A A A A A

जीवन: [पुरुषहरूको लागि संस्करणहरू]


१ कोरिन्थी १५:५८
त्‍यसैकारण प्‍यारा भाइहरू, प्रभुका कामको लागि बगाएको पसीना खेर जाँदैन। अनि यो कुरालाई मनमा लिएर दह्रो भई नडगी प्रभुको काममा सधैँ लागि रहो।

१ कोरिन्थी १६:१३
होशियार भएर विश्‍वासमा दिगो बस। साहसिलो र बलियो होओ।

१ पत्रुस ५:५
तन्‍नेरी मानिसहरूले पनि आफूभन्दा ठूलाहरूका अधीनमा रहने गर। तिमीहरू नम्र भएर बस अनि एक-अर्काको सेवा गर। धर्मशास्‍त्रले भन्‍छ, “परमेश्‍वरले घमण्‍डीहरूको विरोध गर्नुहुन्‍छ, तर नम्रहरूमाथि अनुग्रह राख्‍नुहुन्‍छ।”

१ तिमोथी ४:८
शरीरको कसरतमा लाग्‍यौ भने त थोरै कुरामा मात्र फाइदा हुन्‍छ। तर आत्‍माको कसरत गर्‍यौ भने धेरै कुराको फाइदा हुन्‍छ। यसले त अहिलेको र पछिको जीवनमा फाइदाको निम्‍ति प्रतिज्ञा दिन्‍छ।

१ तिमोथी ४:१२
तन्‍नेरी भएको कारणले कसैले पनि तिमीलाई हेंला गर्न नपाओस्। तर तिम्रो बोली-वचन, चालचलन, प्रेम, विश्‍वास र शुद्धतामा तिमी एउटा नमुना बन्‍न सक।

२ कोरिन्थी ४:१६
यसैकारण हामी कहिले पनि हरेस खाँदैनौं। हामी शरीरमा खिइँदैगए पनि हाम्रो भित्री आत्‍माचाहिँ दिनदिनै नयाँ हुँदैगइरहेको छ।

व्यवस्था ८:३
उहाँले तिमीहरूलाई भोका तुल्‍याउनुभयो र त्‍यसपछि खानलाई मन्‍न दिनुभयो, जुन भोजन तिमीहरू र तिम्रा पुर्खाहरूले अघि कहिल्‍यै खाएका थिएनन्। मानिसले बाँच्‍नलाई रोटीमा मात्र भर पर्नुहुन्‍न तर परमप्रभुको हरेक वचनमा भर पर्नुपर्छ भनी तिमीहरूलाई सिकाउन उहाँले त्‍यसो गर्नुभयो।

गलाती १:१०
यसो भनेर के म मानिसलाई खुसी पार्नतिर लाग्‍दै छु? अहँ, होइन, म परमेश्‍वरलाई खुसी पार्न चाहन्‍छु। के म मानिसको प्‍यारो हुन खोज्‍दै छु? यदि म यसो गर्दछु भने म ख्रीष्‍टको सेवक होइनँ।

हिब्रू ४:१२
परमेश्‍वरको वचन त काम गरिरहने र जिउँदो छ। यो दुईधारे तरवारभन्दा पनि धारिलो छ। यसले भित्र पुगी प्राण र आत्‍मालाई छुट्‌याइदिन्‍छ। जोर्नी र मज्‍जालाई अलग पारिदिन्‍छ। परमेश्‍वरको वचनले मानिसहरूको हृदयको विचार र चाहनालाई केलाएर जाँच गर्छ।

जेम्स 5:16
निको हुन आफूले गरेको पाप एक-अर्काको अघि मानिलेओ अनि एक-अर्काको लागि प्रार्थना गर। परमेश्‍वरको अघि ठीक ठहरिएका मानिसले गरेको प्रार्थना शक्तिशाली हुन्‍छ र यसले ठूलो काम गर्न सक्‍छ।

यहोशू १:९
याद राख् कि मैले तँलाई भरोसा र साहस गर्ने आज्ञा दिएको छु। नडरा अनि हताश नहो किनभने म परमप्रभु तेरा परमेश्‍वर तँ जहाँ गए तापनि तँसित छु।”

लूका 10:27
उनले भने, “तैँले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई आफ्‍नो पूरै हृदय, पूरै प्राण, पूरै शक्ति र पूरै मनले प्रेम गर अनि आफ्‍नो छिमेकीलाई आफैंलाई जस्‍तै प्रेम गर।”

मीका 6:8
अँहँ, होइन! के कुरो असल छ, प्रभुले हामीलाई बताउनुभएको छ। हामीबाट उहाँले यी कुरा चाहनुहुन्‍छ; जे कुरा न्‍यायसङ्गत छ, त्‍यो गर्नू, निरन्‍तर प्रेम गर्नू र आफ्‍ना परमेश्‍वरअघि नम्रतासाथ जीवन बिताउनू।

हितोपदेश 20:7
इमानदार र उचित काम गर्ने पिताका छोरा-छोरीहरू धन्‍यका हुन्।

हितोपदेश 27:17
फलामले फलामलाई उध्याउँछ, मानिसले मानिसको बुद्धिलाई तिर्खाछ।

हितोपदेश २४:५-६
[५] शक्तिशाली हुनुभन्दा बुद्धिमान् हुनु धेरै असल हो। हो, ज्ञान बलभन्दा धेरै उत्तम हो।[६] लडाइँ गर्नुभन्दा अघि होशियारीसित सल्‍लाह लिनुपर्छ र जति धेरै उचित सरसल्‍लाह लियो उति धेरै विजयी हुने आशा हुन्‍छ।

१ कोरिन्थी 10:12-13
[12] राम्ररी उभिएको छु भन्‍नेले होश पुर्‍याओस्, नत्र ऊ लड्‍नेछ।[13] तिमीहरूका जीवनमा आइपर्ने सबै जाँचहरू मानिसलाई आउने किसिमकै हुन्‍छ। परमेश्‍वर विश्‍वासी हुनुहुन्‍छ अनि सहनै नसक्‍ने गरी तिमीहरूको जाँच हुन दिनुहुन्‍न। उहाँले जाँचबाट पार हुने बाटो पनि बनाइदिनुहुन्‍छ र जाँच हुँदा तिमीहरूले त्‍यसलाई सहन सक्‍छौ।

मत्ती 6:19-20
[19] “आफ्‍नो लागि पृथ्‍वीमा धन-सम्‍पत्ति नथुपार। यहाँ थुपारेको सम्‍पत्तिमा त किरा लाग्‍छ, खियाले खान्‍छ र चोरले चोर्छ।[20] आफ्‍नो लागि स्‍वर्गमा नै धन-सम्‍पत्ति जम्‍मा गर। त्‍यहाँ न किरा लाग्‍छ न खियाले खान्‍छ न ता चोरले नै चोर्छ

रोमी 12:1-2
[1] मेरा प्‍यारा दाजुभाइहरू, परमेश्‍वरको धेरै दया तिमीहरूमाथि भएको छ। त्‍यसैले आफ्‍नै शरीर पवित्र र परमेश्‍वरलाई मनपर्दो जिउँदो बलिदान बनाएर परमेश्‍वरको सेवा गर्न उहाँको सामु चढाओ भनेर म तिमीहरूलाई बिन्‍ती गर्दछु। तिमीहरूको आत्‍माले गर्नुपर्ने साँचो आराधना पनि यही नै हो।[2] तिमीहरूले संसारका मानिसहरूका देखासिकी गरेर उनीहरूजस्‍तै हुने इच्‍छा नराख, अब आफ्‍नो मनमा नयाँ भई परिवर्तन होओ। त्‍यसो भए मात्र तिमीहरूले परमेश्‍वरको इच्‍छा के रहेछ, पत्ता लाउन सक्‍छौ अनि कुन कुरो असल छ, कुन कुरोले परमेश्‍वरलाई खुसी तुल्‍याउँछ अनि कुनचाहिँ कुरा पक्‍का हो, त्‍यो तिमीहरूलाई छर्लङ्ग थाहा हुन्‍छ।

हिब्रू 10:24-25
[24] हामी आपसमा एक-अर्कालाई प्रेम र भलाइ गर्ने कुरामा, उत्‍साह दिने कुरामा विचार गर्ने गरौं।[25] कसै-कसैको संगतिमा नआउने बानी छ। त्‍यसो नगरौं। त्‍यसमा पनि बरु प्रभुको दिन आउन आँट्यो भन्‍ने जानेर एक-अर्कालाई अझ हौसला दिने गरौं।

जेम्स 1:19-20
[19] मेरा प्‍यारा भाइहरू, यो कुरा तिमीहरू सम्‍झिराख। सुन्‍नमा चनाखो, बोल्‍नमा होशियार र कम रिसाउने होओ[20] किनभने मानिसको रिसले परमेश्‍वरको मनपर्ने काममा बाधा दिन्‍छ।

२ तिमोथी 3:16-17
[16] परमेश्‍वरको प्रेरणाबाट मिलेको पूरै धर्मशास्‍त्र शिक्षा दिनलाई, सच्‍याउनलाई र राम्रो जीवनको तालिम दिनलाई धेरै कामलाग्‍दो छ,[17] परमेश्‍वरको मानिसले सबै असल कामहरू गर्न सक्‍ने होस् भनेर नै धर्मशास्‍त्र दिएको हो।

१ तिमोथी 6:11-12
[11] परमेश्‍वरका भक्त, तिमी यी नराम्रा कुराहरूदेखि अलग्‍गै बस। तिमीले परमेश्‍वरका अघि ठीक ठहरिने कुरामा, भक्तिमा, विश्‍वासमा, प्रेममा, धैर्यमा, नम्र हुने कुरामा आफ्‍नो मन लगाऊ।[12] विश्‍वासको लडाइँमा राम्ररी लड्‍न अनन्त जीवनलाई पक्रिराख किनभने यसकै लागि परमेश्‍वरले तिमीलाई बोलाउनुभएको हो अनि तिमीले पनि धेरै मानिसहरूका सामुन्‍नेमा आफ्‍नो साँचो साक्षी दिएको हो।

१ पत्रुस ५:८-९
[८] होश राख अनि चनाखो बन। तिमीहरूको शत्रु शैतान गर्जने सिंहजस्‍तै कसैलाई फेला पारूँ र खाऊँ भनेर दाउमा घुमिरहेको छ।[९] विश्‍वासमा दह्रो भएर शैतानको विरोध गर किनभने तिमीहरूजस्‍तै चारैतिर अरू विश्‍वासीहरूले पनि दु:ख भोगेका छन् भन्‍ने तिमीहरूलाई थाहै छ।

मार्क १०:४३-४५
[४३] तर तिमीहरूमा चाहिँ त्‍यस्‍तो हुनुहुँदैन। तिमीहरूमध्‍ये ठूलो हुन खोज्‍नेले सबैको सेवा गर्नुपर्छ।[४४] सबैभन्दा ठूलो हुन चाहने चाहिँ सबैको नोकर हुनुपर्छ[४५] किनभने म मानव पुत्र पनि अरूबाट सेवा पाउन होइन, तर अरूको सेवा गर्न र धेरै जनालाई छुटकारा दिन भनेर आफ्‍नै प्राण त्‍यागिदिन आएको हुँ।”

भजनमा १:१-३
[१] त्यो मानिस सुखी रहन्‍छ, जो दुष्‍ट मानिसको सल्‍लाह मान्‍दैन, पापीहरूको चालमा चल्‍दैन वा परमेश्‍वर नमान्‍नेहरूको साथ दिँदैन।[२] तर परमप्रभुको व्‍यवस्‍था मान्‍नलाई खुसी हुन्‍छ र रात-दिन त्‍यसको अध्‍ययन गर्छ,[३] त्यो खोलाका छेउमा उम्रेको ठीक समयमा आफ्‍नो फल दिने र पात पनि नओइलिने रूखजस्‍तो हुन्‍छ। त्यसले जुन कुरामा हात लाउँछ, त्‍यसमा सफल हुन्‍छ।

भजनमा ११८:६-८
[६] परमप्रभु मसँग हुनुहुन्‍छ, म डर मान्‍दिनँ, कसले मलाई के गर्न सक्‍छ र?[७] परमप्रभुले मलाई सहायता दिनुहुन्‍छ। मैले आफ्‍ना शत्रुहरू हारेको देख्‍नेछु।[८] मानिसमा भर पर्नुभन्दा परमप्रभुमा भरोसा गर्नु अझै असल हो।

भजनमा ११९:९-११
[९] युवाहरूले आफ्‍नो जीवन कसरी पवित्र राख्‍न सक्‍छन्‌? तपाईंका आज्ञाहरू मानेर नै।[१०] मेरा सारा हृदयले म तपाईंको सेवा गर्ने कोसिस गर्दछु, मलाई तपाईंका आज्ञाहरू उल्लङ्‌घन गर्नदेखि बचाउनुहोस्।[११] तपाईंको विरुद्धमा पाप नगरूँ भनी म तपाईंको वचन आफ्‍नो हृदयमा राख्‍दछु।

Nepali Bible 2008
नेपाल बाइबल सोसाइटी 2008