१ |
आफूभन्दा जेठालाई नहप्काऊ; तर तिनलाई आफ्नै बुबालाई झैँ बिन्ती चढाऊ अनि सानाहरूलाई चाहिँ भाइहरूलाई जस्तै सम्झाऊ। |
२ |
त्यसै गरी आफूभन्दा जेठी स्त्रीहरूलाई आमाझैँ र कान्छीहरूलाई बहिनीलाई झैँ चोखो मनले सम्झाऊ। |
३ |
आफ्ना कोही नभएका विधवाहरूको हेरचाह गर्ने गर। |
४ |
तर छोरा-छोरी र नाति-नातिनाहरू हुने विधवालाई चाहिँ उनकै छोरा-छोरी र नाति-नातिनाहरूले हेरचाह गरून्। पहिले घरमा नै भक्ति देखाउन सिकून् र आमा-बुबाका ऋण तिरून् किनभने यसो गर्नाले परमेश्वर पनि खुसी हुनुहुनेछ। |
५ |
आफ्नो कोही नहुने विधवाले चाहिँ आफ्नो भरोसा परमेश्वरमा मात्र राखेकी हुन्छे। अनि त्यसले दिनरात लागेर परमेश्वरमा आफ्नो बिन्ती चढाइरहन्छे। |
६ |
तर आफ्नो जीवन मोज-मज्जामा बिताउने विधवा भने बाँचे पनि अघि नै मरे जतिकै हो। |
७ |
तिनीहरू निर्दोषी रहिरहून् भनेर तिनीहरूका लागि यी शिक्षाहरू देओ। |
८ |
कोहीकोहीले त आफ्ना नातेदारहरू र खास गरेर आफ्नै परिवारको पनि हेरविचार गर्दैनन्। त्यस्ताले त विश्वास गर्नसमेत छोडेका हुन्छन्। तिनीहरू विश्वास नगर्नेभन्दा पनि खराब हुन्छन्। |
९ |
साठी वर्ष उमेर नपुगेकी स्त्रीलाई विधवा-खातामा दर्ता नगर। त्यसमा पनि तिनले एउटै पुरुषसँग मात्र बिहे गरेको हुनुपर्छ। |
१० |
राम्रो काम गरेकोमा तिनको नाम चलेको हुनुपर्छ। तिनले आफ्ना छोरा-छोरीहरूलाई राम्ररी हुर्काएकी र पाहुनाहरूलाई आफ्नो घरमा सत्कार गरेकी हुनुपर्छ अनि तिनले ख्रीष्टका पवित्र जनहरूका गोडा धोएर सेवा गरेकी र दु:खमा परेकाहरूलाई सघाएकी र यस्तै असल कामहरू गरेकी हुनुपर्छ। |
११ |
तर तरुनी विधवाहरूलाई भने आफ्नो खातामा दर्ता नगर किनभने तिनीहरूले मौका पाउनेबित्तिकै ख्रीष्टको कामलाई छोडेर फेरि विवाह गरिहाल्नेछन्। |
१२ |
यसरी तिनीहरूले ख्रीष्टमा पहिले गरेको प्रतिज्ञा बिर्सिएकोले तिनीहरू दोषी ठहरिन्छन्। |
१३ |
फेरि तरुनी विधवा त अरू मानिसहरूका घरघरै डुल्ने बानी भएर बेकामै हुन्छन्। त्यति मात्र होइन, कुरौटे, झगडा लाउने र बोल्न नहुने कुरा पनि बोल्ने हुन्छन्। |
१४ |
यसकारण म तरुनी विधवाहरूले चाहिँ फेरि विवाह नै गरून् भनेर सल्लाह दिन्छु। यसरी बरु तिनीहरूले छोराछोरी जन्माएर गृहस्थी बनून्। त्यसो भए मात्र हाम्रा विरोधीहरूलाई हाम्रो निन्दा गर्ने मौका मिल्नेछैन |
१५ |
किनभने कोहीकोही विधवाहरू अघि नै शैतानतिर ढल्कि पनि सकेका छन्। |
१६ |
तर कुनै विश्वासी स्त्रीका परिवारमा विधवाहरू छन् भने तिनले तिनीहरूको हेरचाह गरून्। यसो गर्यौ भने मण्डलीले तिनीहरूको बोझ बोक्नुपर्नेछैन। त्यसकारण कोही नभएका विधवाहरूको मात्र मण्डलीले हेरचाह गरोस्। |
१७ |
राम्ररी हेरचाह गर्ने मण्डलीका धर्म-गुरुहरूको दोब्बर आदर हुनुपर्छ। खास गरेर परमेश्वरको शिक्षा सुनाउन र सिकाउन परिश्रम गर्नेहरूले त यो पाउनैपर्दछ |
१८ |
किनभने धर्मशास्त्रले भन्छ, “दाइँ गर्ने गोरुलाई मुखमा मोहला नलगाउनू अनि खेतालाले आफ्नो ज्याला पाउनैपर्दछ।” |
१९ |
दुईतीन जना साक्षी नभएसम्म मण्डलीका धर्म-गुरुलाई लगाएको दोष सुन्दै नसुन। |
२० |
पाप गरिरहनेहरूलाई सबैका सामु हप्काऊ, त्यसो भए मात्र मण्डलीका अरूहरू पनि डराउनेछन्। |
२१ |
म तिमीलाई परमेश्वर, ख्रीष्ट येशू र पवित्र दूतहरूका सामुन्नेमा यी शिक्षा मान्न आज्ञा दिन्छु। यसो गर्दा तिमीले कसैको ओड नथाप्नू र पक्षपात पनि नगर्नू। |
२२ |
हतारमा कसैलाई हात राखेर मण्डलीको काममा नलगाऊ। अरू मानिसहरूको पापमा भाग नलिनू। आफ्नो जीवन सधैँ शुद्ध राख। |
२३ |
तैपनि पानी मात्र होइन अलि-अलि दाखमद्य पनि घरीघरी बिरामी हुने हुँदा तिम्रो पेटको लागि पिउने गर। |
२४ |
कोहीकोही मानिसको पाप त छर्लंङ्गै देखिने हुन्छन् र उनीहरू पहिले नै दोषी ठहराइन्छन्। तर कतिको पापचाहिँ पछिपछि मात्र देखिंदैजानेछन्। |
२५ |
त्यसै गरी कति असल कामहरू पहिले नै छर्लंङ्गै देखिन्छन्। छर्लंङ्गै देखिएनन् भने लुकिरहन पनि सक्दैनन्।
|
Nepali Bible 2008 |
नेपाल बाइबल सोसाइटी 2008 |
|
|
|
|
|
|
|
|
|
|
१ तिमोथी ५:1 |
१ तिमोथी ५:2 |
१ तिमोथी ५:3 |
१ तिमोथी ५:4 |
१ तिमोथी ५:5 |
१ तिमोथी ५:6 |
१ तिमोथी ५:7 |
१ तिमोथी ५:8 |
१ तिमोथी ५:9 |
१ तिमोथी ५:10 |
१ तिमोथी ५:11 |
१ तिमोथी ५:12 |
१ तिमोथी ५:13 |
१ तिमोथी ५:14 |
१ तिमोथी ५:15 |
१ तिमोथी ५:16 |
१ तिमोथी ५:17 |
१ तिमोथी ५:18 |
१ तिमोथी ५:19 |
१ तिमोथी ५:20 |
१ तिमोथी ५:21 |
१ तिमोथी ५:22 |
१ तिमोथी ५:23 |
१ तिमोथी ५:24 |
१ तिमोथी ५:25 |
|
|
|
|
|
|
१ तिमोथी 1 / १तिमो 1 |
१ तिमोथी 2 / १तिमो 2 |
१ तिमोथी 3 / १तिमो 3 |
१ तिमोथी 4 / १तिमो 4 |
१ तिमोथी 5 / १तिमो 5 |
१ तिमोथी 6 / १तिमो 6 |