एफिसी २:१० |
हामी उहाँका सृष्टि हौं। हाम्रा जीवनबाट असल काम होस् भनेर नै उहाँले हामीलाई ख्रीष्ट येशूमा सृष्टि गर्नुभयो। हामीहरूले ती असल कामहरू गरौं भनेर उहाँले पहिले नै तयार गर्नुभयो। |
|
प्रस्थान ३५:१० |
“तिमीहरूमध्ये भएका सबै सिपालु कारिगरहरू आएर परमप्रभुले आज्ञा गरेका सबै कुराहरू बनाउनुपर्छ: |
|
जेम्स १:१७ |
हरेक उत्तम र सिद्ध दान माथिबाट आउँछ। आकाश मण्डलमा ज्योतिहरू सृजना गर्नुहुने परमेश्वरबाट यी दान आउँछन्। उहाँ कहिले फेरिनुहुन्न, उहाँ नता बदलिने छायाजस्तो हुनुहुन्छ। |
|
हितोपदेश २२:२९ |
मलाई एउटा असल कर्मचारी देखाइदेओ र म तिमीलाई साधारण मानिसहरूभन्दा असल राजाहरूका सेवा गर्ने लायक मानिस देखाइदिनेछु। |
|
यर्मिया ४:४-५ |
[४] हे यहूदा र यरूशलेमका मानिसहरू हो, परमप्रभुसँग बाँधेको करारको चिन्ह अथवा खतना फेरि लगाओ तर यो चिन्ह हृदयमा लगाओ। होइन भने त तिमीहरूका दुष्कर्महरूले गर्दा मेरो क्रोध आगोझैँ दन्कनेछ र कसैले त्यसलाई निभाउन सक्नेछैन।”[५] सारा देशमा तुरही बजाओ! स्पष्ट र चर्को सोरले कराओ! यहूदाका र यरूशलेमका मानिसहरूलाई, “पर्खाल लाएका सहरमा भागेर जाओ,” भन। |
|
१ कोरिन्थी १२:५-६ |
[५] धेरै किसिमले सेवा चाहिँन्छ तर मालिकचाहिँ एउटै हुनुहुन्छ।[६] धेरै किसिमका ईश्वरीय योग्यताहरू छन् तर हरेकलाई यी सब दिने परमेश्वरचाहिँ एउटै हुनुहुन्छ। |
|
१ पत्रुस ४:१०-११ |
[१०] परमेश्वरको अनुग्रहमा हरेकले किसिम-किसिमका वरदानको जिम्मा पाएका छन्। आफूले पाएको विशेष वरदान अरूको भलाइको लागि चलाओ।[११] बोल्ने वरदान पाउनेले परमेश्वरको वचन बोलोस्, सेवा गर्नेले परमेश्वरको शक्तिले सेवा गरोस्। त्यसरी येशू ख्रीष्टमा सबै कुराबाट परमेश्वरकै महिमा होस्। सधैँभरि उहाँकै शक्ति र महिमा होस्! आमेन। |
|
प्रस्थान ३१:३-५ |
[३] त्यसलाई मेरो आत्माले भरेको छु। मैले त्यसलाई समझशक्ति, ज्ञान-बुद्धि र सबै प्रकारका कारिगरको काम गर्ने योग्यता दिएको छु।[४] त्यसलाई सुन, चाँदी र काँसाको शिल्प-कलाको लागि,[५] हीरा काट्ने र जड्ने, काठको चित्र कप्ने र अरू हरेक प्रकारको कलाको काम गर्ने सीप दिएको छु। |
|
मत्ती ५:१४-१६ |
[१४] “तिमीहरूचाहिँ संसारका ज्योति हौ। डाँडामाथि बसालिएको सहर त लुक्न सक्दैन[१५] अनि कसैले पनि बत्ती बालेर पाथीले छोप्दैन। बरु घरभरि उज्यालो होस् भनेर बत्तीचाहिँ अग्लो ठाउँमा राखिन्छ।[१६] त्यसरी नै तिमीहरूको उज्यालो पनि अरू मानिसहरूको अगाडि चम्कोस् अनि अरूहरूले तिमीहरूले गरेका राम्रा काम देख्नेछन् र स्वर्गमा हुनुहुने तिमीहरूका परमेश्वर पिताको महिमा गर्नेछन्। |
|
मत्ती ६:१-४ |
[१] येशूले अझै भन्दै जानुभयो, “धर्म-कर्म गर्दाखेरि होश राख। यी काम मानिसहरूले देखून् भनेर नगर। नत्रभने तिमीहरूले स्वर्गमा हुनुहुने तिमीहरूको परमेश्वर पिताबाट केही पनि इनाम पाउनेछैनौ।[२] “जस्तै, तिमीले कसैलाई केही दिँदा झ्याली नपिट। यस्तो त कपटीहरूले पो मानिसबाट प्रशंसा पाउन सभाघर र बाटाहुँदो गर्छन्। साँच्चै म तिमीहरूलाई भन्छु, तिनीहरूले पाउनुपर्ने जति आफ्नो इनाम पाइसकेका हुन्छन्।[३] त्यसैले कसैलाई दिँदा तिम्रो दाहिने हातले दिएको देब्रे हातले समेत थाहा नपाओस्।[४] दिँदा सुटुक्क देओ अनि सुटुक्क दिँदा देख्नुहुने परमेश्वर पिताले तिमीलाई इनाम दिनुहुनेछ। |
|
रोमी १२:३-८ |
[३] परमेश्वरले मलाई अनुग्रह देखाउनुभएकोले म तिमीहरू सबैलाई भन्दै छु, आफूलाई ठूलो नठान तर परमेश्वरले दिनुभएको विश्वासको मात्राअनुसार आफू जस्ता छौ, त्यस्तै ठान।[४] हाम्रो शरीरमा धेरै अङ्गहरू भए पनि ती अङ्गहरूका बेग्लाबेग्लै काम छन्।[५] त्यसै गरी हामी धेरै भए पनि ख्रीष्टमा एउटै शरीर हौं र हामी सबै एक-अर्काका अङ्ग हौं।[६] यसकारण परमेश्वरले आफ्नो अनुग्रहले हामीलाई दिनुभएका बेग्लाबेग्लै दानअनुसार उहाँका कामहरू गरौं। परमेश्वरको तर्फबाट बोल्न सक्नेले आफ्नो विश्वासअनुसार उहाँकै तर्फबाट बोलौं।[७] सेवा गर्नेजतिले ठीकसँग सेवा गरौं, परमेश्वरका शिक्षा दिन सक्नेले आफ्नो विश्वासको मात्राअनुसार शिक्षा देओस्।[८] ठीक बाटोमा हिंड्न सल्लाह दिन सक्नेले सल्लाह देओस्। खाँचोमा परेकालाई दिनेले खुल्ला मनले देओस्। काम मिलाउनेले सक्दो चाँडै मिलाइहालोस् र दया देखाउनेले खुसीसाथ दया देखाओस्। |
|
१ कोरिन्थी १२:१-११ |
[१] अब दाजुभाइ हो, पवित्र आत्माका वरदानको बारेमा तिमीहरूलाई साँचो कुरा बुझाउन चाहन्छु।[२] तिमीहरूलाई थाहै छ, प्रभुमा विश्वास नगर्दा तिमीहरू कुनै न कुनै किसिमले बोल्दै नबोल्ने मूर्तिहरू मान्थ्यौ।[३] परमेश्वरको आत्मामा चल्ने मानिस कसैले पनि “येशूलाई धिक्कार!” भन्दैन अनि पवित्र आत्माले भन्न नलाउनुभएसम्म कसैले पनि “येशू नै प्रभु हुनुहुन्छ,” भन्दैन भनी म तिमीहरूलाई जनाउन चाहन्छु।[४] पवित्र आत्माका वरदानहरू धेरै किसिमका छन् तर वरदान दिने पवित्र आत्मा एउटै हुनुहुन्छ।[५] धेरै किसिमले सेवा चाहिँन्छ तर मालिकचाहिँ एउटै हुनुहुन्छ।[६] धेरै किसिमका ईश्वरीय योग्यताहरू छन् तर हरेकलाई यी सब दिने परमेश्वरचाहिँ एउटै हुनुहुन्छ।[७] सबैको भलाइ होस् भनेर हरेक मानिसलाई पवित्र आत्माको काम प्रकट हुन हरेकलाई वरदानहरू दिइएको छ।[८] कसैलाई पवित्र आत्माले नै बुद्धिको वचन दिने वरदान दिनुहुन्छ र उही आत्माले कसैलाई ज्ञानको वचन दिने वरदान दिनुहुन्छ।[९] उही पवित्र आत्माले कसैलाई विशेष विश्वास दिनुहुन्छ र कसैलाई बिरामी निको पार्ने वरदानहरू दिनुहुन्छ।[१०] कसैलाई चाहिँ अचम्म-अचम्मका काम गर्ने शक्ति दिनुहुन्छ। कसैलाई अगमवाणी बोल्ने (अर्थात् बुझ्ने भाषामा परमेश्वरको तर्फबाट बोल्ने) वरदान, कसैलाई आत्माहरू छुट्याउने वरदान अनि कसैलाई विभिन्न किसिमका अन्य भाषाहरूमा बोल्ने वरदान त कसैलाई ती भाषाहरूको अर्थ खोल्ने वरदान पवित्र आत्माले नै दिनुहुन्छ।[११] यी सबै उही एउटै पवित्र आत्माका काम हुन्। पवित्र आत्माले आफ्नै इच्छाअनुसार सबैलाई यी बेग्ला-बेग्लै वरदानहरू दिनुहुन्छ। |
|
Nepali Bible 2008 |
नेपाल बाइबल सोसाइटी 2008 |