१ |
यसपछि स्वर्गमा मानिसहरूको ठूलो घुइँचोको आवाज जस्तो यसो भनेको मैले सुनें, “परमेश्वरको प्रशंसा होस्! उद्धार, सम्मान् र अधिकार परमेश्वरकै हुन्! |
२ |
उहाँका न्याय ठीक-ठीक र सत्य छन्। आफ्ना व्यभिचारले सारा पृथ्वीलाई बिगार्ने त्यो वेश्यालाई उहाँले ठीक सजाय दिनुभएको छ। उहाँले आफ्ना सेवकहरूको रगतको बदला त्यसैमाथि लिनुभएको छ।” |
३ |
फेरि एक पटक उनीहरूले यसो भनेर कराए, “परमेश्वरलाई प्रशंसा होस्, त्यो ठूलो सहरलाई ध्वंश गर्ने आगोको धुवाँ सधैँ उभोतिर गइरहनेछ।” |
४ |
तब ती चौबीस धर्म-गुरु र ती चार जीवित प्राणीहरूले सिंहासनमा विराजमान् हुनुभएका परमेश्वरलाई दण्डवत् गरे अनि यसो भनेर उहाँको जयजयकार गरे, “आमेन। परमेश्वरको प्रशंसा होस्।” |
५ |
सिंहासनबाट एउटा ठूलो सोरमा यसो भनेको सुनियो, “परमेश्वरका सेवक हो, उहाँलाई मान्नेहरू, साना-ठूला सबैले उहाँको जयजयकार गर।” |
६ |
यसपछि मानिसको ठूलो घुइँचोको सोर वा पानीको छाँगाको आवाज जस्तो र बादलमा गड्याङ-गुडुङको गर्जनजस्तो आवाजले यसो भनेको मैले सुनें: “परमेश्वरको प्रशंसा होस्! हाम्रा प्रभु सर्वशक्तिमान् परमेश्वर महाराजा हुनुहुन्छ। |
७ |
हामी रमाऔं र खुसी मनाऔं! उहाँको जयजयकार गरौं! किनभने थुमाको विवाहको दिन आइसक्यो र उहाँकी दुलही तयार भइसकेकी छिन्! |
८ |
लगाउनका लागि तिनलाई सफा चम्कने वस्त्र दिइएको छ।” सफा वस्त्रचाहिँ परमेश्वरका भक्तहरूका असल काम हुन्। |
९ |
यसपछि स्वर्गदूतले मलाई यसो भनेर अह्राए, “यो कुरा लेख: थुमाको विवाहको भोजमा बोलाइएका सबै धन्य हुन्।” तब स्वर्गदूतले फेरि भने, “यी कुरा परमेश्वरले भन्नुभएका साँचा वचन हुन्।” |
१० |
तब ती स्वर्गदूतलाई आदर गर्न म उनको अघि झुकें, तर उनले मलाई भने, “यसो नगर।” मचाहिँ तिमी, तिम्रा भाइहरूसित र येशूको साँचो वचन मान्ने सबैसित काम गर्ने परमेश्वरको सेवक मात्र हुँ। परमेश्वरलाई मात्र पुज।” किनभने प्रभु येशू ख्रीष्टले प्रकट गर्नुभएको सत्यले नै अगमवक्तालाई प्रेरणा दिन्छ। |
११ |
अनि मैले स्वर्ग खोलिएको देखें र एउटा सेतो घोडा देखें। त्यो घोडामाथि सवारी हुनेको नाउँ ‘विश्वासिलो र सत्य’ रहेछ। उहाँले ठीकसित न्याय गर्नुहुन्छ र लडाइँ गर्नुहुन्छ। |
१२ |
उहाँका आँखा आगोको ज्वालाजस्ता रहेछन् र उहाँका टाउकोमा धेरै मुकुट थिए। उहाँको एउटा नाउँ लेखिएको थियो तर त्यो नाउँ उहाँलाई मात्र थाहा छ। |
१३ |
उहाँले लाउनुभएको लुगा रगतले भरिएको थियो। उहाँको नाउँचाहिँ “परमेश्वरको वचन” हो। |
१४ |
सेता घोडामा चढेका र सफा सेता लुगा लाएका स्वर्गका सेनाहरू उहाँका पछि-पछि लागे। |
१५ |
उहाँको मुखबाट एउटा धारिलो तरवार निस्केको थियो। त्यो तरवार लिएर उहाँले जाति-जातिलाई जित्नुहुनेछ। उहाँले उनीहरूमाथि कडा शासन गर्नुहुनेछ र कोलमा दाख कुल्ची रस निकालेझैँ उहाँले सर्वशक्तिमान् परमेश्वरको क्रोधको कोलमा तिनीहरूलाई कुल्चनुहुनेछ। |
१६ |
उहाँको लुगा र उहाँको तिघ्रामा “राजाहरूका राजा र प्रभुहरूका प्रभु” भन्ने नाउँ लेखिएको थियो। |
१७ |
यसपछि मैले घाममाथि उभिरहेका एक स्वर्गदूत देखें। आकाशमा उडिरहेका सबै चराहरूलाई यसो भनेर ठूलो सोरले उनी कराए, “आओ, परमेश्वरको ठूलो भोज खान जम्मा होओ। |
१८ |
राजाहरू, सेनापतिहरू र सेनाहरूका मासु, घोडा-घोडामा चढ्नेहरूको मासु, ठूला र साना, कमारा र फुक्का सबैको मासु खान आओ!” |
१९ |
“तब त्यो जनावर र संसारका राजा आ-आफ्ना सेना लिएर सेता घोडामा सवारी हुनेको र उहाँका सेनाहरूको विरोधमा लडाइँ गर्न जम्मा भएका मैले देखें। |
२० |
जनावर र त्यसको अगाडि अचम्मका चिन्हहरू देखाउने त्यो झूटो अगमवक्ता पनि कैदी भयो। ती अचम्मका चिन्हहरूले नै त्यसले त्यो जनावरको चिन्ह लाउने र जनावरको मूर्ति पूज्नेहरूलाई छलेको थियो। ती दुवै जिउँदै गन्धकले जलिरहेको त्यो आगोको कुण्डमा फ्याँकिए |
२१ |
अनि तिनीहरूका सेना चाहिँ घोडामाथि सवारी हुनेको मुखबाट निस्केको तरवारले मारिए। चराहरूले ती सबैका लाश खाएर अघाए।
|
Nepali Bible 2008 |
नेपाल बाइबल सोसाइटी 2008 |
|
|
|
|
|
|
|
|
|
|
प्रकाश १९:1 |
प्रकाश १९:2 |
प्रकाश १९:3 |
प्रकाश १९:4 |
प्रकाश १९:5 |
प्रकाश १९:6 |
प्रकाश १९:7 |
प्रकाश १९:8 |
प्रकाश १९:9 |
प्रकाश १९:10 |
प्रकाश १९:11 |
प्रकाश १९:12 |
प्रकाश १९:13 |
प्रकाश १९:14 |
प्रकाश १९:15 |
प्रकाश १९:16 |
प्रकाश १९:17 |
प्रकाश १९:18 |
प्रकाश १९:19 |
प्रकाश १९:20 |
प्रकाश १९:21 |
|
|
|
|
|
|
प्रकाश 1 / प्रका 1 |
प्रकाश 2 / प्रका 2 |
प्रकाश 3 / प्रका 3 |
प्रकाश 4 / प्रका 4 |
प्रकाश 5 / प्रका 5 |
प्रकाश 6 / प्रका 6 |
प्रकाश 7 / प्रका 7 |
प्रकाश 8 / प्रका 8 |
प्रकाश 9 / प्रका 9 |
प्रकाश 10 / प्रका 10 |
प्रकाश 11 / प्रका 11 |
प्रकाश 12 / प्रका 12 |
प्रकाश 13 / प्रका 13 |
प्रकाश 14 / प्रका 14 |
प्रकाश 15 / प्रका 15 |
प्रकाश 16 / प्रका 16 |
प्रकाश 17 / प्रका 17 |
प्रकाश 18 / प्रका 18 |
प्रकाश 19 / प्रका 19 |
प्रकाश 20 / प्रका 20 |
प्रकाश 21 / प्रका 21 |
प्रकाश 22 / प्रका 22 |