मत्ती २:४ |
अनि हेरोद राजाले मुख्य पूजाहारी र धर्म-गुरुहरूलाई बोलाएर सोधे, “मुक्ति दिने राजा ख्रीष्टको जन्म कहाँ हुनेछ?”
|
मत्ती ८:४ |
येशूले उसलाई भन्नुभयो, “हेर, यो कुरा कसैलाई नभन्नू। तर पूजाहारीकहाँ गएर आफ्नो जाँच गराऊ अनि मोशाले अह्राएजस्तो भेटी चढाएर सबैलाई तिमी शुद्ध भएको प्रमाण देऊ।”
|
मत्ती १२:४ |
उनले परमेश्वरको भवनमा पसेर उहाँलाई चढाएको रोटी साथीहरूसँगै मिलेर खाए। व्यवस्थाअनुसार पूजाहारी बाहेक अरू कसैले पनि त्यो रोटी खानुहुँदैनथ्यो।
|
मत्ती १२:५ |
फेरि के तिमीहरूले व्यवस्थामा पढेका छैनौ कि मन्दिरमा पूजाहारीले विश्रामको दिनमा सधैँ काम गर्छन्। यसरी तिनीहरूले विश्राम दिनको नियमलाई भङ्ग गर्छन्! तैपनि तिनीहरू दोषी मानिंदैनन्।
|
मत्ती १६:२१ |
त्यस बेलादेखि येशूले आफ्ना चेलाहरूलाई आफूले भोग्नुपर्ने दु:खको बारेमा सोझै भन्न लाग्नुभयो। उहाँले भन्नुभयो, “मैले यरूशलेम गएर अगुवा, मुख्य पूजाहारी र धर्म-गुरुहरूबाट दु:ख भोग्नुपर्छ, आखिरमा म मारिनेछु, तर तेस्रो दिनमा म फेरि मरेकोबाट बिउँतनेछु।”
|
मत्ती २०:१८ |
“हेर, हामी यरूशलेम जाँदै छौं। त्यहाँ मानव पुत्रलाई मुख्य पूजाहारी र धर्म-गुरुहरूको हातमा दिइनेछ। तिनीहरूले उसलाई ज्यान सजाय दिनेछन्
|
मत्ती २१:१५ |
यी अचम्मका कामहरू देखेर र मन्दिरमा केटा-केटीहरूले कराउँदै “दाऊद पुत्रको जय होस्!” भनेको सुनेर मुख्य पूजाहारी र धर्म-गुरुहरू रिसाए।
|
मत्ती २१:२३ |
येशूले मन्दिरमा शिक्षा दिँदै हुनुहुन्थ्यो। त्यस बेला मुख्य पूजाहारी र अरू अगुवाहरूले उहाँकहाँ आएर उहाँलाई सोधे, “तपाईंले कहाँबाट अधिकार पाएर यी काम गर्दै हुनुहुन्छ? यो अधिकार तपाईंलाई कसले दियो?”
|
मत्ती २१:४५ |
येशूले भन्नुभएका यी दृष्टान्तहरू सुनेर मुख्य पूजाहारी र फरिसी भन्ने कट्टर धार्मिक समूहका मानिसहरूले यो कुरा आफूहरूलाई नै भनेको हो भनी बुझे।
|
मत्ती २६:३ |
त्यसै बेला कैयाफा प्रधान पूजाहारीका आँगनमा मुख्य पूजाहारी र अरू अगुवाहरू मिलेर सभा गरे।
|
मत्ती २६:१४ |
त्यसपछि बाह्र जना चेलाहरूमध्ये यहूदा इस्करियोत भन्नेचाहिँ मुख्य पूजाहारीहरूकहाँ गएर भन्यो,
|
मत्ती २६:४७ |
येशूले यो कुरा भनिरहँदा बाह्र जनामध्ये यहूदा भन्ने एक जना चेलाचाहिँ आइपुग्यो। यहूदासँग लाठो र तरवार लिएका मानिसहरूको ठूलो दल थियो। तिनीहरूलाई मुख्य पूजाहारी र अरू अगुवाहरूले पठाएका थिए।
|
मत्ती २६:५१ |
यो देखेर येशूको एक जना चेलाले आफ्नो तरवार थुते र हानेर प्रधान पूजाहारीका नोकरको कान काटिदिए।
|
मत्ती २६:५७ |
तिनीहरूले येशूलाई प्रधान पूजाहारी कैयाफाको घरमा लगे। त्यहाँ धर्म-गुरु र अरू अगुवाहरू जम्मा भएका थिए।
|
मत्ती २६:५८ |
पत्रुसचाहिँ येशूलाई परपरैबाट पछ्याउँदै प्रधान पूजाहारीको घरको आँगनमा पुगे। अनि त्यहाँ के हुने हो भनी हेर्न उनी गएर पालेहरूसँग बसे।
|
मत्ती २६:५९ |
मुख्य पूजाहारी र सभाका अरू सबै सदस्यहरूले येशूलाई ज्यान सजाय दिनु नै पर्छ भनेर झूटो गवाही खोज्न लागे।
|
मत्ती २६:६२ |
अनि प्रधान पूजाहारीले उठेर येशूलाई सोधे, “ए, किन जवाफ दिँदैनस्? तेरो विरोधमा यिनीहरूले दिएको साक्षीको बारेमा तँलाई केही भन्नु छैन?”
|
मत्ती २६:६३ |
तर येशू चुपै लाग्नुभयो। फेरि प्रधान पूजाहारीले भने, “जिउँदो परमेश्वरको नाउँमा शपथ हालेर भन्, के तँ परमेश्वरको पुत्र ख्रीष्ट होस् त?”
|
मत्ती २६:६५ |
यो सुनेर प्रधान पूजाहारीले विरक्त भएर आफ्नो लुगा च्यात्दै भने, “लौ हेर, यसले परमेश्वरको निन्दा गरेको तिमीहरूले सुनिहाल्यौ, अब हामीलाई अरू के प्रमाण चाहियो र?
|
मत्ती २७:१ |
बिहानीपख मुख्य पूजाहारी र अरू अगुवाहरूले येशूलाई मार्ने निधो गरे
|
मत्ती २७:३ |
येशूलाई ज्यान सजाय दिएको कुरा सुनेर पक्राइदिने यहूदालाई पश्चात्ताप लाग्यो। त्यसले ती चाँदीका तीस सिक्का लिई मुख्य पूजाहारी र अरू अगुवाहरूकहाँ गएर
|
मत्ती २७:६ |
मुख्य पूजाहारीहरूले चाहिँ त्यो पैसा टिपेर भने, “यो त रगतको पैसा हो, यसलाई मन्दिरको ढुकुटीमा राख्नु ठीक हुँदैन।”
|
मत्ती २७:१२ |
मुख्य पूजाहारी र अरू अगुवाहरूले येशूलाई धेरै दोष लगाउन थाले। तर जतिसुकै दोष लगाए तापनि उहाँले केही पनि भन्नुभएन।
|
मत्ती २७:२० |
तर मुख्य पूजाहारी र अरू अगुवाहरूले चाहिँ मानिसहरूको धुइरोलाई सुर्याएर यसो भन्न लगाए, “येशूलाई मार्नुहोस्, बारब्बालाई चाहिँ छोडिदिनुहोस्।”
|
मत्ती २७:४१ |
त्यसै गरेर मुख्य पूजाहारी, धर्म-गुरु र अरू अगुवाहरूले पनि येशूलाई गिल्ला गरे।
|
मत्ती २७:६२ |
भोलिपल्ट विश्रामको दिनमा मुख्य पूजाहारी र फरिसीहरू मिलेर पिलातसकहाँ गएर भने,
|
मत्ती २८:११ |
ती स्वास्नी मानिसहरू गइसकेपछि चिहानमा पहरा दिने केही सिपाहीहरू पनि सहरतिर गए र चिहानमा भएका सबै कुराहरू मुख्य पूजाहारीहरूलाई सुनाए।
|
मत्ती २८:१२ |
मुख्य पूजाहारीहरूले अरू अगुवाहरूसँग मिलेर “अब के गर्ने?” भनेर सल्लाह गरे अनि तिनीहरूले सिपाहीहरूलाई पैसा दिएर भने,
|
मत्ती २८:१५ |
ती पहरा दिनेहरूले पैसा लिएर मुख्य पूजाहारीहरूले सिकाएजस्तै भने। यो कुराचाहिँ यहूदीहरूको बीचमा अहिलेसम्म पनि फैलिरहेको छ।
|
मार्क १:४४ |
“हेर, यो कुरा कसैलाई नभन्नू है! तर पूजाहारीकहाँ गएर आफ्नो जाँच गराऊ। अनि मोशाले अह्राएजस्तै भेटी चढाएर सबैलाई तिमी शुद्ध भएको प्रमाण देओ।”
|
मार्क २:२६ |
अबियाथार प्रधान पूजाहारी हुँदा भवनमा पसेर दाऊदले परमेश्वरलाई चढाएको रोटी साथीहरूसँग मिलेर खाए। जब कि हाम्रो व्यवस्थाअनुसार पूजाहारी बाहेक अरू कसैले पनि त्यो रोटी खानुहुँदैनथ्यो। तर दाऊदले त आफैंले मात्र नखाएर आफ्ना साथीभाइहरूलाई पनि खान दिए,।”
|
मार्क ८:३१ |
त्यसपछि येशूले चेलाहरूलाई आफ्नो बारेमा यसरी बताउन लाग्नुभयो, “मानव पुत्रले धेरै दु:ख भोग्नुपर्छ। अगुवा, मुख्य पूजाहारी र धर्म-गुरुहरूले उसलाई इन्कार गर्छन् अनि मार्नेछन्। तर तीन दिनपछि ऊ फेरि मरेकोबाट बिउँतनेछ।”
|
मार्क १०:३३ |
“सुन, हामी यरूशलेम जाँदै छौं। त्यहाँ पुगेर मानव पुत्र मुख्य पूजाहारी र धर्म-गुरुहरूका हातमा पक्रेर सुम्पिइनेछ। तिनीहरूले उसलाई मृत्यु दण्ड दिनुपर्छ भनेर अरू जातिका मानिसहरूको जिम्मा लगाउनेछन्।
|
मार्क ११:१८ |
यो कुरा मुख्य पूजाहारी र धर्म-गुरुहरूले सुने। तिनीहरूले येशूलाई मार्ने उपाय खोज्न थाले किनभने येशूको शिक्षा सुनेर सबै मानिसहरू छक्क पर्थे। त्यसैले तिनीहरू येशूदेखि डराएका थिए।
|
मार्क ११:२७ |
येशू आफ्ना चेलाहरूसँग फेरि यरूशलेममा आउनुभयो। मन्दिरमा हिँडिरहँदा मुख्य पूजाहारी, धर्म-गुरु र अरू अगुवाहरू उहाँकहाँ आएर
|
मार्क १४:१ |
खमिर नहालेको रोटी खाने मुक्ति-दिवस भन्ने चाड आउन दुई दिन बाँकी थियो। मुख्य पूजाहारी र धर्म-गुरुहरूले येशूलाई सुटुक्क मार्ने दाउ खोजिरहेका थिए।
|
मार्क १४:१० |
येशूका बाह्र जना चेलाहरूमध्ये यहूदा इस्करियोत भन्नेले मुख्य पूजाहारीहरूकहाँ गएर येशूलाई पक्रेर सुम्पिदिने कुरा गर्यो।
|
मार्क १४:११ |
यहूदाको कुरा सुनेर मुख्य पूजाहारीहरू एकदमै खुसी भएर उसलाई पैसा दिने कुरा गरे। त्यस बेलादेखि यहूदाले येशूलाई पक्राइदिने मौका खोज्न लाग्यो।
|
मार्क १४:४३ |
येशूले कुरा गर्दागर्दै बाह्र जनामध्ये यहूदा भन्ने एक जना चेलाचाहिँ त्यहाँ आइपुग्यो। यहूदासँग लाठो र तरवार लिएका मानिसहरूको दल थियो। तिनीहरूलाई मुख्य पूजाहारी, धर्म-गुरु र अरू अगुवाहरूले पठाएका थिए।
|
मार्क १४:४७ |
तर उहाँको नजिकै उभिएको एक जनाले तरवार थुत्यो र हानेर प्रधान पूजाहारीको नोकरको कान काटिदियो।
|
मार्क १४:५३ |
तिनीहरूले येशूलाई प्रधान पूजाहारीका घरमा लगे। अनि मुख्य पूजाहारी, धर्म-गुरु र अरू अगुवाहरू त्यहाँ भेला भए।
|
मार्क १४:५४ |
पत्रुसचाहिँ येशूलाई परैबाट पछ्याउँदै प्रधान पूजाहारीको घरको आँगनभित्रै पसे अनि पालेहरूसँगै बसेर आगो ताप्न लागे।
|
मार्क १४:५५ |
मुख्य पूजाहारी र सभाका अरू सबै सदस्यहरूले येशूलाई ज्यान सजाय दिनु नै पर्छ भनेर प्रमाण खोज्न लागे। तर तिनीहरूले एउटै प्रमाण पनि फेला पारेनन्।
|
मार्क १४:६० |
प्रधान पूजाहारीले सबैका अगाडि उभिएर येशूलाई सोधे, “ए, किन जवाफ नदिएको? तेरो विरोधमा यिनीहरूले दिएको साक्षीको बारेमा केही भन्नु छैन?”
|
मार्क १४:६१ |
तर येशू चुप नै लाग्नुभयो। उहाँले केही जवाफ दिनुभएन। फेरि प्रधान पूजाहारीले उहाँलाई सोधे, “के तँ साँच्चै पवित्र परमेश्वरको पुत्र ख्रीष्ट नै होस् त?”
|
मार्क १४:६३ |
यो सुनेर प्रधान पूजाहारीले विरक्त भएर आफ्नो लुगा च्यात्दै भने, “अब हामीलाई अरू के प्रमाण चाहियो र?
|
मार्क १४:६६ |
पत्रुस तल आँगनमै बसिरहेका थिए। त्यति बेला प्रधान पूजाहारीकी एउटी नोकर्नी आई र पत्रुसलाई आगो ताप्दैगरेको देखी।
|
मार्क १५:१ |
बिहान सबेरै मुख्य पूजाहारी, अगुवा र धर्म-गुरुहरू र महासभाका जम्मै सदस्यहरूले सभा गरे अनि येशूलाई बाँधेर तिनीहरूले रोमी बडा-हाकिम पिलातसकहाँ पुर्याए।
|
मार्क १५:३ |
मुख्य पूजाहारीहरूले येशूलाई धेरै कुराहरूको दोष लगाए।
|
मार्क १५:१० |
मुख्य पूजाहारीले डाह गरेर येशूलाई उनीकहाँ सुम्पन ल्याएका हुन् भन्ने कुरा पिलातसलाई थाहा थियो।
|
मार्क १५:११ |
तर मुख्य पूजाहारीहरूले मानिसहरूलाई सुर्याएर ‘येशूलाई होइन, बारब्बालाई नै छाडिदेओ’ भन्न लगाए।
|
मार्क १५:३१ |
त्यसैगरी मुख्य पूजाहारी र धर्म-गुरुहरूले पनि येशूको गिल्ला गरे। तिनीहरूले आपसमा भने, “त्यसले अरूलाई त बचायो, तर आफैंलाई चाहिँ बचाउन सकेन।
|
लूका १:५ |
यहूदिया क्षेत्रका राजा हेरोदको पालामा जकरिया नाउँ गरेका पूजाहारी थिए। उनी अबिया भन्ने पूजाहारी समूहका मानिस थिए। उनकी पत्नीको नाउँ एलीशिबा थियो र तिनीचाहिँ हारून कुलको पूजाहारीकी छोरी थिइन्।
|
लूका १:८ |
एकपल्ट जकरिया आफ्नो समूहको पालोअनुसार मन्दिरमा परमेश्वरको सामुन्ने पूजाहारीको काम गर्दै थिए।
|
लूका १:९ |
पूजाहारीको चलनअनुसार चिट्ठा हाल्दा वेदीमा धूप बाल्ने पालो जकरियाकै नाउँमा पर्यो। त्यसैले उनी प्रभु परमेश्वरको मन्दिरभित्र धूप बाल्न गए।
|
लूका १:२३ |
जकरियाको पूजा गर्ने पालो सकिएपछि उनी घर गए।
|
लूका ३:२ |
त्यस बेलाका प्रधान पूजाहारीहरूचाहिँ हन्नास र कैयाफा थिए। त्यति नै खेर उजाड-स्थानमा परमेश्वरले जकरियाका छोरा यूहन्नालाई प्रचार गर्ने आदेश दिनुभयो।
|
लूका ५:१४ |
तब येशूले उसलाई आज्ञा दिएर भन्नुभयो, “हेर, यो कुरा कसैलाई नभन्नू! तर पूजाहारीकहाँ गएर आफ्नो जाँच गराऊ। मोशाले अह्राएजस्तै बलि चढाएर सबैलाई तिमी शुद्ध भएको प्रमाण देऊ।”
|
लूका ६:४ |
उनले त परमेश्वरको मन्दिरभित्र पसेर परमेश्वरलाई चढाएको रोटी साथीहरूसँग मिलेर खाए। जब कि हाम्रो व्यवस्थाअनुसार पूजाहारीबाहेक अरू कसैले पनि त्यो रोटी खानुहुँदैनथ्यो। तर दाऊदले त आफैंले मात्र नखाएर अरू मानिसहरूलाई पनि खान दिए।”
|
लूका ९:२२ |
अनि तिनीहरूलाई कुरा बुझाउँदै भन्नुभयो, “मानव पुत्रले धेरै दु:ख भोग्नुपर्छ। अगुवा, मुख्य पूजाहारी र धर्म-गुरुहरूले उसलाई मान्नेछैनन् अनि मार्नेछन्। तर तेस्रो दिनमा ऊ फेरि मरेकोबाट बिउँतनेछ।”
|
लूका १०:३१ |
केही बेरपछि एक जना पूजाहारी त्यतैबाट भएर उँधो झरे। तर त्यस घाइते मान्छेलाई देखेर उनी पर-परैबाट गए।
|
लूका १०:३२ |
त्यसै गरी लेवी कुलका एक जना पूजाहारी पनि त्यतैबाट आए। उनी पनि घाइते मान्छेलाई देखेर परैबाट तर्केर गए।
|
लूका १७:१४ |
येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू पूजाहारीकहाँ गएर आफैंलाई जाँच गराओ।” तिनीहरू जाँदाजाँदै बाटैमा निको भइहाले।
|
लूका १९:४७ |
त्यसपछि येशूले दिनदिनै मन्दिरमा शिक्षा दिनुहुन्थ्यो। मुख्य पूजाहारी, धर्म-गुरु र अरू शासकहरू मिलेर उहाँलाई मार्न खोज्थे,
|
लूका २०:१ |
एक दिन येशूले मन्दिरमा शिक्षा दिँदै हुनुहुन्थ्यो र परमेश्वरले पठाउनुभएको सुसमाचार सुनाउँदै हुनुहुन्थ्यो। त्यति बेला मुख्य पूजाहारी र धर्म-गुरुहरू अरू अगुवाहरूसँगै मिलेर उहाँकहाँ आएर भने,
|
लूका २०:१९ |
धर्म-गुरु र मुख्य पूजाहारीहरूले यी कुरा उनीहरूकै विरोधमा भनेको हो भन्ने बुझेर येशूलाई पक्रने विचार गरे, तर तिनीहरूलाई मानिसहरूको डर भयो।
|
लूका २२:२ |
मुख्य पूजाहारी र धर्म-गुरुहरू येशूलाई मार्न चाहन्थे, तर मानिसहरूको डरले उहाँलाई सुटुक्कै मार्ने युक्ति खोज्न लागे।
|
लूका २२:४ |
त्यसले मुख्य पूजाहारी र मन्दिरका सिपाहीहरूकहाँ गएर ‘येशूलाई कसरी पक्राइदिन सक्छु’ भन्नेबारे सरसल्लाह गर्यो।
|
लूका २२:५० |
एक जना चेलाले चाहिँ तरवार चलाइहाले र मुख्य पूजाहारीको नोकरको दाहिने कान नै काटिदिए।
|
लूका २२:५४ |
ती मानिसहरूले येशूलाई पक्रेर प्रधान पूजाहारीको घरमा लगे। पत्रुसचाहिँ पर-परैबाट उहाँको पछि लागे।
|
लूका २२:६६ |
अगुवा, मुख्य पूजाहारीहरू र धर्म-गुरुहरू बिहानै जम्मा भए। तिनीहरूले येशूलाई महासभामा ल्याए र भने,
|
लूका २३:४ |
पिलातसले मुख्य पूजाहारीहरू र त्यहाँ जम्मा भएका मानिसहरूलाई भने, “मैले यी मानिसमा कुनै दोष देखिनँ।”
|
लूका २३:१० |
मुख्य पूजाहारी र धर्म-गुरुहरूले येशूको विरोधमा अनेक दोष लगाए।
|
लूका २३:१३ |
त्यसपछि पिलातसले मुख्य पूजाहारी, अगुवा र जनताहरूलाई बोलाएर भने,
|
लूका २४:२० |
तर हाम्रा मुख्य पूजाहारी र नेताहरूले उहाँलाई मृत्युदण्ड दिएर क्रूसमा झुण्ड्याउन लगाए।
|
जन १:१९ |
यरूशलेमका यहूदी अगुवाहरूले केही पूजाहारी र मन्दिरको सेवामा सघाउने लेवीहरूलाई ‘यूहन्ना को रहेछन्’ भनी बुझ्न पठाए।
|
जन ४:२० |
हाम्रा सामरी पुर्खाहरूले त यस डाँडामा परमेश्वरको पूजा गर्थे। तर तपाईं यहूदीहरूचाहिँ परमेश्वरको पूजा गर्ने ठाउँ यरूशलेम नै हो भनेर भन्नुहुन्छ।”
|
जन ४:२१ |
येशूले तिनलाई भन्नुभयो, “मलाई विश्वास गर, त्यो बेला आउँदै छ, जब मानिसहरू परमेश्वर पिताको पूजा गर्न नता यस डाँडामा नता यरूशलेममा जानेछन्।
|
जन ४:२३ |
तर समय आउँदै छ र अहिले नै आइसकेको छ, साँचो पूजा गर्नेहरूले पितालाई सत्य र आत्माले पुज्नेछन्। यसरी पुज्ने मानिसहरूलाई परमेश्वर पिताले चाहनुहुन्छ।
|
जन ७:३२ |
फरिसीहरूले येशूको बारेमा भीडमा रहेका मानिसहरूले यस्ता कुरा खस्याकखुसुक गरेका सुने। यसकारण ती फरिसी र मुख्य पूजाहारीहरूले मिलेर येशूलाई पक्रन मन्दिरको रक्षा गर्ने सिपाहीहरूलाई पठाए।
|
जन ७:४५ |
येशूलाई पक्रन पठाएका मन्दिरका सिपाहीहरू त्यसै फर्के। फरिसी र मुख्य पूजाहारीहरूले तिनीहरूलाई सोधे, “खै, तिमीहरूले येशूलाई किन पक्रेर ल्याएनौ?”
|
जन ११:४७ |
त्यति बेला मुख्य पूजाहारी र फरिसीहरूले यहूदी महासभा बोलाएर सल्लाह गर्दै भने, “अब हामीले के गरौं? त्यो मानिसले त धेरै अचम्मका कामहरू गर्दै छ।
|
जन ११:४९ |
तिनीहरूमध्ये एक जना कैयाफा नाउँ गरेका मानिस थिए। उनी नै त्यस वर्षका प्रधान पूजाहारी थिए। उनले भने, “तिमीहरू बुझ्दैबुझ्दैनौ।
|
जन ११:५१ |
यो कुरा उनले आफ्नै तर्फबाट भनेका थिएनन्, तर उनी त्यस वर्षको प्रधान पूजाहारी भएको हुनाले येशू यहूदी जातिका लागि मर्नुहुनेछ भन्ने कुरा उनले भविष्यवाणी गरेका थिए।
|
जन ११:५७ |
मुख्य पूजाहारी र फरिसीहरूले येशूलाई पक्रिन चाहन्थे। त्यसकारण तिनीहरूले ‘येशू कहाँ हुनुहुन्थ्यो भनी थाहा पाउनेहरूलाई खबर ल्याउनू’ भनेर अह्राएका थिए।
|
जन १२:१० |
यसो हुँदा मुख्य पूजाहारीहरूले लाजरसलाई पनि मार्ने निधो गरे
|
जन १२:२० |
ग्रीस देशका केही मानिसहरू चाडको बेलामा पूजा गर्न यरूशलेममा आएका थिए।
|
जन १८:३ |
त्यति बेला केही सिपाहीहरू, फरिसीहरू र मुख्य पूजाहारीहरूले पठाएका मन्दिरका पहरेदारहरूलाई लिएर यहूदा त्यस बगैँचाभित्र पस्यो। तिनीहरूले हातहतियार, बत्ती र राँकाहरू बोकेका थिए।
|
जन १८:१० |
त्यतिकैमा सिमोन पत्रुसले चाहिँ आफ्नो तरवार थुतेर माल्खस नाउँ भएको प्रधान पूजाहारीको नोकरको दाहिने कान च्वाट्टै काटिदिए।
|
जन १८:१३ |
त्यसपछि तिनीहरूले येशूलाई पहिले हन्नासकहाँ लगे। हन्नासचाहिँ त्यस वर्षका प्रधान पूजाहारी कैयाफाका ससुरा थिए।
|
जन १८:१५ |
सिमोन पत्रुस र अर्का एक जना चेला येशूको पछि-पछि लागे। त्यो अर्को चेलाको प्रधान पूजाहारीसँग राम्रो चिनाजानी थियो। त्यसैले उनी येशूसँगै प्रधान पूजाहारीको आँगनमा पसे।
|
जन १८:१९ |
प्रधान पूजाहारीले येशूलाई उहाँका शिक्षा र चेलाहरूका बारेमा सोधे।
|
जन १८:२२ |
येशूले जवाफ दिनुहुँदा एउटा पालेले येशूलाई थप्पड लगाउँदै भन्यो, “तँ प्रधान पूजाहारीको अगाडि पनि यसरी मुख-मुखै लाग्छस्?”
|
जन १८:२४ |
त्यसपछि हन्नासले येशूलाई बाँधेकै अवस्थामा प्रधान पूजाहारी कैयाफाकहाँ पठाइदिए।
|
जन १८:२६ |
आगो ताप्नेहरूमध्ये पत्रुसले कान काटिदिएका मानिसको एक जना नातेदार पनि त्यहाँ थियो। ऊ पनि प्रधान पूजाहारीको नोकर थियो। उसले भन्यो, “मैले तिमीलाई त्यस मानिससँग बगैँचामा देखेको, होइन र?”
|
जन १८:३५ |
पिलातसले भने, “के तिमी मलाई यहूदी सम्झन्छौ? तिम्रा आफ्नै जाति र मुख्य पूजाहारीहरूले तिमीलाई मकहाँ सुम्पिदिएका हुन्। तिमीले के अपराध गरेका छौ?”
|
जन १९:६ |
मुख्य पूजाहारी र सिपाहीहरूले येशूलाई देख्नेबित्तिकै चिच्याएर भने, “त्यसलाई झुण्ड्याउनुहोस्, त्यसलाई क्रूसमा झुण्ड्याउनुहोस्!” पिलातसले तिनीहरूलाई भने, “उसोभए तिमीहरूले नै उनलाई लगेर क्रूसमा झुण्ड्याओ। मैले त उनमा दण्ड दिनुपर्ने कुनै दोष नै भेट्टाइनँ।”
|
जन १९:१५ |
“त्यसलाई मार्नैपर्छ! त्यसलाई मार्नैपर्छ! त्यसलाई क्रूसमा झुण्ड्याउनुपर्छ!” भनेर तिनीहरू सबै कराउन थाले। पिलातसले तिनीहरूलाई सोधे, “के म साँच्चै तिमीहरूका राजालाई क्रूसमा झुण्ड्याऊँ?” मुख्य पूजाहारीहरूले जवाफ दिए, “रोमी महाराजाबाहेक हाम्रो अर्को कुनै राजा छैन।”
|
जन १९:२१ |
यहूदीहरूका मुख्य पूजाहारीहरूले पिलातसलाई भने, “यसरी यहूदीको राजा भन्ने नलेखिदिनुहोस्, तर ‘त्यसले म यहूदीहरूका राजा हुँ भनेको थियो’ भनेर लेखिदिनुहोस्।”
|
प्रेरित ४:१ |
पत्रुस र यूहन्ना मानिसहरूसँग यसरी कुरा गर्दागर्दै पूजाहारी र सदुकीहरू अनि मन्दिरका सिपाहीहरूका कप्तान आए।
|
प्रेरित ४:५ |
भोलिपल्ट मुख्य पूजाहारीहरू, धर्म-गुरुहरू र अरू अगुवाहरू यरूशलेममा भेला भए।
|
प्रेरित ४:६ |
यस सभामा हन्नास भन्ने प्रधान पूजाहारी र उनका नाता पर्ने कैयाफा, यूहन्ना, अलेक्जेन्डर र हन्नासका घरानाका अरू मानिसहरू पनि थिए।
|
प्रेरित ४:२३ |
त्यहाँबाट छुट्नासाथ पत्रुस र यूहन्ना आफ्ना साथीहरूकहाँ फर्के। उनीहरूले मुख्य पूजाहारी र अरू अगुवाहरूले भनेका कुरा आफ्ना साथीहरूलाई सुनाए।
|
प्रेरित ५:१७ |
प्रधान पूजाहारी र उनका सदुकी साथीहरूले प्रेरितहरूको ज्यादै डाह गर्न लागे।
|
प्रेरित ५:२१ |
उनले भनेको मानेर तिनीहरू बिहानै मन्दिरमा गएर मानिसहरूलाई सिकाउन लागे। प्रधान पूजाहारी र तिनका साथीहरूले इस्राएलीहरूका सबै अगुवाहरूलाई महासभामा बोलाए। त्यसपछि तिनीहरूले कैदीहरूलाई ल्याउन आज्ञा दिए।
|
प्रेरित ५:२४ |
यो सुनेर मन्दिरका सिपाहीहरूको कप्तान र मुख्य पूजाहारीहरू छक्क परे। तिनीहरूले के हुँदै छ भनेर सोच्नै सकेनन्।
|
प्रेरित ५:२७ |
तिनीहरूले प्रेरितहरूलाई महासभाको सामने उभ्याए। प्रधान पूजाहारीले तिनीहरूलाई सोधे,
|
प्रेरित ६:७ |
यसरी परमेश्वरको शिक्षा फैलिंदै गयो। प्रभु येशूका चेलाहरूको सङ्ख्या यरूशलेममा झन्-झन् बढ्दै गयो र धेरै पूजाहारीहरूले पनि प्रभु येशूमा विश्वास गरे।
|
प्रेरित ७:१ |
प्रधान पूजाहारीले स्तिफनसलाई सोधे, “के तिमीलाई दोष लाएको कुरा साँचो हो?”
|
प्रेरित ९:१ |
त्यति बेलासम्म पनि शाऊल प्रभु येशूका चेलाहरूलाई मार्ने धम्की दिँदै हिँडिरहेका थिए। तिनले प्रधान पूजाहारीकहाँ गएर
|
प्रेरित ९:१४ |
तपाईंको नाउँ लिनेहरूलाई पक्रने अधिकार मुख्य पूजाहारीहरूबाट पाएर तिनी यहाँ आएका छन्।”
|
प्रेरित ९:२१ |
तिनको कुरा सुन्नेहरू सबै छक्क परेर भन्न लागे, “के यरूशलेममा येशूको नाउँ लिने जतिलाई खतम गर्न खोज्ने मानिस यही नै होइन र? यहाँ पनि येशूको चेलाहरूलाई पक्रेर मुख्य पूजाहारीहरूकहाँ लैजान ऊ आएको होइन र?”
|
प्रेरित १४:१३ |
जिउस देवताको मन्दिरचाहिँ त्यस सहरको छेउमा नै थियो। त्यो मन्दिरको पूजाहारी फूल-माला र बहरहरू लिएर सहरको ढोकामा आए। तिनीहरूले बारनाबास र पावलका सामु बहरहरू बलि चढाउन ठीक परे।
|
प्रेरित १७:१६ |
पावल एथेन्स सहरमा सिलास र तिमोथीलाई पर्खिरहेको बेला त्यो सहर मूर्तिपूजाले भरिएको देखेर उनलाई साह्रै दु:ख लाग्यो।
|
प्रेरित १७:२३ |
यस सहरमा घुम्दा मैले हजुरहरूको पूजा गर्ने ठाउँहरू पनि हेरें। एक ठाउँको बलि चढाउने वेदीमा ‘नचिनेको ईश्वरलाई’ भनी लेखिएको रहेछ। तपाईंहरूले नचिनीकनै पूजा गर्नुभएको उही परमेश्वरलाई म अहिले प्रचार गर्दै छु।
|
प्रेरित १९:१४ |
एक जना स्केवास नाउँ भएको यहूदी मुख्य पूजाहारीका सात जना छोराहरूले पनि यस्तो काम गर्थे।
|
प्रेरित १९:२७ |
यसरी हाम्रो कामको मात्र होइन, तर महान् देवी आर्तेमिसको मन्दिरको पनि हेला हुनेछ अनि एशिया र संसारभरिका मानिसले मान्दैआएको महान् देवी आर्तेमिसको पूजा पनि बन्द हुनेछ।”
|
प्रेरित २१:२६ |
भोलिपल्ट पावल ती चार जना मानिसहरूलाई लिएर शुद्ध हुने उपवास मान्न मन्दिरमा गए। उनले तिनीहरूसँगै शुद्ध हुने उपवास पनि मनाए। त्यसपछि पावल शुद्ध हुने उपवासको भाकल पूरा गरेर बलि चढाउने दिन कहिले हो भनी पूजाहारीलाई थाहा दिन मन्दिरभित्र पसे।
|
प्रेरित २१:२८ |
चिच्च्याउँदै भन्न लागे, “आओ, आओ, इस्राएली दाजुभाइहरू हो, मद्दत गर। यही मानिस हो, जताततै गएर हामी इस्राएलीहरूको विरोधमा बोल्ने! मोशाको व्यवस्था नमान्नू अनि मन्दिरमा पूजा पनि नगर्नू भनी सिकाउने यही हो। अझै त्यसमाथि यसले अरू जातिका मानिसहरूलाई मन्दिरमा पसाएर यस पवित्र ठाउँलाई पनि अपवित्र पारिदिएको छ।”
|
प्रेरित २२:५ |
यी मैले भनेका कुरा साँचो हुन् भनेर प्रधान पूजाहारी र हाम्रो महासभाका सदस्यहरूले पनि भन्न सक्नुहुन्छ। उहाँहरूले नै मलाई दमस्कसमा हुने यहूदी दाजुभाइहरूको नाउँमा पत्र दिनुभयो र त्यस पत्रमा मलाई प्रभु येशूमा विश्वास गर्ने जनहरूलाई पक्रिने अधिकार मिलेको थियो। यसैकारण तिनीहरूलाई यरूशलेममा ल्याएर सजाय दिने उद्देश्यले म दमस्कस गएँ।
|
प्रेरित २२:३० |
यहूदीहरूले पावललाई किन दोष लगाएका हुन्, त्यो कुरा सेनापति बुझ्न चाहन्थे। त्यसो हुँदा भोलिपल्ट उनले मुख्य पूजाहारी र महासभाका सबै सदस्यहरूलाई बोलाएर सभा गर्ने आज्ञा दिए र पावललाई लगेर सबैका अगाडि उभ्याए।
|
प्रेरित २३:२ |
पावलले यो कुरा भनेको सुनेर प्रधान पूजाहारी हननियाले नजिकै उभिएका मानिसहरूलाई पावलको मुखमा हिर्काउने आज्ञा दिए।
|
प्रेरित २३:४ |
पावलका नजिकै हुनेहरूले भने, “के तिमी परमेश्वरले ठहराउनुभएका प्रधान पूजाहारीलाई पनि गाली दिन्छौ?”
|
प्रेरित २३:५ |
पावलले भने, “दाजुभाइहरू हो, उहाँ नै प्रधान पूजाहारी हुनुहुन्छ भन्ने कुरा मलाई थाहा थिएन। आफ्ना मानिसहरूमाथि अधिकार गर्ने प्रधानको विरोधमा नराम्रो कुरा बोल्नुहुँदैन भन्ने धर्मशास्त्रमा लेखिएको त्यो कुरा म जान्दछु।”
|
प्रेरित २३:१४ |
त्यसपछि तिनीहरूले मुख्य पूजाहारी र अरू धर्म-गुरुहरूकहाँ गएर भने, “हामीले पावललाई नमारेसम्म केही पनि खाँदैनौं भनेर निश्चय नै मार्ने शपथ खाएका छौं।
|
प्रेरित २४:१ |
पाँच दिनपछि प्रधान पूजाहारी हननिया र केही धर्म-गुरुहरूसमेत तर्तुल्लस भन्ने वकिल लिएर कैसरियामा आइपुगे। तिनीहरू सबैले बडा-हाकिमकहाँ पावलको विरोधमा उजुर गरे।
|
प्रेरित २५:२ |
त्यहाँ हुँदाखेरि मुख्य पूजाहारी र यहूदी नेताहरूले उनलाई पावलको विरोधमा आफ्ना कुरा सुनाए
|
प्रेरित २५:१५ |
म यरूशलेम गएको बेलामा यहूदीहरूका मुख्य पूजाहारी र अरू अगुवाहरूले उसको विरोधमा दोष लगाएका थिए र उसलाई दण्ड दिनुपर्छ भने।
|
प्रेरित २६:७ |
हे राजा अग्रिपास, त्यही प्रतिज्ञा पाउने आशामा हाम्रा बाह्र कुलहरूले पनि दिनरात एक चित्तले परमेश्वरलाई पूजा र भक्ति चढाइरहेका हुन्। मैले पनि त्यही आशा राखेकोले यहूदीहरूले मलाई दोष लगाएका हुन्।
|
प्रेरित २६:१० |
यरूशलेममा त्यस्तै विरोध गरें। मैले मुख्य पूजाहारीहरूबाट अधिकार पाएर प्रभु येशूमा विश्वास गर्ने धेरै पवित्र जनहरूलाई थुनाएँ र उनीहरूलाई मार्ने काममा समेत सहायता गरें।
|
प्रेरित २६:१२ |
“यसरी एक दिन मुख्य पूजाहारीहरूको अधिकार र आज्ञा पाएर म दमस्कस सहरतिर जाँदै थिएँ।
|
रोमी १:२३ |
तिनीहरूले परमेश्वरलाई आदर गर्नुपर्नेमा नाश हुने मानिस, पशु, चरा-चुरुङ्गी र घस्रिने जन्तुहरूका मूर्तिलाई पूजा गरे।
|
रोमी १:२५ |
तिनीहरूले परमेश्वरको सत्यलाई झूटसँग साटे। सृष्टि गर्नुहुने र सधैँ आदर पाइरहनुपर्ने परमेश्वरलाई होइन तर उहाँले बनाउनुभएको चीजलाई तिनीहरूले पूजा र सेवा गरे।
|
रोमी २:२२ |
आफ्नो जहानबाहेक अरू स्त्री वा पुरूषसँग नराम्रो सम्बन्ध गर्नुहुँदैन भन्नेले के आफैं झन् त्यस्तो नराम्रो सम्बन्ध गर्ने? मूर्तिपूजालाई घृणा गर्नेले के मूर्तिपूजाबाट नै धन कमाउने?
|
रोमी १६:१८ |
किनभने यसो गर्ने मानिसहरूले ख्रीष्टको होइन तर आफ्नै पेटको पूजा गर्छन्। मीठामीठा शब्दहरू र चिप्ला कुराहरूले सीधा मानिसहरूलाई ठग्छन्।
|
१ कोरिन्थी १०:७ |
र तिनीहरू कतिले मूर्तिपूजा गरेझैँ तिमीहरूले गर्नुहुँदैन। धर्मशास्त्रमा लेखिएको छ, “मानिसहरू भोजमा खानपिन गर्न बसे र मोज-मज्जा गर्न लागे,”
|
१ कोरिन्थी १०:१४ |
त्यसैकारण प्यारा दाजुभाइहरू, मूर्तिपूजालाई त्याग।
|
एफिसी ५:५ |
तिमीहरूलाई थाहा हुनैपर्छ व्यभिचार गर्ने अशुद्ध र लोभीले परमेश्वर र ख्रीष्टको राज्यमा हकै पाउनेछैन। लोभ गर्नुचाहिँ मूर्तिपूजा गर्नुजस्तै पाप हो।
|
कलस्सी २:१८ |
हामीले दर्शन पाएका छौं भन्दै झूटो नम्रता देखाएर स्वर्गदूतलाई पूजा गरी आफैंलाई ठूला ठान्नेहरू छन्। तिनीहरूले तिमीहरूलाई यस्ता छली कुराले झुक्याएर तिमीहरूले पाउनुपर्ने इनाम गुमाउन नदेओ। यस्ता मानिसहरू कारणैबिना शारीरिक स्वभावको ज्ञानले फुलिएर बस्छन्।
|
१ थिस्सलोनिकी १:९ |
हामी तिमीहरूकहाँ आउँदा तिमीहरूले कसरी हाम्रो स्वागत गर्यौ अनि मूर्तिपूजालाई छोडेर जिँउदो साँचो परमेश्वरकहाँ आयौ, उहाँकै भक्त भयौ। यो कुरा ती सबै मानिसहरू आफैंले भनेका छन्।
|
२ थिस्सलोनिकी २:४ |
त्यस व्यवस्था भङ्ग गर्ने मानिसले आफैं ठूलो भएर मानिसहरूले परमेश्वर ठानेका सबै कुराहरूलाई र पूजा गर्ने गरेका सबै थोकको विरोध गर्नेछ। त्यसले त परमेश्वरको मन्दिरमा बसेर आफैंलाई परमेश्वर हुँ भन्नेछ।
|
हिब्रू २:१७ |
त्यसैले सबै कुरामा उहाँ आफ्नै दाजुभाइहरूजस्तो बन्नुपर्यो। यसरी नै परमेश्वरको सेवामा मानिसको पापको क्षमा माग्न भरपर्दो र दयालु प्रधान पूजाहारी बन्नुभयो।
|
हिब्रू ३:१ |
त्यसैकारण परमेश्वरले बोलाउनुभएका पवित्र दाजुभाइहरू हो, राजदूत र प्रधान पूजाहारी भनेर हामीले मानेका येशूमा मन लगाओ।
|
हिब्रू ४:१४ |
यसकारण हामीले मान्दैआएको विश्वासमा अझ दरिलो भएर बसौं किनभने स्वर्गमा जानुभएका परमेश्वरका पुत्र येशू नै हाम्रा महान् प्रधान पूजाहारी हुनुहुन्छ।
|
हिब्रू ४:१५ |
हाम्रा प्रधान पूजाहारी हाम्रो कमजोरीलाई बुझिदिन नसक्ने पूजाहारी हुनुहुन्न। हाम्रा पूजाहारी पापले फसाउने सबै कुरामा हामीजस्तै जाँचिनुभयो, तर पाप गर्नुभएन।
|
हिब्रू ५:१ |
कुनै पनि प्रधान पूजाहारी मानिसहरूबाटै छानिन्छन्, मानिसका तर्फबाट परमेश्वरकहाँ पापबलि र अरू थोक चढाउन खटिएका हुन्छन्।
|
हिब्रू ५:४ |
कोही पनि आफैं प्रधान पूजाहारी हुने मान खोज्दैन, तर परमेश्वरले खटाएर मात्र हुन्छ। हारूनलाई परमेश्वरले नै प्रधान पूजाहारी खटाउनुभएको थियो।
|
हिब्रू ५:५ |
यसरी नै ख्रीष्टले पनि प्रधान पूजाहारी हुने मान आफैंले लिनुभएन। तर परमेश्वरले भन्नुभयो, “तिमी मेरा पुत्र हौ, आज म तिम्रा पिता भएको छु।”
|
हिब्रू ५:६ |
अनि अर्को ठाउँमा परमेश्वर भन्नुहुन्छ, “तिमी मल्कीसेदेकजस्तै सधैँभरि रहिरहने पूजाहारी हौ।”
|
हिब्रू ५:१० |
अनि परमेश्वरले नै उहाँलाई मल्कीसेदेकको जस्तै प्रधान पूजाहारीको दर्जा दिनुभयो।
|
हिब्रू ६:२० |
हाम्रो लागि येशू हामीभन्दा अघि नै त्यस ठाउँमा गएर बसिसक्नुभएको छ। मल्कीसेदेक पूजाहारीजस्तै उहाँ सधैँको लागि प्रधान पूजाहारी हुनुभएको छ।
|
हिब्रू ७:१ |
मल्कीसेदेकचाहिँ शालेमका राजा र सर्वोच्च परमेश्वरका पूजाहारी थिए। अब्राहामले चार जना राजाहरूलाई लडाइँमा हराएर फर्कंदैगर्दा मल्कीसेदेकले उनलाई भेटेर आशीर्वाद दिए।
|
हिब्रू ७:३ |
मल्कीसेदेकका बुबा, आमा र पिता-पुर्खा कसैको बारेमा केही जानकारी छैन। उनको जन्म र मरणको बारेमा पनि केही जानकारी छैन। परमेश्वरका पुत्रजस्तै उनी सदाकालका पूजाहारी हुन्।
|
हिब्रू ७:५ |
लेवीको सन्तानका पूजाहारीहरू आफ्ना दाजुभाइ इस्राएलीबाट कमाइको दशांश उठाउँछन्। यो त तिनीहरूलाई व्यवस्थाले अह्राएको हो। लेवीका सन्तान र इस्राएली सबै अब्राहामकै सन्तान हुन्।
|
हिब्रू ७:६ |
पूजाहारी मल्कीसेदेक त लेवीका सन्तान होइनन्। तर पनि उनले त पूजाहारीहरूका पुर्खा अब्राहामबाट दशांश लिए अनि तिनले परमेश्वरको प्रतिज्ञा पाउने अब्राहामलाई आशीर्वाद दिए।
|
हिब्रू ७:८ |
मरेर जाने पूजाहारीले इस्राएलीहरूमा कमाइको दशांश उठाउने गर्दछन्। तर धर्मशास्त्रले भन्दछ कि सधैँ बाँचिरहने मल्कीसेदेकले दशांश उठाए।
|
हिब्रू ७:११ |
लेवीका सन्तानले पूजाहारीको पद पाएका थिए। यसैकारण इस्राएलीहरूले व्यवस्था पाएका थिए। अब लेवी पूजाहारीको सेवाले सबै कुरा सिद्ध हुने भए हारूनको सन्तानजस्तो नभएर मल्कीसेदेकजस्तो अर्को पूजाहारीको खाँचो पर्ने थिएन।
|
हिब्रू ७:१२ |
कारण पूजाहारी पद फेरियो भने व्यवस्था पनि फेरिनुपर्छ।
|
हिब्रू ७:१३ |
हाम्रा प्रभु, जसका विषयमा यी कुराहरू भनिएका छन्, उहाँ त भिन्नै कुलका हुनुहुन्छ। उहाँको कुलमा कसैले पनि पूजाहारी भएर काम गरेका थिएनन्।
|
हिब्रू ७:१४ |
सबैलाई थाहै छ, हाम्रा प्रभु त यहूदाको कुलमा जन्मनुभएको हो। यहूदाको कुलबाट पूजाहारी छानिने बारेमा मोशाले केही पनि भनेका थिएनन्।
|
हिब्रू ७:१५ |
अब यो कुरो झन् सफा हुन्छ कि मल्कीसेदेकजस्तै अर्का पूजाहारी आइसकेका छन्।
|
हिब्रू ७:१६ |
उहाँ मानिसहरूलाई दिएको आज्ञा र नियमबाट पूजाहारी हुनुभएको होइन, तर कहिल्यै नाश नहुने जीवनको शक्तिले बनाइनुभएको पूजाहारी हुनुहुन्छ।
|
हिब्रू ७:१७ |
धर्मशास्त्रले नै यसरी भनेको छ, “मल्कीसेदेकजस्तै तपाईं सधैँका लागि पूजाहारी हुनुहुन्छ।”
|
हिब्रू ७:२० |
अरूलाई चाहिँ परमेश्वरले शपथ खाएर पूजाहारी बनाउनुभएको थिएन, तर उहाँलाई शपथ खाएर पूजाहारी बनाउनुभएको हो।
|
हिब्रू ७:२१ |
तर येशूलाई भने उहाँले शपथ खाएरै पूजाहारी बनाउनुभयो, जसरी धर्मशास्त्रमा लेखिएको छ, “परमप्रभुले शपथ खाएर भन्नुभएको छ र उहाँले आफ्नो मन बदल्नुहुन्न। तिमी सधैँको लागि पूजाहारी हुनेछौ।”
|
हिब्रू ७:२३ |
अर्को भिन्नता के थियो भने ती अरू पूजाहारीहरूको सङ्ख्या धेरै भएको थियो, कारण तिनीहरू मरेर जानुपरेकोले आफ्नो सेवा सधैँभरि गर्न सकेनन्।
|
हिब्रू ७:२४ |
तर येशू भने सधैँ बाँचिरहनुहुन्छ, उहाँ सधैँभरिका लागि पूजाहारी हुनुहुन्छ।
|
हिब्रू ७:२६ |
हामीलाई चाहिएको प्रधान पूजाहारी पनि यस्तै नै हो। उहाँ पवित्र, निर्दोष, शुद्ध हुनुहुन्छ र परमेश्वरले उहाँलाई पापी मानिसहरूबाट छुटाएर सबैभन्दा माथि स्वर्गमा बसाल्नुभयो।
|
हिब्रू ७:२७ |
अरू प्रधान पूजाहारीहरूले गरेजस्तै उहाँले आफ्नो र अरूको पापलाई मेट्न दिनदिनै बलि चढाइरहनुपर्दैन किनभने उहाँले सधैँभरि पुग्ने गरी एकै चोटि आफैंलाई बलि चढाउनुभयो।
|
हिब्रू ७:२८ |
व्यवस्थाले कमजोर मानिसलाई प्रधान पूजाहारीहरू हुन नियुक्त गर्यो, तर व्यवस्थाभन्दा पछि परमेश्वरले शपथ खाएर दिनुभएको प्रतिज्ञाले सधैँको लागि सिद्ध बनाइनुभएको पुत्रलाई नियुक्त गरेको छ।
|
हिब्रू ८:१ |
हामीले भनेका मुख्य कुरा पनि यिनै हुन्, हाम्रा यस्ता प्रधान पूजाहारी हुनुहुन्छ, जो स्वर्गमा परमेश्वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ।
|
हिब्रू ८:२ |
उहाँले महापवित्र स्थानमा प्रधान पूजाहारी भएर सेवा गर्नुहुन्छ। यो महापवित्र स्थानचाहिँ मानिसले होइन तर परमेश्वरले टाँग्नुभएको साँचो पाल हो।
|
हिब्रू ८:३ |
सबै प्रधान पूजाहारीहरू परमेश्वरलाई दिएको भेटी र पशुबलि चढाउन खटिएका हुन्छन्। यसकारण हाम्रो प्रधान पूजाहारीले पनि केही कुरा त चढाउनैपर्यो।
|
हिब्रू ८:४ |
उहाँ यस पृथ्वीमा नै हुनुभएको भए पूजाहारी बन्नुहुने थिएन किनभने व्यवस्थाले भनेझैँ भेटी चढाउने पूजाहारीहरू त यहाँ अघिदेखि नै छँदैछन्।
|
हिब्रू ८:६ |
येशूलाई दिइएको पूजाहारीको काम ती अरू प्रधान पूजाहारीको कामभन्दा अझ ठूलो छ। त्यसरी नै परमेश्वर र उहाँका मानिसहरूबीच येशूले बाँध्नुभएको नयाँ करार पनि पहिले गरिएको पुरानो करारभन्दा ठूलो हो कारण यो करारमा अझ राम्रा कुराहरूको प्रतिज्ञा छ।
|
हिब्रू ९:६ |
यसरी सबै कुरा मिलाइएका थिए। बाहिरपट्टिको पवित्र स्थानमा चाहिँ पूजाहारीहरू दिनदिनै पूजा गर्न जाने गर्छन्।
|
हिब्रू ९:७ |
भित्रपट्टिको महापवित्र स्थानमा चाहिँ प्रधान पूजाहारी मात्र जान पाउँछन्, त्यो पनि वर्षमा एक पटक मात्र। उनले रगत नलिईकन त्यो महापवित्र स्थानमा पस्न पाउँदैनन्। उनले त्यो रगत आफूले गरेको पापको लागि र मानिसहरूले नजानी गरेका पापको लागि चढाउने गर्छन्।
|
हिब्रू ९:११ |
तर ख्रीष्ट त यहाँ भएका सबै असल कुराहरूका प्रधान पूजाहारी भएर आइसक्नुभएको छ। उहाँ झन् ठूलो र सिद्ध मन्दिरमा पूजाहारी हुनुहुन्छ। यो मानिसले बनाएको मन्दिर होइन र सृष्टि गरिएको यस संसारको कुरो पनि होइन।
|
हिब्रू ९:२१ |
यसरी नै मोशाले मन्दिर र पूजाका सबै सामानहरूमाथि रगत छर्के।
|
हिब्रू ९:२५ |
इस्राएलीहरूका प्रधान पूजाहारी त आफ्नो होइन तर पशु बलिको रगत लिएर वर्षेनी महापवित्र स्थानभित्र पस्छन्। तर ख्रीष्ट त घरीघरी आफैं बलिदान हुन जानुभएन।
|
हिब्रू १०:११ |
सबै इस्राएली पूजाहारीहरूले बारम्बार उभिएर परमेश्वरकहाँ बलि चढाउने काम गर्छन् अनि घरीघरी एकै किसिमको बलि चढाउने गर्छन्। तर यस्ता बलिदानहरूले कहिल्यै पाप मेटाउन सक्दैनन्।
|
हिब्रू १०:२१ |
परमेश्वरको घरमा अधिकारसम्पन्न अब हाम्रो एक जना ठूला पूजाहारी हुनुहुन्छ।
|
हिब्रू १३:१० |
हाम्रो एउटा वेदी छ, जसमा चढाएको बलिहरूबाट पवित्र पालमा काम गर्ने पूजाहारीहरूले खानुहुँदैनथ्यो।
|
हिब्रू १३:११ |
इस्राएली प्रधान पूजाहारीले भित्र महापवित्र स्थानमा पापको लागि बलि चढाउने पशुको रगत लिएर आउँछन्। तर पशुको शरीरचाहिँ छाउनीबाहिर लगेर आगोमा डढाउँछन्।
|
१ पत्रुस २:५ |
तिमीहरू पनि जिउँदा ढुङ्गाहरू भएर आओ र आत्मिक मन्दिर बनाउन आफैंलाई सुम्पिदेओ। त्यहाँ तिमीहरू येशू ख्रीष्टको नाताले गर्दा परमेश्वरलाई मनपर्दो आत्मिक बलिदान चढाउने पवित्र पूजाहारीको काम गर्नेछौ।
|
१ पत्रुस २:९ |
तर तिमीहरू त छानिएका जन, राजकीय पूजाहारी, पवित्र जाति, तिमीहरूलाई अन्धकारबाट अचम्मको उज्यालोमा ल्याउनुहुने परमेश्वरका आफ्नै प्रजा हौ। उहाँले तिमीहरूलाई उहाँको उदेकका कामहरू प्रचार गर्न छान्नुभएको हो।
|
१ पत्रुस ४:३ |
बितेको समयमा तिमीहरू परमेश्वरलाई नचिनेका मानिसहरूले मन पराउने चालचलनमा चल्ने गर्थ्यौ। तिमीहरू छाडा थियौ, शरीरको अभिलाषामा लागेका थियौ, मतवाला थियौ, मोज-मज्जा गर्थ्यौ, दाखमद्यको भोज लगाउँथ्यौ र घिनलाग्दा मूर्तिपूजा गर्थ्यौ।
|
Nepali Bible 2008 |
नेपाल बाइबल सोसाइटी 2008 |