A A A A A

राम्रो चरित्र: [इमानदार]


२ कोरिन्थी ८:२१
परमेश्‍वरको अघि मात्र होइन तर मानिसको अघि पनि असल काम गर्न हामी ध्‍यान दिन्‍छौं।

२ तिमोथी २:१५
लाज मान्‍नु नपर्ने र सत्‍यको सन्‍देशलाई ठीकसँग प्रयोग गर्ने सेवकजस्‍तै परमेश्‍वरलाई मनपर्ने गरी उहाँको अगाडि उहाँकै कुरा बोल्‍न तयार भइरहन कोसिस गर।

कलस्सी ३:९
तिमीहरूले कसैलाई ढाँट्‍ने काम नगर किनभने आफ्‍ना पुरानो जीवन र त्‍यसका बानीबेहोरा छोडिसकेका छौ।

एफिसी ४:२५
त्‍यसो हुँदा अब ढाँट्‍ने बानी छोडिदेओ। एक-अर्कासँग साँचो बोल किनभने हामी सबै ख्रीष्‍टको शरीरमा एक-अर्काका अङ्ग हौं।

जेम्स १:२६
कसैले आफूलाई धर्मी सम्‍झिन्‍छ, तर आफ्‍नो जिब्रोचाहिँ तह लाउँदैन भने उसले आफैंलाई धोखा दिन्‍छ अनि उसको धर्म-कर्म व्‍यर्थै हुन्‍छ।

जेम्स ३:१७
तर माथिबाट आएको बुद्धि त चोखो, शान्‍ति दिने, सोझो र मिलनसार हुन्‍छ। यस्‍तो बुद्धि दया नै दयाले भरिएको हुन्‍छ अनि असल कामको फल फलाउँछ। यो पक्षपाती र कपटी हुँदैन।

लूका ६:३१
अरूले तिमीहरूलाई जे गरिदिएको चाहन्‍छौ, त्‍यही नै तिमीहरूले पनि अरूहरूलाई गर।

मत्ती ५:८
शुद्ध मन हुनेहरू कति धन्‍य हुन्! किनभने तिनीहरूले परमेश्‍वरलाई देख्‍नेछन्।

हितोपदेश १०:९
इमानदार मानिसले कुशल र सुरक्षा पाउँछ तर बेइमानीचाहिँ पक्राउ पर्छ।

हितोपदेश ११:३
तिमी भलो छौ भने इमानदारीता त्‍याग्‍दैनौ। तर भरोसा गर्न नसकिने मानिसहरू आफ्‍नै छल-कपटमा नष्‍ट भइजान्‍छन्।

हितोपदेश १२:१७-२२
[१७] सत्‍य वचन बोल्‍दा न्‍यायको जगेरा हुन्‍छ, झूटो वचनले अन्‍याय ल्‍याउँदछ।[१८] नसोची बोलेका शब्‍दले तरवारले झैँ गहिरो चोट लाउन सक्‍दछ तर बुद्धिमानीसित बोलेका वचनले चोट निको पार्दछ।[१९] झूटो थोरै समयको निम्‍ति मात्र हो तर सत्‍य सदा रहिरहन्‍छ,[२०] दुष्‍ट उपाय निकाल्‍नेहरू आफूले नचिताएअनुसार धोकामा पर्नेछन् तर जसले भलाइ गर्छन्, तिनीहरू रमाउनेछन्।[२१] धर्मी मानिसलाई केही खराबी हुँदैन तर दुष्‍टमाथि दु:खै-दु:ख मात्र हुन्‍छ।[२२] झूटो बोल्‍नेहरूलाई परमप्रभुले घृणा गर्नुहुन्‍छ तर आफ्‍ना वचन पूरा गर्नेसित उहाँ खुसी हुनुहुन्‍छ।

हितोपदेश १४:५
साँचो साक्षीले छल गर्दैन तर झूटा साक्षीले झूटा कुराहरू फैलाउँछ।

हितोपदेश २१:३
जे ठीक र न्‍यायपूर्ण छ, त्‍यही गर, त्‍यही परमप्रभुलाई बलिदानभन्दा बढी मनपर्दो हुन्‍छ।

हितोपदेश २४:२६
सोझो जवाफ मित्रताको चिनो हो।

हितोपदेश २८:१८
इमानदार मानिस सधैँ सुरक्षित रहन्‍छ तर बेइमानी अचानक लड्दछ।

भजनमा ११२:५
त्‍यो मानिस खुसी रहन्‍छ, जसले मुट्ठी खोलेर ऋण दिन्‍छ र आफ्‍नो व्‍यापार इमानदारीसाथ चलाउँछ।

१ इतिहास २९:१७
म जान्‍दछु कि तपाईंले हरेकको हृदय जाँच्‍नुहुन्‍छ र निष्‍कपट मानिससित खुसी हुनुहुन्‍छ। यी सबै थोक मैले राजी-खुसीले इमानदारी र शुद्ध हृदयसाथ तपाईंलाई चढाएको छु। तपाईंका मानिसहरू, जो यहाँ भेला भएका छन्, तपाईंकहाँ आफ्‍ना भेटीहरू ल्‍याउँदा खुसी छन्, त्‍यो मैले देखेको छु।

जन १:३
वचनद्वारा नै परमेश्‍वरले सबै थोक सृष्‍टि गर्नुभयो। सृष्‍टि भएका कुनै थोक पनि उहाँबिना बनिएन।

जन 3:18
अब परमेश्‍वरको एक मात्र पुत्रमाथि विश्‍वास गर्ने कोही पनि दोषी ठहरिनेछैन, तर उहाँमाथि विश्‍वास नगर्ने जतिचाहिँ दोषी ठहरिसकेका छन् किनभने तिनीहरूले परमेश्‍वरको एक मात्र पुत्रलाई विश्‍वास गरेका छैनन्।

फिलिप्पी 4:8-9
[8] आखिरमा दाजुभाइहरू, तिमी सत्‍य, असल, ठीक, स्‍वच्‍छ, सुन्‍दर, आदरणीय र प्रशंसनीय कुरामा मन लगाओ।[9] मैले भनेको तिमीहरूले सुनेका र देखेका छौ। तिमीहरूले मबाट सिकेको र पाएको शिक्षाहरू नै पालन गर्ने गर अनि शान्‍ति दिने परमेश्‍वर तिमीहरूसँग हुनुहुनेछ।

१ पत्रुस 3:10-12
[10] धर्मशास्‍त्रले भन्‍छ, “जीवन सुखी राख्‍न चाहनेले र सुखको दिन खोज्‍नेले जिब्रोलाई नराम्रो कुरा बोल्‍न र मुखलाई ढाँट्‍न दिनुहुँदैन।”[11] नराम्रो काम छोडेर उसले राम्रो काम गर्नुपर्छ। पूरा हृदयले मिलाप राख्‍ने काममा लाग्‍नुपर्छ[12] किनभने प्रभुले त आफ्‍ना अघि ठीक हुनेलाई नै हेर्नुहुन्‍छ अनि तिनीहरूको प्रार्थना सधैँ सुन्‍ने गर्नुहुन्‍छ। तर नराम्रो गर्नेलाई पिठ फर्काउनुहुन्‍छ।

हितोपदेश 6:16-20
[16] [16-19] सात वटा कुरालाई परमप्रभुले घृणा गर्नुहुन्‍छ र सहन सक्‍नुहुन्‍न: अहङ्कारी आँखा, झूटो बोल्‍ने जिब्रो, निर्दोषको हत्‍या गर्ने हात, दुष्‍ट जाल रच्‍ने मन, दुष्‍ट काम गर्न हतार गर्ने खुट्टा, झूटै-झूट बोल्‍ने गवाह र मित्रहरूका बीचमा झगडा लाउने मानिस।[17] ***[18] ***[19] ***[20] ए मेरो छोरा, आफ्‍नो बुबाले भनेअनुसार गर्‌ र आफ्‍नी आमाको अर्ती नबिर्सी।

Nepali Bible 2008
नेपाल बाइबल सोसाइटी 2008