१ कोरिन्थी 4:5 |
यसैकारण तिमीहरूले ठीक समयभन्दा अघि नै कसैलाई दोष नलाऊ। आखिरी न्याय प्रभु आउनुभएपछि नै हुनेछ। प्रभुले नै अन्धकारमा लुकेका सबै कुरा उज्यालोमा ल्याउनुहुनेछ र मान्छेका मनका कुराहरू देखाइदिनुहुनेछ। त्यस बेला सबै मानिसले पाउनुपर्ने स्याबासी परमेश्वरबाट पाउनेछ। |
|
१ कोरिन्थी 11:31 |
यदि पहिले नै आफैंलाई ठीकसँग जाँच्यौ भने परमेश्वरले दोषी ठहराउनुहुनेछैन। |
|
२ कोरिन्थी 5:10 |
किनभने हामीहरू सबै एक दिन न्यायको लागि ख्रीष्टको सामुन्ने खडा हुनुपर्छ। सबैले यस जीवनमा राम्रो र नराम्रो, जेजस्तो काम गरेका छन्, त्यसैअनुसारको फल पाउनेछन्। |
|
२ पत्रुस 2:4 |
परमेश्वरले पाप गर्ने स्वर्गदूतहरूलाई समेत बाँकी राख्नुभएन, तर तिनीहरूलाई नरकमा फाल्नुभयो। त्यहाँ तिनीहरू अन्धकारमा बाँधिएर ठूलो न्यायको दिनसम्मलाई राखिएका छन्। |
|
प्रेरित 17:31 |
किनभने संसारका सबै मानिसहरूको न्याय गर्ने दिन उहाँले तोकिसक्नुभएको छ र त्यस दिन उहाँ आफैंले छान्नुभएको व्यक्तिद्वारा न्यायसाथ इन्साफ गर्नुहुनेछ। त्यस व्यक्तिलाई न्याय गर्ने अधिकार छ भन्ने प्रमाण सबै मानिसहरूलाई दिनू भनेर परमेश्वरले उहाँलाई मरेकोबाट बिउँताउनुभयो।” |
|
उपदेशक 12:14 |
हामीले गरेका सबै काम असल होस् वा खराब, गुप्तमा गरेका कामसमेत परमेश्वरले न्याय गर्नुहुनेछ। |
|
हिब्रू 9:27 |
मानिस एकपल्ट मर्छ र मरेपछि परमेश्वरद्वारा उसको न्याय हुन्छ। |
|
जन 12:48 |
मैले भनेको वचन सुनेर पनि विश्वास गर्न नमान्नेचाहिँ दोषी ठहरिन्छ। मैले भनेको वचनले नै उसलाई त्यो आखिरी दिनमा दोषी ठहराउनेछ |
|
मत्ती १२:३६ |
म तिमीहरूलाई भन्छु, नचाहिँदो कुरा बोल्नेले न्यायको दिनमा त्यसको एक-एक लेखा दिनुपर्नेछ। |
|
मत्ती २४:३६ |
“त्यो दिन र बेला कहिले आइपुग्ने हो, त्यो ठीकसँग कसैलाई पनि थाहा छैन। त्यो त स्वर्गदूतहरू र म पुत्रलाई समेत थाहा छैन। त्यो कुराचाहिँ खालि परमेश्वर पितालाई मात्र थाहा छ। |
|
भजनमा ५०:४ |
आफ्ना प्रजाको न्याय गर्दा उहाँले स्वर्ग र पृथ्वीलाई साक्षी बनेर हेर्न बोलाउनुहुन्छ। |
|
भजनमा ९६:१३ |
जब परमप्रभु पृथ्वीमा राज्य गर्न आउनुहुन्छ, न्याय र धर्मसाथ उहाँले संसारका देशहरूमाथि राज्य गर्नुहुनेछ। |
|
प्रकाश २१:४ |
उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ। अबदेखि कोही मर्नुपर्नेछैन। कसैले पनि शोक मानेर रुनेछैन, कुनै किसिमको दु:ख हुँदैन। पुराना सबै कुरा बितिसकेका छन्। |
|
रोमी २:१६ |
यी कुरा परमेश्वरले येशू ख्रीष्टद्वारा मानिसको हृदयमा भएको गुप्त कुराको न्याय गर्नुहुने दिनमा हुनेछ। यी कुरा मैले प्रचार गरेको सुसमाचारअनुसार हो। |
|
इजकिएल ७:७-८ |
[७] हे यस देशका बासिन्दाहरू हो, तिमीहरूको अन्त आउँदै छ। त्यो समय नजिकै छ, जब डाँडामाथिका मन्दिरहरूमा केही उत्सव मनाइनेछैन तर त्यहाँ खैलाबैला मच्चिनेछ।[८] “अब चाँडै तैँले मेरो क्रोधको प्रभाव देख्नेछस्। तैँले गरेको कामको निम्ति म तेरो न्याय गर्नेछु र तेरो घिनलाग्दो चालचलनको निम्ति बदला लिनेछु। |
|
प्रकाश २०:११-१५ |
[११] तब एउटा ठूलो सेतो सिंहासन र त्यसमाथि विराजमान् हुनुहुनेलाई मैले देखें। उहाँको सामुन्नेबाट आकाश र पृथ्वी भागे र तिनीहरू फेरि देखा परेनन्।[१२] अनि मरेका साना र ठूला सबै सिंहासनको अगाडि उभिरहेको मैले देखें अनि पुस्तकहरू खोलिएका थिए, अनि अर्को एउटा पुस्तक पनि खोलियो जुनचाहिँ जीवनको पुस्तक हो। ती पुस्तकहरूमा लेखिएका उनीहरूका कामअनुसार मरेकाहरूको न्याय गरिँदै थियो।[१३] समुद्रले त्यसका मुर्दाहरू सुम्पिदियो, मृत्यु र पातालले आफूसँग राखेका मुर्दाहरूलाई सुम्पिदिए र सबैको आ-आफूले गरेका कामअनुसार न्याय भयो।[१४] यसपछि मृत्यु र पाताल पनि अग्नि-कुण्डमा फ्याँकिए (यो अग्नि-कुण्ड दोस्रो मरण हो)।[१५] जस-जसको नाउँ जीवनको पुस्तकमा लेखिएको थिएन, तिनीहरू आगोको कुण्डमा फ्याँकिए। |
|
Nepali Bible 2008 |
नेपाल बाइबल सोसाइटी 2008 |