A A A A A

राम्रो चरित्र: [अखण्डता]


हितोपदेश ११:३
तिमी भलो छौ भने इमानदारीता त्‍याग्‍दैनौ। तर भरोसा गर्न नसकिने मानिसहरू आफ्‍नै छल-कपटमा नष्‍ट भइजान्‍छन्।

हितोपदेश २८:६
धनी र बेइमानी हुनुभन्दा गरीब र इमानदार हुनु असल हो।

१ पत्रुस ๓:๑๖
तर यसरी बताउँदा नम्र भएर आदरसाथ बोल्‍ने गर। आफ्‍नो विवेक सफा राख। त्‍यसो हुँदा तिमीहरूले ख्रीष्‍टलाई पछ्याउँदा गरेका असल चालचलनलाई देखेर तिमीहरूको बदनाम गर्नेहरूचाहिँ आफैं लाजमा पर्नेछन्।

हितोपदेश १२:२२
झूटो बोल्‍नेहरूलाई परमप्रभुले घृणा गर्नुहुन्‍छ तर आफ्‍ना वचन पूरा गर्नेसित उहाँ खुसी हुनुहुन्‍छ।

हितोपदेश २१:३
जे ठीक र न्‍यायपूर्ण छ, त्‍यही गर, त्‍यही परमप्रभुलाई बलिदानभन्दा बढी मनपर्दो हुन्‍छ।

२ कोरिन्थी ๘:๒๑
परमेश्‍वरको अघि मात्र होइन तर मानिसको अघि पनि असल काम गर्न हामी ध्‍यान दिन्‍छौं।

जन ๑๔:๖
येशूले भन्‍नुभयो, “बाटो, सत्‍य र जीवन म नै हुँ। मद्वारा बाहेक कुनै मानिस पनि पिताकहाँ पुग्‍न सक्‍दैन।

हितोपदेश ४:२५-२७
[२५] इमानदारी र विश्‍वासका साथ आफ्‍नो अघि सीधा हेर्‌, लाजले तेरो शिर निहुरिन नपरोस्।[२६] आफूले गर्ने कामको योजना होशियारीसाथ बना र तँ जे गर्छस्, त्‍यो ठीक हुनेछ।[२७] खराबीदेखि अलग बस्, सीधा अघि हिँड्। एक कदम दायाँ वा बायाँ नचाल्।

हिब्रू ๑๓:๑๘
हाम्रो लागि प्रार्थना गर्न नछोड। हामीलाई विश्‍वास छ, हाम्रो भित्री मन चोखो छ किनभने हामी सधैँ राम्रो काम गर्न मात्र चाहन्‍छौं।

लूका ๖:๓๑
अरूले तिमीहरूलाई जे गरिदिएको चाहन्‍छौ, त्‍यही नै तिमीहरूले पनि अरूहरूलाई गर।

भजनमा ४१:११-१२
[११] तिनीहरूले मलाई जित्‍नेछैनन्, अनि तपाईं मसँग खुसी हुनुहुन्‍छ भनी म जान्‍नेछु।[१२] तपाईंले मलाई सहायता गर्नुहुन्‍छ किनभने जे ठीक छ, सो म गर्दछु। सदाको लागि तपाईंले मलाई आफ्‍नो उपस्‍थितिमा राख्‍नुहुनेछ।

फिलिप्पी ๔:๘
आखिरमा दाजुभाइहरू, तिमी सत्‍य, असल, ठीक, स्‍वच्‍छ, सुन्‍दर, आदरणीय र प्रशंसनीय कुरामा मन लगाओ।

यशैया ๒๖:๗
परमप्रभु, तपाईंले भला मानिसहरूका निम्‍ति मार्ग सम्‍म पार्नुहुनेछ, तिनीहरू हिँड्‍ने बाटो सोझो बनाउनुहुनेछ।

Nepali Bible 2008
नेपाल बाइबल सोसाइटी 2008