मत्ती १:१८ |
अब येशू ख्रीष्टको जन्म यसरी भयो— उहाँकी आमा मरियमको योसेफसँग विवाह हुने कुरा छिनिसकेको थियो। उनीहरूको विवाह हुनुभन्दा पहिले नै मरियम पवित्र आत्माबाट गर्भवती भएकी थिइन्।
|
मत्ती १:२४ |
योसेफ निद्राबाट बिउँझे र स्वर्गदूतले सपनामा भनेका कुरा मानेर मरियमलाई विवाह गरी आफूकहाँ ल्याए।
|
मत्ती ५:३२ |
तर म भन्छु, व्यभिचारको दोषबिना स्वास्नी त्याग्नेले उसलाई व्यभिचार गर्न लगाउँछ र यसरी त्यागेकीलाई विवाह गर्नेले पनि व्यभिचार गर्छ।
|
मत्ती ९:१५ |
येशूले जवाफ दिनुभयो, “के विवाहको भोजमा दुलहा तिनीहरूसित छउञ्जेल जन्तीहरूले विलाप गरेर उपवास बस्छन् र? तर त्यस्ता दिनहरू पनि आउनेछन्, जब दुलहालाई तिनीहरूबाट छुट्याइनेछ, तब पो तिनीहरू उपवास बस्नेछन्।
|
मत्ती २२:२ |
“परमेश्वरको राज्य त आफ्नो छोराको विवाहमा निम्तारुहरूलाई भोज खुवाउन बोलाउने एउटा राजासँग दाँज्न सकिन्छ।
|
मत्ती २२:८ |
“त्यसपछि तिनले नोकरहरूलाई फेरि भने, ‘विवाहको भोज त तयार छ, तर मैले निम्त्याएकाहरूचाहिँ यो भोज खान लायकका रहेनछन्।
|
मत्ती २२:१२ |
राजाले तिनलाई सोधे, ‘ए मित्र! तिमी विवाहको लुगै नलगाईकन कसरी भित्र पस्यौ?’ तर ती मानिसले केही पनि जवाफ दिन सकेनन्।
|
मत्ती २५:१० |
“अनि ती मूर्ख कन्याहरू तेल किन्न जाँदा दुलहा आइपुगिहाले। तयार भएर बसेका पाँच वटी बुद्धिमती कन्याहरूचाहिँ दुलहाको साथमा विवाहको भोज मनाउन भित्र पसे र ढोका पनि बन्द भयो।
|
मार्क २:१९ |
येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “के विवाहमा डाकिएका जन्तीहरू भोज नखाईकन जान्छन् र? दुलहासँग हुँदा त कोही पनि भोकै बस्दैनन् नि!
|
मार्क १२:२० |
अब एक समयमा सात जना दाजुभाइहरू थिए। जेठो दाजुले विवाह गर्यो, तर ऊ छोरा-छोरी नभईकनै मर्यो।
|
लूका १:२७ |
दाऊद राजाको कुलमा जन्मिएका योसेफ नाउँ गरेका मानिससँग मरियमको विवाह हुने कुरा छिनिसकेको थियो।
|
लूका २:५ |
योसेफसँग मरियमको विवाह गर्ने कुरा पक्का भइसकेकोले उनले तिनलाई पनि सँगै लगे। त्यतिखेर मरियम गर्भवती थिइन्।
|
लूका २:३६ |
मन्दिरमा हन्ना भन्ने एक जना बुढी अगमवादिनी थिइन्। उनी आशेर कुलका फनुएलकी छोरी थिइन्। विवाह भएको सात वर्षपछि नै उनी विधवा भएकी थिइन्
|
लूका ५:३४ |
येशूले जवाफ दिनुभयो, “तिमीहरू विवाहको भोजमा दुलहासँग आउने जन्तीहरूलाई केही खानै नदिई पठाउँछौ र?
|
लूका १२:३६ |
तिमीहरू विवाहको भोजबाट फर्कने मालिकको बाटो हेरिरहने नोकरहरूजस्ता होओ। मालिक आएर ढोका ढकढक्याउँने बित्तिकै उनीहरूले ढोका खोलिदिन्छन्।
|
लूका १४:८ |
“तिमीहरू कसैको विवाहमा जाँदा मुख्य ठाउँ छानेर नबस। तिमीहरूभन्दा कोही ठूलो मानिसलाई पनि निम्तो होला।
|
लूका १४:१० |
बरु विवाहमा जाँदा पछिल्तिर गएर बस र निम्त्याउने आएर तिमीलाई ‘भित्र आउनुहोस्, माथि पाल्नुहोस्’ भनेर मुख्य ठाउँमा बसाउला। त्यस बेला सबैको सामुन्ने तिम्रो ठूलो इज्जत हुनेछ
|
लूका १४:२० |
तेस्रोले भन्यो, ‘मैले भर्खरै मात्र विवाह गरेको छु। त्यसकारण म आउन सक्दिनँ।’
|
लूका १६:१८ |
आफ्नी पत्नीलाई त्यागेर अर्कीलाई विवाह गर्ने लोग्ने मानिसले व्यभिचार गर्छ अनि अर्काले त्यागेकीलाई विवाह गर्नेले पनि व्यभिचार गर्छ।”
|
लूका २०:२९ |
अब एक समयमा सात जना दाजुभाइहरू थिए। जेठो दाजुले विवाह गर्यो। तर ऊ छोरा-छोरी नभई मर्यो।
|
लूका २०:३४ |
येशूले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, “यस संसारमा हुने मानिसहरूले विवाह गर्छन् अनि गराउँछन्।
|
जन २:१ |
पर्सिपल्टको कुरो हो। गालील क्षेत्रको काना सहरमा कुनै एउटा घरमा विवाह थियो। येशूकी आमा पनि त्यस विवाहमा गएकी थिइन्।
|
जन २:२ |
येशू र उहाँका चेलाहरू पनि त्यस विवाहमा निम्त्याइएका थिए।
|
जन २:३ |
विवाहमा दिने अङ्गुरको मद्य सकिएकोले येशूकी आमाले उहाँलाई भनिन्, “अङ्गुरको मद्य त सकिएछ!”
|
प्रेरित २१:९ |
उनका चार वटी विवाह नभएका छोरीहरू थिए। तिनीहरूलाई अगमवाणी बोल्ने वरदान थियो।
|
रोमी ७:२ |
कुनै पनि विवाह गरेकी स्वास्नी मान्छे आफ्नो लोग्ने बाचुञ्जेल यहूदी नियमअनुसार उसैकी हुन्छे। तर लोग्ने मर्यो भने उसलाई त्यो नियमले बाँध्दैन।
|
रोमी ७:३ |
तर यदि आफ्नो लोग्ने हुँदाहुँदै अर्कोसँग गई भने उसले व्यभिचारको पाप गर्नेछ। तर लोग्ने मरेपछि भने ऊ त्यस व्यवस्थादेखि फुक्का हुन्छे र अर्कासँग विवाह गर्दा पनि उसलाई पापको दोष लाग्दैन।
|
रोमी ७:४ |
तिमीहरू ख्रीष्टको शरीरसँगै व्यवस्थाको निम्ति मर। त्यसै गरी मेरा दाजुभाइहरू, तिमीहरू पनि उहाँसँगै जिएकोले नयाँ जीवनमा हुन्छौ। अब तिमीहरू पनि अर्का मानिससँग विवाह गरेझैँ मरेकोबाट बिउँतनुभएको ख्रीष्टसँगै मिल्न सक्छौ। यसैकारण हामी परमेश्वरको लागि फल फलाउन सक्छौं।
|
१ कोरिन्थी ७:२७ |
बिहे गरेर बाँधिएका छौ? त्यसो हो भने छुट्टिने कोसिस नगर। बिहे नै गरेका छैनौ भने विवाहको बन्धनमा पर्न नखोज।
|
१ तिमोथी ३:२ |
यस्तो देखरेख गर्ने मानिस कुनै दोषबिनाको हुनुपर्छ। उसले एउटै मात्र स्वास्नी विवाह गरेको हुनुपर्छ। ऊ आफैंलाई वशमा राख्ने, आफ्नो मनलाई अधीनमा राख्ने र राम्रो चालचलन भएको हुनुपर्छ। उसले अतिथिसत्कार गर्नुपर्छ र शिक्षा दिन सक्नुपर्छ।
|
१ तिमोथी ४:३ |
यिनीहरूले विवाह गर्नुहुँदैन र कति कुराचाहिँ खानुहुँदैन भनेर मानिसहरूलाई सिकाउँछन्। तर विश्वास गर्ने र सत्यलाई चिन्नेहरूले धन्यवाद चढाएर यी खाने कुराहरू खानुहुन्छ किनभने परमेश्वरले नै यी कुरा सृष्टि गर्नुभएको हो।
|
१ तिमोथी ५:११ |
तर तरुनी विधवाहरूलाई भने आफ्नो खातामा दर्ता नगर किनभने तिनीहरूले मौका पाउनेबित्तिकै ख्रीष्टको कामलाई छोडेर फेरि विवाह गरिहाल्नेछन्।
|
१ तिमोथी ५:१४ |
यसकारण म तरुनी विधवाहरूले चाहिँ फेरि विवाह नै गरून् भनेर सल्लाह दिन्छु। यसरी बरु तिनीहरूले छोराछोरी जन्माएर गृहस्थी बनून्। त्यसो भए मात्र हाम्रा विरोधीहरूलाई हाम्रो निन्दा गर्ने मौका मिल्नेछैन
|
हिब्रू १३:४ |
विवाहको इज्जत सबैले राख्नुपर्छ। लोग्ने-स्वास्नी एक-अर्काप्रति विश्वासयोग्य रहून् किनभने छाडा र अर्काको लोग्ने वा स्वास्नीसँग बिग्रनेहरूलाई परमेश्वरले सजाय दिनुहुनेछ।
|
प्रकाश १९:७ |
हामी रमाऔं र खुसी मनाऔं! उहाँको जयजयकार गरौं! किनभने थुमाको विवाहको दिन आइसक्यो र उहाँकी दुलही तयार भइसकेकी छिन्!
|
प्रकाश १९:९ |
यसपछि स्वर्गदूतले मलाई यसो भनेर अह्राए, “यो कुरा लेख: थुमाको विवाहको भोजमा बोलाइएका सबै धन्य हुन्।” तब स्वर्गदूतले फेरि भने, “यी कुरा परमेश्वरले भन्नुभएका साँचा वचन हुन्।”
|
Nepali Bible 2008 |
नेपाल बाइबल सोसाइटी 2008 |