१ कोरिन्थी ९:२७ |
तर म मेरो शरीरलाई क्रूसमा राखेर तह लगाउँछु, नत्रता अरूलाई प्रचार गर्दा आफैंचाहिँ अयोग्य ठहरिन्छु। |
|
१ कोरिन्थी १५:४४ |
गाडिंदा हाड-मासुको शरीर भएर गाडिन्छ, फेरि बिउँतदा आत्मिक शरीर भएर बिउँतनेछ। हाड-मासुको शरीर हुन्छ, यसरी नै आत्मिक शरीर पनि हुन्छ। |
|
२ तिमोथी ३:१६ |
परमेश्वरको प्रेरणाबाट मिलेको पूरै धर्मशास्त्र शिक्षा दिनलाई, सच्याउनलाई र राम्रो जीवनको तालिम दिनलाई धेरै कामलाग्दो छ, |
|
व्यवस्था १४:१ |
“तिमीहरू परमप्रभु आफ्ना परमेश्वरका जन हौ। यसकारण तिमीहरू कोही मर्दा शोक मनाउनेछौ भने अरूहरूले झैँ आफैंलाई चोट नलाउनू अथवा टाउकाको अघिल्तिर नखौरनू। |
|
व्यवस्था १५:१७ |
त्यसलाई आफ्नो घरका ढोकामा लगेर त्यसको कान छेडिदिनू। तब जीवनभरि त्यो तिम्रो कमारा रहनेछ। तिम्री कमारीलाई पनि त्यसै गर्नू। |
|
प्रस्थान २१:६ |
मालिकचाहिँले त्यसलाई पुज्ने स्थलमा लैजाओस् र त्यहाँ ढोका वा ढोकाको खम्बामा त्यसलाई खडा गरेर त्यसको कान छेडिओस्। त्यसो गरेपछि त्यो आफ्नो जीवनभरि कमारो भइरहनेछ। |
|
लेवी १९:२८ |
जिउमा केही कुराको छाप नखोप वा मरेका मानिसको लागि शोक मनाएर शरीरमा चोट नलाओ। म परमप्रभु हुँ। |
|
मत्ती ५:१८ |
साँच्चै म तिमीहरूलाई भन्छु, आकाश र पृथ्वी बितेर नगएसम्म परमेश्वरको व्यवस्थाको सानोभन्दा सानो कुरा पनि पूरा नभई छोड्नेछैन। |
|
१ पत्रुस 3:3-4 |
[3] तिमीहरू कपालको सिङ्गार र सुनको गरगहना र लुगाफाटाले सिङ्गारिने होइन,[4] तर तिमीहरूको सुन्दरता भित्री मनको होस्, जो कहिल्यै ओइलाएर नजाने नम्र र शान्त आत्माको सुन्दरता हो र योचाहिँ परमेश्वरको सामु धेरै मोलको छ। |
|
१ कोरिन्थी 3:16-17 |
[16] तिमीहरू परमेश्वरका मन्दिर हौ अनि परमेश्वरका आत्मा नै तिमीहरूभित्र बस्नुहुन्छ। के यो कुरा तिमीहरूलाई थाहा छैन?[17] यदि कसैले परमेश्वरको मन्दिर बिगार्छ भने परमेश्वरले नै उसलाई नाश गर्नुहुनेछ किनभने परमेश्वरको मन्दिर पवित्र छ अनि त्यो मन्दिरचाहिँ तिमीहरू नै हौ। |
|
१ कोरिन्थी ६:१९-२० |
[१९] के तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो भनी तिमीहरूलाई थाहा छैन? परमेश्वरले दिनुभएको पवित्र आत्मा नै तिमीहरूको शरीरभित्र बस्नुहुन्छ। त्यसो हुँदा तिमीहरू आफैं पनि आफ्ना होइनौ।[२०] तिमीहरूलाई परमेश्वरले मोल तिरेर किन्नुभएको हो। यसकारण तिमीहरूले आफ्नो शरीरले परमेश्वरको आदर गर। |
|
Nepali Bible 2008 |
नेपाल बाइबल सोसाइटी 2008 |