मत्ती १:१८ |
येशू ख्रीष्टको जन्म यस प्रकारले भयो: उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा भयो।
|
मत्ती ५:३२ |
तर म तिमीहरूलाई भन्दछु, जसले आफ्नी पत्नीलाई व्यभिचारको कारणबाहेक अरू कारणले त्याग गर्ला, त्यसले तिनलाई व्यभिचारिणी तुल्याउँछ, र जसले त्याग गरिएकी स्त्रीसँग विवाह गर्ला, त्यसले व्यभिचार गर्नेछ।
|
मत्ती १९:३ |
फरिसीहरू उहाँकहाँ आएर उहाँलाई जाँच गर्न भनी उहाँलाई सोधे, “के कसैले कुनै कारण पत्नीसँग विवाहविच्छेद गर्न उचित छ?”
|
मत्ती १९:७ |
तिनीहरूले उहाँलाई भने, “मोशाले किन विवाहविच्छेदको त्यागपत्र दिएर पत्नीलाई त्याग्ने आज्ञा दिए?”
|
मत्ती १९:९ |
म तिमीहरूलाई भन्दछु, जसले व्यभिचारको कारणबाहेक आफ्नी पत्नीलाई त्यागेर अर्कीसँग विवाह गर्छ, त्यसले व्यभिचार गर्दछ, अनि जसले त्यागिएकीलाई विवाह गर्छ, त्यसले पनि व्यभिचार गर्दछ।”
|
मत्ती १९:१० |
चेलाहरूले उहाँलाई भने, “पति-पत्नीको यस्तै सम्बन्ध हो भनेता, विवाह नगर्नु नै असल हुनेछ।”
|
Matteüs 22:2 |
“स्वर्गको राज्यलाई एक जना राजासँग तुलना गर्न सकिन्छ, जसले आफ्नो छोराको विवाह-भोज तयार गरे,
|
Matteüs 22:4 |
“फेरि तिनले अरू नोकरहरूलाई यसो भनेर पठाए, “निमन्त्रित व्यक्तिहरूलाई भन, हेर, मैले मेरो भोज तयार गरेको छु, मेरा गोरुहरू र मोटा-मोटा पशुहरू मारिएका छन्, र सब चीजहरू तयार छन्। विवाह-भोजमा आउनुहोस्।’
|
Matteüs 22:8 |
“तब तिनले आफ्ना नोकरहरूलाई भने, ‘विवाह-भोज तयार छ, तर निम्त्याइएकाहरू योग्य भएनन्।
|
Matteüs 22:9 |
यसकारण तिमीहरू सड़कहरूमा जाओ, र जतिलाई भेट्टाउँछौ तिनीहरूलाई विवाह-भोजमा निम्तो देओ।’
|
Matteüs 22:10 |
तब ती नोकरहरूले सड़कहरूमा गएर भेट्टाएका सबैलाई, दुष्ट र असल दुवैलाई, जम्मा गरे, र विवाह-घर पाहुनाहरूले भरियो।
|
Matteüs 22:11 |
“तर जब राजा पाहुनाहरूलाई हेर्न भनी भित्र आए, तब तिनले विवाहको पोशाक नलगाएको एक जना मानिसलाई देखे।
|
Matteüs 22:12 |
तिनले त्यसलाई सोधे, ‘मित्र, विवाहको पोशाक नपहिरी तपाईं कसरी यहाँ भित्र आउनुभयो?’ त्यो निरुत्तर भयो।
|
Matteüs 22:24 |
“गुरुज्यू, मोशाले भनेका छन्, कोही मानिस निस्सन्तान मर्यो भने उसको भाइचाहिँले दाजुकी पत्नीलाई विवाह गरेर दाजुको सन्तान खड़ा गर्नुपर्छ।
|
Matteüs 22:25 |
हाम्रा बीचमा सात दाजुभाइ थिए। जेठोले विवाह गरेपछि ऊ मर्यो, र सन्तान नभएकोले उसको भाइको निम्ति पत्नी छोड़ेर गयो।
|
Matteüs 22:30 |
किनकि मृतकहरूको पुनरुत्थानमा मानिसहरूले विवाह गर्दैनन्, न विवाह गरिदिन्छन्, तर तिनीहरू स्वर्गका स्वर्गदूतहरूजस्ता हुन्छन्।
|
Matteüs 24:38 |
किनकि जसरी जलप्रलयभन्दा अगाडि नोआ जहाजभित्र पस्ने दिनसम्म, मानिसहरू खाइरहेका, पिइरहेका र विवाहबारी गरिरहेका थिए,
|
Matteüs 25:10 |
“तिनीहरू किन्न जाँदा दुलहा आइपुगे, र तयार हुनेहरू उनीसँग विवाहको भोजमा भित्र पसे, र ढोका बन्द भयो।
|
लूका २:३६ |
आशेरको कुलमा फनुएलकी छोरी हन्ना नाउँकी एउटी वृद्ध अगमवादिनी थिइन्, जो कुमारी अवस्थामा विवाह गरेर सातै वर्ष मात्र श्रीमान्सँग बसेकी थिइन्।
|
लूका १२:३६ |
तिमीहरू ती मानिसहरू जस्ता होओ, जसले आफ्ना मालिक विवाहको भोजबाट फर्किआएर ढकढक्याउँदा तिनको निम्ति झट्टै ढोका खोलिदिन्छन्।
|
लूका १४:८ |
“विवाहको भोजमा तिमीले कसैको निम्तो पायौ भने आदरका स्थानमा नबस। तिमीभन्दा बढ़ी प्रतिष्ठित व्यक्तिले त्यहाँ निम्तो पाएका होलान्।
|
लूका १४:२० |
“अर्कोले भन्यो, ‘मैले विवाह गरेको छु। यसकारण म आउन सक्दिनँ।’
|
लूका १६:१८ |
“जसले आफ्नी पत्नीलाई त्यागेर अर्कीलाई विवाह गर्छ, त्यसले व्यभिचार गर्दछ, र श्रीमान्बाट त्यागिएकी स्त्रीलाई विवाह गर्ने मानिसले पनि व्यभिचार गर्दछ।
|
लूका १७:२७ |
नोआ जहाजभित्र प्रवेश नहोउञ्जेल मानिसहरू खाँदैथिए, पिउँदैथिए, विवाहबारी गर्दैथिए। र जलप्रलय आयो, र सबैलाई नष्ट पार्यो।
|
लूका २०:२८ |
“गुरुज्यू, मोशाले हामीलाई लेखिदिएका थिए, कि कुनै मानिसको विवाहित दाजु निस्सन्तान मर्यो भने, भाइचाहिँले त्यसकी पत्नीलाई विवाह गरी दाज्यूको सन्तान खड़ा गरिदिनुपर्छ।
|
लूका २०:३१ |
र साहिँलोले त्यसलाई विवाह गरे र त्यसै गरी ती सातै जना निस्सन्तान मरे।
|
लूका २०:३४ |
येशूले तिनीहरूलाई भन्नुभयो, “यस युगका मानिसहरू विवाह गर्छन्, र विवाह गरिदिन्छन्।
|
लूका २०:३५ |
तर त्यस युगसम्म पुग्न योग्य ठहरिनेहरूले, र मृतकबाट जीवित भई उठ्न योग्य हुनेहरूले न विवाह गर्छन्, न विवाह गरिदिन्छन्।
|
जन २:१ |
तेस्रो दिन गालीलको काना नगरमा एउटा विवाह थियो। येशूकी आमा त्यहाँ थिइन्।
|
जन २:२ |
येशू र उहाँका चेलाहरू पनि विवाहमा निम्त्याइएका थिए।
|
प्रेरित २१:९ |
अगमवाणी बोल्ने तिनका चार जना अविवाहित छोरीहरू थिए।
|
रोमी ७:२ |
उदाहरणको लागि, एउटी विवाहिता स्त्री तिनको पति बाँचुञ्जेल आफ्नो पतिसँग कानूनले बाँधिएकी हुन्छिन्, तर यदि तिनको पति मर्यो भने पति सम्बन्धको कानूनबाट तिनी मुक्त हुन्छे।
|
रोमी ७:३ |
यसै गरी पति जीवित छँदै तिनी अर्को पुरुषसँग बस्न गई भने तिनी व्यभिचारिणी कहलाइन्छिन्। तर पति मर्यो भने तिनी त्यस कानूनबाट मुक्त हुन्छिन्, र अर्को पुरुषसँग विवाह गरी भने पनि तिनी व्यभिचारिणी हुँदिनन्।
|
१ कोरिन्थी ७:८ |
तर अविवाहित र विधवाहरूलाई म भन्दछु, तिनीहरू मजस्तै अविवाहित रहे तिनीहरूका निम्ति असल हुनेछ।
|
१ कोरिन्थी ७:९ |
तर तिनीहरूले आफूलाई वशमा राख्न सक्दैनन् भने तिनीहरूले विवाह गरून्। किनभने कामवासनामा जल्नुभन्दा विवाह गर्नु असल हो।
|
१ कोरिन्थी ७:१० |
अब विवाहितहरूलाई म कड़ा आज्ञा दिन्छु (मेरो आज्ञा होइन, तर प्रभुको आज्ञा हो): पत्नी पतिबाट नछुटोस्।
|
१ कोरिन्थी ७:११ |
तर छुट्टिएर बसिहाले तापनि त्यसले विवाह नगरोस्, बरु आफ्नो पतिसँग मिलाप गरोस्। पतिले आफ्नी पत्नीलाई नत्यागोस्।
|
१ कोरिन्थी ७:२७ |
के तिमीले विवाह गरेका छौ? त्यसो भए आफ्नी पत्नीबाट छुट्न नखोज। के तिमी अविवाहित छौ? त्यसो भए विवाह गर्न नखोज।
|
१ कोरिन्थी ७:२८ |
तर तिमीले विवाह गर्यौ भने पनि त्यो पाप होइन। कन्याकेटीले विवाह गर्दैमा त्यसले पाप गरेकी हुँदिन। तरै पनि विवाह गर्नेहरूले यस जीवनमा कष्टहरूको सामना गर्नुपर्नेछ, र म तिमीलाई यसदेखि जोगाउन चाहन्छु।
|
१ कोरिन्थी ७:३२ |
तिमीहरू सबै निष्फिक्री होओ भन्ने म चाहन्छु। विवाह नभएको मानिसले प्रभुलाई कसरी खुशी तुल्याऊँ भनेर प्रभुकै कुराको विषयमा फिक्री गर्दछ,
|
१ कोरिन्थी ७:३३ |
तर विवाह भएको मानिसले पत्नीलाई कसरी खुशी राखूँ भनेर संसारका कुराको फिक्री गर्दछ।
|
१ कोरिन्थी ७:३४ |
यस्तो मानिसको मन दुईपट्टि लागेको हुन्छ। विवाह नभएकी स्त्रीले शरीर र आत्मा दुवैमा कसरी पवित्र रहूँ भनेर प्रभुकै कुराका विषयमा फिक्री गर्दछे। तर विवाह भएकीले चाहिँ कसरी आफ्ना पतिलाई खुशी राखूँ भनी संसारका कुराको फिक्री गर्दछे।
|
१ कोरिन्थी ७:३६ |
यदि कुनै मानिसले आफूसँग मगनी भइसकेकी कन्यासँग अनुचित व्यवहार गरेको ठान्छ, र यदि त्यस कन्याको उमेर पनि ढल्कँदैगएको छ भने, उसले विवाह गर्न चाहे विवाह गर्न सक्छ। यसमा पाप छैन। तिनीहरूको विवाह हुनैपर्छ।
|
१ कोरिन्थी ७:३७ |
तर जुन मानिसले आफ्नो मन पक्का गरिसकेको छ, जो कुनै करकापमा परेको छैन, तर आफ्नो इच्छालाई वशमा राख्न सक्छ, र जसले कन्यालाई विवाह नगर्ने निर्णय गरिसकेको छ, भने— यस्तो मानिसले पनि ठीकै गर्दछ।
|
१ कोरिन्थी ७:३८ |
यसरी जसले कन्यालाई विवाह गर्छ, उसले ठीकै गर्छ, तर जसले विवाह गर्दैन, उसले अझ असल गर्छ।
|
१ कोरिन्थी ७:३९ |
पति बाँचुञ्जेल पतिकै बन्धनमा पत्नी रहन्छे। तर पतिको मृत्यु भएपछि त्यसले इच्छा गरेको व्यक्तिसँग त्यो विवाह गर्न स्वतन्त्र हुन्छे, तर ऊचाहिँ प्रभुकै जन हुनुपर्छ।
|
१ तिमोथी ४:३ |
तिनीहरू विवाह निषेध गर्छन्। विश्वास गर्नेहरू र सत्य जान्नेहरूले धन्यवादसाथ ग्रहण गर्नुपर्ने परमेश्वरले सृजनुभएका भोजनहरूबाट अलग्ग बस्ने आदेश दिन्छन्।
|
१ तिमोथी ५:९ |
साठी वर्षदेखि माथिकी विधवा, जसको एक चोटि मात्र विवाह भएको थियो, तिनलाई मात्र विधवा-सूचीमा राख।
|
१ तिमोथी ५:११ |
तर कम उमेरका विधवाहरूको नाउँचाहिँ विधवा-सूचीमा नलेख, किनकि जब तिनीहरूको काम-वासनाले तिनीहरूलाई ख्रीष्टबाट टाढ़ा लान्छ, तब तिनीहरूले विवाह गर्ने इच्छा गर्छन्।
|
१ तिमोथी ५:१४ |
यसकारण कम उमेरका विधवाहरूले विवाह गरून्, छोरा-छोरीहरू पाऊन्, घरबार सम्हालून्, र विरोधीलाई हाम्रो बदनाम गर्ने मौका नदेऊन् भन्ने म चाहन्छु,
|
हिब्रू १३:४ |
सबैका बीचमा विवाहचाहिँ आदरणीय होस्, वैवाहिक सम्बन्ध नबिटुलिओस्, किनकि दुराचारी र व्यभिचारीहरूको इन्साफ परमेश्वरले गर्नुहुन्छ।
|
प्रकाश १९:७ |
हामी रमाऔं र अत्यन्त खुशी होऔं, र उहाँलाई महिमा दिऔं! किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम् तयार भएकी छिन्।
|
प्रकाश १९:९ |
अनि ती स्वर्गदूतले मलाई भने, “यो लेख, थुमाका विवाहको भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन्।” तिनले फेरि मलाई भने, “परमेश्वरका सत्य वचनहरू यी नै हुन्।”
|
Nepali Bible (NNRV) 2012 |
Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012 |