A A A A A

खराब चरित्र: [वैनिटी]


उपदेशक २:१-२१
[१] मैले मन-मोजी गरी सुख के हो भनी जान्‍ने निश्‍चय गरें। तर त्‍यो पनि व्‍यर्थ रहेछ।[२] मैले देखें कि हाँस्‍नु मूर्खता रहेछ र सुख-विलासमा केही लाभ रहेनछ।[३] बुद्धि प्राप्‍त गर्ने आशामा मैले मद्य पिएर खुसी हुने र मन-मोजी गर्ने निश्‍चय गरें। मानिसको लागि यस संसारमा आफ्‍नो छोटो जीवन बिताउन के असल उपाय छ भनी मैले खोज्‍दै थिएँ।[४] मैले ठूल्‍ठूला कामहरू गरें। मैले आफ्‍नो निम्‍ति घरहरू बनाएँ र दाखबारीहरू लाएँ।[५] मैले फल र फूलका बगैँचाहरू लगाएँ र सबै थरिका फलका बोटहरू रोपें।[६] बगैँचामा पानी ल्‍याउन मैले पोखरीहरू खन्‍न लाएँ।[७] मैले कमारा-कमारीहरू किनें र मेरा घरमा पनि कमारा-कमारीहरू जन्‍मेका थिए। मसित धेरै गाई-वस्‍तु थिए। यरूशलेमको अरू कुनै बासिन्‍दासित मेरा जति गाई-वस्‍तु कहिल्‍यै थिएन।[८] मैले राज्‍य गरेका देशका राज-भण्‍डारबाट मैले थुप्रै सुन र चाँदी थुपारें। गायक र गायिकाहरूले गीत गाएर मलाई हर्षित तुल्‍याउँथे र आफूले चाहेजति स्‍वास्‍नीहरू मैले बटुलें।[९] यरूशलेममा मेरो अघिका सबै मानिसहरूभन्दा म महान् भएँ। आफ्‍नो बुद्धि सबै समय मैले आफूसित राखें।[१०] आफूले चिताएको हरेक थोक मैले प्राप्‍त गरें। कुनै किसिमको सुख-विलास मैले छोडिनँ। आफूले गरेको हरेक काममा म गर्व गर्थें र यी कुराहरू मेरा मेहनतका फल थिए।[११] तब मैले आफूले गरेका सबै काममाथि विचार गरें र कत्रो परिश्रम गरेर ती काम गरेको थिएँ, सो सोचें र देखें कि ती सबैको केही अर्थ रहेनछ, खालि हावालाई खेदेजस्‍तो मात्र रहेछ र ती सबै व्‍यर्थ रहेछन्।[१२] आखिरी, एउटा राजाले उही अघिका राजाले गरेका काम त गर्छन्। यसकारण मैले बुद्धिमानी, लापरवाही र मूर्खताबारे विचार गर्न लागें।[१३] म जान्‍दछु, “बुद्धिमानी मूर्खताभन्दा उत्तम हो। त्‍यसरी नै उज्‍यालो अँध्‍यारोभन्दा उत्तम हो।[१४] आफू कहाँ जाँदै छ, सो बुद्धिमान् मानिसले देख्‍न सक्‍छ तर मूर्खले देख्‍न सक्‍दैन।” तर म यो पनि जान्‍दछु कि ती दुवैलाई एउटै भाग्‍यले पर्खिरहेको हुन्‍छ।[१५] मैले मनमा विचार गरें, “मेरो दशा पनि मूर्खको जस्‍तै हुनेछ र म बुद्धिमान् भएकोले के लाभ छ र?” मेरो मनले जवाफ दियो, “केही लाभ छैन।”[१६] बुद्धिमान् र मूर्ख दुवैलाई कसैले याद गर्दैन। आउने दिनहरूमा कसैलाई हाम्रो सम्‍झना रहनेछैन। बुद्धिमान्‌ होस्‌ वा मूर्ख, हामी सबै मर्नैपर्छ।[१७] यसरी मैले जीवनको केही अर्थ पाइनँ किनभने हरेक कुराले मेरो जीवनमा दु:ख मात्र ल्‍याएको थियो। सबै कुरा व्‍यर्थ थियो, मैले त हावालाई पो खेदेको रहेछु।[१८] मैले गरेको हरेक काम अनि हासिल गरेको हरेक इनामको केही अर्थ थिएन किनभने म जान्‍दथें कि मैले सबै थोक मपछि आउनेको निम्‍ति छोडेर जानुपर्नेछ।[१९] मपछि आउने बुद्धिमान् हुन सक्‍छ, मूर्ख पनि हुन सक्‍छ, कसले जान्‍दछ र? तापनि यस संसारमा मेरो मेहनतको फल, मेरो बुद्धिको कमाइ सबै उसैको हुनेछ। यो पनि सबै व्‍यर्थ छ।[२०] यसकारण त्‍यस्‍तो ठूलो परिश्रम गरेकोमा मलाई पछुतो भयो।[२१] तिमी आफ्‍ना पूरा ज्ञान, बुद्धि र सीप लाएर एउटा काम गर्छौ र सबै थोक अर्काको लागि, जसले केही मेहनत गरेको छैन, छोडेर जान्‍छौ। यो पनि व्‍यर्थ छ र ठूलो दुर्भाग्‍य हो!

उपदेशक ४:४
मानिसहरू सफलता प्राप्‍त गर्न किन अति परिश्रम गर्छन्, त्‍यो पनि मैले जानेको छु। आफ्‍ना छिमेकीहरूसित ईख भएकाले तिनीहरू त्‍यसो गर्छन्। त्‍यो व्‍यर्थ छ। त्‍यो हावालाई खेदेझैँ हो।

उपदेशक ५:१०
रकम-पैसाको लोभ गर्ने मानिस कहिल्‍यै अघाउँदैन, धन-सम्‍पत्तिको लोभ गर्ने मानिसले कहिले पनि जति कमाउन सक्‍दैन। यो पनि व्‍यर्थ हो।

उपदेशक ६:२
परमेश्‍वरले कसैलाई पूरा धन-सम्‍पत्ति, इज्‍जत, अँ, उसले चाहेजति सबै थोक दिनुहुन्‍छ तर ती उपभोग गर्न दिनुहुन्‍न। उसको सट्टामा कुनै परदेशीले ती उपभोग गर्छ। त्‍यो व्‍यर्थ हो, एउटा दु:खको कुरा हो।

यर्मिया २:५
परमप्रभु भन्‍नुहुन्‍छ, “तेरा पुर्खाहरूले मेरा विरुद्धमा के दोष पाए? के कुरोले गर्दा तिनीहरू मबाट टाढा भए? तिनीहरूले बेकामका मूर्तिहरू पुजे र आफैं पनि बेकम्‍मा भए।

यर्मिया ४:३०
हे यरूशलेम तेरो विनाश हुनेछ! किन तैँले रातो पोशाक पहिरन्‍छस्? किन तैँले गर-गहना लाउछस्? आँखामा गाजल लगाउँछस्? कसको निम्‍ति तैँले आफैंलाई व्‍यर्थै सिङ्गार गर्छस्। तेरा प्रेमीहरूले तँलाई त्‍यागेका छन् र तँलाई मार्न चाहन्‍छन्।

हितोपदेश 31:30
सौन्दर्य छली हुन्‍छ र सुन्‍दरता ओइलिजाने हुन्‍छ तर परमप्रभुलाई आदर गर्ने स्‍त्री प्रशंसाको योग्‍य हुन्‍छे।

भजनमा ३९:५-६
[५] तपाईंले मेरो जीवन कति छोटो बनाउनुभएको छ। तपाईंको दृष्‍टिमा मेरो जीवनकाल केही होइन। साँच्‍चै, हरेक मानिस एक मुट्ठी सासभन्दा केही बढी छैन।[६] छायाँजस्‍तो मात्र हो! उसले गरेको काम केही मूल्‍यको छैन। उसले धन बटुल्‍छ तर त्‍यो कसले बटुल्छ, सो जान्‍दैन।

भजनमा 119:37
बेकामका कुरामा ध्‍यान दिनदेखि मलाई बचाउनुहोस्। तपाईंको प्रतिज्ञाअनुसार मेरो भलाइ गर्नुहोस्।

रोमी १२:२
तिमीहरूले संसारका मानिसहरूका देखासिकी गरेर उनीहरूजस्‍तै हुने इच्‍छा नराख, अब आफ्‍नो मनमा नयाँ भई परिवर्तन होओ। त्‍यसो भए मात्र तिमीहरूले परमेश्‍वरको इच्‍छा के रहेछ, पत्ता लाउन सक्‍छौ अनि कुन कुरो असल छ, कुन कुरोले परमेश्‍वरलाई खुसी तुल्‍याउँछ अनि कुनचाहिँ कुरा पक्‍का हो, त्‍यो तिमीहरूलाई छर्लङ्ग थाहा हुन्‍छ।

१ शमूएल १६:७
तर परमप्रभुले उनलाई भन्‍नुभयो, “त्‍यो कति अग्‍लो र सुन्‍दर छ भनी ध्‍यान नदे। मैले त्‍यसलाई इन्‍कार गरेको छु किनभने म मानिसले जस्‍तै विचार गर्दिनँ। मानिसले बाहिरी अनुहारलाई हेर्छ, म भित्री हृदयलाई हेर्छु।”

१ तिमोथी ४:८
शरीरको कसरतमा लाग्‍यौ भने त थोरै कुरामा मात्र फाइदा हुन्‍छ। तर आत्‍माको कसरत गर्‍यौ भने धेरै कुराको फाइदा हुन्‍छ। यसले त अहिलेको र पछिको जीवनमा फाइदाको निम्‍ति प्रतिज्ञा दिन्‍छ।

उपदेशक १:१-२
[१] दाऊदका छोरा यरूशलेमका राजा उपदेशकका वचन यी हुन्:[२] व्‍यर्थ छ, व्‍यर्थ उपदेशक भन्‍दछन्। जीवन व्‍यर्थ छ, सबै कुरा व्‍यर्थ छन्।

गलाती ५:१६-२६
[१६] यसैले म भन्‍दछु, पवित्र आत्‍माले भनेअनुसार हिंड र आफ्‍नो शारीरिक स्‍वभावको इच्‍छा पूरा गर्नेछैनौ[१७] किनभने शारीरिक स्‍वभावको इच्‍छा आत्‍माको अनि आत्‍माको इच्‍छाले शारीरिक स्‍वभावको विरोध गर्दछ। यी दुवै एक-अर्काका शत्रु हुन् र तिमीहरूले गर्न खोजेका कुरा हुन पाउँदैन।[१८] तर तिमीहरू आत्‍माले भनेझैँ हिंड्छौ भने तिमीहरू व्यवस्थाका अधीनमा छैनौ।[१९] शारीरिक स्‍वभावका कामहरू यिनै हुन्— व्‍यभिचार गर्नु, अशुद्ध सोच-विचार गर्नु, छाडा हुनु,[२०] मूर्ति पुज्‍नु, जादू-टुना गर्नु, दुश्‍मनी गर्नु, झगडा गर्नु, ईर्ष्‍या गर्नु, रिस गर्नु, आफ्‍नो मात्रै भलो खोज्‍नु, फाटो ल्‍याउनु, गुटबन्‍दी गर्नु,[२१] डाहा गर्नु, मात्‍नु, मोज-मज्‍जा गर्नु र यस्‍तै-यस्‍तै अरू काम गर्नु। त्‍यस्‍ता कामहरू गर्ने परमेश्‍वरको राज्‍यका हकदार हुन पाउनेछैनन् भनी मैले पहिले पनि चेतावनी दिएँ र अहिले पनि दिंदै छु।[२२] पवित्र आत्‍माका फलचाहिँ यी हुन्— प्रेम गर्नु, आनन्‍दित हुनु, मेलमिलाप गर्नु, मन थाम्‍नु, दया गर्नु र भलाइ गर्नु,[२३] भरपर्दो हुनु र नम्र हुनु, आफूलाई वशमा राख्‍नु, यिनीहरूको विरोधमा कुनै नियम छैन।[२४] ख्रीष्‍ट येशूको मानिसले आफ्‍नो इच्‍छा र माया मोह क्रूसमा आफ्‍नो शारीरिक स्‍वभावसँगै मारेको हुन्‍छ।[२५] यदि हामी पवित्र आत्‍माले जिउँछौं भने उहाँले भनेअनुसार चल्‍नुपर्छ।[२६] हामीले एक-अर्कासँग घमण्‍ड गर्ने, रिस उठाउने र डाहा गर्ने काम गर्नुहुँदैन।

Nepali Bible 2008
नेपाल बाइबल सोसाइटी 2008