प्रकाश २१:८ |
तर कातरहरू, धोखाबाज गर्नेहरू, घिनलाग्दा काम गर्नेहरू, ज्यानमाराहरू, व्यभिचार गर्नेहरू, टुनामुना गर्नेहरू, मूर्ति पूज्नेहरू र सबै झूट बोल्नेहरूको ठाउँचाहिँ आगो र गन्धकले जलिरहेको कुण्ड हो। त्यसमा पर्नुचाहिँ दोस्रो मृत्यु हो।” |
|
मत्ती २५:४६ |
अनि तिनीहरूले चाहिँ सधैँभरिको दण्ड पाउनेछन्, तर परमेश्वरको आज्ञापालन गर्नेहरूले चाहिँ अजम्मरी जीवन पाउनेछन्।” |
|
भजनमा ९:१७ |
सबै दुष्टहरू र परमेश्वर नमान्नेहरूका अन्त्य मृत्यु हो। |
|
२ थिस्सलोनिकी १:९ |
तिनीहरूको सजायचाहिँ तिनीहरू प्रभुको शक्तिशाली उज्यालो र संगतिबाट निकालिनेछन् अनि सधैँभरिका लागि नाश गरिनेछन्। |
|
मत्ती १३:५० |
आगोको भट्टीमा हालिदिनेछन्। त्यहाँ तिनीहरू दाह्रा किट्दै रुवाबासी गरिरहनेछन्।” |
|
प्रेरित २:२७ |
किनभने तपाईंले मलाई पातालमा छोड्नुहुन्न, तपाईंले आफ्नो पवित्र जनलाई मरेको मरेकै र कुहिएर नाश हुन दिनुहुन्न। |
|
मार्क ९:४३ |
यदि तिम्रो हातले तिमीलाई पापमा पार्छ भने यसलाई काटेर फालिदेओ। दुवै हात लिएर नरकको कहिल्यै ननिभ्ने आगोमा पर्नुभन्दा त बरु एउटा हात नभई अजम्मरी जीवन पाउनु बेस हो। |
|
यहूदा १:७ |
त्यसै गरी सदोम र गमोरा अनि वरिपरिका सहरका मानिसहरूले एकपछि अर्को गर्दै घिनलाग्दा व्यभिचारका काम गर्न लागे। आगोमा नाश पारिएर तिनीहरू कहिल्यै ननिभ्ने आगोको दण्ड पाउनेहरूका नमुना भए। |
|
हितोपदेश 15:24 |
बुद्धिमान् मानिसहरूले जीवनमा पुर्याउने उकालो बाटो लिंदछन्, मृत्युमा पुर्याउने ओह्रालो बाटो होइन। |
|
हितोपदेश २३:१४ |
वास्तवमा त्यस्तो अनुशासनले तिनीहरूको प्राणको रक्षा गर्छ। |
|
मत्ती 13:42 |
आगोको भट्टीमा हालिदिनेछन्। त्यहाँ तिनीहरूले दाह्रा किट्दै रुवाबासी गर्नेछन्। |
|
मत्ती २५:४१ |
“त्यसपछि उनले आफ्ना देब्रे हातपट्टि भएकाहरूलाई भन्नेछन्, ‘ए परमेश्वरको सराप परेका मानिसहरू हो, यहाँबाट गइहाल! शैतान र उसका दूतहरूलाई तयार पारिराखेको कहिल्यै ननिभ्ने आगोमा जाओ! |
|
प्रकाश १९:२० |
जनावर र त्यसको अगाडि अचम्मका चिन्हहरू देखाउने त्यो झूटो अगमवक्ता पनि कैदी भयो। ती अचम्मका चिन्हहरूले नै त्यसले त्यो जनावरको चिन्ह लाउने र जनावरको मूर्ति पूज्नेहरूलाई छलेको थियो। ती दुवै जिउँदै गन्धकले जलिरहेको त्यो आगोको कुण्डमा फ्याँकिए |
|
हितोपदेश १५:११ |
मृत्यु-लोकले पनि त्यहाँका कुरा परमप्रभुदेखि लुकाउन सक्दैन, त कसरी एउटा मानिसले उहाँदेखि आफ्ना सोचविचार लुकाउन सक्छ? |
|
मत्ती १६:१९ |
स्वर्गको राज्य खोल्ने साँचाहरू म तिम्रो हातमा दिनेछु। जे तिमीले यस पृथ्वीमा बाँध्नेछौ, त्यो स्वर्गमा पनि बाँधिनेछ अनि जे तिमीले यस पृथ्वीमा फुकाउँछौ, त्यो स्वर्गमा पनि फुकाइनेछ।” |
|
२ पत्रुस २:४ |
परमेश्वरले पाप गर्ने स्वर्गदूतहरूलाई समेत बाँकी राख्नुभएन, तर तिनीहरूलाई नरकमा फाल्नुभयो। त्यहाँ तिनीहरू अन्धकारमा बाँधिएर ठूलो न्यायको दिनसम्मलाई राखिएका छन्। |
|
प्रकाश २०:१३-१४ |
[१३] समुद्रले त्यसका मुर्दाहरू सुम्पिदियो, मृत्यु र पातालले आफूसँग राखेका मुर्दाहरूलाई सुम्पिदिए र सबैको आ-आफूले गरेका कामअनुसार न्याय भयो।[१४] यसपछि मृत्यु र पाताल पनि अग्नि-कुण्डमा फ्याँकिए (यो अग्नि-कुण्ड दोस्रो मरण हो)। |
|
मत्ती १०:२८ |
मानिसहरूले त तिम्रो शरीरलाई मात्र मार्न सक्छन्, तिमीहरूको आत्मालाई चाहिँ तिनीहरूले बिगार गर्न सक्दैनन् नि! यसैले आत्मालाई मार्न नसक्नेहरूदेखि नडराउनू, बरु तिम्रो आत्मा र शरीर दुवैलाई नरकमा नाश गर्न सक्नुहुने परमेश्वरदेखि नै डराउनू। |
|
इजकिएल १८:२० |
जसले पाप गर्छ, त्यही मर्छ। बुबाका पापले गर्दा छोरोले कष्ट भोग्नेछैन न त छोरोको पापले बुबालाई पिराउँछ, भलो मानिसलाई उसको भलाइले नै असल इनाम दिन्छ र दुष्ट मानिसलाई त्यसको खराबीले नै पिराउँछ। |
|
Nepali Bible 2008 |
नेपाल बाइबल सोसाइटी 2008 |