A A A A A

भगवान: [धन्यको]


लूका ६:३८
अरूलाई दिने गर अनि तिमीले पनि पाउनेछौ। तिमीहरूले राम्रो ओजनमा पाउनेछौं, तिमीहरूलाई खाँदी खाँदी हल्लाँउदै काखमा पोखिने गरी पाउनेछौ जुन नापले तिमी अरूलाई दिंदछौ परमेश्वरले पनि तिमीहरूलाई त्यही नापले दिनु हुनेछ।”

मत्ती ५:४
धन्य शोक गर्नेहरू, किनभने परमेश्वरले तिनीहरूलाई सान्तवना दिनुहुनेछ।

फिलिप्पी ४:१९
हाम्रा पिता र परमेश्वरको महिमा सदा सर्वदा भइरहोस्। आमिन।

भजनमा ६७:७
हामीलाई परमेश्वरले आशीर्वाद दिऊन्। अनि पृथ्वीमा भएका सारा मानिसहरूले परमेश्वरसँग डर राखुन् र श्रद्धा गरून्।

संख्या ६:२४-२५
[२४] परमप्रभुले तिमीहरूलाई आशीर्वाद दिऊन् र रक्षा गरून्।”[२५] परमप्रभुको मुहार (मुखारबिन्द) तिमीहरूमाथि चम्काऊन्, अनि तिमीहरूमाथि अनुग्रह गरून्।

फिलिप्पी ४:६-७
[६] कुनै कुराको फिक्री नगर। बरु चाहिएको हरेक कुराकोलागि परमेश्वरलाई अन्तरबिन्ती र प्रार्थना गर। अनि प्रार्थना गर्दा परमेश्वरलाई धन्यवाद देऊ।[७] परमेश्वरले दिएको शान्तिले तिमीहरूको मन र हृदयलाई येशू ख्रीष्टमा सुरक्षीत राख्नेछ। शान्ति जो परमेश्वरले दिन्छन्, यति महान हुन्छ कि हामी बुझ्न सक्दैनौं।

जेम्स १:१७
मेरा प्रिय भाइ-बहिनीहरू यसमा ध्यान देऊ “चाँडो सुन्ने, बिस्तार बोल्ने र ढिलो रिसाउने गर।

यर्मिया १७:७-८
[७] त्यो मानिस धन्य हो जसले परमप्रभुमाथि भरोसा गर्छ, जसले उहाँमाथि विश्वास राख्छ।[८] त्यो मानिस पानीको छेवमा रोपिएको रूख जस्तै हुनेछ जसले खोल्सा सम्म आफ्नो जराहरू फैलाएको हुन्छ। यसकारण त्यो वृक्ष गरम कालमा डराउदैन। यसका पातहरू खडेरी पर्दा पनि हरियै रहन्छन् अनि यसमा फल फल्नु छोडदैन।

यशैया ४१:१०
सुर्ता नगर, म तिमीसितै छु। नडराऊ, म तिम्रै परमेश्वर हुँ। म तिमीलाई बलियो बनाउनेछु। म तिमीलाई सहायता दिनेछु, म तिमीलाई मेरो धार्मिकताको दाहिने हातले समाल्नेछु।

जन १:१६
उहाँ वचन अनुग्रह र सत्यको भण्डार हुनुहुन्छ। हामीले उहाँबाट धेरै आशिष पाएका छौं।

उत्पत्ति २२:१६-१७
[१६] ती स्वर्गदूतले भने, “तिमीले मेरो निम्ति आफ्नो छोरो मार्न तत्पर थियौ, यसर्थ तिमीले यस्तो गरेको हुनाले म यो प्रतिज्ञा गर्छु।[१७] म तिमीलाई साँचो रूपले आशीर्वाद दिन्छु। म तिमीलाई आकाशका ताराहरू भन्दा धेरै सन्तान दिन्छु। तिम्रा मानिसहरू समुद्रको किनारमा भएको बालुवाको कणभन्दा पनि वेशी हुनेछन्। अनि ती तिम्रा मानिसहरू आफ्ना आफ्नो शत्रुहरूका शहरहरू जितेर बस्नेछन्।

उत्पत्ति २७:२८-२९
[२८] परमप्रभुले तँलाईं धेरै वर्षा दिऊन् जसले गर्दा तँलाईं धेरै अन्न र दाखरसहरू प्राप्त होस्।[२९] सबै मानिसहरूले तेरो सेवा गरून्। राष्ट्र तेरो अघि झुकोस्। तँ आफ्नो दाज्यू-भाइहरूको शासक हुनेछस्। तेरी आमाका छोराहरू, तँ अघि झुक्नेछन् अनि तेरो आज्ञा पालन गर्नेछन्। प्रत्येक मानिस जसले तँलाईं सराप दिन्छ उसले सराप पाउँछ, अनि प्रत्येक मानिस जसले तलाईं आशीर्वाद दिन्छ, उसले आशीर्वाद पाउँछ।”

भजनमा १:१-३
[१] यदि उसले दुष्ट मानिसको सल्लाह मान्दैन, पापीहरूको जस्तो जीवन बिताउँदैन,[२] धार्मिक मानिसले परमप्रभुको शिक्षा मन पराउँदछ। ऊ परमप्रभुको शिक्षाहरूको विषयमा रात-दिन सोचिरहन्छ।[३] यसकारण त्यो मानिस खोलाको पानीले सिंचेको रूख जस्तै बलियो हुन्छ ऊ ठीक समय फल दिने रूख सरह हो। ऊ पातहरू भएको रूख जस्तै हो जो मर्दैन उसले गरेको प्रत्येक काम सफल हुन्छ।

भजनमा २३:१-४
[१] परमप्रभु मेरो गोठाला हुनुहुन्छ। मलाई खाँचो परेका सबै थोकहरू पाउनेछु।[२] उहाँले मलाई हरियो घाँसको चौरमा सुताउनुहुन्छ। उहाँले मलाई शान्त तलाउतिर लानु हुन्छ।[३] उहाँले आफ्नै नामको लागि मेरो आत्मामा नयाँ शक्ति दिनुहुन्छ। उहाँ साँच्चै नै असल हुनुहुन्छ भन्ने देखाउनलाई उहाँले मलाई धार्मिकताको बाटोतर्फ डोराउनु हुन्छ।[४] यदि म चिहानभन्दा पनि अन्धकार-खाडी भएर हिंडे पनि, डरले रातभरी पनि र्तसने छैन। किन? किनभने हे परमप्रभु, तपाईं मसँग हुनुहुन्छ। तपाईंको लाठ्ठी र लौरोले मलाई सान्तवना दिंदछ।

२ शमूएल २२:३-४
[३] उहाँ नै मेरो परमेश्वर, मेरो बचाउँको निम्ति म चट्टानमा दौडन्छु परमेश्वर मेरो सुरक्षा कवच उहाँको परमशक्तिले मलाई बचाउँछ परमप्रभु मेरो शरणस्थल हुनुहुन्छ मेरो सुरक्षाको स्थान, मेरो उच्च टाकुरामा निर्दयी शत्रुहरूबाट मलाई बचाउँनुहुन्छ।[४] तिनीहरूले मेरो खिल्ली उडाए तर मैले सहायताको निम्ति परमप्रभुलाई पुकारें, अनि म मेरा शत्रुहरूबाट सुरक्षित रहें।

१ यूहन्ना ५:१८
हामीलाई थाहा छ कि हामी परमेश्वरका हौं। तर दुष्टले सारा संसारलाई नियन्त्रणमा राख्छ।

भजनमा १३८:७
परमेश्वर, यदि म संकटमा परे भने मलाई सप्राण राख्नुहोला। यदि मेरो शत्रुहरू ममाथि क्रोधित भए तिनीहरूबाट मलाई बचाउनु होस्।

२ कोरिन्थी ९:८
अनि परमेश्वरले तिमीलाई प्रशस्त मात्र आशीर्वाद दिनु हुनेछ। तब तिम्रोमा सघैं प्रशस्त रहेनछ अनि प्रत्येक शुभकर्मकोलागि मुक्तहस्तले दान दिन सक्नेछौ।

फिलिप्पी ४:७
परमेश्वरले दिएको शान्तिले तिमीहरूको मन र हृदयलाई येशू ख्रीष्टमा सुरक्षीत राख्नेछ। शान्ति जो परमेश्वरले दिन्छन्, यति महान हुन्छ कि हामी बुझ्न सक्दैनौं।

Nepali Bible WBTC 2010
2010 by Bible League International