जन १४:२-३ |
[२] मेरा पिताको घरमा धेरै बस्ने ठाउँहरू छन् र म तिमीहरूको लागि ठाउँ तयार पार्न जाँदै छु। त्यस्तो नभए मैले तिमीहरूलाई यस्तो कुरा भन्ने नै थिइनँ।[३] तिमीहरूको लागि ठाउँ तयार पारिसकेपछि म फर्केर आउनेछु र तिमीहरूलाई म भएकै ठाउँमा लैजानेछु अनि तिमीहरू मसँगै रहनेछौ। |
|
फिलिप्पी 3:20-21 |
[20] हामीहरू त स्वर्गका नागरिकहरू हौं। मुक्ति दिने हाम्रा प्रभु येशू ख्रीष्ट स्वर्गबाट आउनुहुन्छ भनेर हामीले बाटो हेरिरहेका छौं।[21] उहाँले सबै चीजहरू आफ्नै अधीनमा पारिसक्नुहुन्छ। उहाँको यही शक्तिले नै हाम्रो यस कमजोर मर्ने शरीरलाई उहाँको जस्तै नमर्ने र चम्किलो शरीर बनाउनुहुनेछ। |
|
प्रेरित 1:11 |
तिनीहरूले भने, “ए गालीलका मानिस हो, तिमीहरू किन उभिएर आकाशतिर हेर्दै छौ? येशू त स्वर्गमा जानुभयो। उहाँलाई जसरी तिमीहरूले अहिले गइरहेका देख्यौ, त्यसरी नै उहाँ फेरि कुनै दिन फर्की आउनुहुनेछ।” |
|
हिब्रू ११:१६ |
तर तिनीहरूले त यसभन्दा पनि राम्रो स्वर्गको देशको चाहना गरेका थिए। यसकारण तिनीहरूका परमेश्वर हुँ भन्न पनि परमेश्वर लजाउनुभएन किनभने उहाँले त तिनीहरूलाई दिने सहर तयार पारिदिनुभएको छ। |
|
जन १४:१-३ |
[१] येशूले चेलाहरूलाई भन्नुभयो, “तिमीहरू दु:ख नमान। तिमीहरूले आफ्नो भरोसा परमेश्वरमाथि राख र ममाथि पनि राख।[२] मेरा पिताको घरमा धेरै बस्ने ठाउँहरू छन् र म तिमीहरूको लागि ठाउँ तयार पार्न जाँदै छु। त्यस्तो नभए मैले तिमीहरूलाई यस्तो कुरा भन्ने नै थिइनँ।[३] तिमीहरूको लागि ठाउँ तयार पारिसकेपछि म फर्केर आउनेछु र तिमीहरूलाई म भएकै ठाउँमा लैजानेछु अनि तिमीहरू मसँगै रहनेछौ। |
|
मत्ती १८:१५-१८ |
[१५] “यदि तिम्रो भाइले तिम्रो विरुद्धमा पाप गरेको छ भने उसलाई एक्लै गएर सम्झाऊ। उसले तिम्रो कुरा सुन्यो भने तिमीले उसलाई आफूपट्टि फर्काएको हुनेछौ।[१६] तर उसले तिम्रो कुरा सुनेन भने अरू एक-दुई जना सँगै गएर उसलाई सम्झाऊ किनभने धर्मशास्त्रले भनेजस्तो सबै झैं-झगडाहरूको फैसला गर्नलाई दुई वा तीन जना साक्षी बोलाउनुपर्छ।[१७] त्यति हुँदाहुँदै पनि उसले कुरा सुनेन भने मण्डलीमा गएर तिमीले पूरै कुरा खोलिदेओ अनि तिनीहरूको कुरा पनि उसले सुनेन भने उसलाई ईश्वर नमान्ने र कर उठाउनेलाई जस्तै गरी त्यागिदिनू।[१८] “साँच्चै म तिमीहरूलाई भन्छु, जे तिमीहरूले यस पृथ्वीमा बाँध्छौ, त्यो स्वर्गमा पनि बाँधिनेछ। अनि जे तिमीहरूले यस पृथ्वीमा फुकाउला, त्यो स्वर्गमा पनि फुकाइनेछ। |
|
जन १४:२८ |
‘म यहाँबाट जाँदै छु र फेरि तिमीहरूकहाँ फर्केर आउनेछु’ भनेर मैले भनेको कुरा त तिमीहरूले सुनिहाल्यौ। तिमीहरूले मलाई साँचो रूपले प्रेम गरेको भए त म पिताकहाँ जान लाग्दा तिमीहरू खुसी हुनेथियौ किनभने मभन्दा त पिता नै ठूलो हुनुहुन्छ। |
|
प्रेरित ४:१२ |
“येशू ख्रीष्टबाहेक अरू कसैले पनि मानिसहरूलाई मुक्ति दिन सक्दैन। परमेश्वरले येशूको नाउँबाहेक संसारमा अरू कुनै नाउँ जनाउनुभएको छैन, जसबाट हामीले मुक्ति पाउन सक्छौं।” |
|
जन ३:१३ |
स्वर्गबाट आउने मानव पुत्रबाहेक अरू कोही पनि स्वर्गमा गएको छैन। |
|
प्रकाश २१:१-४ |
[१] यसपछि मैले नयाँ स्वर्ग र नयाँ पृथ्वी देखें। पहिलो स्वर्ग र पहिलो पृथ्वी हराएर गयो अनि समुद्रचाहिँ लुप्त भयो।[२] अनि परमेश्वरबाट स्वर्गबाट पवित्र सहर ओर्लिरहेको मैले देखें। तिनलाई आफ्ना दुलहा भेट्न सिँगारिएकी दुलहीजस्तै गरी तयार भएको मैले देखें।[३] सिंहासनबाट ठूलो सोरमा यसो भनेको मैले सुनें, “हेर! अबदेखि परमेश्वरको वास मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग वास गर्नुहुनेछ र उनीहरू उहाँकै मानिसहरू हुनेछन्। परमेश्वर आफैं उनीहरूसित हुनुहुनेछ अनि उहाँ उनीहरूका परमेश्वर हुनुहुनेछ।[४] उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ। अबदेखि कोही मर्नुपर्नेछैन। कसैले पनि शोक मानेर रुनेछैन, कुनै किसिमको दु:ख हुँदैन। पुराना सबै कुरा बितिसकेका छन्। |
|
१ तिमोथी ३:१५ |
तर केही गरी म आउन ढिला भएँ भने परमेश्वरको घरमा हाम्रो चालचलन कस्तो हुनुपर्ने हो, यसै पत्रबाट जानिराख्नू। परमेश्वरको घरचाहिँ जीवित परमेश्वरको मण्डली हो। यो परमेश्वरको घर, सत्यको खम्बा र किल्ला पनि हो। |
|
जन १४:६ |
येशूले भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कुनै मानिस पनि पिताकहाँ पुग्न सक्दैन। |
|
मार्क ६:३ |
यो त्यही मरियमको छोरो सिकर्मी होइन र? के यो याकूब, योसेफ, यहूदा र सिमोनको दाजु होइन र? उसका बहिनीहरू पनि त यहीं नै छन्!” यसो भन्दै तिनीहरूले उहाँलाई पत्याएनन्। |
|
फिलिप्पी ३:२१ |
उहाँले सबै चीजहरू आफ्नै अधीनमा पारिसक्नुहुन्छ। उहाँको यही शक्तिले नै हाम्रो यस कमजोर मर्ने शरीरलाई उहाँको जस्तै नमर्ने र चम्किलो शरीर बनाउनुहुनेछ। |
|
जन १:१२ |
तर जतिले उहाँलाई ग्रहण गरे र उहाँमाथि विश्वास गरे, तिनीहरूलाई उहाँले परमेश्वरको सन्तान हुने हक दिनुभयो। |
|
१ कोरिन्थी १३:१२ |
अहिले हामी धमिलो ऐनामा देखेजस्तै मात्र देख्तछौं, छर्लङ्गै देख्तैनौं, तर त्यस बेलाचाहिँ आमने-सामने नै देख्नेछौं। अहिले म पूरा जान्दिनँ, तर त्यस बेलाचाहिँ परमेश्वरले मेरो बारेमा सबै कुरा पूरै जान्नुभएझैँ म पनि जान्नेछु। |
|
जन ३:३-५ |
[३] येशूले भन्नुभयो, “साँच्चै म तिमीलाई भन्छु, नयाँ गरी नजन्मिएसम्म कसैले पनि परमेश्वरको राज्य देख्न सक्दैन।”[४] निकोदेमसले भने, “बुढो भइसकेको मानिस फेरि कसरी जन्मिन सक्छ? ऊ फेरि आमाबाट जन्मिन सक्छ र?”[५] येशूले जवाफ दिनुभयो, “साँच्चै म तिमीलाई भन्छु, पानी र आत्माबाट नजन्मिएसम्म कोही पनि परमेश्वरको राज्यमा पस्न सक्दैन। |
|
हिब्रू 12:14 |
सबै मानिसहरूसँग मिलेर बस्न अनि पवित्र जीवन बिताउन बल गर किनभने पवित्र नभई कसैले प्रभुलाई देख्न सक्नेछैन। |
|
प्रकाश 21:1-2 |
[1] यसपछि मैले नयाँ स्वर्ग र नयाँ पृथ्वी देखें। पहिलो स्वर्ग र पहिलो पृथ्वी हराएर गयो अनि समुद्रचाहिँ लुप्त भयो।[2] अनि परमेश्वरबाट स्वर्गबाट पवित्र सहर ओर्लिरहेको मैले देखें। तिनलाई आफ्ना दुलहा भेट्न सिँगारिएकी दुलहीजस्तै गरी तयार भएको मैले देखें। |
|
१ कोरिन्थी 15:40-49 |
[40] आकाशमा हुने घाम, जून र ताराहरूको आफ्नै रूप छ, र पृथ्वीमा हुने प्राणीहरूको पनि आफ्नै रूप छ।[41] सूर्यको एक किसिमको तेज छ, चन्द्रमाको अर्कै किसिमको तेज, तारा अझ अर्कै किसिमको। ती ताराहरूमा बेग्ला-बेग्लै किसिमको तेज छ।[42] मरेकाहरू बिउँतदा पनि यस्तै हुन्छ। गाडिंदा शरीर मर्ने भएर गाडिन्छ; तर बिउँतदा अमर बनेर उठ्नेछ।[43] गाडिंदा हाम्रो शरीर नराम्रो र कमजोर हुन्छ, फेरि बिउँतदा राम्रो र शक्तिशाली भएर आउँछ।[44] गाडिंदा हाड-मासुको शरीर भएर गाडिन्छ, फेरि बिउँतदा आत्मिक शरीर भएर बिउँतनेछ। हाड-मासुको शरीर हुन्छ, यसरी नै आत्मिक शरीर पनि हुन्छ।[45] त्यसैले धर्मशास्त्रमा यो लेखिएको छ, “पहिलो मानिस आदमचाहिँ जीवन पाउने मानिस थिए।” तर आखिरी आदम (ख्रीष्ट) चाहिँ जीवन दिने आत्मा नै हुनुहुन्छ।[46] तैपनि आत्मिक पहिलो होइन। हाड-मासुको शरीर नै पहिले आयो अनि त्यसपछि आत्मिक शरीर आउनुभयो।[47] पहिले आदम पृथ्वीको माटोबाट बनियो, दोस्रो आदमचाहिँ स्वर्गबाट आउनुभयो।[48] पृथ्वीका मानिसहरू माटोले बनाएको जस्तै हुन्, स्वर्गका मानिसहरूचाहिँ स्वर्गबाट आउनुभएका मानिसजस्तै हुन्छन्।[49] हामीले अहिले माटाले बनेको शरीर लिएका छौं। त्यसरी नै पछि हामी स्वर्गको मानिसको रूपमा नयाँ शरीर लिनेछौं। |
|
लूका 24:39 |
मेरो हात-खुट्टा हेर अनि तिमीहरूले मलाई राम्ररी चिन्नेछौ। आफ्नै हातले मलाई छामेर हेर, तिमीहरूले देखेका यो मेरो हाड र मासुको शरीर हो। तर भूतको त हाड र मासुको शरीर हुँदैन!” |
|
यशैया 65:17-25 |
[17] परमप्रभु भन्नुहुन्छ, “म नयाँ पृथ्वी र नयाँ आकाश बनाउनेछु। बितेका दिनका कुराहरूको बिलकुलै सम्झना गरिनेछैन।[18] म जे सृजना गर्छु, त्यसमा सधैँ आनन्द गर र रमाओ। मैले सृजना गरेको नयाँ यरूशलेम आनन्दले भरिभराउ हुनेछ र त्यहाँका बासिन्दाहरू खुसी रहनेछन्।[19] यरूशलेम र त्यसका बासिन्दाहरूका कारणले म आफैं पनि खुसी हुनेछु। त्यहाँ रोएका वा सहायता मागेका सोर सुनिनेछैन।[20] “बच्चाहरू सानैमा मर्नेछैनन्, सबै मानिसहरूले पूरा आयु पाउनेछन्। सय वर्ष पुग्नेहरू जवान ठानिनेछन्। त्योभन्दा अघि मर्नुचाहिँ मेरो दण्डको चिनो हुनेछ।[21] [21-22] मानिसहरू घर बनाएर आफैं बास गर्नेछन्, तिनीहरूलाई धपाएर त्यहाँ अरू कोही बास गर्न पाउनेछैन। तिनीहरूले दाखबारी लाउनेछन् तर दाखमद्य आफैं पिउनेछन्, त्यो अरूले पिउन पाउनेछैन। मेरा मानिसहरू, रूखझैँ धेरै दिन बाँच्नेछन्। आफ्ना मेहनतका फलको तिनीहरूले पूरा आनन्द लिनेछन्।[22] ***[23] तिनीहरूले हात हालेका काममा तिनीहरू सफल हुनेछन् र तिनीहरूका छोरा-छोरीहरू विपत्तिमा पर्नेछैनन्। तिनीहरू र तिनीहरूका सन्तानलाई म आउँदा दिनमा सदासर्वदा आशिष् दिनेछु।[24] तिनीहरूले मलाई प्रार्थना गर्नु अघि नै म तिनीहरूको प्रार्थनाको उत्तर दिनेछु।[25] ब्वाँसाहरू र थुमाहरूले एकसाथ खानेछन्। सिंहहरूले गाई-गोरुहरूले झैँ पराल खानेछन् र सर्पहरूले धुलो खानेछन् र तिनीहरूले केही हानि गर्नेछैनन्। हे सियोन, मेरो पवित्र डाँडामा केही दुष्ट वा हानि गर्ने कुरा रहनेछैन।” |
|
हिब्रू 9:27 |
मानिस एकपल्ट मर्छ र मरेपछि परमेश्वरद्वारा उसको न्याय हुन्छ। |
|
फिलिप्पी १:२१-२३ |
[२१] किनभने मैले जिउनु नै ख्रीष्ट हो। मर्नु मेरो लागि फाइदाको कुरो हो।[२२] तर म यस शरीरमा बाँचेर अझै राम्रो काम हुने भए मर्ने या बाँच्ने, सो छान्न मलाई गाह्रो पर्यो।[२३] म दोधारमा परेको छु। यो संसार छोडेर ख्रीष्टकै साथमा रहन पनि मलाई ठूलो इच्छा छ। जुनचाहिँ एकदमै राम्रो कुरो हो। |
|
एफिसी १:२२-२३ |
[२२] परमेश्वरले सबै कुरा ख्रीष्टको चरणमुनि राखिदिनुभयो र उहाँलाई सबै कुरामा मण्डलीको शिर बनाउनुभयो।[२३] मण्डलीचाहिँ ख्रीष्टको शरीर हो, यही शरीर सबै कुराले भरिएको उहाँको पूर्ण रूप हो। |
|
१ कोरिन्थी १:१० |
प्रभु येशू ख्रीष्टको नाउँमा म तिमीहरूलाई बिन्ती गर्दछु, तिमीहरू एक होओ, तिमीहरूका बीचमा फाटो नहोस् र एकै मनको र एउटै उद्देश्यमा लाग्ने होओ |
|
जन 8:12 |
फेरि येशूले मानिसहरूलाई सिकाउँदै भन्नुभयो, “संसारको ज्योति मै हुँ। मेरो पछि लाग्नेले कहिल्यै पनि अँध्यारोमा हिँड्नुपर्नेछैन कारण उसले जीवन दिने उज्यालो पाउनेछ।” |
|
१ पत्रुस 3:15 |
तर आफ्ना हृदयमा ख्रीष्टको श्रद्धा राख र उहाँलाई आफ्नो जीवनको स्वामी मान। तिमीहरूभित्र भएको आशाको बारेमा कसैले सोधे भने त्यसका बारेमा बताउन तयार बस। |
|
लूका 5:10 |
र सिमोनसँगै मिलेर काम गर्ने जब्दियाका छोराहरू याकूब र यूहन्नालाई पनि साह्रै अचम्म लागेको थियो। येशूले सिमोनलाई भन्नुभयो, “नडराऊ, अबदेखि तिमी माछा होइन, तर मानिसलाई पक्रेर मकहाँ ल्याउने हुनेछौ।” |
|
जेम्स 5:16 |
निको हुन आफूले गरेको पाप एक-अर्काको अघि मानिलेओ अनि एक-अर्काको लागि प्रार्थना गर। परमेश्वरको अघि ठीक ठहरिएका मानिसले गरेको प्रार्थना शक्तिशाली हुन्छ र यसले ठूलो काम गर्न सक्छ। |
|
२ तिमोथी 2:2 |
मैले धेरै मानिसहरूका अघि तिमीलाई शिक्षा दिएको कुरा अरू सिकाउन सक्ने विश्वासी मानिसहरूलाई पनि देओ। |
|
प्रकाश १२:१ |
यसपछि आकाशमा एउटा अचम्मको ठूलो चिन्ह देखा पर्यो। एउटी स्त्री देखा परिन्, जसले घाम पहिरेकी थिइन्, जसको खुट्टामुनि जून र शिरमा बाह्रवटा ताराका मुकुट थिए। |
|
जन ६:५१ |
स्वर्गबाट आएको जीवित रोटी मै हुँ। यो रोटी खाने सधैँभरि बाँच्नेछ। मैले दिने त्यो रोटीचाहिँ मेरै शरीर हो। संसारका मानिसहरूले जीवन पाऊन् भनेर म मेरो शरीर दिनेछु।” |
|
२ कोरिन्थी ५:८ |
हामी हरेस खाँदैनौं, स्वर्गको शरीर पाएर प्रभुसँगै रहनलाई हाम्रो यो शरीरलाई पनि त्याग्न तयार छौं। |
|
लूका १०:१६ |
येशूले चेलाहरूलाई भन्नुभयो, “तिमीहरूका कुरा सुन्नेले मेरै कुरा सुन्छन्। तिमीहरूलाई नमान्नेले मलाई नै मान्दैनन् अनि मलाई नमान्नेले मलाई पठाउनुहुने परमेश्वरलाई नै मान्दैनन्।” |
|
जन १६:१३ |
तर सत्यका आत्मा आउनुभएपछि उहाँले नै सत्य के हो भन्ने कुरा तिमीहरूलाई बुझाइदिनुहुनेछ। उहाँले आफ्नै तर्फबाट कुरा गर्नुहुनेछैन। उहाँले जे सुन्नुहुनेछ, त्यही नै तिमीहरूलाई भन्नुहुनेछ अनि पछि हुन आउने कुराहरू पनि बताइदिनुहुनेछ। |
|
१ यूहन्ना ४:६ |
तर हामी त परमेश्वरका हौं र जसले परमेश्वरलाई चिनेको छ, उसले हाम्रो कुरा सुन्छ। जो परमेश्वरको मानिस होइन, उसले हाम्रो कुरा सुन्दैन। यसरी नै हामीले साँचो आत्मा र झूट आत्मा छुट्ट्याउन सक्छौं। |
|
जन 21:15-19 |
[15] तिनीहरूले खाइसकेपछि येशूले सिमोन पत्रुसलाई भन्नुभयो, “ए यूहन्नाका छोरा सिमोन, के तिमी मलाई अरूले भन्दा बढी माया गर्छौ?” पत्रुसले भने, “ज्यू प्रभु, म तपाईंलाई प्रेम गर्छु भन्ने कुरा तपाईंलाई थाहा छ।” येशूले उनलाई भन्नुभयो, “त्यसो भए मेरा पाठाहरूलाई चराऊ।”[16] अनि येशूले पत्रुसलाई दोस्रोपल्ट सोध्नुभयो, “ए यूहन्नाका छोरा सिमोन, के तिमी मलाई साँच्चै माया गर्छौ?” पत्रुसले भने, “ज्यू प्रभु, म तपाईंलाई प्रेम गर्छु भन्ने कुरा तपाईंलाई थाहा छ।” येशूले भन्नुभयो, “त्यसो भए मेरा भेडाहरूको हेरचाहा गर।”[17] अनि येशूले पत्रुसलाई तेस्रोपल्ट सोध्नुभयो, “ए यूहन्नाका छोरा सिमोन, के तिमी मलाई माया गर्छौ?” येशूले उनलाई तीनपल्टसम्म ‘के तिमी मलाई माया गर्छौ’ भनेर सोध्नुभएकोले पत्रुस अति नै दु:खी भए। उनले भने, “प्रभु, तपाईं सबै कुरा जान्नुहुन्छ, म तपाईंलाई प्रेम गर्छु भन्ने कुरा पनि तपाईं आफैंलाई थाहा छ।” येशूले पत्रुसलाई भन्नुभयो, “त्यसो भए मेरा भेडाहरूको हेरचाहा गर।[18] म तिमीलाई भन्छु, तिमी युवा हुँदा आफ्नो पटुका आफैं कस्थ्यौ र जहाँ मन लाग्यो, त्यहाँ जान्थ्यौ। तर बुढो भएपछि तिमीले आफ्ना हात पसार्नेछौ अनि अर्को एक जनाले तिम्रो पटुका कसिदिनेछ र तिमीलाई मन नलागेको ठाउँमा लैजानेछ।”[19] (यो कुरा येशूले भन्नुहुँदा पत्रुसले परमेश्वरको आदर र महिमा गर्न कसरी मर्नुपर्नेछ भन्दै हुनुहुन्थ्यो।) त्यसपछि येशूले पत्रुसलाई भन्नुभयो, “तिमी मेरो पछि लाग।” |
|
मत्ती 6:14 |
“तिम्रो विरुद्धमा पाप गर्नेलाई क्षमा गर्यौ भने स्वर्गमा हुनुहुने तिम्रा परमेश्वर पिताले पनि तिमीलाई क्षमा गर्नुहुनेछ। |
|
मत्ती २४:३७-४१ |
[३७] म मानव पुत्र आउन लाग्ने दिनहरूमा नोआको पालामा भएजस्तै हुनेछ।[३८] त्यस बेला नोआ जहाजमा पसुञ्जेल मानिसहरू भोज-भतेर र बिहेबारी गर्नमा मस्त थिए।[३९] बाढी आएर सबैलाई सखाप पारेर नलैजाँदासम्म तिनीहरूलाई केही थाहै भएन। म मानव पुत्र आउँदा पनि त्यस्तै हुनेछ।[४०] त्यस बेला बारीमा काम गरिरहेका दुई जना मानिसहरूमध्ये एउटा लगिनेछ र अर्कोचाहिँ त्यहीँ छोडिनेछ।[४१] जाँतो पिंधिरहेका दुई जना स्त्रीमध्ये एउटी लगिनेछ अर्कीचाहिँ छोडिनेछ। |
|
१ तिमोथी 2:4 |
सबै मानिसहरू बाँचून् र सत्यलाई राम्ररी चिनून् भन्ने नै उहाँको इच्छा छ। |
|
१ थिस्सलोनिकी 4:17 |
त्यस दिनसम्म हामी बाँच्नेहरू उनीहरूसँगै प्रभुलाई बादलमा भेट गर्न आकाशतिर लगिनेछौं अनि सधैँभरि प्रभुसँगै रहनेछौं। |
|
१ यूहन्ना 5:13 |
अनन्त जीवन पाएका छौ भनी तिमीहरूलाई थाहा होस् भनेर नै परमेश्वरका पुत्रमा विश्वास गर्ने तिमीहरूलाई यो लेख्दै छु। |
|
रोमी 8:28 |
परमेश्वरलाई प्रेम गर्ने अनि उहाँले आफ्नो इच्छा पूरा गर्न छान्नुभएका प्रत्येक मानिसको निम्ति हरेक घटनाले उसको भलाइ नै गर्छ। |
|
जन ५:२४ |
“अब म तिमीहरूलाई भन्छु, जसले मेरो कुरा सुन्छ र मलाई पठाउनुहुनेलाई विश्वास गर्छ, ऊसँग अनन्त जीवन हुन्छ। उसलाई दोषी ठहराइनेछैन, तर ऊ मृत्युदेखि जीवनमा सरिसकेको हुन्छ। |
|
१ कोरिन्थी 10:13 |
तिमीहरूका जीवनमा आइपर्ने सबै जाँचहरू मानिसलाई आउने किसिमकै हुन्छ। परमेश्वर विश्वासी हुनुहुन्छ अनि सहनै नसक्ने गरी तिमीहरूको जाँच हुन दिनुहुन्न। उहाँले जाँचबाट पार हुने बाटो पनि बनाइदिनुहुन्छ र जाँच हुँदा तिमीहरूले त्यसलाई सहन सक्छौ। |
|
मत्ती २५:४६ |
अनि तिनीहरूले चाहिँ सधैँभरिको दण्ड पाउनेछन्, तर परमेश्वरको आज्ञापालन गर्नेहरूले चाहिँ अजम्मरी जीवन पाउनेछन्।” |
|
लूका ២៣:៤៣ |
येशूले उनलाई भन्नुभयो, “म तिमीलाई भन्छु, आज नै तिमी मसँग स्वर्गमा हुनेछौ।” |
|
यशैया ३५:५-६ |
[५] अन्धाका आँखा खोलिनेछन्, बहिराका कान खोलिनेछन्।[६] लङ्गडाहरू मृगझैँ उफ्रनेछन् र नाच्नेछन्। गुँगाहरू आनन्दले चिच्च्याउनेछन्। मरुभूमिका बीचबाट खोलाहरू बग्नेछन्। |
|
मलाकी १:११ |
पृथ्वीभरिका एक छेउबाट अर्को छेउसम्मका मानिसहरूले मलाई आदर गर्छन्। हरेक ठाउँमा तिनीहरूले मलाई धूप बाल्छन् र उचित बलिहरू चढाउँछन्। तिनीहरू सबैले मेरो आदर गर्छन्! |
|
Nepali Bible 2008 |
नेपाल बाइबल सोसाइटी 2008 |