प्रेरित ३:१६ |
येशूमाथि भरोसा गरेको हुनाले लङ्गडाले बल पायो। येशूको नाउँ सुनेर यिनको हृदयमा विश्वास जाग्यो अनि यिनको विश्वासले गर्दा अब तपाईंहरूले यिनलाई पूरै निको भएको देख्दै हुनुहुन्छ। |
|
व्यवस्था १०:२१ |
उहाँको प्रशंसा गर— उहाँ तिम्रा परमेश्वर हुनुहुन्छ र उहाँले तिम्रो निम्ति गर्नुभएको महान् र अचम्मका कामहरू तिमीहरूले आफ्नै आँखाले देखेका छौ। |
|
प्रस्थान १५:२६ |
उहाँले भन्नुभयो, “तिमीहरूले सम्पूर्ण रीतले मैले भनेका कुराहरू मान्यौ, म जे कुरा ठीक ठान्दछु, त्यो गर्यौ र मेरा आज्ञाहरू पालन गर्यौ भने जुन रोगहरू मैले मिश्रीहरूमाथि ल्याएको थिएँ, ती कुनै पनि तिमीहरूमाथिपर्नेछैन। म तिमीहरूलाई निको पार्ने परमप्रभु हुँ।” |
|
यर्मिया ३२:२७ |
“म परमप्रभु सबै मानिसहरूका परमेश्वर हुँ। मेरो लागि केही कुरो कठिन छ र? |
|
जन २:११ |
यसरी गालीलको काना सहरमा अचम्मको चिन्हद्वारा येशूले आफ्नो महिमा पहिलोपल्ट प्रकट गर्नुभयो र उहाँका चेलाहरूले उहाँमाथि विश्वास गरे। |
|
लूका १८:२७ |
येशूले तिनीहरूलाई जवाफ दिँदै भन्नुभयो, “यो मानिसबाट हुनै नसक्ने काम भए पनि परमेश्वरबाट चाहिँ हुन सक्छ।” |
|
मार्क ९:२३ |
येशूले तिनलाई भन्नुभयो, “सक्नुहुन्छ भने भनी किन भन्छौ? विश्वास गर्नेलाई त सबै कुरा हुन सक्छ।” |
|
मत्ती १७:२० |
येशूले भन्नुभयो, “तिमीहरूको विश्वास कम भएकोले गर्दा हो। साँच्चै म तिमीहरूलाई भन्छु, तिमीहरूसँग रायोको एउटा दाना जतिको विश्वास छ भने यस पहाडलाई यहाँबाट हटिजाभन्दा यो जानेछ र तिमीहरू जे पनि गर्न सक्नेछौ। |
|
मत्ती १९:२६ |
येशूले तिनीहरूलाई हेरेर भन्नुभयो, “यो मानिसबाट हुनै नसक्ने कुरा हो, तर परमेश्वरबाट भने सबै कुरा हुन सक्छ।” |
|
मत्ती २१:२१ |
येशूले जवाफ दिनुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, तिमीहरूले कति पनि शङ्का नगरी विश्वास गर्यौ भने नेभाराको रूखलाई मैले गरेजस्तै गर्न सक्छौ र त्यति मात्र होइन, तिमीहरूले यस पहाडलाई ‘यहाँबाट हटी समुद्रमा खस्’ भन्यौ भने पनि त्यस्तै हुनेछ। |
|
रोमी 15:18-19 |
[18] ख्रीष्टले मेरो जीवनद्वारा गर्नुभएको कामको बारेमा मात्र बोल्ने आँट गर्छु। परमेश्वरलाई मान्न मैले अन्यजातिका मानिसहरूलाई मेरा काम र प्रचारबाट सिकाएको छु।[19] आश्चर्यकर्म, शक्तिशाली चिन्ह र पवित्र आत्माको शक्तिले यरूशलेमदेखि इल्लुरिकन भन्ने देशसम्मको यात्रा गरेर मैले ख्रीष्टको बारेमा सम्पूर्णरूपले प्रचार गरेको छु। |
|
प्रेरित 19:11-12 |
[11] परमेश्वरले पावलको हातबाट अचम्मका असाधारण कामहरू गर्नुभयो।[12] यहाँसम्म कि मानिसहरूले पावलको शरीरमा रूमाल वा मजेत्रो छुवाएर बिरामीहरूकहाँ लैजान्थे। यसरी ती बिरामीहरू निको हुन्थे र भूत लागेकाहरूबाट भूतहरू निस्कन्थे। |
|
काम 5:8-9 |
[8] यस्तो कुरो ममा आएको भए म परमेश्वरलाई उजुर गर्नेथिएँ र आफ्नो मुद्दा उहाँको अघि पेश गर्नेथिएँ।[9] उहाँका महान् कार्यहरू हामी बुझ्न सक्दैनौं, उहाँका अचम्मका कामहरूको सीमा छैन। |
|
एफिसी 3:20-21 |
[20] हामीभित्र काम गर्ने शक्तिद्वारा हामीले मागेको र सोचेको भन्दा प्रशस्त मात्रामा दिन सक्नुहुने[21] उनै परमेश्वरलाई मण्डली र येशू ख्रीष्टमा सबै युग सबै समय र सधैँभरि प्रशंसा होस्। आमेन। |
|
प्रेरित ४:२९-३१ |
[२९] अब हे प्रभु, तिनीहरूले दिएको धम्कीतिर ध्यान दिनुहोस्। तपाईंको सन्देश साहससँग प्रचार गर्न आफ्ना सेवकहरूलाई शक्ति दिनुहोस्।[३०] आफ्ना सेवकहरूलाई तपाईंको पवित्र सेवक येशूको नाउँमा बिरामीहरू निको पार्ने अनि अचम्मका कामहरू गर्दै चिन्हहरू देखाउने शक्ति दिनुहोस्।”[३१] यसरी प्रार्थना गरिसकेपछि तिनीहरू भेला भएको ठाउँ हल्लियो। तिनीहरू सबै पवित्र आत्माले भरिए र तिनीहरूले परमेश्वरको वचन नडराइ सुनाउन थाले। |
|
मार्क १६:१७-२० |
[१७] अनि विश्वास गर्नेहरूसँग यस्ता चिन्हहरू पाइनेछन्— उनीहरूले मेरो नाउँमा भूतहरू निकाल्नेछन् र नौला-नौला किसिमका भाषाहरूमा बोल्नेछन्।[१८] उनीहरूले सर्प समाते पनि, विष पिए पनि उनीहरूलाई कुनै हानि हुनेछैन अनि बिरामीहरूमाथि हात राख्दा तिनीहरू निको हुनेछन्।”[१९] चेलाहरूसँग यसरी कुरा गर्नुभएपछि प्रभु येशू स्वर्गमा उचालिनुभयो र उहाँ परमेश्वरको दाहिनेपट्टि बस्नुभयो।[२०] त्यसपछि चेलाहरूले चारैतिर गएर उहाँको प्रचार गरे। प्रभुले उनीहरूसँग भएर काम गर्नुभयो र उनीहरूले प्रचार गरेका कुरालाई अचम्मका कामहरूद्वारा सत्य ठहराइदिनुभयो। |
|
लूका 9:13-17 |
[13] येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले नै यिनीहरूलाई खान देओ।” उनीहरूले भने, “प्रभु, हामीसँग के छ र? पाँच वटा रोटी र दुईटा माछा मात्रै छन्। के हामीले यति धेरै मानिसहरूलाई खानेकुरा किनेर ल्याउनू?”[14] त्यहाँ लोग्ने मानिसहरू मात्रै पाँच हजार जति थिए। येशूले चेलाहरूलाई भन्नुभयो, “मानिसहरूलाई पचास-पचासको लहरमा बस्न लगाओ।”[15] चेलाहरूले मानिसहरूलाई त्यसै गरी बस्न लगाए।[16] त्यसपछि येशूले पाँच वटा रोटी र दुईटा माछा लिनुभयो र स्वर्गतिर हेर्दै परमेश्वरसँग आशीर्वाद माग्नुभयो अनि उहाँले रोटी र माछा टुक्रा-टुक्रा पारेर चेलाहरूलाई बाँड्न लाउनुभयो।[17] सबैले अघाउञ्जेल खाए। उब्रिएका रोटी र माछाका टुक्राहरू उठाउँदा त बाह्र डाला भरिए। |
|
लूका 8:43-48 |
[43] त्यही हुलमा बाह्र वर्षदेखि रगत बग्ने व्यथाले दु:ख पाएकी एउटी स्त्री पनि थिइन्। तिनले आफ्नो भएभरको सम्पत्ति उपचारमा खर्च गर्दा पनि कसैले तिनलाई निको पार्न सकेका थिएनन्।[44] तिनले मानिसको घुइँचोमा पछिल्तिरबाट आएर येशूको लुगाको छेउ छोइन्। उहाँको लुगा छुनेबित्तिकै तिनको रगत बग्ने व्यथा निको भइहाल्यो।[45] येशूले सोध्नुभयो, “मलाई कसले छोयो?” तर सबैले “मैले त छोएको छैनँ,” भने। अनि पत्रुसले भने, “गुरुज्यू, तपाईंलाई त मानिसहरूको घुइँचोले नै मिच्तै छ।”[46] तर येशूले भन्नुभयो, “होइन, कसैले मलाई छोएकै हो किनभने मबाट शक्ति निस्केर गएको मैले थाहा पाएँ।”[47] अब लुकिरहनुनहुने रहेछ भन्ने थाहा पाएर ती स्त्री डरले काम्दै आइन् र उहाँको पाउमा परिन्। तिनले उहाँलाई छोएको र छुनेबित्तिकै निको भएको कुरा सबैको सामुन्ने भनिन्।[48] येशूले तिनलाई भन्नुभयो, “ए छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ, अब शान्तिसित जाऊ।” |
|
जन 4:46-54 |
[46] येशू फेरि गालीलको काना सहरमा जानुभयो। त्यही सहरमै उहाँले पानीलाई अङ्गुरको मद्य बनाउनुभएको थियो। येशू यो सहरमा हुँदा कफर्नहुम सहरमा बस्ने एक जना सरकारी कर्मचारीका छोरा बिरामी थिए।[47] येशू यहूदिया क्षेत्रबाट गालीलमा आउनुभएको छ भन्ने कुरा सुनेर ती सरकारी कर्मचारी येशूकहाँ आए र येशूलाई “मेरो मर्न आँटेको छोरालाई आएर निको पारिदिनुहोस्,” भनेर बिन्ती चढाए।[48] येशूले उनलाई भन्नुभयो, “अचम्मका काम र ठूला चिन्हहरू नदेखुञ्जेल तिमीहरूले कहिल्यै पनि विश्वास गर्दैनौ।”[49] कर्मचारीले भने, “हजुर, दया गरी बालक मर्नुभन्दा अगाडि नै आइदिनुहोस्।”[50] येशूले उनलाई भन्नुभयो, “तिम्रो छोरा बाँच्नेछ, जाऊ।” अनि ती कर्मचारीले येशूको वचनमा विश्वास गरे र फर्के।[51] जाँदैगर्दा बाटोमा नै नोकरहरूले उनलाई भेटेर भने, “हजुरको छोरा निको हुनुभयो।”[52] उनले नोकरहरूलाई “मेरो छोरा कुन घडीदेखि निको भयो?” भनेर सोधे। तिनीहरूले भने, “हिजो दिउँसो एक बजेदेखि उहाँलाई ज्वरोले छोड्यो।”[53] तब ती कर्मचारीले येशूले ‘तिम्रो छोरा बाँच्नेछ’ भन्नुभएको घडीदेखि नै निको भएको रहेछ भनेर थाहा पाए। यसैले गर्दा उनले र उनको घरानाले येशूमा विश्वास गरे।[54] योचाहिँ यहूदियाबाट गालीलमा आएर येशूले गर्नुभएको दोस्रो अचम्मको चिन्ह हो। |
|
Nepali Bible 2008 |
नेपाल बाइबल सोसाइटी 2008 |