जेम्स १:२-४ |
[२] मेरा भाइहरू, हरप्रकारका जाँच आइपर्दा आनन्दित होओ।[३] तिमीहरू जान्दछौ, जब तिमीहरूको विश्वासको जाँच हुन्छ, तिमीहरूको सहने शक्ति बढ्छ।[४] तर कुनै कुरामा पनि नचुकी परिपक्व र सिद्ध हुन ती जाँचहरू सहँदै स्थिर भएर बस्न सिक्ने गर। |
|
१ पत्रुस १:६ |
यी कुराहरूमा तिमीहरू आनन्द मनाउने गर। हुन त, अहिले तिमीहरूले थोरै समयको लागि थरीथरीका दु:ख भोग्नुपरेको छ। |
|
जन १६:३३ |
“तिमीहरू ममा रहेर शान्ति पाउन सक भनेर नै मैले तिमीहरूलाई यी सबै कुरा भनेको हुँ। संसारमा तिमीहरूलाई सङ्कष्ट हुनेछ, तर साहसिलो होओ किनभने मैले संसारलाई जितिसकेको छु।” |
|
रोमी ८:२८ |
परमेश्वरलाई प्रेम गर्ने अनि उहाँले आफ्नो इच्छा पूरा गर्न छान्नुभएका प्रत्येक मानिसको निम्ति हरेक घटनाले उसको भलाइ नै गर्छ। |
|
रोमी १२:१२ |
तिमीहरूले पाएको आशामा खुसी रहो। कष्टहरूमा धैर्य बन र सधैँ प्रार्थनामा लागिरहो। |
|
जेम्स १:१२ |
जाँचको बेलामा टिक्न सक्ने मानिस नै धन्यको हो। दु:खमा स्थिर रहनेले नै परमेश्वरलाई प्रेम गर्नेहरूका लागि उहाँले प्रतिज्ञा गर्नुभएको जीवनको मुकुट पाउनेछ। |
|
हितोपदेश ३:५-६ |
[५] तेरो सारा हृदयले परमप्रभुमा भरोसा गर्, म जान्दछु भन्ने तेरो विचारमा निर्भर नहो।[६] आफ्ना सबै काममा परमप्रभुलाई सम्झी र उहाँले तँलाई ठीक मार्ग देखाएइदिनुहुनेछ। |
|
१ पत्रुस ५:१० |
अलिबेर दु:ख उठाएपछि सबै अनुग्रहले पूर्ण परमेश्वरले ख्रीष्ट येशूमा तिमीहरूलाई अनन्त महिमा बाँड्न बोलाउनुहुन्छ र उहाँले नै तिमीहरूलाई सिद्ध पार्नुहुन्छ र शक्ति दिएर दरिलो बनाई पक्का जगमा राख्नुहुनेछ। |
|
रोमी ८:१८ |
यस जीवनमा हामीले भोगेका दु:खहरूलाई हामीमा पछि देखा पर्ने सुख सम्मान्सँग तुलना गर्न सकिन्न। |
|
१ पत्रुस ४:१२ |
दु:ख-कष्टद्वारा तिमीहरूको जाँच भइरहेको छ तर यो कुनै नहुने कुरा भयो भनेर अचम्म नमान। |
|
१ थिस्सलोनिकी ५:१६-१८ |
[१६] सधैँभरि खुसी होओ।[१७] प्रार्थनामा लागिबस।[१८] जस्तोसुकै अवस्थामा जे परिआउँछ, ती सबैमा तिमी ख्रीष्टमा धन्यवादी होओ। ख्रीष्टमा भएर तिमीहरूले गर्नुपर्ने परमेश्वरको इच्छा यही हो। |
|
१ कोरिन्थी १०:१३ |
तिमीहरूका जीवनमा आइपर्ने सबै जाँचहरू मानिसलाई आउने किसिमकै हुन्छ। परमेश्वर विश्वासी हुनुहुन्छ अनि सहनै नसक्ने गरी तिमीहरूको जाँच हुन दिनुहुन्न। उहाँले जाँचबाट पार हुने बाटो पनि बनाइदिनुहुन्छ र जाँच हुँदा तिमीहरूले त्यसलाई सहन सक्छौ। |
|
उत्पत्ति ५०:२० |
तिमीहरूले मेरो विरुद्धमा खराब जाल रच्यौ तर परमेश्वरले त्यसलाई भलाइमा बदल्नुभयो, जसले गर्दा उहाँले धेरै मानिसहरूको प्राण जोगाउनुभयो र आज तिनीहरू बाँचेका छन्। |
|
फिलिप्पी ४:६-७ |
[६] केही कुरामा पनि फिक्री नगर। तर तिमीहरूलाई खाँचो परेको कुरा प्रार्थनामा परमेश्वरलाई भन अनि धन्यवाद दिंदै बिन्ती चढाओ।[७] परमेश्वरको शान्ति कसैले बुझ्नै नसक्ने छ। यही शान्तिले तिमीहरूको हृदय र मनलाई ख्रीष्ट येशूमा जोगाएर राख्नेछ। |
|
भजनमा 55:22 |
आफ्ना दु:ख-कष्ट परमप्रभुकहाँ छोडिदेऊ र उहाँले सम्हाल्नुहुनेछ। उहाँले इमानदार मानिसहरूलाई हार्न दिनुहुन्न। |
|
रोमी 5:3-5 |
[3] त्यति मात्र होइन, दु:खमा पनि हामी खुसी छौं किनभने दु:खले दु:ख सहने शक्ति दिन्छ,[4] दु:ख सहने शक्तिले हामीलाई पाको बनाउँछ। हामी पाको भएपछि आउँदो समयको लागि साहस र आशा पाउँछौं।[5] हामी यस आशामा निराश हुनेछैनौं किनभने परमेश्वरले पवित्र आत्मा दिनुभएको छ र पवित्र आत्माले हाम्रो हृदयमा परमेश्वरको प्रेम भर्नुभएको छ। |
|
यशैया 55:8-9 |
[8] परमप्रभु भन्नुहुन्छ, “मेरा सोच-विचार तिमीहरूका जस्ता छैनन्, मेरा चाल तिमीहरूका भन्दा बेग्लै छन्।[9] आकाश पृथ्वीभन्दा जति अग्लो छ, त्यत्ति नै तिमीहरूका भन्दा मेरा चाल र सोच-विचारहरू अग्ला छन्। |
|
मार्क 4:17 |
तर त्यो शिक्षाले तिनीहरूको भित्रसम्म जरा हाल्न नपाउनाले तिनीहरूले थोरै दिनसम्म मात्र विश्वास गर्छन्। यो शिक्षामा विश्वास गरेकोले दु:ख र खेदो आइपर्नेबित्तिकै तिनीहरूले त्यसलाई छोडिहाल्छन्। |
|
रोमी 8:35 |
अब के कुनै कुरोले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्न सक्छ? अहँ, कुनै पनि कुरोले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्न सक्दैन। हामीलाई दु:ख हुन सक्छ, कठिनाइ र खेदो आउन सक्छ, हामी नाङ्गो र भोकभोकै पनि हुनुपर्ला। हुन सक्छ, हामी त्यस्तै कुनै ठूलो आपत्मा परौंला वा मारियौंला पनि; तर के यी कुनै पनि कुराले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्न सक्छ? अहँ, कहिल्यै पनि सक्दैन। |
|
१ पत्रुस 4:12-13 |
[12] दु:ख-कष्टद्वारा तिमीहरूको जाँच भइरहेको छ तर यो कुनै नहुने कुरा भयो भनेर अचम्म नमान।[13] तर ख्रीष्टको दु:खमा सहभागी भएका छौ भनी आनन्द मनाओ र उहाँको ठूलो महिमा प्रकट हुँदा तिमीहरू खुसी मनाउन सक्छौ। |
|
जेम्स 4:7 |
यसैकारण परमेश्वरको अधीनमा बस। शैतानको विरोध गर र त्यो तिमीहरूदेखि भाग्नेछ। |
|
२ कोरिन्थी 1:3-4 |
[3] हाम्रा प्रभु येशू ख्रीष्टका पिता र परमेश्वरको जय-जयकार होस्। उहाँ दयालु पिता र पूरा सान्त्वना दिनुहुने परमेश्वर हुनुहुन्छ।[4] उहाँले नै हामीलाई सबै प्रकारका दु:खमा सान्त्वना दिनुहुन्छ। अरू दु:खमा पर्नेहरूलाई त्यसरी नै सान्त्वना दिन सकौं भनेर उहाँले हामीलाई हाम्रा दु:खमा सान्त्वना दिनुभएको छ। |
|
फिलिप्पी 4:13 |
म ख्रीष्टले दिनुभएको शक्तिले नै यी सबै कुरा गर्न सक्छु। |
|
यशैया ४१:१० |
नडरा, म तँसित छु! म तेरा परमेश्वर हुँ, कुनै कुराले तँलाई नतर्साओस्! म तँलाई बल र मद्दत दिनेछु। मेरो धार्मिकताको दाहिने हातले तँलाई बचाउनेछु। |
|
फिलिप्पी ४:१९ |
मेरा परमेश्वरले नै तिमीहरूको खाँचो पूरा गर्नुहुनेछ। ख्रीष्ट येशूमा भएको उहाँको असीम धन सम्पत्तिबाट नै तिमीहरूलाई चाहिने कुरा दिनुहुनेछ। |
|
रोमी ५:३-४ |
[३] त्यति मात्र होइन, दु:खमा पनि हामी खुसी छौं किनभने दु:खले दु:ख सहने शक्ति दिन्छ,[४] दु:ख सहने शक्तिले हामीलाई पाको बनाउँछ। हामी पाको भएपछि आउँदो समयको लागि साहस र आशा पाउँछौं। |
|
Nepali Bible 2008 |
नेपाल बाइबल सोसाइटी 2008 |