतावनी देऊन् र तिनीहरू यस नरकमा नआऊन्।’[२९] अब्राहामले भने, ‘उनीहरूसँग मोशा र अगमवक्ताहरूले लेखेका धर्मशास्‍त्र छँदैछन्, तिम्रा दाजुभाइहरूले त्‍यही माने त पुगिहाल्‍यो नि!’[३०] धनी मानिसले भन्‍यो, ‘होइन पिता अब्राहाम, त्‍यतिले तिनीहरूलाई पुग्‍दैन। तर कोही मरेको मानिस फेरि जिउँदो भएर तिनीहरूकहाँ गयो भने त तिनीहरूले आ-आफ्‍नो पापलाई मानिलिएर छोड्‍नेथिए।’[३१] तर अब्राहामले जवाफ दिएर भने, ‘मोशा र अगमवक्ताहरूको कुरा नसुन्‍नेले मरेकै मानिस बिउँतिएर गए पनि विश्‍वास गर्नेछैनन्’।”

१ तिमोथी ६:१०
किनभने सब किसिमको खराबीको मूल नै धनसम्‍पत्तिको माया हो। कति मानिसले त धन कमाउने लोभमा लागेर विश्‍वास गर्न छोडिदिएका छन्। अनि दु:खले तिनीहरूको मन नै छियाछिया भएको छ।

लूका ६:२०
त्‍यसपछि येशूले आफ्‍ना चेलाहरूलाई हेरेर भन्‍नुभयो, “हे गरीब हो! तिमीहरू कति धन्‍य हौ किनभने परमेश्‍वरको राज्‍य तिमीहरूकै हो।

हितोपदेश २२:७
गरीबहरू धनीको दास बन्‍दछन्, ऋण लिने ऋण दिनेको दास बन्‍दछ।

मत्ती ६:१९-२१
[१९] “आफ्‍नो लागि पृथ्‍वीमा धन-सम्‍पत्ति नथुपार। यहाँ थुपारेको सम्‍पत्तिमा त किरा लाग्‍छ, खियाले खान्‍छ र चोरले चोर्छ।[२०] आफ्‍नो लागि स्‍वर्गमा नै धन-सम्‍पत्ति जम्‍मा गर। त्‍यहाँ न किरा लाग्‍छ न खियाले खान्‍छ न ता चोरले नै चोर्छ[२१] किनभने जहाँ तिमीहरूको धन हुन्‍छ, त्‍यहीँ नै तिमीहरूको मन पनि रहनेछ।

Nepali Bible 2008
नेपाल बाइबल सोसाइटी 2008