गलाती २:१० |
एउटा कुराचाहिँ उनीहरू सबैले भने, खाँचो पर्ने गरीबहरूलाई सम्झिनुपर्छ। त्यही कुरो गर्न म पनि उत्सुक थिएँ। |
|
मत्ती १९:२१ |
येशूले तिनलाई भन्नुभयो, “तिमी साँच्चै ठीक हुन खोज्छौ भने गएर भएभरको सम्पत्ति बेचेर आएको पैसा गरीबहरूलाई देऊ र तिमीले स्वर्गीय धन पाउनेछौ अनि आएर मेरो पछि लाग।” |
|
लूका १२:३३-३४ |
[३३] तिमीहरूले आफ्नो सम्पत्ति बेचेर आएको पैसा गरीबहरूलाई देओ। आफ्नो लागि सधैँ रहने भण्डार बनाओ र कहिल्यै नसकिने धन स्वर्गमा जम्मा गर। त्यहाँ त चोर पनि लाग्दैन, किराले पनि खाँदैन[३४] किनकि जहाँ तिमीहरूको धन छ, त्यहीँ नै तिमीहरूको मन पनि रहनेछ।” |
|
लूका १४:१२-१४ |
[१२] येशूले आफूलाई निम्त्याउने अगुवालाई भन्नुभयो, “भोज लाउँदा तिमीले खालि आफन्त, दाजुभाइ, इष्टमित्र अनि धनी छरछिमेकीहरूलाई मात्र ननिम्त्याऊ। तिनीहरूले पैंचो तिर्न तिमीलाई पनि बोलाइहाल्छन्।[१३] बरु भोज लाउँदा गरीब, लुला-लङ्गडा र अन्धाहरूलाई निम्त्याऊ।[१४] तब तिमी धन्य हुनेछौ किनभने तिमीलाई पैंचो तिर्ने तिनीहरूसँग केही पनि हुँदैन। तर परमेश्वरको आज्ञा सामु ठीक हुने मानिसहरू मरेकोबाट बिउँतदा परमेश्वरले नै तिमीलाई इनाम दिनुहुनेछ।” |
|
लूका ६:२०-२१ |
[२०] त्यसपछि येशूले आफ्ना चेलाहरूलाई हेरेर भन्नुभयो, “हे गरीब हो! तिमीहरू कति धन्य हौ किनभने परमेश्वरको राज्य तिमीहरूकै हो।[२१] हे भोकाउनेहरू हो! तिमीहरू कति धन्य हौ किनभने तिमीहरू अघाउनेछौ। हे रुनेहरू हो! तिमीहरू कति धन्य हौ किनभने तिमीहरू रमाउनेछौ। |
|
२ कोरिन्थी ८:९ |
हाम्रा प्रभु येशू ख्रीष्टले गर्नुभएको अनुग्रह तिमीहरूलाई थाहै छ। उहाँ धनीभन्दा धनी भएर पनि तिमीहरूका लागि गरीब हुनुभयो। आफ्नै गरीबीले तिमीहरूलाई धनी बनाउन उहाँले यसो गर्नुभयो। |
|
जेम्स २:५ |
प्यारा भाइहरू, सुन। के परमेश्वरले संसारका गरीबलाई विश्वासमा धनी बनाउन र प्रतिज्ञा गरेको राज्य उहाँलाई माया गर्नेहरूलाई दिन छान्नुभएन र? |
|
मार्क १४:७ |
गरीबहरू त तिमीहरूसँग सधैँ हुन्छन् अनि उनीहरूको जहिले पनि भलाइ गर्न सक्छौ! तर म त तिमीहरूसँग सधैँभरि हुँदिनँ। |
|
हितोपदेश १९:१७ |
गरीबलाई दिनु परमप्रभुलाई दिनुजस्तै हो, उहाँले त्यसको प्रतिफल दिनुहुन्छ। |
|
हितोपदेश २२:९ |
दानी भई दरिद्रसित आफ्नो खानेकुरा बाँडेर खाओ, तिमीले आशिष् पाउनेछौ। |
|
हितोपदेश १४:३१ |
गरीबलाई सताउनेले तिनीहरूलाई बनाउनुहुने परमेश्वरको अपमान गर्छ तर दरिद्रमाथि दया गर्नेले परमेश्वरको आदर गर्छ। |
|
हितोपदेश २८:२७ |
गरीबलाई दान दिनेलाई कहिल्यै अभाव हुँदैन तर तिनीहरूको वास्ता नगर्नेले धेरै जनाको सराप पाउँदछ। |
|
व्यवस्था १५:११ |
सधैँ कोही न कोही इस्राएली गरीब र अभावमा हुनेछ र तिनीहरूप्रति उदार-चित्तका होओ भनी म तिमीहरूलाई आज्ञा गर्दछु। |
|
हितोपदेश २१:१३ |
कसैले दरिद्रको पुकार सुनेन भने त्यसले सहायताको निम्ति पुकार गर्दा पनि कसैले सुन्नेछैन। |
|
लूका 6:38 |
अरूलाई देओ अनि परमेश्वरले पनि तिमीहरूलाई दिनुहुनेछ। उहाँले त खाँदीखाँदी झुसी पारेर दिनुहुनेछ। जुन नापले तिमीहरू अरूहरूलाई दिन्छौ, त्यही नापले तिमीहरूले पनि पाउनेछौ।” |
|
मत्ती 5:42 |
अनि तिमीसँग माग्नेलाई देओ र ऋण माग्नेलाई पनि ऋण देओ। |
|
जेम्स १:२७ |
परमेश्वर पितालाई मनपर्दो साँचो धर्म-कर्मचाहिँ दु:खमा परेका विधवा र टुहुरा-टुहुरीको हेर-विचार गर्नु अनि संसारका नराम्रा कुराबाट अलग रहनु हो। |
|
लेवी १९:९-१० |
[९] “जब तिमीहरू आफ्ना खेतबाट अन्न बटुल्दछौ, खेतको किनाराका बाली नकाट्नू र छाडिएका अन्नका बाली काट्नलाई फर्की नजानू।[१०] टिप्दा छाडिएका वा भूइँमा झरेको अङ्गुर टिप्न फर्केर दाखबारीमा फेरि नजानू, ती गरीब र विदेशीहरूका लागि छोडिदिनू। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। |
|
१ यूहन्ना 3:17 |
संसारको धन-सम्पत्ति हुनेले आफ्नो भाइको खाँचो देखेर पनि मन कठोर पार्छ भने कसरी त्यस्तो मानिसले परमेश्वरलाई प्रेम गर्छ? |
|
व्यवस्था १५:७-८ |
[७] “परमप्रभु तिम्रा परमेश्वरले दिन लाग्नुभएको देशका कुनै सहरमा एउटा सङ्गी इस्राएली अभावमा छ भने तिमीहरू स्वार्थी बनी उसलाई मद्दत गर्न इन्कार नगर।[८] त्यसको सट्टामा उदार-चित्तको भएर उसलाई चाहिएको जति ऋण देओ। |
|
मत्ती २५:३१-४६ |
[३१] “मानव पुत्र ठूलो महिमामा स्वर्गदूतहरूसँग आएर आफ्नो सिंहासनमा बस्नेछन्।[३२] त्यस बेला पृथ्वीका सबै जातिहरू उनको अगाडि उभिनेछन् अनि गोठालाले बाख्रा र भेडाहरूलाई छुट्ट्याएजस्तै उनले ती मानिसहरूलाई पनि छुट्ट्याउँनेछन्।[३३] उनले भेडाहरू जतिलाई आफ्नो दाहिने हातपट्टि र बाख्राहरू जतिलाई आफ्नो देब्रे हातपट्टि छुट्ट्याएर राख्नेछन्।[३४] उनले आफ्ना दाहिने हातपट्टिका मानिसहरूलाई भन्नेछन्, ‘ए मेरा पिता परमेश्वरबाट आशीर्वाद पाएका मानिसहरू हो! आएर संसारको सृष्टिदेखि नै तिमीहरूको लागि तयार पारेर राखेको राज्यमा बस[३५] किनभने म भोकाउँदा तिमीहरूले मलाई खुवायौ, तिर्खाउँदा पानी दियौ र म परदेशी हुँदा पनि तिम्रो घरमा मलाई स्वागत गर्यौ।[३६] म नाङ्गो हुँदा लुगा लगाइदियौ, बिरामी हुँदा हेरचाहा गर्यौ, झ्यालखानमा पर्दा मलाई भेट्न आयौ।’[३७] “यो सुनेर परमेश्वरका आज्ञापालन गर्दैआएका मानिसहरूले उनलाई सोध्नेछन्, ‘प्रभु, हामीले तपाईंलाई कहिले भोकाएको देख्यौं र खुवायौं? कहिले तिर्खाएको देख्यौं र पानी दियौं?[३८] कहिले तपाईं परदेशी हुनुहुँदा हाम्रो घरमा तपाईंलाई स्वागत गर्यौं? कहिले तपाईंलाई नाङ्गो देख्यौं र लुगा लगाइदियौं?[३९] कहिले तपाईंलाई बिरामी देख्यौं र हेरचाहा गर्यौं? अनि कहिले झ्यालखानमा पर्नुभयो र हामी भेट्न आयौं?’[४०] तब सिंहासनमा बस्ने राजाले जवाफ दिएर भन्नेछन्, ‘साँच्चै म तिमीहरूलाई भन्छु, मेरा भाइहरूमध्ये सबैभन्दा सानालाई तिमीहरूले जे गर्यौ, त्यो मलाई नै गरेका हौ।’[४१] “त्यसपछि उनले आफ्ना देब्रे हातपट्टि भएकाहरूलाई भन्नेछन्, ‘ए परमेश्वरको सराप परेका मानिसहरू हो, यहाँबाट गइहाल! शैतान र उसका दूतहरूलाई तयार पारिराखेको कहिल्यै ननिभ्ने आगोमा जाओ![४२] किनभने म भोकाउँदा तिमीहरूले मलाई खुवाएनौ, तिर्खाउँदा पानी दिएनौ।[४३] म परदेशी भएर आउँदा तिमीहरूले मलाई आफ्नो घरमा स्वागत गरेनौ, नाङ्गो हुँदा लुगा लगाइदिएनौ। म बिरामी हुँदा र झ्यालखानमा पर्दा तिमीहरू मलाई भेट्न आएनौ।’[४४] “अनि तिनीहरूले सोध्नेछन्, ‘प्रभु, कहिले हामीले तपाईंलाई भोकाउनुभएको, तिर्खाउनुभएको, परदेशी हुनुभएको, नाङ्गो हुनुभएको, बिरामी हुनुभएको अनि झ्यालखानमा पर्नुभएको देखेर पनि तपाईंको वास्ता गरेनौं?’[४५] त्यस बेला सिंहासनमा बस्ने राजाले तिनीहरूलाई भन्नेछन्, ‘साँच्चै म तिमीहरूलाई भन्छु, मेरा भाइहरूमध्ये सबैभन्दा सानालाई सहायता नगर्नु नै मलाई नगर्नु हो।’[४६] अनि तिनीहरूले चाहिँ सधैँभरिको दण्ड पाउनेछन्, तर परमेश्वरको आज्ञापालन गर्नेहरूले चाहिँ अजम्मरी जीवन पाउनेछन्।” |
|
यशैया 25:4 |
गरीब र असहायहरूका निम्ति तपाईं बलियो शरणस्थान हुनुहुन्छ। तपाईंले तिनीहरूलाई आँधीबाट शरण र डढाउने घामबाट छायाँ दिनुभएको छ, निष्ठुर मानिसहरूले पर्खालमा ठोकिएको आँधीझैँ |
|
प्रेरित 20:35 |
यसरी ‘लिनेहरूभन्दा दिनेहरू धन्य हुन्’ भनेर प्रभु येशू आफैंले भन्नुभएको कुरालाई सम्झेर कमजोर मानिसहरूको हेरचाहा गर्न सकेसम्म परिश्रमसँग काम गर्नुपर्छ भनी मैले सबै कुरामा देखाएको छु।” |
|
हितोपदेश 29:7 |
धर्मी मानिसले गरीबको हक बुझ्दछ तर दुष्टहरूले त्यस्तो कुरा केही बुझ्दैनन्। |
|
भजनमा 140:12 |
हे परमप्रभु, म जान्दछु कि तपाईंले दरिद्रहरूका पक्षका कुरा र दु:खीहरूका हकको रक्षा गर्नुहुन्छ। |
|
यर्मिया 22:16 |
उसले गरीबको न्याय गर्दथ्यो र सबै कुरामा उसलाई राम्रो भयो। म परमप्रभुलाई चिन्नु भनेको यही होइन र? |
|
१ शमूएल २:८ |
उहाँले गरीबलाई धूलोबाट उठाउनुहुन्छ, अभावमा परेकाहरूलाई तिनका कष्टदेखि उचाल्नुहुन्छ। उहाँले तिनीहरूलाई राजकुमारहरूका साथी बनाउनुहुन्छ, र आदरका स्थानहरूमा राख्नुहुन्छ। पृथ्वीका जगहरू परमप्रभुकै हुन्; तीमाथि उहाँले संसार बसाल्नुभएको छ। |
|
लूका 3:11 |
उनले तिनीहरूलाई जवाफ दिए, “दुईटा दौरा हुनेले दौरा नहुनेलाई देओस्। त्यस्तै खानेकुरा हुनेले नहुनेलाई देओस्।” |
|
लेवी 25:35 |
तिम्रो छेउमा बस्ने इस्राएली छिमेकी गरीब भएर आफ्नो पोषण भार थाम्न नसक्ने भयो भने जसरी ज्यामीलाई ज्याला दिन्छौ, त्यसरी त्यसको पनि तिमीहरूले देखभाल गर्नुपर्नेछ र त्यो मानिस तिम्रा छेउमा बसोबास गरिरहन सकोस्। |
|
हितोपदेश 22:22-23 |
[22] सक्छौ भन्दैमा दरिद्रबाट अनुचित फाइदा नलेओ। अदालतमा असहाय हुनेहरूबाट अनुचित फाइदा नउठाओ।[23] परमप्रभुले तिनीहरूको मुद्दा बहस गर्नुहुनेछ र तिनीहरूको जीविका लुट्नेहरूलाई पनि उहाँले लुट्नुहुनेछ। |
|
लेवी १९:१५ |
“मुद्दामा निर्णय दिँदा तिमीहरू इमानदार र न्यायी हुनू। गरीबतर्फ पनि नलाग्नू, धनीको डर पनि नमान्नू। |
|
हितोपदेश 31:8-9 |
[8] “बोल्न नसक्नेहरूका निम्ति तैँले बोलिदे, सबै असहायहरूको हकको रक्षा गर्।[9] तिनीहरूको पक्षमा बोलिदे र ठीक न्याय गर्। दरिद्र र कङ्गालीहरूको हकको रक्षा गर्।” |
|
भजनमा 12:5 |
परमप्रभु भन्नुहुन्छ, “अब म आउनेछु किनभने दरिद्रहरू सताइएका छन् र सङ्कटमा परेकाहरू पीडाले छट्पटाइरहेका छन्, तिनीहरूले खोजेको सुरक्षा म तिनीहरूलाई दिनेछु।” |
|
भजनमा ३५:१० |
आफ्नो पूरा हृदयले म परमप्रभुलाई भन्नेछु, “तपाईंजस्तो अरू कोही छैन। तपाईंले निर्धालाई बलियोबाट र दरिद्रलाई सताउनेहरूबाट रक्षा गर्नुहुन्छ।” |
|
एफिसी ४:२८ |
चोर्नेले चोर्ने काम छोडोस् र इमानदारिसँग आफ्नै हातले कमाओस्। त्यसपछि खाँचोमा पर्नेलाई पनि केही दिन सकोस्। |
|
इजकिएल 16:49 |
त्यो र त्यसका छोरीहरू प्रशस्त खानेकुरो भएकोले घमण्डी थिए र तिनीहरू शान्तिसित चुपचाप जीवन बिताउँथे तर तिनीहरूले गरीब, दु:खी र आफ्ना हक हराएकाहरूको वास्ता गर्दैनथे। |
|
यशैया 58:6-7 |
[6] “म यस्तो प्रकारको उपवास चाहन्छु: अत्याचारका साङ्ला र अन्यायका जुवा तोडिदेऊ र अत्याचारमा परेकाहरूलाई फुक्का गरिदेऊ।[7] भोकाउनेसित आफ्नो भोजन बाँडिखाऊ र घर नभएका गरीबलाई आफ्नो घर खोलिदेऊ। नाङ्गाहरूलाई कपडा देऊ र आफ्ना नातेदारहरूलाई सहायता गर्न इन्कार नगर। |
|
हितोपदेश १७:५ |
गरीबमाथि हाँस्नेले तिनीहरूको सृष्टिकर्ता परमेश्वरको अपमान गर्छ। अरूको दुर्भाग्यमा रमाहट गर्नेले सजायँ पाउँछ। |
|
१ यूहन्ना ३:१७-१८ |
[१७] संसारको धन-सम्पत्ति हुनेले आफ्नो भाइको खाँचो देखेर पनि मन कठोर पार्छ भने कसरी त्यस्तो मानिसले परमेश्वरलाई प्रेम गर्छ?[१८] मेरा बालक हो! हामीहरू बोली र कुराले मात्र प्रेम नगरौं, हाम्रो प्रेमचाहिँ साँचो हुनुपर्छ। यस्तो प्रेम कामद्वारा देखिन्छ। |
|
मत्ती 25:40 |
तब सिंहासनमा बस्ने राजाले जवाफ दिएर भन्नेछन्, ‘साँच्चै म तिमीहरूलाई भन्छु, मेरा भाइहरूमध्ये सबैभन्दा सानालाई तिमीहरूले जे गर्यौ, त्यो मलाई नै गरेका हौ।’ |
|
व्यवस्था १५:१०-११ |
[१०] उसलाई खुल्ला हातले बिनास्वार्थ देओ र तिमीहरूले गरेको हरेक काममा परमप्रभुले तिमीहरूलाई आशिष् दिनुहुनेछ।[११] सधैँ कोही न कोही इस्राएली गरीब र अभावमा हुनेछ र तिनीहरूप्रति उदार-चित्तका होओ भनी म तिमीहरूलाई आज्ञा गर्दछु। |
|
यशैया 61:1 |
सार्वभौम परमप्रभुले आफ्नो आत्माले मलाई भन्नुभएको छ। उहाँले मलाई अभिषेक गर्नुभयो र गरीबलाई सु-सन्देश सुनाउन, टुटेका हृदयहरू बिसेक गराउन, कैदीहरूलाई छुटकारा र झ्यालखानमा थुनिएकाहरूलाई स्वतन्त्रताको घोषणा गर्न पठाउनुभयो। |
|
गलाती 6:2 |
एक-अर्काको भार उठाउने गर। यस्तै गरेर ख्रीष्टको व्यवस्था तिमीहरूले पूरा गर्नेछौ। |
|
हिब्रू 13:16 |
एक-अर्काको भलाइ गर्न र मद्दत गर्न नबिर्स। परमेश्वरलाई मन पर्ने बलिदान यही नै हो। |
|
रोमी 12:13 |
प्रभु ख्रीष्टका पवित्र जनहरूलाई खाँचो पर्दा सहायता देओ, घरमा आएका पाहुनाहरूको सेवासत्कार गर |
|
लूका 3:10-11 |
[10] मानिसहरूले यूहन्नालाई सोधे, “त्यसो भए हामीले के गर्नुपर्ने हो त?”[11] उनले तिनीहरूलाई जवाफ दिए, “दुईटा दौरा हुनेले दौरा नहुनेलाई देओस्। त्यस्तै खानेकुरा हुनेले नहुनेलाई देओस्।” |
|
यशैया 41:17 |
“जब मेरा प्रजाले खाँचो परेर पानी खोज्दछन् र जब तिर्खाले तिनीहरूका घाँटी सुकेका हुन्छन्, तब म परमप्रभुले तिनीहरूका प्रार्थनाको उत्तर दिनेछु। म, इस्राएलका परमेश्वरले तिनीहरूलाई कहिल्यै त्याग्नेछैनँ। |
|
व्यवस्था १५:७ |
“परमप्रभु तिम्रा परमेश्वरले दिन लाग्नुभएको देशका कुनै सहरमा एउटा सङ्गी इस्राएली अभावमा छ भने तिमीहरू स्वार्थी बनी उसलाई मद्दत गर्न इन्कार नगर। |
|
इजकिएल 22:29 |
देशका मानिसहरूले ठग्छन् र चोर्छन्। तिनीहरूले गरीब असहायहरूमाथि अत्याचार गर्छन् र परदेशीहरूबाट अनुचित फाइदा उठाई अन्याय गर्छन्। |
|
Nepali Bible 2008 |
नेपाल बाइबल सोसाइटी 2008 |