A A A A A

जीवन: [परिवार]


जन 15:12-13
[12] “मेरो आज्ञा यही हो— जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु, त्‍यसरी नै तिमीहरू पनि एकले अर्कालाई प्रेम गर।[13] साथीको निम्‍ति आफ्‍नो प्राण दिनु नै सबैभन्दा ठूलो प्रेम हो, योभन्दा ठूलो प्रेम त अरू केही छैन।

१ तिमोथी 5:8
कोहीकोहीले त आफ्‍ना नातेदारहरू र खास गरेर आफ्‍नै परिवारको पनि हेरविचार गर्दैनन्। त्‍यस्‍ताले त विश्‍वास गर्नसमेत छोडेका हुन्‍छन्। तिनीहरू विश्‍वास नगर्नेभन्दा पनि खराब हुन्‍छन्।

एफिसी ६:४
बुबाहरूले चाहिँ छोराछोरीहरूलाई रिस नउठाओ तर तिनीहरूलाई प्रभुको शिक्षा र तालिम दिएर हुर्काओ।

हितोपदेश 27:10
आफ्‍ना मित्र वा आफ्‍ना बुबाका मित्रलाई नभुल। दु:ख पाउँदा भाइबाट सहायता नमाग। टाढाको भाइभन्दा छेउको छिमेकी असल हो।

मत्ती 12:48-50
[48] येशूले खबर ल्‍याउने मानिसलाई भन्‍नुभयो, “मेरी आमा र मेरा भाइहरू को हुन्?”[49] त्‍यसपछि चेलाहरूलाई औंल्‍याएर भन्‍नुभयो, “मेरी आमा र मेरा भाइहरू यिनीहरू नै हुन्[50] किनभने स्‍वर्गमा हुनुहुने मेरा पिताको आज्ञापालन गर्नेहरू नै मेरा भाइ, बहिनी र आमा हुन्।”

मत्ती 19:18-19
[18] तिनले सोधे, “कुन आज्ञाहरू भन्‍नुभएको?” येशूले भन्‍नुभयो, “यिनै त हुन्— मान्‍छे नमार्नू, व्‍यभिचार नगर्नू, नचोर्नू, झूटो साक्षी नदिनू।[19] आमा-बुबाको आदर गर्नू अनि आफ्‍ना छरछिमेकीलाई पनि आफैंलाई जस्‍तै प्रेम गर्नू।”

कलस्सी 3:13
तिमीहरूले एक-अर्कालाई सहेर प्रेम देखाओ, कसैको विरोधमा केही कुरो छ भने माफ गर। प्रभुले तिमीहरूलाई माफ गर्नुभएझैँ तिमीहरूले पनि एक-अर्कालाई माफ गर।

गलाती 6:10
यसकारण मौका मिल्‍नासाथ हामीले सबैको भलाइ गर्नुपर्छ, खासगरी ख्रीष्‍टमा विश्‍वास गर्नेहरूका घरानाको मानिसहरूलाई भलाइ गर्नुपर्छ।

१ कोरिन्थी १५:३३-३४
[३३] धोखामा नबस। खराब संगतले असल मानिस पनि बिग्रन्‍छ।[३४] होशमा आओ। पाप गर्न छोड। तिमीहरूका लागि लाजको कुरा हो, तर म भन्‍छु तिमीहरूमध्‍ये कतिले परमेश्‍वरलाई चिनेका छैनौ।

हितोपदेश 18:24
कुनै-कुनै साथी धेरै दिनका हुँदैनन् तर कुनै-कुनै साथीहरू भने दाजुभाइहरूभन्दा विश्‍वासयोग्‍य हुन्‍छन्।

भजनमा 133:1
परमेश्‍वरका जनहरूले आपसमा मेलमिलापसँग जीवन बिताएको कति उदेक र आनन्‍दको कुरा हो!

हितोपदेश १७:१७
मित्रले सधैँ प्रेम देखाउँदछ, दाजुभाइचाहिँ दु:खमा साथ दिने हुन्‍छन्।

हितोपदेश २२:६
बालकहरूलाई ठीक बाटो देखाऊ र तिनीहरूले त्‍यही बाटोमा हिँड्‍नेछन्।

प्रस्थान २०:१२
“आफ्‍ना आमा-बुबालाई आदर गर र मैले दिएको देशमा तिमीहरू धेरै दिनसम्‍म बाँच्‍नेछौ।

यहोशू २४:१५
तिमीहरू परमप्रभुको सेवा गर्न राजी छैनौ भने कसको सेवा गर्ने— मेसोपोटामियामा तिम्रा पुर्खाहरूले भजेका देव-देवताहरूको कि अहिले तिमीहरूले बास गर्दैगरेका एमोरी देशका देव-देवताहरूको? आजै निश्‍चय गर। म र मेरा परिवारले चाहिँ परमप्रभुकै सेवा गर्नेछौं।”

हितोपदेश १२:२६
धर्मी मानिस आफ्‍ना साथीको असल अगुवा हुँन्‍छ तर दुष्‍टको बाटोले नजानुपर्ने दिशातिर लैजान्‍छ।

व्यवस्था ६:६-७
[६] आज मैले तिमीहरूलाई दिएका यी आज्ञाहरू कहिल्‍यै नभुल।[७] ती तिम्रा छोरा-छोरीहरूलाई सिकाओ। तिमीहरू घरमा छँदा वा बाहिर टाढा जाँदा, बस्‍दा वा काम गर्दा तिनको घरीघरी चर्चा गर।

यशैया 49:15-16
[15] यसकारण परमप्रभुले यस्‍तो उत्तर दिनुहुन्‍छ: “के आमाले आफ्‍नो दूधेबालकलाई भुल्‍न सक्‍छे? र आफूले जन्‍माएका बालकलाई माया गर्न छोड्छे? तर आमाले आफ्‍नो बालकलाई भुले पनि म तिमीहरूलाई कहिल्‍यै भुल्‍नेछैनँ।[16] हे यरूशलेम, म तँलाई कहिल्‍यै भुल्‍न सक्‍दिनँ! मैले तेरो नाम आफ्‍नो हत्‍केलामा लेखेको छु।

भजनमा १०३:१७-१८
[१७] [17-18] तर परमप्रभुलाई आदर गर्नेहरूको लागि चाहिँ उहाँको प्रेम सदाकालको निम्‍ति रहनेछ। उहाँको करार साँचो प्रकारले मान्‍नेहरूमाथि र उहाँका आज्ञा विश्‍वासयोग्‍यसाथ पालन गर्नेहरूमाथि तिनीहरूका पुस्‍ता-पुस्‍तासम्‍म उहाँको भलाइ रहिरहनेछ।[१८] ***

हितोपदेश 17:6
बुढापाकाहरूले आफ्‍ना नातिनातीनाहरूमा गर्व गर्छन्, जसरी छोरा-छोरीहरूले आफ्‍ना बुबा-आमाको गर्व गर्छन्।

भजनमा १२७:३-५
[३] छोरा-छोरीहरू परमप्रभुका दान हुन्, तिनीहरू साँचो आशिष् हुन्।[४] युवावस्‍थामा जन्‍मेका छोराहरू वीरका हातमा भएका काँडजस्‍ता हुन्।[५] आफूसँग यस्‍ता काँड धेरै भएको मानिस प्रसन्‍न रहन्‍छ। न्‍याय गरिने ठाउँमा आफ्‍ना शत्रुहरूसँग भेट हुँदा कहिल्‍यै उसको हार हुनेछैन।

हितोपदेश १७:९
मानिसहरूले आफूसित प्रेम-भाव गरेका चाहन्‍छौ भने तिनीहरूको दोष क्षमा गर्नू, दोष याद गरिराख्‍नाले मित्रता तोडिंदछ।

हितोपदेश 6:20
ए मेरो छोरा, आफ्‍नो बुबाले भनेअनुसार गर्‌ र आफ्‍नी आमाको अर्ती नबिर्सी।

हितोपदेश 27:6
मित्रले दिएको चोटले केही बिगार गर्दैन। तर शत्रुले अँगालो हाल्‍यो भने सावधान हुनू।

१ कोरिन्थी 15:33
धोखामा नबस। खराब संगतले असल मानिस पनि बिग्रन्‍छ।

हितोपदेश 23:24
धर्मी मानिसका बुबा रमाउनेछन्। बुद्धिमान् छोरामा गर्व गर्न सकिन्‍छ।

१ राजा ८:५७
परमप्रभु हाम्रा परमेश्‍वर हामीसित हाम्रा पुर्खाहरूसित झैँ रहनुभएको होस्। उहाँले कहिल्‍यै हामीलाई नछोड्नुभएको होस् वा नत्‍याग्‍नुभएको होस्।

लूका ११:१३
तिमीहरू दुष्‍ट भएर पनि आफ्‍ना छोरा-छोरीलाई असल कुरा दिन जान्‍दछौ भने झन् स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसँग माग्‍नेहरूलाई कति बढी गरी पवित्र आत्‍मा दिनुहुन्‍छ।”

हितोपदेश २३:१५
ए छोरो, तँ बुद्धिमान् भए म औधी प्रसन्‍न हुनेछु।

भजनमा 55:12-14
[12] त्‍यो मलाई खिसी गर्ने शत्रु हुँदो हो ता, म त्‍यसलाई सहन सक्‍थें। त्‍यो मलाई खिसी गर्ने शत्रु हुँदो हो ता, म त्‍योदेखि लुक्‍नेथिएँ।[13] तर त्‍यो त तिमी मेरा मित्र हौ, मसँग काम गर्ने र मेरा हितका साथी![14] हामी आपसमा मनका कुरा खोलेर गर्थ्‍यौं र मन्‍दिरमा एकसाथ आराधना गर्थ्‍यौं।

हितोपदेश 27:17
फलामले फलामलाई उध्याउँछ, मानिसले मानिसको बुद्धिलाई तिर्खाछ।

Nepali Bible 2008
नेपाल बाइबल सोसाइटी 2008