A A A A A

राम्रो चरित्र: [निर्धक्क]


१ यूहन्ना ४:१७
यसरी नै हामीमा सिद्ध प्रेम भएको हुन्‍छ र न्‍यायको दिनमा हामी डराउनुपर्दैन किनभने ख्रीष्‍टजस्‍तो हुनुहुन्‍छ, हामी पनि यस संसारमा त्‍यस्‍तै छौं।

१ यूहन्ना ५:१४
परमेश्‍वरको इच्‍छाअनुसार केही कुरा हामीले माग्‍दा उहाँले सुन्‍नुहुन्‍छ भनेर नै उहाँका अगाडि जाने आँट गर्छौं।

२ इतिहास ३२:८
उनीसित मानवशक्ति छ तर हामीसित परमप्रभु, हाम्रा परमेश्‍वर हुनुहुन्‍छ र उहाँले हामीलाई मद्दत दिनुहुन्‍छ र हाम्रो लडाइँ लडिदिनुहुन्‍छ।” राजाका यी शब्‍दले मानिसहरूको हौसला बढ्यो।

एफिसी ३:१२
ख्रीष्‍टमा रहेर अनि उहाँमा विश्‍वास राखेर नै हामीले परमेश्‍वरकहाँ आउन साहस र भरोसा पाएका छौं।

हिब्रू ४:१६
त्‍यसो हुँदा हामीले पटक्‍कै डर नमानी परमेश्‍वरको सिंहासनअघि जाऔं। त्‍यहाँ खाँचो परेको बेला हामीले कृपा र अनुग्रह पाउनेछौं।

यशैया ३२:१७
सबैले ठीक काम गर्नेछन् र सदाको निम्‍ति शान्‍ति र सुरक्षा हुनेछ।

यर्मिया १७:७
“तर त्‍यो मानिस धन्‍य हो, जसले ममाथि भरोसा राख्‍दछ।

नहेम्याह ६:१६
छिमेकी देशमा हाम्रा शत्रुहरूले यो कुरा सुने। तिनीहरूले बुझे कि परमेश्‍वरको मद्दतले यो काम पूरा भएको थियो र तिनीहरूलाई लाज भयो।

फिलिप्पी १:६
परमेश्‍वरले तिमीहरूमा सुरु गर्नुभएको राम्रो काम येशू ख्रीष्‍टको राज्‍य नआएसम्‍म परमेश्‍वरले नै सम्‍हाल्‍नुहुनेछ। यसमा मेरो पूरा विश्‍वास छ।

फिलिप्पी ४:१३
म ख्रीष्‍टले दिनुभएको शक्तिले नै यी सबै कुरा गर्न सक्‍छु।

हितोपदेश ३:२६-३२
[२६] परमप्रभुले तँलाई कुशल राख्‍नुहुनेछ। उहाँले तँलाई पासोमा पर्न दिनुहुन्‍न।[२७] तैँले सकेअनुसार जसलाई खाँचो छ, त्‍यसलाई भलाइ गर्‌।[२८] तेरो छिमेकीलाई अहिले सहायता गर्न सक्‍छस् भने भोलिसम्‍म पर्खन नलगा।[२९] आफ्‍नो छिमेकीको हानि हुने कुनै युक्ति नबना। त्‍यो तेरो छेउमा तँमाथि विश्‍वास गरी बास गर्दछ।[३०] जसले तेरो कहिल्‍यै हानि गरेको छैन, त्‍योसित बिनाकारण तर्कवितर्क नगर्‌।[३१] हिँसालु मानिसको डाह नगर्‌ अथवा तिनीहरूले गरेजस्‍तो गर्ने विचार नले[३२] किनभने दुष्‍कर्म गर्नेहरूलाई परमप्रभुले घृणा गर्नुहुन्‍छ तर धर्मीहरूचाहिँ उहाँका विश्‍वास-पात्र हुन्‍छन्।

भजनमा २०:७
कोही आफ्‍नो लडाइँका रथमाथि भर पर्दछन् र कोही आफ्‍ना घोडामाथि, तर हामी परमप्रभु हाम्रा परमेश्‍वरको शक्तिमा भर पर्दछौं।

फिलिप्पी ३:३-५
[३] साँचो खतना लाउने त हामीहरू पो हौं किनभने हामी त परमेश्‍वरलाई पवित्र आत्‍माले पुज्‍छौं अनि ख्रीष्‍ट येशूमा हामी घमण्‍ड गर्छौं। हामी कुनै बाहिरी रीतिथितिमा भरोसा राख्‍तैनौं।[४] बाहिरी कुरामा भरोसा राख्‍ने भए म सबैभन्दा बढी भरोसा राख्‍न सक्‍नेथिएँ[५] किनभने मलाई त जन्‍मेको आठ दिनमा नै खतना लगाइदिएको थियो। जन्‍मले नै भन्‍ने हो भने म बेन्‍यामीन कुलको इस्राएली हुँ। म झर्रा हिब्रू हुँ। व्यवस्था मान्‍नेहरूमा म फरिसी थिएँ।

२ कोरिन्थी ३:१-४
[१] हामीले फेरि आफ्‍नै गुणगान गाउन लागेका होइनौं। अरू कति मानिसहरूले तिमीहरूकहाँ यसैको सिफारिस गरिदिएको पत्र लिएर आउने गरेझैँ हामीले तिमीहरूलाई र तिमीहरूले हामीलाई सिफारिस गर्नुपर्ने खाँचो छैन।[२] सबैले बुझ्‍न र पढ्‍न सक्‍ने तिमीहरू नै हाम्रा हृदयमा लेखिएका हाम्रो सिफारिस पत्रहरू हौ।[३] साँच्‍चै तिमीहरू ख्रीष्‍टले लेखेका पत्र हौ र पत्र पुर्‍याउने हामी नै हौं। ढुङ्गाको पाटीमा वा मसीले लेखिएको पत्र होइन तर जिउँदो परमेश्‍वरकै आत्‍माले हृदयमा लेखिएको पत्र हो।[४] ख्रीष्‍टको दयाले मुक्ति दिएकोले हामी परमेश्‍वरमा भरोसा राखेर यस्‍तो कुरा भन्‍छौं।

Nepali Bible 2008
नेपाल बाइबल सोसाइटी 2008